Skip to main content

देश को अर्थतन्त्र सुधार्न नेपाल सरकारले ‘नेपाली फेसबुक’ मा लगानी गर्ने

अर्थमन्त्री सँग गम्भिर मतभेद हुँदै राजिनामा दिएका सचिव रामेश्वर खनाल को बारेमा कुरा गर्न अस्ति बसेको मन्त्रीपरिषद को बैठकले देश को अर्थतन्त्र सुधार्न फेसबुक को नेपाली भर्सन ‘नेपाली फेसबुक’ मा लगानी गर्ने निर्णय गरेको छ ।Facebook-logo 

पाँच सय ‘मिलियन’ भन्दा धेरै प्रयोगकर्ताहरु भएको फेसबुक, विश्व मै सबैभन्दा धेरै हेरिने गुगल पछिको दोस्रो ठूलो साइट हो । हालै को तथ्याङ्क अनुसार नेपाल मा चाँही “फेसबुक” सबैभन्दा धेरै हेरिने साइट हो भने सबैभन्दा धेरै हेरिने दोस्रो साइट ‘गुगल’ हो । तथ्याङ अनुसार कुल जनसंङ्ख्याको २ दशमलव २ प्रतिशत (2.2%) नेपालीले ईन्टरनेट चलाउँछन् र ती २.२% भित्रका करिब ८ लाख ५० हजारले फेसबुक चलाउँछन् ।

सिएनएन को How much is Facebook really worth? भन्ने लेख अनुसार फेसबुकलाई  ६५ अर्ब डलर (नेपालीमा ४७.४५ खरब रूपैयाँ; फेसबुकभन्दा हाम्रो देशको वार्षिक बजेट १५ गुणा गरिब छ )  को साइट आँकिएको छ । त्यस्तै टेक्नोलोजी साइट ‘टेकक्रन्च’ ले  फेसबुकलाई याहु र इवे भन्दा धनी साइट को रुपमा चित्रण गरेको छ । (हेर्नुहोस् तलको चार्ट, स्रोत: टेकक्रन्च)
fb-valuation-chart 
नेपाल का ‘इन्टेलिजेन्स’हरुले फेसबुक का बारेमा तयार पारेको गोप्य रिपोर्ट को आधारमा अस्ति बसेको मन्त्री परिषद को बैठकले, ‘नेपाली फेसबुक’ मा लगानी गर्ने निर्णय गरेको हो । आगामी केही महिना भित्र सबै नेपाली को हातमा मोबाइल पुर्याउने निर्णय गरेको, नेपाल सरकार ले ‘देशको अर्थतन्त्र’ उकास्न को लागि ‘फेसबुक मा लगानी’ गर्ने अवधारण ल्याएको बताएको छ । फेसबुक मा लगानी गर्ने निर्णय गर्नु १ हप्ता पहिले नेपाल सरकार का मन्त्री तथा सचिवहरुले  कमलपोखरी स्थित सिटि सेन्टर मा रहेको ‘बिग सिनेमा’ मा फेसबुक का बारेमा बनाइएको चलचित्र  ‘The Social Network’ हेरेका थिए । यही फेसबुकमा लगानी गर्ने विषयमा पनि मतभेद उत्पन्न भएपछि सचिव रामेश्वर खनाल ले अस्ति अर्थमन्त्रालयबाट राजनिमा दिएको भन्ने सुनिएको छ ।

नेपाल सरकारले लगानी गर्ने हल्ला चलेपछि हामीले फेसबुक का सहसंस्थापक मार्क जुकरवर्गलाई फेसबुक म्यासेज बाट सम्पर्क गर्ने कोशीस गरेका थियौँ । फेसबुक मा लगानी गर्न आवश्यक पहल भइरहेको र केही दिन मै ‘मार्क जुकरवर्ग’ नेपाल आउने कुरा हामीलाई प्राप्त ‘जुकरवर्ग’ को म्यासेज ले प्रस्ट पारेको छ । जुकरवर्ग को म्यासेज मा ‘आफू पहिले पनि नेपाल आएको र नेपाल जस्तो सानो देशमा पनि अत्याधिक नेपालीहरुले फेसबुकलाई माया गरेको थाहा पाउँदा हर्ष लागेको बताएकाछन् । साथै, ‘नेपाली फेसबुक’ मा नेपाल सरकारले लगानी गर्न देखाएको तत्परतालाई आफूले हार्दिक स्वागत गरेको कुरा पनि, जुकरवर्ग ले उल्लेख गरेका छन् ।

कृषिप्रधान देश भनिएपनि, रेमिट्यान्स को भरमा टिकेको देशले, इन्टरनेट मा लगानी गरे चाँडो ‘फाइदा’  हुने चाल पाएका कारण, यस्तो निर्णय गरेको हुनसक्छ भन्ने हाम्रो बुझाइ छ । सुरुवात को ७ वर्ष भित्रै मै विश्वकै सर्वश्रेष्ठ बन्न सफल साइट, फेसबुक ले दिन दुई गुना रात चौगुना, आम्दानी गरिरहेको छ । फेसबुक को यही आम्दानी देखेको नेपाल सरकार ले, उक्त साइट को नेपाली भर्सन साइट को गुणस्तर विकास र बृद्धि को लागि भन्दै लगानी गर्ने निर्णय गरेको भएपनि, प्रमुख कुरा देश को अर्थतन्त्र नै सुधार्नु रहेको छ । फेसबुकबाट प्राप्त आम्दानी देशमा ‘पावरप्लान्ट’हरु बनाउन लगानी गरिने भनिएको छ । सरकार को आन्तरिक हिसाब अनुसार फेसबुकबाट प्राप्त हुने मुनाफा विद्युतमा लगानी गरिने हुँदा लोडसेडिङ आगामी केही वर्षभित्रै हराएर जानेछ ।

चौध घन्टा लोडसेडिङ ले गाँजेको देशमा फेसबुक चलाउने संङ्ख्या छन् भन्दा अचम्म मान्नुपर्ने कुरा केही छैन । केही वर्ष अघिसम्म सिमित व्यक्तिहरु को पहुँच मा रहेको इन्टरनेट, मोवाइल मार्फत  नेपालीहरु को हात-हात मा पुगेको छ तर यसो भन्दैमा इन्टरनेट र मोबाइल सबैको पहुँचमा पुगेको छ भन्न खोजेको हैन । फेसबुक को बढ्दो लोकप्रियता बढ्दै जाँदा र नेपालीहरुले बिहान उठेदेखि बेलुका नसुतुन्जेल सम्म फेसबुक मै आफूलाई ‘बिजी’ राख्ने गरेका कारण पनि नेपाल सरकारले ‘नेपाली फेसबुक’ मा चासो देखाएको हुन सक्ने, फेसबुक का चिफ अपरेटिङ अफिसर ‘सेर्ली स्यान्डवर्ग’ ले आफ्नो ब्लग मा उल्लेख गरेका छन् ।

नेपाली फेसबुक मा सुरुमा करिब पाँच करोड अमेरिकी डलर लगानी गर्ने नेपाल सरकार ले उल्लेख गरेको छ । त्यसका अलावा, नेपाली फेसबुक को विकास र विस्तार का लागि नेपाल मै ‘फेसबुक’ को अफिस खोलिने भएको छ । स्मरणिय रहोस् यसअघि नै भारत र चिन मा फेसबुक ले आफ्नो ‘अफिस’ खोलिसकेको छ भने नेपाल मा अहिले सम्म कुनै पनि अन्तराष्ट्रिय साइट को अफिस खुलेको छैन ।

केही महिना पहिले प्रसारित ‘बिबिसी साझा सवाल’ मा सार्वजनिक रुपमा २०११ भित्र आइटिपार्क सञ्चालन मा ल्याइने घोषणा गरेका  उच्चस्तरिय सुचना प्रविधि आयोग का उपाध्यक्ष मनोहर भट्टराईले वर्षौँ अघि बनेर थन्किएको ‘आइटिपार्क’ मा फेसबुक को अफिस खोलिने लगभग पक्का जस्तै भइसकेको जनाएका छन् ।

करिब २८ करोड को लगानी मा बनेको आइटिपार्क मा ‘नेपाली भर्सन को फेसबुक’ को वृद्धि र विकास का लागि खुल्ने फेसबुक अफिसमा करिब २५ नेपाली कम्प्युटर इन्जिनियरहरुले काम गर्ने छन् । फेसबुकलाई नेपाली इन्जिनियहरुले ‘लोकलाइजेसन’ गर्ने छन् । यसभन्दा अघि नेपाली फेसबुक मा प्रयुक्त शब्दहरुले दुविधा उत्पन्न गराएको मा, अब भने त्यस्ता शब्दहरुलाई हटाएर नयाँ शब्द राखिने छ । जस्तो यसभन्दा अघि POKE लाई घोच्नुस भनिएको थियो तर अब POKE जनाउन ‘घोच्नुस’ को सट्टा ‘कोट्याउनुस’ भन्ने शब्द राखिने छ ।

थप विवरण को लागि यहाँ जानुस् ।

Comments

  1. आकार पोस्ट जस्तो बल्ग ले यस्तो भ्रामक कुरा राखेको मा आकार पोस्ट प्रतिको बिश्वास घटेको छ ।

    ReplyDelete
  2. यो नेपाली फेसबुकको प्रोजेक्ट आफ्नो हात पार्नका लागि त हो केयुमा नेबि संघ ले बन्दको यत्रो तिकडम मच्चाएको । केयुले नेपाली फेसबुक प्रोजेक्ट हात पार्दैछ भन्ने कुरा लिक हुनासाथ नै हो त्यहाँ बिधार्थि संघ हरुले आफ्नो भुमिका खोजेको। खाने ठाऊँ कहाँ कहाँ छ भनेर त आँखा चिम्लेर थाहा पाऊँछन् नेपाली नेताहरू , संुगुरले गु थाहा पाएजस्तै । भगवान श्री अप्रिल फुल नाथले सबैलाई सद्बुद्धी दिउन ।

    ReplyDelete
  3. रमेश मान श्रेष्ठAugust 1, 2012 at 11:49 AM

    AHKRUM University का Dr. LIRPA LOOF ले हालै एक ट्विट मार्फत नेपाली फेसबुकका लागि University का करिब ३०० विधार्थि दिन रात कार्यरत रहेको भनेर लेखेका त थिए पत्याएको थिईनँ । जे होस बल्ल नेपालले IT को महत्व बुझे जस्तो छ । बरु हाईड्रोमा लगानी गर्ने भनेर तयार लक्ष्मी बैंकले त्यो लगानी झिकेर नेपाली फेसबुकमा लगानी गर्न लागेको भन्ने सुनेर भने अलिकति चिन्ता लाग्यो । सबै यसरी नै नेपाली फेसबुकको पछि लाग्ने हो भने अन्य क्षेत्रको लगानी चाँही के होला ?

    ReplyDelete
  4. Ahaha kya majako plan Nepal sarkarko. Gaun Gaun ma kati nepali le 1 chhak khana na payera mori raheka chhan tara nepal sarkar lai surakshako lagi facebook ma lagani garne.

    ReplyDelete
  5. SATHI HARU HO YO TA "APRIL FOOL" MANAYEKO. THIKAI LAGEO. YEKAI CHHIN TA MA PANI AACHAMMA PAREKO TARA LASTA MA MALAI THAHA BHAYEO KI AAJA APRILFOOL.

    HAPPY APRILFOOL TO ALL

    ReplyDelete
  6. ल ब्लगबाट अप्रिल फूल ? हा हा हा हा

    ReplyDelete
  7. subha subha fool banai dine sathi...

    ReplyDelete
  8. रामेश्वर खनालको योगदानलाइ ओझेलमा पर्न माडवारी हरुको हुण्डी खाएर इसारामा लेखिएको लेख हो ? | फेसबुकमा लगानी गरेर नेपालमा केहि बर्ष भित्रैमा लोडशेडिंग हट्ने हावादारी लेख | अप्रिल फुल |

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

फोटो आफैँ बोल्छ [Photo Story]

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा...

Subscribe to Aakar Post