भर्चुअल रियालिटि गेम पोकेमन गो'को संसारभर व्यापक चर्चा भइरहँदा, गुगल 'ले "भर्न : द हिमालयज" नामक एन्ड्रोइड एप सार्वजनिक गरेको छ । सगरमाथा तथा आसपासका क्षेत्रहरुको थ्रिडी म्याप समेटेर बनाइएको यो खेलमा 'भर्न' नाम गरेको यति सँगै सगरमाथा तथा खुम्बु क्षेत्रको यात्रा गर्न सकिन्छ । ५ सय फिट अग्लो भर्न (Verne) नामक ' यति ' सँगै सगरमाथाको टुप्पामा कुद्दै जान सकिन्छ । भर्न सँगै कहिले याक धपाउन सकिन्छ भने, कहिले 'जेटप्याक' लाएर त कहिले ग्लाइडर लिएर हिमालको माथि माथि उड्न सकिन्छ । थ्रिडीमा सगरमाथा तथा आसपासका हिमाल, बजार, गुम्बा, ताल, जिवजन्तु आदिबारे यो एपबाट सजिलोसँग जान्न सकिने, घुम्न सकिने कुरा गुगल म्यापले आफ्नो ब्लगमा उल्लेख गरेको छ। गुगल म्यापमा विश्वका केही चर्चित ठाउँहरु थ्रिडीमा समेटिएकाछन् । यसैको निरन्तरता स्वरुप सगरमाथा तथा आसपासका क्षेत्रहरु बारे थ्रिडीमा सहज रुपमा जानकारी दिने उदेश्यले, यो एप बनाइएको हो । सन् २०१३ मा गुगलले सगरमाथा क्षेत्रको ३६० डिग्री तस्विरहरु गुगल म्यापमा सार्वजनिक गरेको थियो भने गत वर्ष गुगल स्ट्रिट भ्युमा सगरमाथ