Skip to main content

फेसबुक ‘लाइक’ का कुरा


प्राय: सँधैजसो साथीहरुबाट सुनिने कुरा भनेको, ‘त्यसले दु:ख परेको कुरालाई नि लाइक गर्यो’ ! उता बस दूर्घटनामा दर्जनौँ मान्छे मरेको खबर छ, त्यो कुरा नि लाइक गरेछ, कस्तो ‘सेन्स’ नै नभएको मान्छे रै’छ ! मान्छेहरु के भा’का हुन्, जे कुरा नि लाइक गर्छन् ! अब फलानाको निधन भो भनेर, फेसबुक स्टाटस लेख्यो, मान्छेहरु त्यो पनि लाइक गर्छन् ! हैन, साँच्चै मान्छेहरुको सेन्स नै छैन कि क्या हो? मान्छेहरुले मानवियता र नैतिकता नै बिर्से कि कसो भनेर, ती मान्छेहरु माथि अरुहरुले नैतिकताको प्रश्न नै उठाउँछन् । फेसबुक लाइकको सम्बन्धमा धेरै साथीहरुबाट यस्तै यस्तै किसिमका कुराहरु सुन्न पाइन्छ ! हो पनि, दुख परेको खबर फेसबुकमा स्टाटसको रुपमा अपडेट गरेकोछ, त्यो कुरालाई पनि लाइक गरेको देख्दा अचम्म त लाग्ने नै भयो !

जहिँकहिँ यसप्रकारको कुराहरु भएको देख्छु, अनि फेसबुक लाइकको बारेमा सोच्न बाध्य हुन्छु ! प्राय: सबै फेसबुक प्रयोगकर्ताले ‘लाइक’ लाई ‘मन पर्नु, मन परेको’ भनेर बुझ्ने गरेकाछन् ! अनि हामीले पहिले देखि पढ्दै आएको कुरा पनि त्यही नै हो, ‘केही कुरा मन पर्नु’लाई ‘लाइक’ भनिन्छ, वा ‘उस्तै उस्तै कुरालाई’ पनि यदाकदा ‘लाइक’ नै भन्ने गरिन्छ ! तर फेसबुक ‘लाइक’को अर्थ धेरै छ ! आफूले ‘फेसबुक लाइक’ को अर्थ बुझेको भएपनि, म अरुले दुख परेको खबर लेख्दा, म ‘लाइक बटन’ थिच्न सक्दिन, कारण अरुहरुले त, लौ यसको सड्केछ, यस्तो दुखको खबर पनि लाइक गर्यो, भन्न बेर लाउँदैनन् ! अत: आफूले मनन गरेको र बुझेको ‘फेसबुक लाइक’ सम्बन्धि कुरा आज यहाँ लेख्दैछु ! मेरो कुरा मन पर्यो भने, ब्लगको अन्तिममा रहेको ‘रिकमेन्ड’ बटन थिच्नुहोला ! (साथीहरुले लाइकको अर्थ मनपर्नु भनेर बुझ्ने भएका कारण, मैले ब्लगमा ‘लाइक’को सट्टा ‘रिकमेन्ड’ बटन राखेकोछु !)

‘फेसबुक लाइक’लाई विभिन्न तरिकाले  व्याख्या गर्न सकिन्छ ! ‘फेसबुक लाइक’ भनेको मन पर्नु मात्र होइन, थाहा पाउनु पनि हो, ‘फलो गर्नु’ पनि हो, ‘सेयर गर्नु’ पनि  हो । पहिले फेसबुकमा बनाइएको ‘पेज’लाई ‘फ्यान पेज’ भनिन्थ्यो तर अहिले ती ‘पेज’हरुलाई ‘बिजनेस पेज’ भनिन्छ ! हामी माझ रमाइलोको लागि दर्जनौँ फेसबुक पेजहरु बनाइएको छ ! भाउ दिने केटीलाई बाल छैन, पढ्छु पढ्छु हाँस्छु गर्दा सप्पै बिर्सेछु, बच्चै देखि स्मार्ट हो तर घमन्ड कहिले गरिन, भन्ने केही पेजहरु त ‘रमाइला पेज’का केही उदाहरणहरु मात्र हुन् ! यस किसिमका पेजहरु फेसबुकमा सयौँको सङख्यामा रहेकाछन् ! र पनि फेसबुक पेज मुख्यत ‘बिजनेस’ सँग नै सम्बन्धित छ, र अहिले आफ्नो व्यापार विस्तारको लागि फेसबुकमा आफ्नो ‘ब्रान्डको बिजनेस पेज’ हुनु अनिवार्य नै भइसकेकोछ ! फेसबुक पेजकै प्रभाव स्वरुप, गुगल प्लसले पनि बिजनेस पेजहरु ल्याएकोछ भने, ट्विटरले केही सिमित ब्रान्डहरुलाई बिजनेस पेज उपलब्ध गराएकोछ । ‘सोसल मिडिया मार्केटिङ’ मा फेसबुक पेजको ठूलो महत्व छ, पेजमा ‘लाइक’को सङ्ख्या बढाउन कम्पनीहरुले अनेक उपायहरु अपनाउने गरेकाछन् ! यो ब्लगमा अहिले ‘बिजनेस पेज’ पट्टि नजाउँ होला, यसको लागि एउटा बेग्लै ब्लग नै लेख्नुपर्ने देखिन्छ !

फेसबुक ‘लाइक’ले अवस्था अनुसार भिन्न भिन्न अर्थ दिन्छन् ! यो ब्लगको दायाँपट्टि ‘आकारपोष्ट लाइक’ बटन छ, जसको सोझो अर्थ ‘आकारपोष्ट’ सँग जोडिनु हो ! पहिले ‘आकार पोष्ट’को फ्यान बन्नुस् भनिन्थ्यो भने, अब “आकार पोष्ट” लाइक गर्नुस् भनिन्छ ! अनि अहिलेको समयमा जुनसुकै कम्पनी/ब्रान्डले फेसबुकमा आफ्नो उपस्थिति जनाउन ‘लाइक’ गर्नुस भनिरहेका हुन्छन् ! (फेसबुक लाइक कसरी बढाउन सकिन्छ, कसरी बढ्छ भन्ने विषयमा पछि ब्लग लेखौँला) ! कुरा त फेरि यही नै हो कि, तपाईलाई ‘आकार पोष्ट’ मन पर्छ अत: आकारपोष्ट को नयाँ नयाँ अपडेट फेसबुकमा थाहा पाउन, तपाँई “आकार पोष्ट”लाई लाइक गर्नुहुन्छ ! निश्चय पनि कुनै पनि ‘बिजनेस/फ्यान’ पेजहरु तपाईलाई मन परेरै ‘लाइक’ गर्नुहुन्छ र यति यस्ता पेजहरु पनि छन्, जुन तपाईले थाहा नै नपाइ लाइक गरिरहनु भएकोहुन्छ ! अत: कुनै पनि ‘बिजनेस पेज’लाई तपाईले लाइक गर्नुको अर्थ ‘मन पर्नु’ नै हुन्छ वा उक्त ब्रान्डको अपडेट फेसबुकमा थाहा पाउनको लागि, लाइक गर्नुहुन्छ ! अर्कातिर, ब्रान्डलाई जति धेरै लाइक भो, त्यति धेरै फाइदा भइरहेको हुन्छ, यसो भन्दैमा यो नसोच्नुस कि, लाइक धेरै हुने पेजलाई, फेसबुकले पैसो दिन्छ ! यसको आफ्नै बेग्लै कथा छ, कुनै दिन यसबारेमा पनि कुरो गरौँला !

Facebook Addiction

समाचार, ब्लग आदिमा राखिने/देखिने ‘लाइक’ले बेग्लै अर्थ दिन्छ ! लाइकको सट्टमा ‘रिकमेन्ड’ बटन पनि राख्न सकिन्छ, जुन यसै ब्लगको अन्तिममा देख्नसक्नुहुन्छ ! चाहे साइट/ब्लगका सामाग्री/समाचार दुखद होस् या सुखद, यो मामलामा ‘लाइक’को अर्थ बेग्लै हुन्छ ! अहिले देशमा पेट्रोल, ग्यास नपाइएको समस्या वेवसाइट र ब्लगहरुमा पढ्न सकिन्छ अनि दर्जनौँले यही खबरलाई ‘लाइक’ गरिरहेकाछन्, यसको अर्थ ‘ग्यास नपाउँदा’ राम्रो लाग्यो, मन पर्यो पक्कै भनेको होइन ! यसको सोझो अर्थ हुन्छ, तपाईले त्यो कुरा/खबर थाहा पाउनुभयो, अनि आफूले थाहा पाएको कुरालाई “फेसबुक”मा आफ्ना साथीहरु सँग बाँड्न चाहनुहुन्छ ! सायद कतिले याद गर्नु भएको होला, अनि कतिले याद गर्नु भएको छैन होला, यो ब्लगको माथि ‘फेसबुक को सेयर’ बटन छ र यो पनि भनिहालौँ कि हिजोआज साइटमा ‘फेसबुक सेयर बटन’ राख्ने चलन छैन, यद्दपी मैले यो ब्लगमा राखिरहेकोछु ! फेसबुकले ‘लाइक’ को प्रचलन ल्याए सँगै, फेसबुकले आफ्नो ‘सेयर बटन’ हटायो, अनि प्रचलनमा आएको ‘लाइक’ ले ‘फेसबुक सेयर’ कै काम गर्न थाल्यो ! अत: समाचार, ब्लग आदिमा देखिने ‘लाइक’ को अर्थ हुन्छ, आफूलाई मन परेको वा मन लागेको कुरा, फेसबुकमा सेयर गर्नु ! तपाईले यो ब्लग, माथिको सेयर बटन थिचेर आफ्नो फेसबुकमा सेयर गर्दा पनि हुन्छ वा तल रहेको ‘रिकमेन्ड’ बटन थिचेर सेयर गर्दा पनि हुन्छ । आफूलाई मन परेर फेसबुकमा सेयर गर्नु पनि लाइक नै हो, अनि नयाँ खबर थाहा पाइयो, फेसबुकका अरु साथीले पनि थाहा पाउन भनेर फेसबुकमा गरेको सेयर पनि लाइक नै हो ! तपाईले कुनै खबर लाइक गर्दा, मन परेको भन्ने अर्थ दिँदैन भन्दा हुन्छ, बरु यसले भन्छ ‘सेयर गर्नु’ ! चाहे खबर दुर्घटनाको होस् वा अरु केही लाइक गर्दैमा दुर्घटना मन परायो, मान्छे मरेको मन परायो भन्ने हुँदैन! तपाईले खबर थाहा पाउनु भयो, अनि “लाइक” थिचेर फेसबुकमा सेयर गर्नु भयो !

माथि, फेसबुक पेज र साइट/ब्लगमा देखिने ‘लाइक’ को कुरा भयो ! अब फेसबुकको स्टाटस, फोटो, भिडियो, नोट आदि इत्यादिमा गरिने ‘लाइक’को कुरो गरौँ ! कसैले फेसबुकमा रमाइलो घतलाग्ने कुरा लेख्यो भने, तपाई मन परेर ‘लाइक’ गर्नुहुन्छ ! अनि कसैले दूखद कुरा लेख्यो, सेयर गर्यो भने, “मैले थाहापाएँ” भन्ने कुरा मनन गरेर “लाइक” गर्नुहुन्छ। मलाई लाग्छ, फेसबुकमा लेखिएका कुनै पनि नराम्रा/दुखद खबरहरु कसैले “मन पर्यो” भनेर ‘लाइक’ गर्दैन ! “मैल ग्यास नपाएर, २ दिन भयो घरमा खाना पाकेको छैन” भनेर फेसबुकमा स्टाटस लेख्यो भने पनि उक्त स्टाटसमा ‘लाइक’ आउँछ, यसको अर्थ तपाईले ग्यास नपाएको कुरा, अरुलाई मन पर्यो भनेको होइन ! यसको अर्थ हुन्छ, “मैले थाहा पाएँ”, “मैले कुरा बुझेँ”, यस्तै यस्तै ! कसैको निधन भयो भनेर फेसबुकमा लिंक सेयर गरियो, फोटो, भिडियो, स्टाटस वा नोट नै अपडेट गरियो भने पनि, त्यसमा ‘लाइक’ आउँछ ! यसको अर्थ ‘निधनको खबर’ले खुशी लाग्यो भन्ने हुँदैन ! कसैको निधनको खबर फेसबुकमा लेखिएकोछ भने, अरुसँग प्राय: त्यसबेला सान्तवनाको लागि लेख्ने शब्द हुँदैन ! संसार यस्तै हो, सबैले एकदिन मर्नैपर्छ भनेर लेख्यो भने, पिडितलाई झन् पिडा नै थपिन्छ, भलै सबैलाई थाहा छ, मृत्यु अवश्यम्भावी हो तर पनि दूखको घडिमा फेसबुकमा त्यस किसिमको सान्तवनाको शब्द लेख्दा खासै सुहाउँदिलो लाग्दैन, बडो दार्शनिक जस्तो लाग्छ ! अत: मान्छेहरु सजिलो तरिका ‘लाइक’ क्लिक गर्छन् ! अर्थ प्रस्ट छ, मैले यो दुखद खबर थाहा पाएँ !

अनि कति कुरा चैँ आफूलाई मन परेरै लाइक गरिन्छ ! कसैले रमाइलो स्टाटस लेख्यो वा फेसबुकमा अपडेट गरिएको कुनै पनि कुराले चित्त बुझ्यो भने, मन परेर, घत लागेर, चित्त बुझेर, समसामयिक लागेर, “लाइक” गरिन्छ !

अहिलेको लागि फेसबुक लाइकको बारेमा यत्ति नै लेखेँ ! तपाईहरुलाई अझै केही कुरा छुटेको छ झैँ लाग्छ भने, तल कमेन्टमा ‘यस्तो हुँदा’ नि लाइक गरिन्छ भनेर लेख्न सक्नुहुन्छ वा आफ्नो अनुभव पनि बाँड्न सक्नुहुन्छ । तपाईको फरक विचार छ भने, त्यो कुरा पनि लेख्दा हुन्छ है ! अनि यो ब्लग मन पर्यो वा अन्य केही भयो, सेयर गर्नुपर्यो भने माथिको ‘सेयर बटन’ वा तलको ‘रिकमेन्ड/लाइक’ बटन थिच्नसक्नुहुन्छ !

आकार पोष्टलाई फेसबुकमा लाइक गर्नुस्  :)

Comments

  1. कुरो सहि हो ! । लाईकको सीधा अर्थ गरेर त्यसलाई 'मन पर्‍यो' , 'राम्रो', वा 'ठीक छ !' मात्रै बुझ्नु भन्दा पनि  'ए!' , 'बुझेँ !' वा 'थाहा पाएँ' आदि अनेक अर्थमा बुझ्नु पर्छ ।

    तर चित्त नबुझ्ने एउटा कुरो चाहीँ, फेसबुकले आदि-इत्यादि जे जेजस्तो ट्याव वा आइकन आदि बनाए पनि एउटा 'OK' , 'Got that!' वा  'informed!' भन्ने नयाँ जिनीस पनि थप्द्या भे' फेसबुकको के जान्थ्यो र हो ? । लाइकको धेरै अर्थ हुन्छ भन्ने जान्दा जान्दै पनि कहिलेकाहीँ तपाईँले माथी भनेजस्तै अरुले दुख परेको खबर लेख्दा 'थाहा पाएँ' को अर्थमा पनि लाइक गर्न अप्ठ्यारै लाग्छ .... सबैले यो लाइकको अर्थ बुझ्छन् कि बुझ्दैनन् भनेर :)

    ReplyDelete
  2. I completely agree with you bro! 

    ReplyDelete
  3. लक्ष्मणAugust 1, 2012 at 12:04 PM

    हुन पनि हो ' लाइक ' पनि कति सम्म गर्न सकेको कुन्नी ! अस्ती एउटा लाइ यस्तो नराम्रो फोटो ट्याग नगर, फोहरी शब्द नलेख भनेर राणी******, माची*** , हुने न हुने शब्द लेखेर गाली गरेको थिए त्यो चोर फटहा लाइ मैले। साले कुकुरले त्यसलाइ पनि ' लाइक गरेर मरेछ हे हे हे उफ ! यो फेसबुक को ' लाइक '

    ReplyDelete
  4. आकारजीले यो "लाइक"बारे लेख्नु भन्दा पहिला नै दिलीप सरले लेख्नु भएको जस्तो लाग्छ । फेरि एकपटक रिमाइन्ड भयो । सबैलाई धन्यवाद । 

    ReplyDelete
  5. मलाई चाहिँ Like को अर्थ येस्तो लाग्छ, Aakar Anil
    (१) मलाई मन पर्यो (status+shares+page), (२) म एसको समर्थन गर्दछु (status & comments only), (३) म मनन गर्दछु (status & comments only)

    Virtually there is no difference between Like and Recommend except the one for people's choice of the word.

    The LIKE used by Facebook is noun (plural likes) as defined in MS Dictionary 

    preference: something that
    is preferred over others
    The RECOMMEND used is a verb, unlike LIKE. So, it determines the situation where to fit the best.
    endorse somebody or something: to express approval of or support for a
    person or thing

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Embedded Comment Form in Blogger

Dear Blogger Friends, Today I'm going to share a new innovation in blogger. Actually I'm surfing some friends blog and I've seen, comment form in the same page. I'm really happy and shocked both at a time, about this features. So, I've gone through Google, I've found the solution and I'm going to share over here. Many of we users of Blogger are searching for such innovation from blogger group. Now we have. This is very easy to implement in your blog and is directly powered by blogger.Blogger have developed an inline (embedded) comment form which can be enabled through Blogger in Draft. This is probably the most requested feature for Blogger, and I'm sure many of you will want to use this straight away! Now we can place comment form in same page of blog as in wordpress blog. Now get started with it: May be you haven't use blogger in draft yet. So, as to enable this feature first of all go to Blogger In Draft because from Blogger you are unable to see...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

Subscribe to Aakar Post