Skip to main content

पिकोभिको : फोटोहरुबाट भिडियो बनाउने नेपाली सफ्टवेयर ! [Picovico: Create Videos from your Photos]

फेसबुक, इन्स्टाग्राम, फ्लिकर, पिकासा लगायतका साइटहरुमा दैनिक लाखौँ फोटोहरु अपलोड हुने गर्छन् । यसका अतिरिक्त इन्टरनेटमा अन्य सयौँ फोटो सेयरिङ साइटहरु पनि छन् । भर्खरै पनि फेसबुकले फोटो सेयरिङ मोबाइल एप्स इन्स्टाग्रामलाई महंगो मुल्य तिरेर किनेकोछ । हामीले खिच्ने प्रत्येक फोटोले कुनै न कुनै कथा बोकेको हुन्छ, चाहे त्यो प्रोफेशनल क्यामराले खिचिएको होस् वा साधारण मोबाइलबाट खिचिएको होस् । हामीले ती फोटोका कथाहरु फेसबुक, ट्विटर, फ्लिकर, पिकासा, मुभी मेकर, आईफोटो आदि विभिन्न साइट र विभिन्न टुलहरु मार्फत सेयर गर्ने गरेकाछौँ । यही फोटोहरुको कथा भन्ने भन्ने मेसोमा नेपाली सफ्टवेयर ‘पिकोभिको’ पनि थपिएकोछ ।

Camera 360मुभी मेकर, पिकासा, आईफोटो आदि चलाइरहेका प्रयोगकर्ताहरुलाई भर्खरै बजारमा आएको नेपाली सफ्टवेयर ‘पिकोभिको’ (Picovico) बारेमा भने खासै जानकारी नहुन सक्छ ! पिकोभिको (Picovico) फोटोहरुलाई भिडियो (Photos to Videos) मा छिटो र छरितो सँग बदल्ने फ्रि “वेब वेस्ड एप्लिकेशन” (Web based Application) हो, जसबाट सजिलोसँग आफूले चाहेको थिम (theme), संगित (Music) र शब्द (Text) राखेर फोटोहरुलाई भिडियोमा बदल्न सकिन्छ । हामीले खिच्ने प्रत्येक फोटोको कथा हुन्छ र खिचिएका ती फोटोहरुलाई अझ परिस्कृत गर्दै भिडियोको रुपमा इन्टरनेटमा सहज र सरल रुपमा प्रस्तुत गर्नु नै ‘पिकोभिको’ को लक्ष्य रहेकोछ ।

फोटो सेयर गर्ने साइटहरु दर्जनौँ भएपनि, फोटोहरु हेर्न मिल्ने सही टुल्सहरुको अभाव देखेर पिकोभिको’को कन्सेप्ट आएको कुरा पिकोभिको’का संस्थापक द्वय मनिष मोदी र सुरज सापकोटा बताउँछन् । हामीसँगको कुराकानीमा उनीहरु अगाडि भन्छन्, “जब कसैले फेसबुकमा फोटो राख्छ भने, ती फोटोहरु हेर्नलाई हामीले ‘नेक्स्ट’ – ‘नेक्स्ट’ क्लिक गर्नुपर्छ, तर त्यसो गर्दा फोटो हेर्ने साथीलाई फोटोहरुले बाँधिरहन सक्दैन । अधिकांशले फेसबुकमा भएका फोटोहरु हेर्न नेक्स्ट - नेक्स्ट गर्दै क्लिक गर्न अल्छि र दिक्क मान्ने गरेकाछन् ! फेसबुक जस्ता साइटमा अपलोड गरिने फोटो एल्बमहरुले फोटो हेर्नेलाई बाँधि-नरहने कारणले गर्दा सजिलो तरिकाले फोटोहरु हेर्न मिल्ने टुल्सको आवश्यकता देखियो ! अनि हामीले पिकोभिको’को कन्सेप्ट ल्यायौँ, जसले फोटोहरुलाई भिडियोमा बदलिदिन्छ र विनारोकतोक सजिलै फोटोहरु हेर्न सकिन्छ । फोटोको अवस्था अनुसारको संगित र शब्दसँगै केही मिनेटमै पिकोभिकोबाट भिडियो बनाउन मिल्छ !”

Picovico-Founder-Suraj-and-Manishपिकोभिको सार्वजनिक भएको दुई हप्तामै १० हजार भन्दा धेरै फोटोहरु पिकोभिकोमा अपलोड भइसकेकाछन् ! संस्थापक द्वय मनिष र सुरजको दुईजनाको समूहले करिब १ वर्षको मेहेनत लगाएर ‘पिकोभिको’ को निर्माण गरेकाहुन् । वाइ कम्बिनेटर (Ycombinator) जस्तै, भारतको ‘द मर्फस’ भन्ने स्टार्टअप एसिलेटर’ (startup accelerator - The Morpheus) ले पिकोभिको’लाई आर्थिक सहयोग गरेपछि, मनिष र सुरजको कन्सेप्टले पूर्णता पाएको हो । द मर्फस को सहयोग पाएर, पिकोभिको’को कन्सेप्ट लिएर, ग्लोबल बजारमा आफ्नो उपस्थिति जनाउने लक्ष्य सहित उनीहरु करिब १ वर्ष पहिले काठमाडौँबाट भारतको बेङ्लोर छिरेकाथिए ।

‘सिम्पलिसिटि’ अर्थात जो कसैले पनि सजिलैसँग फोटो, संगित र शब्दहरुको संयोजन गरेर केही मिनेटमै भिडियोहरु बनाउन सक्ने र बनाइएका भिडियोहरुलाई सहज तरिकाले सोसल नेटवर्कमा सेयर गर्ने सकिने कुराले गर्दा आफूहरु अन्य प्रतिस्पर्धी भन्दा राम्रो भएको, पिकोभिको’को ठम्याइ छ । यसका अतिरिक्त पिकोभिको’ले आफ्नो ‘फोटो टु भिडियो इन्जिन’ अन्य प्रतिस्पर्धिको भन्दा शक्तिशाली रहेको दावी गरेकोछ ।

फोटो, शब्द र संगितको संयोजन सहित फोटोहरुलाई क्षणभरमै भिडियो बनाउन सकिने पिकोभिको’मा हाललाई एउटा भिडियोमा ३० वटा फोटोहरु मात्र राख्न सकिन्छ । मार्च २५, २०१२ मा सार्वजनिक गरिएको पिकोभिकोमा दुई हप्ताको अन्तरालमा ५ सय बढि प्रयोकर्ताहरु, ४ सय भन्दा धेरै भिडियोहरु रहेकाछन् भने ३ हजार भन्दा धेरै पटक भिडियोहरु हेरिएकाछन् । र दिनहुँ थपिँदै गएका प्रयोगकर्ता, फोटो र भिडियोहरु र पाएका प्रतिक्रियाहरुबाट हौसिएको पिकोभिको टिम अब स्मार्टफोनको लागि पिकोभिको एप्स बनाउन लागिपरेकोछ । पिकोभिको टिमलाई शुभकामना !

पिकोभिकोबाट फोटोहरुको भिडियो कसरी बनाउने?

पिकोभिको चलाउन निकै सजिलो छ । पिकोभिकोबाट फोटोहरुलाई भिडियो बनाउन पहिले पिकोभिकोमा साइन अप गरेर आफ्नो एकाउन्ट बनाउन सक्नुहुन्छ वा सिधै फेसबुक कनेक्ट मार्फत साइन इन पनि गर्न सक्नुहुन्छ । कम्प्युटरमा भएका फोटोहरुका अतिरिक्त फेसबुक वा फ्लिकरमा भएका फोटोहरुलाई पनि सिधै पिकोभिकोमा ‘इम्पोर्ट’ गरेर भिडियो बनाउन सकिन्छ। भिडियोमा आफ्नो आवश्यकता अनुसार, पिकोभिकोमा उपलब्ध विभिन्न थिमहरुको साथै संगित र फोटो क्याप्सनहरु राख्न मिल्छ । यसरी पिकोभिकोमा अपलोड भएका फोटोहरु केही क्षणमै पिकोभिको’को शक्तिशाली इन्जिनले भिडियोमा परिवर्तन गरिदिन्छ । यसरी तयार भएको भिडियो, पिकोभिकोबाट सिधै फेसबुक, ट्विटर, गुगलप्लस, युट्युब लगायतका सामाजिक सञ्जालहरुमा सजिलै सेयर गर्न सकिन्छ । आफूले बनाएको भिडियो, डाउनलोड पनि गर्न सकिन्छ ।

Picovico-Videoयदि तपाई यो ब्लग पढ्दै हुनुहुन्छ भने, पिकोभिको प्रयोग गरेर, यसबारेमा प्रतिक्रिया दिन आग्रह गर्दछु ।

Comments

  1. is this software available for android 2.1 mobile where it found

    ReplyDelete
  2. Congratulation Mr  मनिष मोदी  and सुरज सापकोटा

    ReplyDelete
  3. Here's the site you can check out: www.picovico.com

    ReplyDelete
  4. Kunai bela yesari nai Nepali le search engine banaye re bhanera news publish bhako yaad aayo malai.

    dhanya cha nepali media. Ke lai credit dine, k lai nadine bhanne thaha nai chiana.

    -

    La keta haru, badhai cha. Have a lot more to go. Best of luck for a wonderful success.

    ReplyDelete
  5. धेरै राम्रो लाग्यो ... सबै भन्दा मुख्य कुरा चै यसको सरलता नै हो भन्दा फरक पर्दैन .. यो सफ्टवेर जसले पनि चलाउन सक्छ .. साथै फेसबुक टुइटर जस्ता सामाजिक सन्जालमा बाड्ने सुबिधा पनि रैछ ... 
     मनिष मोदी र सुरज सापकोटा  धन्यबाद 

    ReplyDelete
  6. mero ta video nai bandaina ta kasari hola

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

फोटो आफैँ बोल्छ [Photo Story]

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा...

Subscribe to Aakar Post