Skip to main content

चल्ला कि अन्डा पहिले ? [Friday Tech]

केही दिन अघि कसैले मलाई सोधेथ्यो, ‘चल्ला पहिला कि अन्डा’ भनेर ! अनि यही प्रश्न विभिन्न सिरियल र चलचित्रहरुमा पनि सर्वाधिक सोधिएका प्रश्न हुन् । केही दिन यही प्रश्न को जवाफ पत्ता लगाउन, नेट मा घुम्ने क्रम मा, ‘अन्डा’ पहिले आयो भन्ने कुरा फेला पारेको थिँए । तर अस्ति को दिन मात्रै सिबिएस न्युज ले ‘बेलायती वैज्ञानिकहरु’ को हवाला दिँदै  लेख्यो, ‘अन्डा भन्दा पहिला चल्ला जन्मियो’ !hen and egg

लामो अनुसन्धान पछि बेलायती वैज्ञानिकहरु ले, अन्डा भन्दा पहिले चल्ला आयो भन्ने निश्कर्ष निकालेकाछन् । यस अघि सम्म, हामी ‘अन्डा’ पहिले आयो भन्ने मान्यता राख्ने गर्थ्यौँ । बेलायती अनलाइन मेट्रो ले जनाए अनुसार  Sheffield University का  Dr Colin Freeman ले भने, “लामो समय देखि, अन्डा पहिले आयो भन्ने मान्यता स्थापित भएको थियो तर हामी ले वैज्ञानिक तवर बाट पुष्टि गर्यौँ कि, अन्डा भन्दा चल्ला पहिले आयो” ।

स्कटल्यान्ड र इंगल्यान्ड का अनुसन्धानकर्ताहरुले HECToR नाम को सुपरकम्प्युटर बाट ‘अन्डा’ र ‘कुखुरा’ मा गरेको अध्ययन बाट आश्चार्यजनक नतिजा निस्कियो, ‘प्रोटिन’ कुखुरा को कोष मा मात्र पाइयो । Edinburgh's Warwick University का HECToR मा काम गरेका Freeman ले भने,’पहिले का वैज्ञानिकहरु ले नै, प्रोटिन को अन्डासँग को नाता पत्ता लगाइसकेका थिए, तर हाम्रो झन गहिरो अनुसन्धान बाट, थाहा भयो प्रोटिन ले कसरी सबैकुराहरुलाई नियन्त्रण गरिरहेको छ’, कूखुरा र अन्डा को कुरा मा प्रोटिन ले क्याटलिस्ट को काम गरेको छ ।

त्यस्तै प्रोफेसर John Harding ले भने, “कुखुरा को ‘कोष’हरु कसरी निर्माण हुन्छ भन्ने कुरा ले, यस विषय मा ठूलो महत्व राखेको छ । साथै, यसकुरा बाट कसरी ‘पदार्थ’हरु को निर्माण हुन्छ भन्ने कुरा पनि बुझ्न सजिलो हुन्छ ।

HECToR ले वैज्ञानिक तथ्य दिएपछि, हामीले नि स्विकार गर्नैपर्छ, अन्डा भन्दा पहिले कुखूरा आयो तर HECToR ले अझै प्रस्ट रुपमा भनेन, कूखुरा कसरी पहिले आयो ? के कुखुरा सडक मा त्यसै उत्पति भएको हो ? :P

स्रोत: सिबिएस न्युज

Comments

  1. AnuragFromDhulikhelJuly 16, 2010 at 11:28 PM

    हा हा हा.... त्यो जालमा परेको 'कुखुरीलाई' सोधेर अर्को Article लेख्ने कि आकार ब्रो????

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post