Skip to main content
तिमी,
एउटा सोच
अनि कल्पना
एउटा परिवेश
त्यही निमिशेश
तिमी,
एउटा आकार
फरक प्रकार
तिमी नै आधार
अनि स्तम्भ
तिमी,
मेरो आशा
अनि निराशा
एउटा भावना
अनि करुणा
तिमी,
दृश्य
अनि अदृश्य
फक्रिने फूल
ऊठ्ने छाल
तिमी,
आजको आरम्भ
अनि तिमी नै
लेखिएको
अन्त्य
एवमस्तु !!
Really enjoyed the poem
ReplyDelete:-)
ReplyDelete