Skip to main content

सत्यको खोजीमा "कोर्ट मार्शल"

हिजोआज विभेद विरुद्ध जहिँकहिँ आवाज उठ्ने गरेकोछ । तर हामीकहाँ केही संयन्त्रहरु यस्ता छन्, जहाँ विभेद विरुद्धका आवाज बाहिरसम्म आइपुग्दैनन्, माथिल्लो निकायसम्म पुग्दैनन्, ती आवाजहरु त्यसै दबाइन्छन्, त्यसै दबिएर जान्छन् । अपवादका रुपमा कहिलेकाँही ती विभेद विरुद्धका आवाजहरु विस्फोट हुन्छन् । ती आवाजहरु विस्फोटन हुँदा पनि अंधिकाश समय, 'सत्य के हो' भनेर खोज्ने प्रयत्न गरिँदैन ।


तर थिएटर भिलेज, उत्तरढोका, काठमाडौँमा चलिरहेको अनुप बराल निर्देशित नाटक 'कोर्ट मार्शल'ले भने 'सैनिक संगठन' भित्र दबिएका आवाज र त्यसले निम्त्याएको अकल्पनिय परिणाम पछि, सत्यको खोजी गर्ने प्रयास गरेकोछ । सत्यको खोजी गर्ने टोलीको नेतृत्व नायक सुवास थापा उर्फ क्याप्टेन विकास पोखरेलले गरेकाछन् भने नायक राजेश हमाल उर्फ कर्नेल रुपक सिंहले 'कोर्ट मार्शल'कै नेतृत्व गरेकाछन् ।

एक सिनियर अफिसरलाई गोली हानेर हत्या गरेको र अर्को एकजनालाई घाइते बनाएको अभियोगमा रामबहादुर (सुदाम सिके) माथि कोर्ट मार्शल गरिन्छ । रामबहादुरले आफ्ना सिनियरको हत्या गरेको स्विकार गरिसकेको अवस्थामा यस विषयलाई अगाडी लानुको खासै महत्व छैन भनेर मेजर गिरी (दिया मास्के)ले वकालत गरिरहँदा, रामबहादुरको पक्षमा उभिँदै क्याप्टेन विकास पोखरेलले सत्यको खोजी गरिनुपर्ने भन्दै नाटकको कथानक अघि बढ्छ ।  

बहसको क्रम अघि बढ्दै जाँदा, क्याप्टेन विकास पोखरेलले सैनिक संगठन भित्र हुने ज्यादतीका बारेमा उजागर गर्दैजान्छन्, विभिन्न साक्षीहरु मार्फत । सैनिक संगठन भित्र हुने जातपातका कुरा, जुनियरमाथि हुने अन्याय, सिनियरका अहम् र उद्दण्डता, सहयोगीको निहुँमा दास बनाउने प्रवृत्ति आदि विभिन्न विभेदका बारेमा कुराहरु उजागर हुँदै जाँदा, केही अघिसमयसम्म खित्का छोडिरहेका दर्शकहरुका पनि आँखा रसाउँछन् ।


क्याप्टेन पोखरेलले घटना किन घट्यो भन्ने कुरा कोर्ट मार्शलमा सबैको अगाडि प्रस्ट पार्दिन्छन्, कोर्ट मार्शलको नेतृत्व गरेका कर्नेल रुपक सिंहले फैसला गर्ने जिम्मा दर्शकहरुलाई नै छोड्दै भन्छन् सबै अपराधमा यहाँबाट न्याय गर्न सँकिदैन, त्यस्तो अवस्थामा माथिबाट न्याय हुन्छ । नेपथ्यमा गोली चल्छ, "पोएटिक जस्टिस" । नाटक सकिन्छ ।

भारतीय लेखक स्वदेश दीपकको नाटकलाई नेपालीकरण गरेर र अझ गणतन्त्र आइसकेको सन्दर्भ मिलाएर एक्टर्स स्टुडियोले मञ्चन गरेको हो । माथि भनिएजस्तै नाटकले सैनिक संगठन भित्र हावी भएका नराम्रा कुराहरुको बारेमा उजागर गरिदिन्छ जवान रामबहादुरको कोट मार्शल मार्फत । नायक राजेश हमाल, नायक सुवास थापा, दयाहाङ राई, दिया मास्के, वि.एस. राणा, कर्मा लगायत करिब २० जना कलाकारहरुको अभिनय रहेको नाटक कुनै मल्टिस्टारर चलचित्र भन्दा कम छैन । १ घन्टा ४५ मिनेट लामो नाटक हेर्दा, चलचित्र नै हेरेको जस्तो अनुभुति हुन्छ । ओजपुर्ण सम्वाद, सैनिक अनुशासन र भव्य सेट देख्दा कहिँलेकाँही साँच्चै कुनै सैनिक ब्यारेकको गोप्य कोर्ट मार्शलमा छौँ जस्तो लाग्छ ।

क्याप्टेन विकास पोखरेल (सुवास थापा)ले कुशलतापूर्वक आफ्नो जिम्मेवारी बहन गरेकाछन्, त्यसो त नाटकको सम्पूर्ण भार नै सुवास माथि छ । कर्नेल रुपक सिंहको भूमिकालाई नायक राजेश हमालले न्याय गरेकाछन् । नाटक हेरिसकेपछि लाग्यो, राजेश हमाललाई नेपाली चलचित्रका निर्देशकहरुले चिनेकै रहेनछन् । राजेश हमालको कुरा हुँदा उनको सँधै "हेssहेssहे..." भन्ने तस्विर अगाडी आउँथ्यो, सायद यो नाटकले ती भ्रमहरु चिरिदिनेछन् अब ।


विपक्षबाट मेजर गिरी (दिया मास्के)ले बहस नगर्ने हो भने, कोर्ट मार्शलको कुनै महत्व नै हुने थिएन । अनि बुढो अफिसरको भुमिका गर्ने वि.एस. राणाको 'सेन्स अफ ह्युमर'लाई पनि मान्नैपर्छ । उनको हाउभाउ दुरुस्तै पुराना पाका आर्मी अफिसरको जस्तो छ ।

क्याप्टेन राणाको भूमिकामा रहेका कर्माको अभिनय जिवन्त छ, ठूलाको चाकरी गर्ने र सानालाई हेप्ने, हेपाहा प्रवृत्ति रहेको क्याप्टेन राणाले आफ्नो परिवार/नातागोता अनि अंग्रेजी भाषाको तुजुक पनि देखाउँछन् । कोर्ट मार्सल चलिरहँदा नै सेक्युरिटि गार्डबाट बन्दुक खोसेर, विपक्षी माथि हमला गर्न खोज्नुले नै ती क्याप्टेन कसैलाई टेर्दैनन् भन्ने प्रस्ट हुन्छ । म आफू मात्रै ठूलो हुँ भन्ने मान्यता राख्ने राणाको घमन्ड अन्त्य सम्म नै कायम हुन्छ ।

साक्षी बक्न बोलाइएका डाक्टर अनि दयाहाङ राई आदि मार्फत घटनाका रहस्यहरु खुल्दै गएकाछन् । अन्तिममा आफ्नो कुरा राख्न बोलाइएका रामबहादुरको दृश्य अत्यन्त मार्मिक छ, रामबहादुरमार्फत थाहा हुन्छ सैनिक संगठन भित्र यस किसिमको अन्याय र विभेद गर्ने, नोकर बनाउने प्रथा चलिरहेकोछ । उनीहरुको सम्पूर्ण दुख सायद केही मिनेटको सम्वादले बयान गर्न नसक्ला तर केही मिनेटको कुराले नै संगठन भित्र हुनेगरेका विभेदका बारेमा आवाज भने उठाएकोछ ।






सबै तस्विरहरु: प्रकाश लामिछाने (बाबाजी) 


Drama: Court Martial
Venue: Theatre Village, Tej Bhawan, Uttar Dhoka, Kathmandu (Map)
Time: 5:00pm-6:45pm (Everyday)
Date: 22nd Nov to 2nd Dec, 9th Dec to 22nd Dec.
Ticket: Rs. 500, 300, 200 (for students)
RSVP: Court Martial in Facebook Event

Comments

  1. भारतीय चलचित्र मात्र होइन, साहित्यमा पनि हलिउडको 'प्रभाव' धेरै छ भन्ने प्रमाण हो यो कथा। रब रेइनरको १९९२ को हलिउड चलचित्र A Few Good Men बाट धेरै नै प्रभावित भएको जस्तो लाग्छ कथा सुन्दा। सो चलचित्रको वलिउड भर्सन पनि छ।

    ReplyDelete
  2. i like this drama

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post