Skip to main content

आइटि मिट २०११ आजदेखि काठमाडौँ विश्वविद्यालय धुलिखेलमा सुरु [KU IT Meet 2011] #itmeet

काठमाडौँ विश्वविद्यालय कम्प्युटर क्लब (केयुसिसी) को आयोजनामा आज देखि २ दिन सम्म, काठमाडौँ विश्वविद्यालयमा ‘केयु आइटि मिट २०११’ सुरु हुँदैछ ।

विज्ञान तथा प्रविधि मन्त्री कल्पना धमलाले उद्घाटन गर्नहुने भनिएको कार्यक्रममा काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रोफेसर डा.सुरेशराज शर्मा, रजिष्ट्रार प्रोफेसर डा. भद्रमान तुलाधार का साथै, HLCIT, NITC आदिका प्रतिनिधि, स्कुलका डिनहरु, पत्रकारहरु तथा विद्यार्थीको उपस्थिति रहने बताइएको छ ।

scfinal

उद्घाटन कार्यक्रम बिहान ९:३० बजे, सिभी रमन अडिटोरियम केयु धुलिखेलमा हुँदैछ ! सूचना तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयर तथा हार्डवेयरको निर्माण तथा विकास गर्न विद्यार्थीहरुलाई तथा कलेजहरुलाई हौसला तथा प्रोत्साहन गर्न कार्यक्रम आयोजना गर्न लागिएको हो ।

स्थान: काठमाडौँ विश्वविद्यालय, धुलिखेल।
मिति: ४-५ डिसेम्बर २०११ ( १८- १९ मंसिर २०६८)
समय: बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म (दैनिक)

The transportation service is available at different stations at 7:45 AM:
1. Maharajgunj
2. Pulchowk
3. New Road
4. Koteshwor
The buses have IT MEET banner at the front face of it.

3dcgfinalhcfinal

Comments

  1. thanks everybody for making it a success.

    ReplyDelete
  2. thanks everybody for making it a success. 

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post