Skip to main content

बढ्दै गएको अराजकता

बन्द ! बन्द को अर्थ थाहा नपाउने अनि बन्द नभोग्ने नेपाली कोही छैन होला । बन्द महिना मा कतिपटक होला ? एकपटक अनुमान गर्नुहोस् । मलाई थाहा छ तर तपाई को अनुमान मिल्नेवाला छैन कारण महिना मा कतिदिन बन्द हैन, कतिदिन खुल्ला हुन्छ भनेर प्रश्न गर्नु उचित होला । अब सायद, प्रश्न केही सजिलो भयो कि ?

लोकतन्त्र सँगै, छाडातन्त्र अनि अराजकतन्त्र पनि भित्रिएछ, हाम्रो नेपाल मा थाहा नै नपाइ । अनि हामीलाई नराम्रोसँग गाँजिरहेछ, यही छाडातन्त्र र अराजकताले । लोकतन्त्रलाई यहाँ गलत व्याख्या गरिँदैछ, अराजकतालाई बढावा दिँइदैछ । यस्तो अराजकता बढ्दैगएमा, मुलुक मा ठूलो दुर्घटना अवश्य हुनेछ, यसमा कुनै दुईमत नहोला ।

बन्द किन हुन्छ, अनि के कारण ले हुन्छ । मैले पहिले नै लेखिसकेको छु, एकपटक यहाँ हेर्नुहोला है, धेरै कुरा स्पष्ट हुनेछ । भन्दिहालौँ, “बन्द” भन्ने पोष्ट कान्तिपुर एफएम बाट बजिसकेको छ, अनि डामाडोल डटकम मा पनि छापिएको छ ।

बन्द को बिरोध मा कतिपटक लेखियो होला, कतिपटक कुरा गरियो होला, अनि कति पटक त्यस्ता समूहलाई सम्झाइयो होला अनि, हप्काइयो होला, अनि कतिपटक प्रतिबद्धता पनि लिन लगाइयो होला । तर “काग कराउँदैछ, पिना सुक्दै छ” भनेजस्तो भएको छ ।

साला, अर्काको सम्पत्ति तोडफोड गर्नुछ, जनतालाई दु:ख र सास्ति दिनुछ, अझ उसकै ठूलो स्वर, के लुटेर ल्याएको छ सम्पत्ति छ ?


बन्द गर्न यहाँ अब केही कारण को आवश्यकता पर्दैन । अस्ति वाइसिएल ले मार्‍यो भनेर बबाल मच्चिएको थियो, अनि हिजो अर्का दुई किशोर मृत भेटिए भनेर बन्द गराएको छ । हैन, यो बन्द भन्ने कुरा किन यति सस्तो भएको हो । एउटा ले दु:ख पायो भनेर, किन त्यो भन्दा बढी सास्ति अरुलाई दिइन्छ ??? के यहाँ बन्द नगरी कुनै कुरा को पनि समाधान हुँदैन र ? सायद यतिसारो, कुनै देशमा पनि हुँदैन होला । सँधैको सास्ति छ यहाँ, सँधैको बन्द छ यहाँ ।

बन्द को बिरोध मा अनि बन्द को बारेमा म लेख्न पनि नसक्ने भैसकेको छु, कारण नेपाल को इतिहासमा सबैभन्दा बढि यही “बन्द” को सम्बन्ध मा लेखिएको छ होला । यही बन्द को बिरोधमा लेखिएको छ, बन्द कस्तो हुन्छ भनेर व्याख्या गरिएको छ । बन्द नगरौँ भनेर हजारौँ पटक भनिएको छ । यही बन्द को कारण, “आन्दोलन, बिरोध कार्यक्रम” सबैको स्वरुप फेरीएको छ । आन्दोलन र विरोध को यहाँ सिधै अर्थ हुन्छ: “बन्द” । अनि बन्द को अर्थ हुन्छ, ढुंगामुढा, टायर, नारा जुलुस, तोसफोड, सवारी साधनमा आगजनि … ।

अस्ति नेपाल साप्ताहिक मा पढेको थिँए, एउटा को पाठक प्रतिक्रिया । जहाँ प्रतिक्रिया थियो, पोहोर लाहान मा भएको तोडफोड र आगजनि को सम्बन्ध मा ! सँगै फोटो थियो, जहाँ दर्जनौँ गाडिहरु लहरै जलिरहेका थिए, करोडौँ को सम्पत्ति क्षणभर मै सखाप भैरहेको थियो । अनि फोटो क्याप्सन थियो, “लाहान विध्वंस” भन्दै । अनि त्यही फोटो को सम्बन्धमा पाठक प्रतिक्रिया आएको थियो, नेपाल साप्ताहिक मा, खुबै गर्वका साथ, “यो त हाम्रो, आफ्नो हकहितको लागि भएको आन्दोलन थियो, किन लाहान विध्वंश भनेर क्याप्सन दिइयो ?” प्रतिक्रिया पढेर झनक्क रिस उठेर आयो । “साला, अर्काको सम्पत्ति तोडफोड गर्नुछ, जनतालाई दु:ख र सास्ति दिनुछ, अझ उसकै ठूलो स्वर, के लुटेर ल्याएको छ सम्पत्ति छ ? यस्तालाई त सिधै खोरमा लगेर जाक्नुपर्ने ! त्यत्रा करोडौँ को सम्पत्ति जलिरहेछ, लहरै गाडिहरुमा आगो लगाइएको छ, अझ विध्वंश हैन भन्दैछ” मनमनै म निकै मुर्मुरिएँ । लाइब्रेरीमा पत्रिका हेर्दैथिएँ, मलाई साह्रै रिस उठेर आयो, कन्पारो तातेर आयो, अनि पत्रिका को तेस्रो पाना बाट नै पत्रिका पढ्न छाडेर, म कोठातिर लागेँ । राती ननिदाउन्जेल सम्म मुड अफ भएको थियो, त्यही कारण ले ।

सँधै हुने गरेको बन्द को कारण यही बन्द को बारेमा “नेपाल बन्द डटकम” ले अपडेट गर्ने गरेको छ । यहाँ एउटा फोटो छ, फोटो हेर्नुस् र भन्नुस्, नेपाल कुन दिन चाँहि खुल्ला छ । यो यही नोभेम्बर २००८ को बन्द को सेड्युल हो । यो महिना एकैदिन ७ वटा सम्मसंगठन को बन्द पनि रहेछ । अनि यो सेड्युल ले सकेसम्म देशैभरिको बन्द समेट्ने प्रयास गरेको छ ।



अब आफैँ निर्णय गर्नुहोस्, भन्नोहोस्, यो बन्द को बारेमा ! के यस्तो देश अरु कुनै छ, जहाँ महिनैभरि बन्द हुन्छ । के यहाँ जसलाई जे गर्न पनि छुट छ ??? यदि छुट छैन भने, सरकारले जुनसुकै संगठन होस्, या जुनसुकै व्यक्ति होस, या बन्द गर्ने जुनसुकै कारण होस्, बन्द आह्वानकर्ताहरुलाई तुरुन्त कारवाही गरेर आम नेपाली जनतालाई सुखपुर्वक बाँच्न दिनुपर्‍यो । केही दिन मात्र पनि सरकार ले कडाइ गर्ने हो भने, यस्तो अराजकता हराएर जान्थ्यो कि ???

Comments

  1. सरकारले कडाई गरे त हुने हो तर यहाको कडाई त यस्तै त हो नी!। आफू सत्तामा बस्दा बन्दको बिरोध गर्ने र सत्ता बाहिर हुने बित्तिकै बोरोधको लागी बन्द गर्ने ।

    मेले पनि यो बिषयमा केहि समय अगाडी लेखेको थिएँ जुन यहा छ।

    ReplyDelete
  2. K garne Aakar Ji , Kaslai K bhan ne banda le desh laai nai mand banaisakyo.............
    ...bhuj ne le kura na bujhe pa6i
    ...sun ne le kura na sune pa6i

    ReplyDelete
  3. सबै दलहरुले सामुहिक रुपमा बन्द नगर्ने प्रतिबद्दता नगरेसम्म बन्द 'बन्द' हुने देखींदैन । अनी सबै दलले मिलेर त्यसरी बन्द लाई 'बन्द' गर्लान जस्तो स्थिति पनि देखीदैन।

    किनकी सबै दलका नेताहरु आफू सत्ताबाट बाहिरिने बित्तीकै बन्दका पूजारि हुन्छन अनी सत्तामा पुग्न र खुट्टा तान्न उनिहरुलाई यो 'रामबाण' लाग्न थाल्छ ।

    बन्दलाई 'बन्द' गराउन नेतामा नैतीकता चहिन्छ । जुन हाम्रा नेताहरुमा छँदै छैन ।

    ReplyDelete
  4. हामी पनि उस्तै हौँ । भोलि बन्द भएपनि हुन्थ्यो भनेर कामना गरेर बस्छौँ पढ्नका अल्छीले !!!!

    ReplyDelete
  5. उपाय छ यस्को बन्द गरौ हाम्रो खोक्रो राष्ट्रियता को बखान र सिधै बेचुम यस्लाई कुनै धनी देश सामु .....

    के सोच्नु हुन्छ ??? नेपाल अहिले चाँही बेचिएकै छैन ??? छ हजुर छ तपाईं हामी ले नदेखिने गरी भित्र भित्रै कसै कसै को मात्र पेट भरिदै .....

    यसरी घुमाउरो तरिकाले बेचिनु भन्दा सिधै बेच्दा कम्से कम सबै को atleast पेट त भरिन्थ्यो कि ?????

    किन दुई चार जना को पेट भर्न हामी राष्ट्रियता को झुठो नारा लगाइ रहने ????

    ReplyDelete
  6. Some where I am with उजेली ji. God know why few people love to support it.

    ReplyDelete
  7. उपाय छ यस्को बन्द गरौ हाम्रो खोक्रो राष्ट्रियता को बखान र सिधै बेचुम यस्लाई कुनै धनी देश सामु .....

    के सोच्नु हुन्छ ??? नेपाल अहिले चाँही बेचिएकै छैन ??? छ हजुर छ तपाईं हामी ले नदेखिने गरी भित्र भित्रै कसै कसै को मात्र पेट भरिदै .....

    यसरी घुमाउरो तरिकाले बेचिनु भन्दा सिधै बेच्दा कम्से कम सबै को atleast पेट त भरिन्थ्यो कि ?????

    किन दुई चार जना को पेट भर्न हामी राष्ट्रियता को झुठो नारा लगाइ रहने ????

    ReplyDelete
  8. हामी पनि उस्तै हौँ । भोलि बन्द भएपनि हुन्थ्यो भनेर कामना गरेर बस्छौँ पढ्नका अल्छीले !!!!

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post