Skip to main content

Posts

Showing posts from February, 2016

हिजो स्कुल गइएन । स्कुलमा अनुपस्थित हुन्छु भनेर निवेदन पनि लेखिएन । निवेदन लेखिएको भए, साथीले पहिलो घन्टी हाजिर गर्ने सरलाई निवेदन दिन्थ्यो होला। अघिल्लो महिना लक्ष्मणले निवेदन लेखेर पठाएको थियो, उसको बुवाको हस्ताक्षर सहित । तर पनि भोलिपल्ट उसले पहिलो घन्टीमा बाँसका सिर्कनाले कुटाइ खाएको थियो । सर सहित, हामी सबैले, उसको बुवालाई  नरेश भनेर चिन्थ्यौँ,  तर हस्ताक्षरमा राम नरेश लेखिएको थियो । अरुलाई नक्कली हस्ताक्षर गराएर ल्यायो भनेर, उसले पिटाइ खाएको थियो । भोलिपल्ट लक्ष्मणले आफ्नु बुवालाई स्कुलमा लिएर आयो, मैले हस्ताक्षर गरेर पठाउँदा पनि मेरो छोरालाई कुट्ने भनेर नरेश काकाले सरहरुलाई गाली गरेपछि, सुरेश सरले केही दिनका लागि कसैलाई कुनै कार्वाही गरेनन् । तर दोस्रो, तेस्रो हप्ता देखि नै नभनी बिदा बस्ने, निवेदन नपठाउनेहरु, अनि फर्जी हस्ताक्षर गराउने विद्यार्थीहरुले कुटाइ खान थालेका थिए । आज पालो मेरो थियो, कुटाइ खाने। निर हालेर धोएको सेतो सर्ट, सेतो पाइन्ट अनि कपडाकै सेतो जुत्ता, तेलले चिपिक्क पारेर वाँया फर्काएर कोरिएको-कलप लगाइएको कालो कपाल, सर्टको खल्तीमा रातो र कालो क...

" सेफर ईन्टरनेट डे २०१६ " को अवसर पारेर, यसवर्ष पनि गुगल'ले आज आफ्नो एकाउन्टको सेक्युरिटि चेकअप गर्ने प्रयोगकर्ताहरुलाई २ जिबी स्पेश गुगल ड्राइभमा निशुल्क थपिदिने भएको छ । ईन्टरनेटमा सेक्युरिटि, गम्भिर भएर सोच्नुपर्ने विषय हो । हामी कतिपयले ईन्टरनेटमा एकदमै कमजोर पासवर्ड राखिरहेका हुन्छौँ, आफ्ना व्यक्तिगत डाटाहरु अरुले सजिलै भेट्ने किसिमले सेयर गरिरहेका पनि हुनसक्छौँ। नचाहिएका डिभाइस वा एपहरुमा कनेक्ट गरिरहेका हुनसक्छौँ । त्यसैले, ईन्टरनेटमा सुरक्षित रहौँ भन्ने सन्देश सहित, गुगल ले आफ्ना प्रयोगकर्ताहरुलाई आफ्नो गुगल एकाउन्टको सेक्युरिटि चेकअप गर्न सुझाएको छ । सेक्युरिटी चेकअपमा, तपाईले आफ्नो फोन नम्बर, रिकभरी ईमेल ठिक छ कि छैन, कनेक्ट भएका एप्स र डिभाइस ठिक छन् कि छैनन्, साइन ईन देखाएका लोकेशन ठिक छन् कि छैनन्, आदि चेक गर्नसक्नुहुन्छ। साथै, सेक्युरिटि चेकअप गरेको खण्डमा, गुगल'ले निशुल्क २ जिबी स्पेश गुगल ड्राइभमा उपलब्ध पनि गराउनेछ । गत वर्ष पनि गुगल'ले यस्तै किसिमको बोनसको व्यवस्था गरेको थियो । पोहोर, सेक्युरिटि चेकअप गर्नेहरुले पनि, अहिले चेक...