देश अस्तव्यस्त,जनजीवन त्रस्त । बर्बाद छ हालत,अब त खान पनि पाइएन । म छक्क परेँ-“अरे ! कस्लाई गफ दि’राछौ यार ?”, “के गफ दिनु,साँच्चै भन्दैछु”-उसले भन्यो । साँच्चै,उसले खाना खाने गरेको होटल त अस्ति को दिन देखि नै बन्द भैसकेछ । पैसा छ नि,पैसा नै खानु भएन । खाने सामल-चामल,दाल,तरकारी सबै छन् तर पनि होटल बन्द छ । के गर्नु ? “मेस (क्यान्टिन) पनि चल्न अझै एक हप्ता लाग्छ होला, कता जाने यार ?” अर्को साथीले पनि थप्यो । “मेस मा चाँही कसरी खान पाइन्छ होला र ! मेस चामल,दाल,तरकारी भएर मात्र चल्ने हैन क्या’र, मेस चलाउन पनि ग्यास र मट्टितेल चाहीयो नि !” – मैले भनेँ । “त्यही त भन्या”, अघिसम्म मौन बसेको अर्को साथी बोल्यो । क्याम्पस को वरिपरि यस्तै करिब १ दर्जन होटलहरु छन् तर अधिकांश होटलहरु बन्द छन् । क्याम्पस को क्यान्टिन पनि सञ्चालन मा छैन (करीब १ महिना अघि नै बन्द भएको हो) । होटल कुनै संघ,संगठन र मजदुर ले बन्द गरेको नभै,होटल ग्यास र मट्टितेल को अभाव मा बन्द भएका हुन् । होस्टल मा बस्ने मात्र न’भै क्याम्पस मा आउने सबै शिक्षक तथा विद्यार्थीहरुको खाना खाने ठाँऊहरू बन्द छन् । वरिपरि रहेका १ दर्जन होटलहरुमा