Skip to main content

हाम्रो त World Cup नै फेसबुक मा [Friday Tech]

विश्वकपको १९ औं संस्करण सुरु भइसकेको छ, दक्षिण अफ्रिका मा ! अनि सबै को ध्यान त्यही फुटबल मै तानिएको छ । खेलप्रेमी को त कुरै छाडौँ, कहिले खेल नहेर्नेहरु पनि World Cup भनेर उत्साहित भएका छन् ।

fbwcफुटबल खेल हुँदैछ, दक्षिण अफ्रिका मा, तर हामीहरु यहाँ फेसबुक मा मज्जा ले नै तातेका छौँ, मानौँ कि खेल हामी नै खेल्दैछौँ, या मानौँ नेपाल नै खेल्दैछ विश्वकप मा । यसो भन्दै मा हाम्रो उत्साहलाई नराम्रो भन्न खोजेको भने पक्कै होइन । सारा संसार भर नै सबैको हालत हाम्रो जस्तै भएको छ होला भन्ने कुरा हामीलाई अनुमान गर्न कुनै गाह्रो छैन । हुन पनि खेल को महाकुम्भ को चर्चा नगर्ने त को नै होला र ?

क्लास मा साथिहरु विभिन्न देशका जर्सीहरु लाएर आउन थालेकाछन् । अनि फेसबुक मा पनि, सबैले आफ्ना प्रोफाइल फोटो मा, आफ्नो टिम समर्थित झण्डा वा जर्सी राखेका छन् ।  त्यति मात्र होइन, विश्वकप सम्बन्धि स्टाटस नलेख्ने मान्छे भेट्न निकै मुस्किल नै छ । कोही लेख्छन् अर्जेन्टिना त कोही ब्राजिल, अनि कसैले जर्मनी त कसैले पोर्चुगल लेखिरहेकाछन् भने केहीले चाँहि स्पनेलाई नि कम नआँक्न सुझाव दिइरहेकाछन् । सबै को आ-आफ्नै टिम छन्, अनि सबै आफ्नै टिम ले विश्वकप जित्ने कुरा मा विश्वस्त छन् ।

fbतर केही भने, दोधार मा देखिएकाछन् । जसले जित्छ त्यही टिम मेरो भन्नेहरु पनि छन् भने कोही चाँहि सेमिफाइनल पछि आफ्नो टिम को बारेमा सोच्ने मनस्थिति बनाउँदैछन् । आफुले भने, ब्राजिल रोजिएको छ है !!! :)

हुन पनि, विश्वकप फुटबल र फेसबुक को क्रेज बढिरहेको छ । एकजना फेसबुक प्रयोकर्ता ले रमाइलो स्टाटस लेखेकाछन् “विश्वकप सम्बन्धी स्टाटस नलेख्नेलाई कारवाही गरौँ” । तर अब केही दिन मै यस्ता ग्रुपहरु फेसबुक मा ननिस्केलान् भन्न सकिँदैन । कर्णाली मा रहनुभएको दाजु ले फेसबुक मार्फत म्यासेज गर्नुभयो, “विश्वकप को खेल तालिका, पठाइदे है”, दाजु ले अगाडि लेख्नुभएको थियो, “लिंक हैन, लेखेरै प’ठा है, यहाँ यो मोबाइल फेसबुक पनि बल्लतल्ल खुल्छ” ।  केही ले त, खेल को लागि बाजी पनि लगाउन थालेछन् । फेसबुक मा एउटा गज्जब को यस्तो फोटो देखियो, जहाँ बाजीगर्नेहरुले हस्ताक्षर सहित टिम को समर्थन गरेकाछन् । जसले बाजी जित्छ, उसले ५०० रुपैँया जित्ने पक्का ! तर खेल त बराबरी मै टुंगियो ! :P

baajiफेसबुक मा खेल अपडेटहरु पनि निकै चाँडो चाँडो आउने आशा गरिएको छ । त्यसो त आफ्ना टिम को मन परेका खेलाडिहरु को विचार पनि बुझ्न सकिने भएको छ, ट्वीटर मार्फत ! हाम्रो मा लोडसेडिङ हुने हुँदा, नतिजा बुझ्न त यही फेसबुक नै काइदा को माध्यम होला जस्तो छ, साथै खेल समिक्षा पनि अधिकांश ले आफ्ना फेसबुक स्टाटस मा गर्ने भएकोले कुनै खेल छुटेमा पनि त्यसखेल को बारेमा थाहा पाउन सकिनेछ ।

नेपाली इन्टरनेट जगत मा पनि, विश्वकप ले राम्रै स्थान पाएको छ । ईकान्तिपुरनागरिकन्युज जस्ता देशका ठूला समाचार पोर्टलहरु ले विश्वकप का लागि भनेर छुट्टै वेव  पेज नै बनाएकाछन् ।

wce

नेपालले यो विश्वकप छनोटमा तीन वर्षअघि प्रतिस्पर्धा गरेको थियो । त्यसमा नेपाल सफल रहेन । नेपालले छनोटको पहिलो चरणमा ओमानसँग खेल्यो । नेपाल घरेलु भूमिमा २-० र मस्कटमा २-० ले पराजित भएको थियो । नेपालसँग पाँच पल्टको विश्वकप छनोट अनुभव छ । नेपालले अहिलेसम्म पहिलो चरण पनि पार गर्न सकेको छैन ।

विश्वकपलाई फर्केर हेर्ने हो भने ब्राजिल सर्वाधिक सफल टिम हो । उसले पाँचपल्ट ट्रफी चुमेको छ । दोस्रोमा इटाली छ । डिफेन्डिङ च्याम्पियन उसले चारपल्ट जितेको छ । उसका सामु उपाधि रक्षासँगै ब्राजिलको कीर्तिमान बराबरी गर्ने चुनौती छ ।

सन् १९३० बाट सुरु विश्वकपमा ब्राजिल र इटालीसँग लगातार दुईपल्ट ट्रफी चुमेको इतिहास छ । इटाली १९३४ र ३८ तथा ब्राजिल १९५८ र ६२ मा च्याम्पियन भएका थिए ।  

दक्षिण अफ्रिकाले विश्वकप आयोजनाका लागि ९ सहरमा दस रंगशाला तयार पारेको छ । उद्घाटन र समापन जोहानेसवर्गस्थित सकर सीटी रंगशालामा हुनेछ । आयोजक दक्षिण अफिका र मेक्सिकोले नेपाली समयअनुसार बेलुका ७:४५ बजे विश्वकपको पहिलो खेल खेल्नेछन् । त्यसअघि दुलहीझैं सुसज्जित सकर सीटीमा भव्य उद्घाटन हुनेछ । (साभार : ईकान्तिपुर)

Update: आज को मेक्सिको र दक्षिण अफ्रिका को खेल १-१ को बराबरी मा टुंगिएको छ । खेल सकिएपछि, फेसबुक मा हेर्दा सबैको स्टाटस मा, यही विश्वकप को पहिलो खेल को मात्र चर्चा थियो ।

Comments

  1. साँचै भन्ने हो भने त Facebookले विश्वकपको क्रेज देखाउन एकदमै सजिलो बनाइदिएको छ। जय Facebook!!

    ReplyDelete
  2. साँचै भन्ने हो भने त Facebookले विश्वकपको क्रेज देखाउन एकदमै सजिलो बनाइदिएको छ। जय Facebook!!

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post