Skip to main content

Posts

Showing posts with the label Viber

'हाम्रो पात्रो' भाइबरको पब्लिक एकाउण्टमा उपलब्ध भएसँगै, हाम्रोपात्रोले भाइबरमा भएका ब्रान्ड तथा सेलिब्रेटी लगायतका पब्लिक एकाउण्टहरुलाई लक्षित गरेर 'हाम्रो च्याटबोट' नामक 'च्याटबोट' सार्वजनिक गरेको छ । यसका साथै हाम्रोपात्रो एपमा उपलब्ध लगभग सबै सेवाहरु अब हाम्रो च्याटबोट मार्फत, 'हाम्रो पात्रो'को भाइबर एकाउण्टमा उपलब्ध छ । के हो हाम्रो च्याटबोट? कुनै पनि ब्राण्ड तथा सेलिब्रेटिहरुले भार्इबरमा भएका आफ्ना फलोअरहरूसम्म सहज रूपमा पुग्न तथा दोहोरो सम्वाद गर्नका लागि हाम्रो पात्रोले बनाएको च्याटबोट नै ' हाम्रो च्याटबोट ' हो । 'हाम्रो च्याटबोट'को प्रयोगबाट ब्रान्ड तथा सेलिब्रेटिहरुले तत्काल कुनै जानकारीलाई नोटिफिकेशनको रुपमा भाइबरमा पठाउन, च्याट गर्न, भोटिङ वा सर्वेक्षण गर्न, समाचार सम्प्रेषण तथा युट्युब भिडियो प्रशारण गर्न सक्छन् । आफ्नो ब्राण्ड अथवा उत्पादनकालागि आफ्नै ChatBot बनाउन अथवा यसबारे थप जानकारी लिन चाहनुहुन्छ भने 'Hamro ChatBot' को आधिकारीक वेबसाइट chatbot.hamropatro.com भिजिट गर्न सक्नुहुन्छ । भाइबरमा हाम्रो पात

भाइबरले नेपाली प्रयोगकर्ताहरुलाई लक्षित गरेर, नेपाली भाषाका नयाँ स्टिकरहरु सार्वजनिक गरेको छ । फ्रेडी, अङ्ग र अप्ठ्यारो गरि ३ वटा नयाँ स्टिकर प्याक सार्वजनिक गरेको हो । नयाँ सार्वजनिक गरिएका फ्रेडी, अङ्ग र अप्ठ्यारो, पहिले नै उपलब्ध अंग्रेजी भाषाका स्टिकहरुलाई नेपाली भाषामा उल्था गरेर ल्याइएको हो । स्टिकहरुले च्याटलाई रमाइलो बनाइदिने र आफ्नो मुड स्टिकरबाट भन्न/देखाउन पाइने कारण च्याटमा स्टिकरहरुको प्रयोग बढ्दो छ । भाइबरले सार्वजनिक गरेको नयाँ स्टिकरहरु भाइबरको स्टिकर मार्केटबाट निशुल्क डाउनलोड गर्न मिल्छ । ४५ लाख नेपाली प्रयोगकर्ताहरु रहेको भाइबर, फेसबुक मेसेन्जर पछि, नेपालमा सबैभन्दा धेरै प्रयोग हुने दोस्रो 'मेसेजिङ एप' हो । भाइबरबाट इन्टरनेट मार्फत निशुल्क, फोन र भिडियो च्याट गर्न मिल्छ । भाइबरले, केही हप्ता पहिले सिमित समयको लागि टुबोर्गसँगको सहकार्यमा नेपाली भाषाको 'टुबोर्ग फन स्टिकर' सार्वजनिक गरेको थियो ।