Skip to main content

Lolita Episode - 2



Listen to 2nd episode of Lolita.

केशरी हुमागाईव्दारा अनुवादित भ्लादिमिर नावोकोभ को विवादास्पद र बहुचर्चित उपन्यास “लोलिता” को दोश्रो अंक लिएर आजको रेडियोवाचनमा उपस्थित भएका छौँ । २० औँ शताब्दि का प्रख्यात कथाकार तथा उपन्यासकार भ्लिदिमिर नावोकोभ ले लोलिता उपन्यास मा “हम्बर्ट को आफ्नी झट्केली छोरी लोलिता प्रतिको यौनाभावको खुलासा” गरेकाछन् ।

आजको रेडियोवाचन को बसाइमा संसारभर करोडौँ प्रति बिक्रि भइसकेको उपन्यास “लोलिता” को यो दोश्रो अंक हाम्रा लोकप्रिय रेडियोकर्मी अच्युत घिमिरे वाचन गर्दैहुनुहुन्छ, २५ औँ पृष्ठदेखि ।

लोलिता हिँड्दा हिँड्दै आएर रोकिइ … श्रीमती हेज… प्रोफेसर हम्बर्ट… प्रोफेसर हम्बर्ट लोलितालाई यौनको आँखाले हेर्दैछन्… । अनौठो सम्बन्ध र एकदमै विवादास्पद उपन्यास लोलिता, यस्तै यस्तै प्रसंगहरु सँग अघि बढ्दै जान्छ । अच्युत घिमिरे को वाचनमा सरल र सहज लागेको “लोलिता” को कथा मैले भनिरहनु जरुरी लाग्दैन । यहाँहरु ले सुनेर नै मुल्यांकन गर्नसक्नुहुन्छ । जब जब, श्रीमती हेज घरबाहिर हुन्थिन तब प्रोफेसर लोलितालाई चलाउने र जिस्क्याउने नियत ले हरदम लोलिताकै वरिपरि घुमिरहेका हुन्थे । यहाँ विल्कुल यौनिक आँखा घुमिरहेकाछन्, अनि ती आँखाहरु लोलिताको अगाडि पछाडि हेरिरहेकाछन् । उपन्यास, लोलिताको वर्णन गर्दै अगाडि बढेको छ अनि सुनाउँदैछन्, प्रोफेसर हम्बर्ट ! लेखक, आफू नै हम्बर्ट बनेकाछन्, अनि यी सबै कुराहरु हम्बर्ट अरुलाई सुनाइरहेकाछन् ।

यहाँहरुलाई रेडियोवाचन को श्रृंखलाहरु कस्तो लाग्दैछ, हामी ताली गाली अनि सल्लाह र सुझाव को सदैव अपेक्षा गर्दछौँ । यहाँहरुले प्रतिक्रियाहरु सिधै अच्युत घिमिरेलाई [email protected] मा ईमेल गरेर पठाउन पनि सक्नुहुनेछ । रेडियोवाचन को यो बसाइमा ‘लोलिता’ को अंकहरु उपलब्ध गराइदिनुहुने, रेडियोकर्मी अच्युत घिमिरेलाई हार्दिक धन्यवाद ! साथै, प्राविधिक साथि उज्वल अधिकारी र कार्यक्रममा प्रयुक्त गित संगितका सम्पुर्ण स्रष्टाहरुलाई धेरै धेरै धन्यवाद !

नोट: यो यौन उपन्यास हो, जसमा समाजले नपचाउने प्रोफेसर र झट्केली छोरी लोलिता बिचको सम्बन्ध को वर्णन गरिएको छ । केही उमेर समूह वा केही व्यक्ति विशेषलाई, यो उपन्यास अनुपयुक्त लाग्न सक्छ, यसमा प्रयुक्त शब्दहरु र घटनाको वर्णनको क्रम मन नपर्नसक्छ । यदि कसैलाई अपाच्य लागेमा, हामी माफि चाहन्छौँ ।

Comments

  1. Thank you so much for the second part...
    Its really nice to listen it here on line..

    ReplyDelete
  2. मैले सुन्न नै पाएको छैन, परिक्षाको चापले, अली धेरै दिनसम्म राख्नु ल आकारजी यो दोस्रो पाठ ।

    ReplyDelete
  3. Thank you so much....
    Was so much desperate to hear it...

    ReplyDelete
  4. मैले सुन्न नै पाएको छैन, परिक्षाको चापले, अली धेरै दिनसम्म राख्नु ल आकारजी यो दोस्रो पाठ ।

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post