Skip to main content

गुगल-एक्स: गुगल गोप्य प्रयोगशाला सञ्चालन गर्दै [Google X, a Secret Product Lab]

तपाईको रेफ्रिजरेटरमा राखिएको तरकारी लगायतका खाद्यवस्तु सकियो भने इन्टरनेटमार्फत जोडिएको रेफ्रिजरेटर आँफैले तरकारी लगायतका खाद्यवस्तुको अर्डर दिन्छ । तपाईको खाना खाने प्लेटले, तपाईले आज यो खानुभयो भनेर सोसल नेटवर्किङसाइटमा अपडेट गरिदिन्छ । तपाईको कफी मेसिनले कफि बनाएर बिहानै स्वागत गर्छ।  तपाईको अनुपस्थितिमा कोही अरु नै तपाईको अफिस जान्छ । ड्राइभरविना नै तपाई कारमा यात्रा गर्नुहुन्छ  ।

Google Robot Innoviation

यदि माथि भनिएको जस्तै भयो भने तपाईलाई कस्तो लाग्ला? न्युयोर्क टाइम्सले लेखेको कुरालाई सही मान्ने हो भने, माथि भनिएका कुराहरु केही समयपछि नै देख्न सकिनेछ । सर्च इन्जिन कम्पनी गुगलले, गोप्यरुपमा “गुगल-एक्स” नामक प्रयोगशाला सञ्चालन गरिरहेको छ, जहाँ माथि भनिए जस्तै कुराहरुमा  अध्ययन अनुसन्धान भइरहेकोछ । आर्टिफिसियल इन्टेलिजेन्सको भरपुर प्रयोग गर्न गुगल लागिपरेकोछ, उनीहरुको प्रयोग सफल भएको खण्डमा निकट भविष्यमै हामी ड्राइभरविनाको गाडिमा गुड्नेछौँ, सबै कामहरु रोबटले आफैँ बुझेर गर्नेछन् ।

गुगलको उक्त प्रयोगशाला “गुगल-एक्स”मा, रोबोटिक्स इन्जिनियरहरु गुगलको सपनालाई साकार पार्ने अभियानमा लागेकाछन् । आर्टिफिसियल इन्टेलिजेन्स तथा रोबोटिक्स एक्सपर्टहरु रहेको ल्यावका बारेमा गुगलकै अन्य सफ्टवेयर इन्जिनियरहरु भने अनभिज्ञ छन् । गुगलका सहसंस्थापक सेर्गे ब्रिन आफैँले यो प्रोजेक्टलाई नेतृत्व गरिरहेकाछन् । अज्ञात स्रोतको हवाला दिँदै लेखिएको समाचारमा, “गुगलको एउटा प्रयोगशाला क्यालिफोर्नियामा र अर्को प्रयोगशाला अज्ञात स्थानमा स्थापना गरिएको छ”, भनेर उल्लेख गरिएकोछ ।

गुगल-एक्सका बारेमा, गुगलले कुनै प्रतिक्रिया भने जनाएको छैन । यो खबरको बारेमा अधिक जानकारी राख्न चाहनुहुन्छ भने न्युयोर्क टाइम्सको खबर Google’s Lab of Wildest Dreams पढ्नुहोस् !

Comments

  1. We shouldn't be too much dependent on AI and machines for our daily works. I want privacy too, I don't want everything to be shared. As people we should do our daily works. Avoid being lazy. :P

    ReplyDelete
  2. यो गोप्य प्रयोग सफल भएर सार्वजनिक भएपछि भने हाम्रा कुनै पनि कुरा गोप्य नहुने भए त फेरि ! । अब खाना खाने बेलामा पनि "अफलाईन" बसेर खानु पर्ने होला । फ्रिज खाली भएको खवर सामाजिक सञ्जालमा फैलिएर साथीहरूले उडाउनु भन्दा पहिलै आफैँले फ्रिजबाट नेट को कनेक्शन काट्नु पर्ने होला।

    झन् वासिङ मेशीनमा गनाउने मोजा र कट्टु धोएको कुरा पनि सचित्र गुगलप्लसमा अटो Stream भए पछि के गर्ने होला :)

    आबुई म त यो आर्टिफिसियल इन्टेलिजेन्स प्रयोग गर्दिन :)

    ReplyDelete
  3. last time maile rajnikant ko ROBOT bhanne movie hereko thiye, tes ma bhane jasto, yo robot bhabishaya maa kaam aula, aja ko din jarurui chaina, kunai terrorist ko haath lagyo bhane misuse huna sakcha.. 

    ReplyDelete
  4. Great Post,,,,
    Try http://technseceleb.blogspot.com/ for network and cyber security news

    ReplyDelete
  5. Then where is real life ? How many people can buy this service ?? One day it will create another 'wall street capture movement'.

    ReplyDelete
  6. बिर्खे कामी, कालिमाटीJune 20, 2013 at 12:02 AM

    सहि हो दाजु! यो गूगल ले बिस्तारै सबलाई addict पार्ने भो...

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब

Tsunami Hits Japan, Pray For Japan #prayforjapan #japan #earthquake #tsunami

Massive 8.9 rector scale Earthquake hits Japan this afternoon. And that massive earthquake triggered the Tsunami which has caused extensive damage in Japan. Till now 110 people found dead and according to C N N ,  200 to 300 bodies has just found in Sendai, Japan. Whereas, The official Kyodo news agency is reporting that about 88,000 people are missing. No wonder, Tsunami has caused an extensive damage in Japan. And Tsunami warning has been issued in other countries as well. BBC says, Tsunami warning has been  issued which covers Japan, the Philippines, Hawaii, the Pacific coast of Russia, Indonesia, Taiwan, Australia, New Zealand and also Central and South America, which can cause massive destruction. Till date, it is believed that all Nepalese are safe in Japan. In Facebook , one Friend from Japan Dinesh Raj Gyawali wrote, “Phone is dead, So I’m not 100% sure but till now I’ve not heard any bad news”. He further wrote, “Now Another earthquake of 3.0 rector scale".  

Sunday Morning Love You, अनलाइनमा माया बटुल्दै... [VIRAL VIDEO]

१२ अक्टोबर २०१३ मा अपलोड गरिएको भिम निरौलाको नयाँ गित " सन्डे मर्निङ लभ यु " ले १९ अक्टोबर देखि अनलाइनमा तहल्का मच्चाएकोछ । गएको ३ दिनमा भिडियो डेढ लाख भन्दा बढि पटक युट्युबमा हेरिएकोछ भने फेसबुक र ट्विटरमा पनि यही नै चर्चाको विषय बनेकोछ । रमाइलो शब्द, लय अनि कम्मर मर्काइ मर्काइ नाचेका कारण भिडियोले अनलाइनमा छोटो समयमै लोकप्रियता हासिल गरेकोहो । सिम्प्लिफाइ ३६० का अनुसार  यो भिडियोबारेमा ६ हजार भन्दा धेरै ट्विट गरिएकोछ।यो गितले कोलाभरी डी तथा ग्याङनाम स्टाइल झैँ अनलाइनमा तहल्का मच्चाउने आकंलन गरिएकोछ । भिडियोको चर्चा १-२ दिन यही गतिमा हुने हो भने संसार भरि यही सन्डे मर्निङको बारेमा चर्चा हुने कुरालाई नकार्न सकिन्न । लगभग ६ सयवटा भिडियो अपलोड गरेका भिम निरौलाको सबैभन्दा चर्चित गित नै यही बन्न पुगेकोछ । भिडियोमा लगातार कमेन्टको वर्षा भइरहेकोछ, अधिकांशले भिडियोबाट भरपुर मनोरन्जन लिएको उल्लेख गरेकाछन् । भिडियो भाइरल भएसँगै, "Sunday Morning Love You" भन्ने पेजहरु फेसबुकमा धमाधम बन्न थालेकाछन् यसका साथै "Bhim was born in Nepal" भन्ने भनाइहरु पनि अनलाइनमा

माइक्रोसफ्ट पेन्ट बन्द हुने

अपडेट: माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज स्टोरमा राख्ने भएकोछ । एमएस पेन्ट हटाइने खबर फैलिएपछि, माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज अपरेटिङ सिस्टमबाट हटाइएपनि, विन्डोज स्टोरमा राखिने कुरा आफ्नो ब्लगमा उल्लेख गरेको हो । एमएस पेन्ट चलाउन चाहनेहरुले विन्डोज स्टोरबाट डाउनलोड गरेर  निशुल्क चलाउन सक्नेछन् । - - - सन् १९८५ मा माइक्रोसफ्ट विन्डोजको पहिलो भर्सनसँगै सार्वजनिक भएको माइक्रोसफ्ट पेन्ट (एमएस पेन्ट), विन्डोज १० को नयाँ अपडेटसँगै बन्द हुने भएकोछ । माइक्रोसफ्टका अनुसार अब सार्वजनिक हुने क्रम'मा रहेको विन्डोज १० को नयाँ अपडेटमा एमएस पेन्ट सफ्टवेयर समावेश गरिएकोछैन । विन्डोज कम्प्युटर चलाउने सबैको पहिलो "ग्राफिक इटिडिङ टुल" एमएस पेन्ट हो भन्दा फरक नपर्ला । कम्प्युटर चलाउन थालेदेखि  वा भनौँ ब्लगका सुरुवातका दिनमा ब्लगमा प्रयोग गरिएका ग्राफिक्सहरु एमएस पेन्टकै सहारामा सम्पादन गर्ने गर्थेँ । सबैको पहिलो ग्राफिङ इटिडिङ टुल'लाई माइक्रोसफ्टले ३२ वर्षपछि बिदा दिँदैछ । एसएस पेन्ट सँगै आउटलुक एक्सप्रेस पनि विन्डोजबाट हट्ने भएको छ । यस अघि नै माइक्रोसफ्टले विन्डोज १० मा

नेपाली टाइप गर्ने सजिलो तरिका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

Subscribe to Aakar Post