Skip to main content

सावधान ! तपाईको ‘फेसबुक प्राइभेट म्यासेज’ फेसबुक वालमा देखिएको हुनसक्छ…

फेसबुक’को ‘प्राइभेट’ म्यासेज फेसबुक टाइमलाइनमा ‘वाल पोष्ट’ को रुपमा देखिएको कुरा करिब हप्ता दिन देखि इन्टरनेटमा चर्चाको विषय बन्दै गएकोछ । दर्जनौँ ब्लग  र टेक्नोलोजी साइटहरुले ‘फेसबुक’ को प्राइभेट म्यासेज वालमा देखिएको कुरा उठाइरहँदा, फेसबुकले भने “वाल पोष्ट”मा प्राइभेट म्यासेज पोष्ट नगरिएको दावी गरेकोछ । facebook-private-message-on-timeline-bugफेसबुकले त्यस प्रकारको दावी गरिरहँदा पनि फेसबुक प्रयोगकर्ताहरुले भने ‘वाल’मा पुराना आफ्ना ‘प्राइभेट’ म्यासेजहरु देखिरहेका छन् । सन् २००७ देखि सन् २००९ सम्मका प्राइभेट म्यासेजहरु फेसबुकवालमा देखिएको हो ।

पक्कै पनि “प्राइभेट म्यासेज” प्राइभेट नै रहनुपर्छ तर तपाई हामीले थाहा नै नपाइ हाम्रा ‘गोप्य’ भनिएका संवादहरु “फेसबुक वालमा” छरपस्ट भइरहेकाछन् । यसकारण तपाई यसबारेमा सजग रहनु जरुरी छ । अहिलेको फेसबुक च्याट पहिलेको फेसबुक म्यासेज भन्दा फरक हो, पहिले च्याट ‘सेभ’ भएर म्यासेजमा बस्दैनथियो । त्यसबेला च्याट र फेसबुक म्यासेज फरक थियो, सायद यसैकारण पनि त्यसबेलाका फेसबुक म्यासेज वालमा अहिले देखिएकाहुन् भन्ने अनुमान गरिएकोछ ।

मेरो टाइमलाइनमा साथिहरुबाट पोष्ट गरिएका कुराहरु मैले मात्र देख्न सकिने ‘सेटिङ’ गरिएको हुँदा, प्राइभेट म्यासेज ‘वालपोष्ट’ को रुपमा मेरो वालमा आउँदा पनि अरुले देख्न सक्दैनन् तर सबैको ‘केस’मा यो लागु नहुन सक्छ । तपाईको प्राइभेसी सेटिङ राम्रोसँग गरिएको छैन भने, तपाईको प्राइभेट म्यासेजहरु तपाईका साथिहरुले पढिरहेका हुनसक्छन्, किनकी ती प्राइभेट म्यासेजहरु तपाईको टाइमलाइनमा ‘वाल पोष्ट’ को रुपमा पोष्ट भएकाछन् ।

फेसबुकमा देखिएको यही समस्याका कारण हिजोआज केही साथिहरुले आफूले “फेसबुक नै डिएक्टिभ” गर्न थाल्नु भएकोछ । प्राइभेट म्यासेज वालमा देखियो भन्ने खबरले तपाईहरु पनि त्रसित भएको हुनसक्नु हुन्छ । फेसबुकले आफ्नो सिस्टममा सुधार नगरेसम्म, तपाईको फेसबुक वालमा यी पोष्टहरु देखिनै रहनेछन् तर तपाईले आफ्नो ‘प्राइभेसी सेटिङ’ मा केही परिवर्तन गर्नुभयो भने, एउटा ठूलो दूर्घटनाबाट बच्न सक्नुहुन्छ । टेक्निकल्ली असम्भव देखिए पनि, संसारभरका फेसबुक प्रयोगकर्ताहरुले प्राइभेट म्यासेज वालमा देखिएको भनेर कुरा उठाइरहेकाछन्, “प्राइभेसी”को निहुँमा फेसबुकसँग बेला-बेलमा ठूलो वादविवाद चल्ने कारण पनि, फेसबुकलाई खासै भर गरिहाल्ने अवस्था पनि छैन ।

कसरी जोगिने ?

पहिले त आफ्नो फेसबुक टाइमलाइनमा गएर “पोष्ट”हरु हेर्नुहोस् । टाइमलाइनमा पोष्ट भएका कुराहरु क-कसले हेर्न पाउँछन् भन्ने कुरा पनि हेर्नुहोस् । तपाईको वालमा थोरै पोष्टहरु छन् भने, सबै पोष्टको प्राइभेसी ‘एक-एक’ गर्दै हेर्नसक्नुहुन्छ, अनि त्यसै अनुसार त्यसलाई कसरी लिमिट गर्ने बारे सोच्नसक्नुहुन्छ । तपाईका धेरै पोष्टहरु पब्लिक छन् भने सबै पोष्टहरुलाई एकैपटकमा साथिहरुले देख्ने मात्र बनाउन पनि मिल्छ त्यसको लागि फेसबुक प्राइभेसी पेजमा गएर Limit the Audience for Past Posts क्लिक गर्नुहोस् । यसले पुराना पोष्टहरु साथिले मात्र हेर्न मिल्ने बनाइदिन्छ ।

limit-audience-on-facebook

यसबाट तपाईको पब्लिक पोष्टहरु भएको खन्डमा साथिले मात्र हेर्ने त बनाइदिन्छ तर माथि भनिएको समस्या समाधान गर्दैन ।

फेसबुक सेटिङमा गएर “Timeline and Tagging” मा पनि आवश्यकता अनुसार परिवर्तन गर्नुहोस् । मेरो प्राइभेसी यस्तो छ:

time-line-and-tagging

तपाईको टाइमलाइनमा अरुले पोष्ट गरेको कुरा तपाई बाहेक कसैले हेर्न नसकोस् भन्ने लाग्छ भने, सेटिङमा “कस्टम” क्लिक गरेर “Only Me” भन्ने अप्सन राख्नुहोस् । मेरो वालपोष्टमा कसैले ‘पोष्ट’ गर्न नमिल्ने बनाइएकोछ । तपाईको वालमा पनि कसैले नलेखोस् भन्ने लाग्छ भने, पहिलो नम्बरको प्रश्नमा “No One” राखिनदिनुस् ।

यसबाहेक सन् २००७ देखि २०१० सम्मको वालपोष्टहरु सबैलाई एकैपटक आफ्नो टाइमलाइनबाट यसरी हटाउन सक्नुहुन्छ ! hide-from-time-line

कुनै पनि वर्षको वालपोष्टमा जानुहोस् अनि दाँया तर्फ भएको ‘आइकोन’ क्लिक गरेर “Hide from Timeline” क्लिक गर्नुहोस् । तपाईको टाइमलाइनमा ती वालपोष्टहरु देखिने छैनन् । तर तपाईले सबै वर्षका वालपोष्टहरुलाई यसरी नै टाइमलाइनबाट हटाउनुपर्नेछ ।

पूनश्च: तपाईका फेसबुक प्राइभेट म्यासेजहरु टाइमलाइनमा “वालपोष्ट” को रुपमा देखिएकोले र तपाईका ‘गोप्य संवाद’हरु अरुले थाहा पाउने खतरा भएका कारण माथि भनिएका सुरक्षाका उपायहरु अपनाउन जरुरी छ । फेसबुक सुरक्षित रुपमा चलाउनुहोस्, सुरक्षित बस्नुहोस्, दूर्घटना हुनबाट बच्नुहोस् ।

फेसबुक सुरक्षा टिप्स: TNW

Further Reading:

Despite statements from Facebook to the contrary, users are still claiming to see private messages in their Timelines

अपडेट: फेसबुक तथा फ्रान्सेली एक निकायले ‘म्यासेज’ फेसबुकवालमा नदेखिएको दावी गरेको छ ।

Comments

  1. thank you for the info....totally unaware about such sensitive misshapen at current....

    ReplyDelete
  2. thank u for d info sir

    ReplyDelete
  3. thank you very much to your nice post.
    http://www.ujyalokhabar.com/

    ReplyDelete
  4. I once had trouble with my facebook when I accidentally get wrong with my deactivation process. It did not deactivate my Account but it's not live for public, my profile becomes an error page to visit. It's like having a dummy ghost account that nobody notices you.



    www.brickandmobile.com

    ReplyDelete
  5. asti padeko matra thie , tara aaja afnai private msg ka photo haru [ recently added some photos] bhanera dekhta ma pani murmuriye... FB Sucks !!!

    ReplyDelete
  6. mero pani private masseg wall ma dhekhyako thiyo aaja matrai

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

फोटो आफैँ बोल्छ [Photo Story]

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा...

Subscribe to Aakar Post