Skip to main content

तिमी

मनभित्र छताछुल्ल छालहरु
झन् तिम्रो आगमन ले
उच्क्षृंखल अनि अनियन्त्रित बन्छन् ।
सुनसान यो साँझमा
कुन गर्भवाट निस्कन्छौ,
तिमी सन्नाटालाई चिर्दै ।
घाम डुब्न लाग्यो हेर,सायद
त्यसैको लाली चोरेर आयौ कि
गाढा ओठ टोक्दै ।
झ्याउँकिरीको साम्राज्य छाइसक्यो
नदीको सुस्केरा लिँदै भन्छौ
केही मिठो वात गर न ।
झकमक्क झकमकाए ताराहरु
त्यै चम्किलो तिम्रो भागमा
टिप्ने जिद्दी छाडिद्यौ न ।
कालोरात छिप्पीसकेछ हेरन
अंन्धकारमा हरायौ तिमी
मिठो सपना सँगै ।

-मुकुन्द अनडेस्टिनी
बायोटेक दोश्रो वर्ष
काठमाडौँ विश्वविद्यालय

Comments

  1. सुनसान यो साँझमा
    कुन गर्भवाट निस्कन्छौ,
    तिमी सन्नाटालाई चिर्दै ...........

    ReplyDelete
  2. घाम डुब्न लाग्यो हेर,सायद
    त्यसैको लाली चोरेर आयौ कि
    गाढा ओठ टोक्दै ।

    this is my first poem, till i only write gazals.
    so ur comments will be helpful me to corret in coming days.
    and thanks aagarG for encouraging me...

    ReplyDelete
  3. dami hai mukunda ji....yestai lekhdai jau...

    ReplyDelete
  4. Really...nice expression...You have told this first poem...but it doesn't seems like that... because the expression seems too much lively...and it injects a romantic feeling :)

    ReplyDelete
  5. aakar solta, nice poem yaar... another great stuff in your collection!!

    ReplyDelete
  6. सुनसान साँझमा खै कहाँ बाट निस्कने र फेरी सपनासंगै हराउने मान्छेको कविता राम्रै हुन्छ ।

    ReplyDelete
  7. dami hai mukunda ji....yestai lekhdai jau...

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post