Skip to main content

Posts

Showing posts with the label Anil

बन्द छ हृदय शिथिल छ शरीर श्वास फेरिदिने कोशिश नगर संसार भुलिदिएछु तिमीलाई चाहन खोज्दा आफूलाई बिर्सिदिएछु तिमीलाई खोज्न चाहदा सपना मै छ संसार अन्धकार मै छ तिम्रो अस्तित्व ब्युँझाईदिने कोशिश नगर यसमा दोष तिम्रो हैन मेरो नै छ अञ्जान समबेगलाई परिभाषा दिने जुन प्रयास मैले गरें बान्छना त कुन हृदयमा पलाउदैन होला तिम्रो अस्तित्वलाई अँगाल्ने जुन भुल मैले गरें लज्जित छ अभिलाषा दोषी छ हृदय माफि दिने कोशिश नगर लाग्थ्यो आँखाको अभिन्न अंश हो तिम्रो स्वरूप तिम्रो सुन्दरताको ओजस्बिले बन्थें म कुरुप रसाईसकेछन नयन बगिसकेछ त्यो आकृति आँखा खोलिदिने कोशिश नगर चिसो आगो र निराश आशा छ मनमा भाग्यलाई दोषी देख्ने सामर्थ्य छैन दु:खी राख्ने चोट र अनन्त तिमी बोकी बाँचिराख्ने जीवन देख्ने ईक्षा छैन पार्थिब छ शरीर आगो छ तिम्रा चाहनाको समबेदना दिने कोशिश नगर । -अनिल शिवाकोटी कुपन्डोल ।

त्यो चन्द्रमा आकाशमा नभए पनि ,औँशी परेको पनि त होइन तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन। बाँच्ने इच्छा थियो मेरो तिमीलाई मनको ढुकढुकी भनि तिम्रो आकृतिको प्रतिबिम्ब खोज्दथेँ अन्धकारमा पनि। ढुकढुकी बन्द भएपनि, बाँच्न नचाहेको पनि त होइन तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन। क्षणिक भएतापनि तिम्रो हाँसोलाई आँखामा राख्न चाहेथें उघानको अनगिन्ती फूलहरुमध्ये सून्दर एउटा पाएथें। आखाँ केही रसाएपनि, आशु झार्न लागेको पनि त होइन तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन। म त भाग्यमानी नै रहेछु,तिम्रो तिरस्कार भए पनि पाएछु तिमीलाई खोज्दै हिडेथें,तर तिमी भित्रै नै हराएछु। त्यही तिरस्कार पिएर, बेहोस हुन रोजेको पनि त होइन तिम्रो याद हरपल मनमा आएपनि सम्झन खोजेको पनि त होइन। -अनिल सिवाकोटी कुपन्डोल ! -- imgsrc: school-clipart.com