Skip to main content

यो दशैं चाड हो…


यो रित्त्याउने चाड हो…

शहर रित्तिन्छन,

पसल रित्तिन्छन,

गोठ रित्तिन्छन,

बोतल रित्तिन्छन,

खल्ती रित्तिन्छन!


यो मत्त्याउने चाड हो…

कोही जितेर मात्तिन्छन,

कोही पिएर मात्तिन्छन,

कोही खाएर मात्तिन्छन,

कोही पाएर मात्तिन्छन,

कोही लाएर मात्तिन्छन!


यो मार्ने चाड हो…

पशु मर्छन, पंक्षि मर्छन,

धेरैको घर जाने सपना मर्छन,

बाआमाको हातको टिका लगाउने चाहना मर्छन,

कोही डाहले मर्छन,

कोही पिडाले मर्छन!


यो रुवाउने चाड पनि हो…

कोही हर्षले रुन्छन,

कोही बिस्मातले रुन्छन,

कोही पिरेर रुन्छन,

कोही कुरेर रुन्छन,

कोही फोटो हेर्दै रुन्छन!


यो खाली खाली चाड पनि हो…

कसैको घरै खाली हुन्छ,

कसैको मनै खाली हुन्छ,

कसैको निधारै खाली हुन्छ,

कसैको पकेट खाली हुन्छ,

कसैको त पेटै खाली हुन्छ!

- By N®B  
Image via Inspihive by Ananda

Comments

Subscribe to Aakar Post