Skip to main content

मोबाइलमा राख्नैपर्ने १० एप्स

गुगलको प्लेस्टोर तथा एप्पलको एपस्टोरमा गरेर ३० लाख भन्दा धेरै मोबाइल एप्सहरु छन् । सबैले, सबै एप्स चलाउन सम्भव छैन । स्थान, भाषा, रुची आदि विविध कारणले सबै एप्सहरुको आफ्नै महत्व र आफ्नै किसिमका प्रयोगकर्ताहरु छन् । आजको यस ब्लगमा भने, एन्ड्रोइड र आइफोनमा राख्नैपर्ने १० एपहरुको चर्चा गर्दैछौँ ।


१) हाम्रो नेपाली किबोर्ड - नेपाली लेख्न चाहनेहरुको पहिलो रोजाइ ‘हाम्रो किबोर्ड’ बन्ने गरेको छ । दश लाख भन्दा बढि पटक डाउनलोड भएको हाम्रो किबोर्ड, एन्ड्रोइड २.२ भर्सन देखि माथिका सबै एन्ड्रोइडफोनहरुमा चल्छ । नेपाली लेख्नका लागि गुगलको किबोर्ड देखि लिएर अन्य दर्जनौँ किबोर्डहरु प्लस्टोरमा उपलब्ध छन् तर हाम्रो किबोर्डमा फरक फरक ३ प्रकारले लेख्न मिल्ने कारण सबैको रोजाइमा परेको हो । एउटै किबोर्डबाट, नेपाली ट्रान्सिलिरेसन, रोमन युनिकोड, नेपाली युनिकोडमा लेख्न मिल्छ । नेपाली टाइप आउने र नआउने दुबैका लागि यो एप उपयोगी छ । नेपाली टाइप आउनेले नेपाली युनिकोड प्रयोग गर्न सक्छन् भने, मदन पुरस्कार पुस्तकालयले बनाएको रोमन नेपाली किबोर्डमा हात बसेकाले, रोमन नेपाली युनिकोड लेआउट छान्न सक्छन्, त्यस्तै गुगल ट्रान्सिलिरेसनमा हात बसेकाले रोमन टाइप गर्दै नेपालीमा लेख्न सक्छन् नेपाली ट्रान्सिलिरेसन लेआउट मार्फत । यसका साथै, यस किबोर्डमा ईमोजी र थिमहरु पनि राखिएको छ । हाम्रो किबोर्ड एन्ड्रोइडको लागि गुगल प्लेस्टोरमा निशुल्क उपलब्ध छ ।

२) हाम्रो पात्रो - हामीलाई दैनिक चाहिने हरेक कुराहरु, हाम्रो पात्रोमा राखिएको छ । नेपाली पात्रोको रुपमा सुरु भएको हाम्रो पात्रोमा अहिले राशिफल हेर्ने देखि लिएर रेडियोसम्म सुन्न सकिने सुविधा छ। हाम्रो पात्रो राखेपछि, समाचार, लोडसेडिङ, रेडियो, नेपाली शब्दकोष आदिका लागि विभिन्न एपहरु राख्नुपर्ने समस्याबाट छुटकारा पाइन्छ । १० लाख भन्दा धेरै पटक डाउनलोड भएको हाम्रो पात्रो एन्ड्रोइड र आईओएस (आईफोन) मा उपलब्ध छ ।

३) ई सेवा - नेपालमा अनलाइन कारोबार गर्नको लागि ई‍ सेवा - “मोबाइल वालेट” अत्यन्त उपयोगी एप हो । रिचार्ज कार्ड किन्न पसल धाउनुपर्ने, टेलिफोन तथा इन्टरनेटको बिल तिर्न सम्बन्धित अफिस पुग्नुपर्ने, बस तथा प्लेनको टिकट खरिद गर्न ट्राभल एजेन्सी धाउनुपर्ने, आदि झन्झटिलो कामहरुलाई ईसेवाले सरल र सहज बनाइदिएको छ। ई-सेवा मार्फत घरै बसी बसी माथि उल्लेख गरिएको कुराहरु मोबाइलबाट नै गर्न सकिन्छ । आफ्नो बैंकको अनलाईन बैंकिङ मार्फत वा ईसेवा काउन्टर मार्फत ईसेवामा पैसा ट्रान्सफर गर्न सकिन्छ, त्यसपछि ई-सेवा मार्फत अन्य सेवा लिनसकिन्छ । हिजोआज केही अनलाइन स्टोरबाट आफूलाई चाहिएको सामान पनि ईसेवा मार्फत खरिद गर्न सकिन्छ । ई सेवा एप् गुगल प्लेस्टोर तथा एप्पल स्टोरमा उपलब्ध छ ।


४) गुगल फोटो - सबैको हात हातमा क्यामेरा छ, हामीमध्ये अधिकांशको बानी फोटो खिचिहाल्नेछ । फोटो त खिच्छौँ तर मोबाइलमा ती सबै फोटोहरु सँधै जोगाएर राख्न सम्भव हुँदैन । गुगल’ले यसको विकल्प निकालिदिएकोछ, गुगल फोटो मार्फत । गुगल फोटोमा फ्रि’मा ‘अनलिमिटेड’ फोटोहरु राख्न सकिन्छ। तपाईले खिचेको फोटोहरु, गुगल’ले सुरक्षित सँग राखिदिन्छ, यतिमात्र होइन, तपाईका फोटोहरु गुगल’ले अटोमेटिक भिडियो, नयाँ फोटो आदि बनाइदिन्छ । यसका साथै गुगल फोटोमा आफ्ना फोटोहरु सम्पादन गर्न सकिन्छ । गुगल फोटोमा आफ्ना फोटोहरु सर्च गर्ने सुविधा पनि छ । गुगल फोटो, एप स्टोर र प्लेस्टोरमा उपलब्ध छ ।


५) एनलोकेट - तपाई काठमाडौँमा हुनुहुन्छ भने, तपाईका लागि एनलोकेट उपयोगी एप हो । एनलोकेट - लोकल सर्च इन्जिन हो, जहाँ हामीलाई दिनहुँ आवश्यक पर्ने ठाउँहरुको जानकारी राखिएको छ। एटिएम, बैक, पेट्रोल पम्प, स्कुल, कलेज, हस्पिटल, सरकार कार्यालय आदि कता छन् भनेर खोज्नुपर्यो भने, एनलोकट गर्न सकिन्छ । एनलोकेटले, तपाईको लोकेशन हेरेर, तपाईको वरिपरिका कुराहरु तपाईलाई म्यापमा देखाइदिन्छ । एनलोकेटमा, हस्पिटल र डाक्टरको समय तालिका समेत उपलब्ध छ । एनलोकेट गुगल प्लेस्टोर र एप्पल एप् स्टोरमा उपलब्ध छ ।

६) यल्लो नेपाल - काठमाडौँका खानाका पारखीहरुका लागि यल्लो नेपाल अत्यन्तै उपयोगी एप् हो । यल्लो एपमा कहाँ, के खाने भनेर सर्च गर्न सकिन्छ । एल्लो’ले तपाईको लोकेशन अनुसार तपाईको नजिकमा रहेका रेष्टुरेन्ट देखाउँछ । गत बर्ष गुगलले आयोजना गरेको गुगल स्टोरिज कम्पिटिसनको बिजेता समेत रहेको यो एपमा खाना खाने ठाउँ बाहेक, कहाँ पार्टि छ, कहाँ लाइभ म्युजिक छ, कहाँ डिस्काउन्ट छ आदि भन्ने कुराहरु पनि हेर्न मिल्छ । यल्लो एप प्लेस्टोरमा उपलब्ध छ ।



७) क्यामेरा ३६० - मोबाइलबाट धेरै फोटो खिचिन्छ, तर मोबाइल क्यामेरा’का कारण फोटो राम्रो आउँदैन भनेर चिन्तित हुनेका लागि क्यामेरा ३६० उपयोगी छ । क्यामेरा ३६० एपमा विभिन्न फिल्टरहरु राखिएकाछन्, आफूलाई मन परेको फिल्टर र मोडमा यसबाट फोटो खिच्न सकिन्छ, साथै खिचिएको फोटोहरु सजिलै सोसल मिडियामा सेयर पनि गर्न सकिन्छ । यसका साथै, यस क्यामेराले अनलाइन फोटो स्टोरेज पनि उपलब्ध गराउँदै आएकोछ । क्यामेरा ३६० प्लेस्टोर र एप स्टोरमा उपलब्ध छ ।

८) गुगल किप - बाटोमा हिँड्दा केही देखियो, गाडीमा यात्रा गर्दा गर्दै केही सम्झियो, केही कुराहरु टिप्न मनलाग्दा गुगल किप प्रयोग गर्नुस् । गुगलकिपमा गर्नुपर्नेकाम को लिस्ट र रिमाइन्डर पनि राख्न मिल्छ । गुगल किपमा लेखिएका कुराहरु, डेस्कटप बेवबाट पनि हेर्नमिल्न छ । गुगल किप प्लेस्टोर र एपस्टोरमा उपलब्ध छ ।

९) भी एल सी प्लेयर - डेस्कटपको पपुलर भिडियो प्लेयर भिएलसी एन्ड्रोइडमा उपलब्ध छ । मोबाइलमा चलचित्र तथा गित हेर्नेहरुको लागि भिएलसी राख्नै पर्ने एप हो, प्राय: मोबाइलमा पहिले नै राखिएर आउनले प्लेयरहरुले सबै किसिमका फाइल प्ले गर्न सक्दैनन् । मोबाइलमा राखेका हरेक प्रकारका भिडियो र अडियो फाईललाई भिएलसी प्लेयर मार्फत हेर्न तथा सुन्न सकिन्छ । भिएलसी प्लेयर गुगल प्लेस्टोर र एप्पल एपस्टोरमा उपलब्ध छ ।

१०) भाईबर - च्याट गर्नेहरुका लागि भाईबर अत्यावश्यक एप हो । हिजोआज मोबाइल प्रयोगकर्ताहरु माझ, एसएमएस भन्दा भाइबर म्यासेज लोकप्रिय हुँदै छ । भाइबरबाट अर्को भाइबर भएको फोनमा फ्रिमा फोन र भिडियो कल गर्न मिल्ने सुविधा छ । नेपालमा फेसबुक म्यासेन्जर पछि, अत्याधिक प्रयोग हुने एप भाइबर हो । भाइबर एन्ड्रोइड र आइफोन दुवैमा उपलब्ध छ।

(युवामञ्चको असोज अंकमा प्रकाशित)

➤ Install Aakar Post Android App from Google PlayStore | For both iPhone (iOS) & Android users Subscribe Aakar Post in PlayNews Stand

Comments

Popular posts from this blog

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

फोटो आफैँ बोल्छ [Photo Story]

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा...

Subscribe to Aakar Post