Skip to main content

Kathmandu University Closed due to Student’s Strike [Politicizing Minor Issues, Why ? ] #Pictures

निर्वाचन पछि जे होला भन्ने डर थियो, आखिर त्यही नै भयो ! नजाँनिदो रुप मा काठमाडौँ विश्वविद्यालय (केयु) मा पार्टिगत राजनिती ले जरा गाडिसकेको छ र यो झांगिने क्रम बढ्दो छ । वर्ष मा १ एक पटक केयु मा राजनितिक दल समर्थित विद्यार्थी संगठनहरुले आन्दोलन गर्ने, क्याम्पस बन्द गर्ने कुरा अब कुनै नौलो घटना रहेन । एउटा समूह ले जित्ता अर्को ले आन्दोलन गर्ने नराम्रो परिपाटि त काठमाडौँ विश्वविद्यालय मा बसि नै सकेको छ ।Image060विश्वविद्यालयलाई राजनिति मुक्त गराउनु पर्ने बेला मा, विश्वविद्यालय मा राजनितिक चलखेल बढ्दा, बन्द र आन्दोलन जस्ता घटना सामान्य बनिसकेका छन् । काठमाडौँ विश्वविद्यालय ले केयु मा राजनिति गर्न कुनै पनि राजनितिक विद्यार्थी संगठन स्विकार गरेको छैन । तर बाहिर बाहिर जति, विद्यार्थी को चुनाव भनिन्छ, त्यति नै भित्री रुप मा पार्टिहरु को चलखेल बढ्ने गरेको छ । यहाँ को चुनाव पनि ‘टियु’ मा हुने विद्यार्थी चुनाव जस्तै बनिसकेको छ, फरक यत्ति हो ‘टियु’ मा झन्डै बोकेर निर्वाचन मा ओर्लन्छन् भने, ‘केयु’ मा झन्डा लुकाएर निर्वाचन मा ओर्लन्छन् तर त्यही लुकाइएको झन्डा नै ओढेर यहाँ राजनितिक गतिविधि हुने गरेको छ ।

Image043अस्ति सम्पन्न काठमाडौँ विश्वविद्यालय  विद्यार्थी कल्याण परिषद को निर्वाचन मा “टिका लगाएर विद्यार्थी कल्याण परिषद” को गठन गरिएको भन्दै र प्रशासन र स्कुल का डिनहरुले गालि गलौज र धम्कि दिएको भन्दै अखिल क्रान्तिकारी ले काठमाडौँ विश्वविद्यालय क्याम्पस मा अनिश्चितकालिन तालाबन्दी गरेको छ । चुनाव भनेको हारजित हुने नै कुरा हो, तर जब जब हार स्विकार गर्न सकिँदैन तब तब, यस्ता घटनाहरु घट्ने गरेका छन् ।  माओवादी समर्थित अखिल क्रान्तिकारी ले काठमाडौँ विश्वविद्यालय को प्रशासनिक भवन मा ताला लाउनु को साथै आफ्नो झन्डा पनि फहराएको छ ।

Image059

के भएको रहेछ ? (सुनेका कुराहरु)

अस्ति सम्पन्न चुनाव मा नेविसंघ समर्थित र अखिल क्रान्तिकारी समर्थित समर्थित समूहले सभापति को पद मा बराबार १९ भोट ल्याएका रहेछन् ।  भोट बराबर भएकोले त्यसक्षण मा क्रान्तिकारी मात्र होइन, नेविसंघ समर्थित प्यानल ले पनि पुन: निर्वाचन गर्नु पर्ने माग राखेका रहेछन् । केयु मा हुने निर्वाचन ‘स्ववियु’ को नभइ ‘विद्यार्थी कल्याण परिषद’ को निर्वाचन हुने र केयु मा पार्टिगत राजिनिति गर्न नपाइने हुनाले विधान मा यदि मत बराबर आए, गोलाप्रथा व्दारा विजयी छानिने लेखिएको रहेछ । केयु मा राजनितिक गतिविधि र राजनितिक पार्टि समर्थित विद्यार्थी संगठनहरु को निर्वाचन नहुने भएका कारण, केयु मा हुने कार्यक्रम गर्न को लागि विद्यार्थी परिषद गठन गर्ने गरिएको हो । अत: यस निर्वाचनलाई राजनितिक रङ्ग नदिइनुपर्ने हो तर यहाँ दुवै पक्ष ले बराबर मत पाएपछि, आफूले नेतृत्व गर्ने होड मा ‘गोलाप्रथा’ नभइ ‘पुन: निर्वाचन’ गर्न माग गरेछन् ।

विधान मै ‘गोला प्रथा’ भनेर लेखिएकोले, (मैले विधान हेर्न पाएको छैन, तर कोही भन्छन् ‘ड्र’ हुँदा के गर्ने भन्ने कुरा विधानमा लेखिएको छैन ) केयु प्रशासन र निर्वाचन कमिटि ले पुन: निर्वाचन गराउन नमिल्ने बताएछन् । अत: विवाद बढ्दा विभिन्न  स्कुल का डिनहरु तथा प्रशासन का व्यक्तिहरु ले आक्रामक रुपमा प्रस्तुत भएर विद्यार्थीहरुलाई गालि गलौज का साथै क्याम्पस बाट ‘रेष्ट्रिकेट’ सम्म गर्न सकिने धम्की दिएछन् । ‘रेष्ट्रिकेट’ गर्ने सम्म को धम्कि सुनेपछि विद्यार्थीहरुलाई अरु के चाहियो, विवाद बढेछ । तर पछि ‘गोलाप्रथा’ नै गर्ने सहमति गरिएछ । गोलाप्रथा मा एउटा को हार निश्चित र अर्को जित सुनिश्चित थियो । अत: जित्ने ले खुशियाली मनायो, गोलाप्रथालाई समर्थन गर्यो, अनि हार्ने पक्ष ले ‘टिके निर्वाचन’ भन्दै आन्दोलन गर्यो । अझ विभिन्न स्कुल का डिन सँग चर्काचर्की पर्दा, ‘रेष्ट्रिकेट’ सम्म गर्ने धम्की विद्यार्थीलाई दिइएको कारण,  यसको विरोध मा पनि आफूले आन्दोलन गरेको अखिल क्रान्तिकारी ले आफ्नो विज्ञप्ति मा जनाएको छ । (If you have heard or if you know the exact issue, just inform us or write as comments below)

ku strike

अखिल क्रान्तिकारी व्दारा जारी विज्ञप्ति


विश्वविद्यालयलाई सबै पक्ष ले राजनिति मुक्त राख्नुपर्दछ । स्वतन्त्र विद्यार्थी भनिसकेपछि र विद्यार्थी संगठन को राजनिति ‘केयु’ मा गर्न नपाइने भइसकेपछि, विद्यार्थीहरुले पार्टि को खोले ओढेर र राजनितिक पार्टि को रुप मा यहाँ राजनिति गर्न हुँदैन । यही कुरा बुझ्न सकिरहेको छैन कि, विश्वविद्यालय मा किन राजिनतिक पार्टि को संगठन को नाम मा राजनिति गरिन्छ ? केयु मा राजनितिक गतिविधि निषेध नै गर्नुपर्ने देखिन्छ साथै, विद्यार्थी कल्याण परिषद को विकल्प खोज्नुपर्ने देखिन्छ । विद्यार्थी कल्याण परिषद को निहुँ मा यहाँ राजनितिक गतिविधि र चलखेल तिव्र रुपमा बढेको कुरालाई कसैले नकार्न सक्दैन ।

Image050

विश्वविद्यालयलाई राजिनिति मुक्त राख्नु पर्ने हो, तर आन्दोलन स्वरुप अखिल क्रान्तिकारी ले आफ्नो झन्डा केयु प्रशासनिक भवन अगाडि फहराएको छ । अब यस कदमलाई कति सम्म तर्क संगत र न्याय संगत मान्ने ?


पार्टि को नाम मा राजनिति गरिनुहुन्थेन तर यहाँ अस्ति को निर्वाचन मा पार्टिकै हिसाबले विभिन्न प्यानल ले आफ्ना उम्मेदवारहरु उठाएका थिए । केयुलाई राजनिति मुक्त क्षेत्र को रुपमा राखिनु पर्ने थियो, र पर्छ पनि तर यहाँ सबै आफ्नै डम्फु बजाउँदै हिँडिरहेकाछन् । अस्ति मंगलबार सम्पन्न चुनाव मा माओवादी समर्थित अखिल क्रान्तिकारी, नेपाली कांग्रेस समर्थित नेपाल विद्यार्थी संघ तथा एमाले समर्थित अनेरास्ववियु का तर्फबाट प्यानलहरु बनाइएका थिए । अनि त्यस चुनावका लागि केयु का केही भूतपुर्व विद्यार्थी देखि विद्यार्थी संगठन का नेताहरु समेत आएका थिए । ‘टियु’ लाई खोक्रो बनाउन नपुगेर हुनसक्छ उनीहरु अब आफ्नो शिकार ‘केयु’ लाई पनि बनाउँदैछन् । हेर्नुस् तल को फोटो, उक्त दिन सयौँ को संख्या मा मोटरसाइकलहरु र नेता र असम्बन्धित विद्यार्थीहरु केयुमा देखिएका थिए ।

Image050

त्यस दिन चुनाव मा भाग लिएका ३ गुटहरु मध्ये सबैभन्दा धेरै ‘सिट’ एमाले समर्थित अनेरास्ववियु को समूह ले बनाएछ भने, सभापति को लागि नेविसंघ समर्थित गुट र अखिल क्रान्तिकारी गुट बिच प्रतिस्पर्धा भएछ । २ वर्ष अघि सम्म पनि खुलेर यति राजनतिक चलखेल हुने गरेको थिएन, उनीहरु खै कसरी हो भित्रभित्रै मिलाउँथे तर यस पटक त अचम्मै भयो, सबै खुलेर नै आए, चुनाव लड्न । ‘केयु’ प्रशासनलाई यो कुरा थाहा थियो कि थिएन थाहा छैन, तर यदि थाहा भएको भए, निर्वाचन नै गराइनु हुन्थेन भन्ने मेरो बुझाइ छ ।

राजनितिक रङ्ग दिएर भ्रामक समाचार लेख्ने ‘कान्तिपुर’

केुयु मा हुने निर्वाचन विद्यार्थी संगठन बिच हुने निर्वाचन होइन भन्ने जान्दा जान्दै कान्तिपुर ले “काठमाडौं विश्वविद्यालयमा नेविसंघ” भन्ने भ्रामक समाचार प्रकाशन र प्रशारण गरेको छ । कान्तिपुर ले यसरी राजनितिक रङ्ग नदिएको भए राम्रो हुन्थ्यो भन्ने लागेको छ । यस्तो समाचार को सट्टा केयु मा निर्वाचन भयो भनेर कान्तिपुर ले लेख्न सक्थ्यो ।kantipur newsअब के हुने हो भन्ने कुरा ले चाँही सबै विद्यार्थी को दिमाग खाइरहेको छ । केही विद्यार्थीहरु बन्द को पक्ष मा देखिएपनि अधिकांश विद्यार्थीहरु बन्द को विपक्ष मा नै देखिएका छन् र म पनि ‘बन्द’ को पक्ष मा छैन, अझ म त केयु मा राजनिति गर्नुपर्छ भन्नेहरु कै विपक्ष मा छु । साथीभाइ को हिसाब ले निर्वाचन मा भाग लिनु अलग कुरा हो, तर पार्टिगत रुपमा कुनैपनि संगठनलाई म समर्थन गर्दिन । तर यहाँ को स्थिति हेर्दा साह्रै विरक्त लागेर आउँछ । देश हाँक्ने पार्टिहरु ले मात्र होइन, क्याम्पस र विश्वविद्यालय मा राजनिति गर्नेहरुले पनि यो देशलाई खोक्रो बनाइसके भन्ने मेरो बुझाइ छ ।

परीक्षा आउन करिव १ महिना बाँकी भएको अवस्था मा पार्टि को झन्डा फहराएर गरिएको अनिश्चितकालिन बन्द गर्ने पक्ष र तोडफोड नभइ समस्या सुल्झाउन नखोज्ने ‘केयु’ प्रशासन को घोर भत्सर्ना गर्दछु साथै समस्या सुल्झाउन सम्बन्धित पक्षलाई आग्रह पनि गर्दछु ।  विश्वविद्यालय राजनिति मुक्त राख्नु पर्छ भन्ने मेरो बुझाइ भएकोले, म यसै ब्लग मार्फत तत्काल बन्द खुलाइ पठनपाठन गर्न पाउने वातावरण बनाउन सम्बन्धित पक्ष सँग जोडदार माग गर्दछु ।

I don’t want any type of Politics here at Kathmandu University, Dhulikhel Kavre. I just hate party politics over here at KU. I’m not politically biased  to anyone, but if you feel this post seems controversial or you may feel this post is biased to particular group, then I’m sorry for your inconvenience.You can check  out my comments below.

Popular posts from this blog

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

फेसबुक न्युजफिड अपडेट - पेजलाई झनै गाह्रो

अमेरिकामा भएको पछिल्लो राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएसँगै फेसबुक लगायत विभिन्न सोसल मिडिया साइटहरुको उपयोगिताबारे व्यापक बहस सुरु भएको थियो । "फेक न्युज"को बिगबिगीले गर्दा फेसबुक, एकहिसाबमा फेकबुकमा परिणत भयो । प्राय: फेक न्युजहरु नै धेरै सेयर हुने र भाइरल हुन थाले । धेरै सेयर हुँदा, स्वाभावत: "फेक न्युज" पनि साँच्चै हो भन्न थालियो । कहिँकति अनुसन्धान छैन, फलानोले एकथरि पेजबाट समाचार सेयर गर्छ, अर्कोले सेयर गर्छ, अर्कोले गर्छ, असत्य तथा काल्पनिक समाचारहरु कै बोलबाला देखियो । नेपालमा भएको पछिल्लो निर्वाचनमा पनि प्रचारवाजी शैलीका मनगढन्ते तथा काल्पनिक समाचारहरु भाइरल भए । फलाना र चिलाना पार्टि, मान्छे पिच्छेका अनलाइन समाचार पोर्टल, फेसबुकको न्युजफिड हेर्न नै दिक्क लाग्ने किसिमको थियो । सबैभन्दा अनौठो लाग्ने चाँहि, मान्छेहरु फेसबुकमा फलाना समाचार पोर्टलले लेखेको भन्दै सेयर गरिरहेका भेटिन्थे । अझ के भने, नेपालका ठूला प्रकाशनहरु सँग ठ्याक्कै मिल्ने नामहरु राखेर काल्पनिक समाचारको व्यापार गर्ने समूहहरु नै छन् । उदाहरणको लागि, कान्तिपुरले यस्तो उस्तो लेख्यो ...

ट्विटरव्दारा प्रयोगकर्तालाई पासवर्ड परिवर्तन गर्न आग्रह [पडकास्ट 📻 ]

आकार पोष्ट रेडियोको पहिलो अंकमा स्वागत छ । आजको यो अंकमा ट्विटरले केही दिन पहिले पासवर्ड परिवर्तन गर्न जारी गरेको सूचनाको बारेमा कुरा गर्दैछु । के कति कारणले, ट्विटरले पासवर्ड परिवर्तन गर्न सूचना जारी गर्‍यो, तथा प्रयोगकर्ताले के कति कारणले पासवर्ड तुरुन्त परिवर्तन गर्नुपर्छ भन्ने विषयमा यो अंक केन्द्रित छ । पडकास्टको यो पहिलो अंक परिक्षणको रुपमा मोबाइलमा रेकर्ड गरेर तयार पारिएको हो । कति सकिन्छ थाहा छैन, तर यस पडकास्टलाई साप्ताहिक रुपमा सञ्चालन गर्ने मेरो योजना छ, जहाँ सूचना प्रविधिका विभिन्न पाटोहरुको बारेमा कुरा गर्नेछु । हाललाई यो पडकास्ट एन्कर एफएम तथा स्टिचर एप मार्फत सुन्न सकिन्छ । ट्विटरमा प्रयोग भएको पासवर्ड अन्य साइटहरुमा (जस्तो: फेसबुक, गुगल, दराज, सस्तोडिल, ड्रपबक्स आदि) पनि प्रयोग गरिएकोछ भने, ती साइटहरुमा पनि पासवर्ड तुरुन्त परिवर्तन गर्नुभइ, इन्टरनेटमा सुरक्षित रहनुहोला। प्रो टिप: साइटहरुमा कहिले पनि एउटै पासवर्ड प्रयोग नगर्नुहोला। pic.twitter.com/PjWwQWc7C4 — Aakar Anil (@aakarpost) May 4, 2018

पाँच करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक दुरुपयोग

५ करोड फेसबुक प्रयोगकर्ताको तथ्यांक चोरी भएको खबर केही दिन पहिले गार्डियन तथा न्युयोर्क टाइम्स ले प्रकाशित गरेको थियो । प्रयोगकर्ताको जानकारी विना फेसबुकबाट लिइएको उक्त तथ्यांकलाई क्याम्ब्रिज एनालिटिका भन्ने कम्पनीले अनधिकृत रुपमा प्रयोग गरेको दावी गर्दै, क्याम्ब्रिज एनालिटिका’का भूतपूर्व इन्जिनियर क्रिस्टोफर वाइलीले गार्डियनलाई अन्तरवार्ता दिएर यी कुराहरु मिडियामा सार्वजनिक गरेका थिए । क्रिस्टोफरका अनुसार क्याम्ब्रिज एनालिटिकाले २०१४ मा एउटा एप मार्फत करिब ५ करोड फेसबुक प्रयोगकर्ताहरुको तथ्यांक चोरी गरेको थियो । क्याम्ब्रिज एनालिटिका र फेसबुककै विषयमा गार्डियनले पहिले नै २०१५ मा समाचार प्रकाशित गरेको थियो । उक्त समाचार पछि फेसबुकले क्याम्ब्रिज एनालिटिकालाई तथ्यांक मेटाउन भनेको र एनालिटिकाले तथ्यांक मेटाएको जानकारी फेसबुकलाई गराएको थियो । तर दुबै कम्पनीले यो कुरालाई गुपचुप राखेका थिए, अझ उल्टै फेसबुकले जथाभावी समाचार लेखेको भन्दै गार्डियनलाई मुद्दा हाल्ने धम्कि दिएको थियो भने क्याम्ब्रिज एनालिटिकाले तथ्यांक सुरक्षित नै राखेको थियो । त्यही चोरी गरिएको प्रयोगकर्ताहरुको तथ्यांकलाई ...

कुन च्याट एप्स चलाउने?

फेसबुकको मेसेन्जरमा स्टोरीज आएपछि वाक्क, दिक्क नै भइयो । त्यसको विकल्प खोज्ने क्रममा पहिले त फेसबुक र मेसेन्जर एप दुवै मोबाइलबाट हटाएर ब्राउजरमा चलाउन थालेँ । त्यसको केही दिनपछि फेसबुक लाइट र मेसेन्जर लाइट चलाउन पुगेँ । फेसबुक लाइटको 'एप एक्सपिरियन्स' खासै गतिलो लागेन र फेरि केही हप्ता पछि फेसबुक एपमा सरेँ तर फेसबुक मेसेन्जर चाँहि मेसेन्जर लाइट नै मनपर्‍यो । गज्जब, च्याट गर्न मात्र मिल्ने । त्यसो त मोबाइलमा करिब आधा दर्जन च्याट एप्स छन्, सबै एप सँधै चलाइँदैन । अर्को कुरा, च्याटको लागि प्रयोग नगरिने एप्‌मा पनि च्याट गर्ने फिचर छ या भनौँ "प्राइभेट मेसेज" गर्ने सुबिधा छ । उदाहरणको लागि इन्स्टाग्राम फोटो सेयर गर्ने एप हो, तर यहाँ साथीहरुलाई सिधै मेसेज पनि गर्न मिल्छ, दोहोरो च्याट गर्न मिल्छ । हिजोआज म पनि प्राय: ट्विटरको 'डाइरेक्ट मेसेज' धेरै प्रयोग गरिरहेको हुन्छु, साथीहरुसँग कुरा गर्न । एक समय यस्तो थियो, म गुगल टक या भनौँ जिमेल च्याट मात्रै प्रयोग गर्थेँ । कसैले केही म्यासेज मलाई पठाउनु छ भने, कि त ईमेल गर्थे वा गुगल टकमा कुरा गर्थे, हैन भने फोन र एसएम...

Subscribe to Aakar Post