Skip to main content

फेसबुक का लागि नयाँ ब्राउजर : रकमेल्ट (@RockMelt)

फेसबुक तथा ट्विटर जस्ता सामाजिक सञ्जाललाई लक्षित गरेर, २ हप्ता पहिले इन्टरनेटमा 'रकमेल्ट' नामक 'वेव ब्राउजर' सार्वजनिक भएको छ । हेर्दा ठ्याक्कै गुगल को वेव ब्राउजर, 'गुगल क्रोम' जस्तो देखिने, 'रकमेल्ट' मा गुगल तथा एप्पल ले आफ्ना ब्राउजरमा प्रयोग गरेको 'क्रोमियम वेवकिट' लाई नै आधार मानिएको छ ।rockmelt logo

'योर ब्राउजर ! रि-इम्याजिन्ड' भन्ने थिम सहित आएको ब्राउजर 'हलुका, छिटो र सुरक्षित' रहेको दावी कम्पनीले गरेको छ । तपाईले इन्टरनेट कसरी चलाइरहनुभएको छ भन्ने कुरालाई ध्यानमा राख्दै, 'रकमेल्ट' ब्राउजर को निर्माण गरिएको कुरा, कम्पनी ले आफ्नो अनलाइन ब्लग मा जनाएको छ । मुख्यत: 'तपाई को इन्टरनेट चलाउने बानी (इन्टरनेट कसरी चलाइरहनुभएको छ)' भनेर, 'रकमेल्ट' ले फेसबुक तथा टुविटर का प्रयोगकर्ताहरुलाई इंगित गरेको छ भन्दा अत्युक्ति नहोला ।

ब्राउजर को दुइछेउ मा, एकातिर फेसबुक का 'अनलाइन' साथीहरु देखाउने तथा अर्को तिर 'एप्लिकेसन' र 'फिडहरु' देखाउने 'एज' (बार) रहेको छ । गुगल क्रोम कै जस्तो 'कुल' डिजाइन भएको 'रकमेल्ट' बाट सिधै फेसबुक को स्टाटस अपडेट गर्ने देखि लिएर, फेसबुक मा 'अनलाइन' भएका साथीहरु सँग 'च्याट' पनि गर्न मिल्छ । तपाई कुनै साइट मा डुल्दैहुनुहुन्छ र तपाईलाई त्यो 'लिंक' ट्विटर मा ट्विट या फेसबुक मा 'सेयर' गर्नुपर्यो भने, ब्राउजर को 'सेयर बटन' थिचेर 'ट्विट' गर्न या, फेसबुक 'वाल' मा 'पोस्ट' गर्न सक्नुहुन्छ । अत; यो ब्राउजरलाई सामाजिक सञ्जाल 'फेसबुक' कै लागि निर्माण गरिएको ब्राउजर हो भन्दा पनि फरक पर्दैन ।rockmeltयस ब्राउजर को अर्को सशक्त पक्ष भनेको 'गुगल सर्च नतिजा को प्रिभ्यु' देखाउने तरिका पनि हो । गुगल ले पनि हालसालै, 'गुगल सर्च नतिजा को प्रिभ्यु' देखाउने तरिका मा केही परिमार्जन गरेको छ । तर गुगल ले अपनाएको भन्दा पनि, राम्रो तरिका 'रकमेल्ट' ले अपनाएको छ । जस्तो कि, इन्टरनेट मा केही सर्च गर्नुपर्यो भने, ब्राउजर मै निर्मित 'गुगल सर्चबार' मा गएर 'टाइप' गरेपछि त्यहाँ गुगुल सर्च नतिजाहरु अर्को 'विन्डो' मा देखाइन्छ, अनि जुन नतिजा माथि 'माउस' ले क्लिक गर्यो, त्यही 'वेवपेज' खुल्छ ।

'फेसबुक कनेक्ट' को आधारमा ब्राउजर चल्ने कारण, तपाईको आफ्नो व्यक्तिगत 'सेटिङ' जुनसुकै ठाउँ र कम्प्युटर बाट पनि चलाउन मिल्छ । तपाईका 'फेवरेट' साइट, व्यक्तिगत 'सेटिङ', 'बुकमार्कहरु' तपाई ले जुनसुकै कम्प्युटर बाट पनि हेर्न र चलाउन सक्नुहुन्छ । यति मात्र होइन, ब्राउजर को छेउ को 'एज' मा रहने 'एप्लिकेसन' र 'फिड' पनि जुनसुकै कम्प्युटर बाट पनि आफ्नै कम्प्युटर झैँ चलाउन र काँटछाँट गर्न मिल्छ । अनि साथीहरुका फेसबुक र ट्विटर अपडेटहरुलाई छेवै को एप्लिकेसनहरु मार्फत सजिलै 'लाइक', 'सेयर' र 'ट्विट' गर्न सकिन्छ । साथै, छेवै को बारमा हुने एप्लिकेसनहरु मार्फत फेसबुक तथा ट्विटर मा 'सेयर' गरिएका भिडियो र फोटो पनि एकैठाउँ मा हेर्न मिल्छ ।

विशेषता:

अफलाइन बसेर नै, फेसबुक मा अनलाइन भएका साथीहरु थाहा पाउन सकिने

फेसबुक च्याट, कुनै मेजेन्जर बाट गरेझैँ लाग्ने

जुनसुकै वेवसाइट हेरेपनि, फेसबुक का साथीहरु सँग च्याट गर्न मिल्ने

साथीहरु को फोटो वाँया साइड मा देखिरहने हुँदा,जुनसुकै साथी को फेसबुक सजिलै हेर्न सकिने

साइटहरु ट्विट गर्न र सेयर गर्न सजिलो

दाँया साइडमा आउने ट्विट र फेसबुक मा अर्को पेज मा नगइकनै, फोटो र भिडियोहरु हेर्न मिल्ने

आफूलाई मन पर्ने साइटहरुलाई दाँया साइड मा 'एड' गरेर राख्न मिल्ने

माथिल्लो वाँया भाग बाट, जुनसुकै बेला ट्विट गर्न र फेसबुक स्टाटस लेख्न मिल्ने

सुधारिएको गुगल सर्च


निशुल्क रुपमा डाउनलोड गर्न सकिने ब्राउजर हाललाई सबैका लागि भने उपलब्ध छैन । यो ब्राउजर चलाउन को लागि, 'रकमेल्ट' चलाउने तपाईको फेसबुक को साथी ले तपाईलाई निम्तो दिनुपर्छ । अहिलेलाई माइक्रोसफ्ट को 'विन्डोज अपरेटिङ सिस्टम' र 'एप्पल को म्याक अपरेटिङ सिस्टम' मा मात्र 'रकमेल्ट' चलाउन मिल्छ । हाललाई 'युनिक्स' मा आधारित 'लिनक्स' अपरेटिङ सिस्टम का लागि 'रकमेल्ट' उपलब्ध छैन ।

rockmelt interface'सोसल मिडिया, प्लगइन' का कारण 'रकमेल्ट' रमाइलो त पक्कै छ तर सबै प्रयोगकर्ताहरु को लागि भने उपयुक्त छैन ।

झन्झटिलो र दिक्कलाग्दो कुरा :

इन्टरनेटमा केही समय मात्र बिताउने र फेसबुक जस्ता सामाजिक संजाल मात्र चलाउने का लागि मात्र 'रकमेल्ट' उपयोगी हुनसक्छ । 'वेव डेभ्लोपर', 'प्रोगामर', 'डिजाइनर' या भनौँ, चौबिसै घन्टा कम्प्युटर मै काम गर्नुपर्ने व्यक्तिहरुका लागि भने 'रकमेल्ट' उपयोगी छैन । रकमेल्ट मा भएको झिलिमिली ले कम्युटर मा बसेर काम गर्नु पर्ने मान्छेलाई, भुल्याइदिन सक्छ । यसको अर्को खराब पक्ष भनेको, हरेक पटक 'ब्राउजर' 'स्टार्ट' हुँदा 'फेसबुक लगइन' भएपछि मात्र ब्राउजर खुल्छ । अनि फेसबुक नचलाउने, या भनौँ थोरै समय मात्र फेसबुक चलाउन को लागि, यो ब्राउजर झन्झटिलो छ । फेसबुक मा 'एकाउन्ट' नहुनेले त यो ब्राउजर र गुगल क्रोम बिच भिन्नतै थाहा पाउँदैन । अत: तपाई इन्टरनेट केही समय मात्र चलाउनुहुन्छ, अझ भनौँ फेसबुक जस्ता साइटमात्र चलाउनुहुन्छ भने, 'रकमेल्ट' तपाईका लागि वरदान नै सावित हुन्छ, तर यदि यसो हैन भने, तपाईका लागि फायरफक्स, गुगल क्रोम, ओपेरा र एप्पल सफारी जस्ता व्राउजरहरु उपयोगी हुन्छन् ।

वेव ब्राउजर के हो?

इन्टरनेटमा उपलब्ध साइटहरु हेर्न को लागि प्रयोग गरिने सफ्टवेयरलाई 'वेवब्राउजर' भनिन्छ । अधिकांशलाई 'माइक्रोसफ्ट विन्डोज' राखिएका कम्प्युटर मा देखिने 'ई' संकेत ( माइक्रोसफ्ट को 'इन्टरनेट एक्सप्लोरर') मात्र 'वेवब्राउजर' हो भन्ने गलत मानसिकता रहेको छ । तर इन्टरनेट मा विभिन्न कम्पनी का विभिन्न धेरै ब्राउजरहरु डाउनलोड का लागि उपलब्ध छन् । 'मोजिल्ला फायरफक्स', 'गुगल क्रोम', 'ओपेरा', 'एप्पल सफारी' आदिलाई संसार का उत्कृष्ट वेव ब्राउजरहरु मानिन्छन् । अनि अहिले पछिल्लो समयमा आएको 'रकमेल्ट' ले 'इन्टरनेट मा कत्तिको चट्टान पगाल्न सक्ने हो' त्यो भने हेर्न बाँकि नै छ । 'वल्ड वाइड वेव' अर्थात 'नेक्सस' लाई पहिलो वेवब्राउजर मानिन्छ । 'वल्ड वाइड वेव' नाम का कारण दुविधा उत्पन्न भएपछि, पछि यसलाई 'नेक्सस' नामाकरण गरिएको थियो ।

Note: I’ve few invitation left for RockMelt. If anyone is interested, please let me know.But I can invite only those who are connected with me on Facebook. Or, If you are interested you can sign up too.

Further Reading: RockMelt : Overloaded with Facebook

Comments

  1. हो! आकार दाई ! यस्तै राम्रो राम्रो पदहरु लेख्नु भयो भने त सह्रै राम्रो हुन्छ ।
    Suggestions:
    I really loved the that you use सञ्जाल instead of hopeless संजाल. But be consistent if you have used सञ्जाल you must use इङ्गित instead of इंगित in last sentence of second paragraph and also लिङ्क instead of लिंक
    सुधारिएको गुगल सर्च could be सुधारिएको गूगल खोजी
    इन्टरनेट should be इण्टरनेट
    स्टार्ट गर्दा = खोल्दा
    Browser is written व्राउजर (last line of second last paragraph) sometimes, sometimes ब्राउजर (header of last paragraph). Be consistent and use ब्राउजर every time.
    Preview = पूर्वावलोकन
    theme = प्रकरण (for the time being when people get used you could use the english word in the brackets)
    मुख्यत: = मुख्यतः (Colon is not ः so it should be दुःख not दु:ख)। अत; in last sentence of third paragraph clearly shows you were trying to use : instead of ः Again : ≠ः
    Twitter = ट्विटर (Be consistent, you have use टुविटर in last sentence of second paragraph. )
    What do you mean by एज on first sentence of third paragraph ? मैले नी बुझिन ।
    Design = रचना
    cool = सुन्दर (The use of cool seems awkward there.)
    विभक्तिहरु जहिले पनि जोड्नु पर्छ ।
    साइट मा = साइटमा
    फेसबुक मा = फेसबुकमा
    ट्विटर मा = ट्विटरमा
    Don't take these otherwise, I just want the quality to improve.
    Keep Improving!
    Great! Keep the Great Work!

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

Subscribe to Aakar Post