Skip to main content

भूकम्प अनुभव [#Earthquake Experience in Kathmandu]

जब जमिन हल्लिँदै थियो, हामी (म र इश्वर) नेपाल वायुसेवा निगम सुन्धारा अगाडि सडक को बिच बाटो मा थियौँ । पानी परेको कारण सयौँ मानिसहरु गाडी को पर्खाइमा थिए । नेपाल वायुसेवा निगम अगाडि पुग्दा ड्याम्म केही पड्केको आवाज झैँ आयो, आफू तल को जमिन हल्लिरहेको थियो, आफू अगाडि को विजुली को खम्बा अनि वायुसेवा को बिल्डिङ हल्लिरहेथ्यो । हल्लीखल्ली मच्चीहाल्यो, भूकम्प आयो, भुइँचालो आयो, उ हल्लिँदैछ, घर अझै हल्लिँदै छ ।

हामी रोडको बिचमा थियौँ । रोड को पश्चिमतिर रोड को आधि बाटो ढाकेका थिए मान्छेहरुले । हामी रोड को बिचमा थियौँ, खुल्ला आकाशमुनी थियौँ । मन मा कुनै किसिम को डर थिएन । सम्भवत पहिलोपटक भुँइचालो को आभास गर्दै थियौँ । सडक को बिचमा उभिएको हुँदा यता र उता कुद्नुपर्ने कुनै जरुरी थिएन ।  याद आयो अरु केही नभएपनि ट्विट गरिहाल्नुपर्छ । मोवाइलमा ब्राउजर मा ट्विटर नै खुलिरहेको थियो, हतार हतार भूकम्प आएको कुरा ट्विट गरियो, आफू मुनि को जमिन हल्लिनै रहेजस्तो लागिरहेथ्यो । तर त्यो ट्विट प्रकाशित हुन सकेन, जिपीआरएस चलेन, मेरो र इश्वर दुवैको ।

६.९ रेक्टर स्केल को नेपाल को पूर्वी सिमानमा आएको भुइँचालो ले काठमाडौँ हल्लाइसकेपछि, गाडी चढ्ने आश मारेर, रोड को बिचै बिच अगाडि रत्नपार्क तिर बढियो ।  सडकमा एक्कासी जाम बढेको थियो, न्युरोड गेटमा न्युरोड बाट बाहिर निस्किने को ताँती थियो, भित्र छिर्न खोज्नेहरुलाई रोकिएको थियो । पानि सिमसिम पर्दैथियो, मोबाइल को ब्राउजरमा हामी बारम्बार ट्विटर खोल्न खोज्दै थियौँ, तर हाम्रोलागि अब नेटवर्क थिएन । एक्कासी फोनहरु बिजी भएका थिए ।

रत्नपार्क पुग्दा मान्छेहरु कै घुँइचो थियो, सबैको मुख मा भुईँचालो शब्द झून्डिएको थियो । बाटो मा भेटिएका सबै समूह भुईचालो को कुरा मा नै व्यस्त थिए । मलाई र इश्वरलाई चाँही यो दृश्य कुनै  अंग्रेजी फिल्म को दृश्य झैँ लागिरहेको थियो । पानी परिरहेको थियो, बाटोमा गाडि का बत्ति को उज्यालो बाहेक खासै केही उज्यालो थिएन, बाटो चिसो देखिन्थ्यो, मोबाइल ले काम गरिरहेको थिएन । घन्टाघरमा पुग्दा इश्वरले लगभग मोबाइलमा सिम परिवर्तन गरिसकेका थिए तर पनि जिपीआएरआस चैँ चलेन ।

earthquake-september-18
त्यस समयमा भुँइचालो को सेन्टर कहाँ हो भन्ने थाहा पाउन सकिएको थिएन । रेडियो सुन्नलाई मोबाइल को हेडसेट थिएन, झन् त्यसमाथी ट्विटर (जिपिआरएस) नचल्दा दिक्क लागेको थियो । केही टेम्पु आयो, केही साना निला माइक्रो पनि आयो तर यति भिड थियो कि, हामीले चढ्ने आँट गरेनौँ । हामी आपसमा गफ गर्दै कमलादि हुँदै सिटिसेन्टर पुग्यौँ । सिटिसेन्टर पुग्दा बाटोमा मानिसहरु को भिड थियो, सबैलाई बाहिर निकालेर सिटिसेन्टर को मुख्यव्दार बन्द गरिएको थियो, भुँइचालो शब्द यत्रतत्र सर्वत्र थियो ।

ती साना निला माइक्रो, टेम्पुमा अटाइनअटाइ मान्छेहरु थिए, हामी अघि बढ्दै गयौँ, पैदलै । हाम्रा अघि पछि सबै हिँडिनै रहेका थिए, हामी खाली गाडि आए चढ्ने सोचमा थियौँ, तर कुनै गाडि आएनन् खाली । ज्ञानेश्वर चोकबाट आएपछि चैँ ईश्वर एउटा निलो माइक्रोमा झुन्डिएर गए । मलाई भने त्यसरी जाने विचार भएन र अडिने ठाउँपनि थिएन, उनलाई टाढा जानुपर्ने भएको ले ‘बाइ बाइ’ भनेँ । म मोबाइलमा जिपिआर को लागि निरन्तर कोशीस गरिरहेको थिँए, बेला बेला फोन सम्पर्क गर्ने प्रयास पनि गरिनै रहेको थिँए ।

घरबाट फोन आयो, हेलो पछि को शब्द केही सुनिएन र मैले जति नै प्रयास गर्दा पनि लागेन । रातोपुल बिटमा रहेका एक प्रहरी भुँइचालो को विवरण सुनाउँदै थिए, हेर्दा हेर्दा बाइकहरु लडे । सिमसिम परेको पानी एकछिनलाई रोकिएको थियो । गौशलाको उकालोमा २-३ वटा निला माइक्रोहरु बिग्रिएर बसेका थिए, र गुडिरहेका पनि भयंकर आवाज निकालेर अघि बढ्ने प्रयत्न गरिरहेथे, तर गाडिभित्र अटाइ-नअटाइ रहेका मान्छेहरुका कारण गाडि उकालो चढ्न सकिरहेको थिएन ।

एउटा निलो माइक्रो ले अघि बढ्ने निकै प्रयत्न गर्यो र केही माथि पनि गयो तर अचानक पछि सर्न थाल्यो, म त्यही माइक्रो को पछि पछि हिँड्दै थिँए । मैले हत्तपत्त छेउको इट्टा टिपेर, गाडि को पाङग्रा मुनि छिराएँ, गाडि रोकियोस् भनेर तर गाडि रोकिएन, ईटामाथि बाटै गाडी पछाडि नै सरिरह्यो, खलासी भाइले छोड्दिनु छोड्दिनु भन्यो । मैले फेरि अर्को इटा उठाउने कोशिस गरिन । म एकछिन हेर्दै रहेँ, ती निला माइक्रोहरुले लगाएको बल । क्षमता भन्दा धेरै यात्रु, अनि पानी परेर चिप्लो भएको बाटो अनि त्यसमाथि उकालो । मान्छेहरु पनि के गरुन् सबैलाई पनि आफ्नो गन्तव्यमा पुग्ने हतार । दाइको फोन आयो, कता छस् के गर्दैछस् भनेर ! मैले आफ्नो हाल बताएँ, त्यही भुँइचालो कै कुरा थियो । दाइ चाँही भुँइचालो आएको बेला केहीबेर खाटमुनि लुक्नुभएछ ।

गौशला चोकमा आइपुग्दा पनि कुनै खालि गाडि देखिएनन् । सबै भिड थिए, ठेलम ठेल थियो, बस र माइक्रोबसहरु । मैले त्यति सारो भिड माइक्रोबसहरु कहिले देखेको थिँइन भन्दा हुन्छ । उनीहरु भएभरको बल लगाएर अघि बढिरहेका थिए । जयवागेश्वरीमा रोकिएको एउटा बसलाई कहाँ सम्म भनेर सोधेँ, गन्तव्य फरक रै’छ, म लुरु लुरु हिँडिरहेँ ।

मित्रपार्क आइपुग्दा सम्म पनि जिपिआरएस चलेन, कहाँ भुँइचालो आयो, कहाँ कति क्षति भयो, केही थाहा भइरहेको थिएन । मित्रपार्क मा रहेको एनटिसी को टावरमा बत्ति बलिरहेको थिएन, मलाई लाग्छ त्यस टावर ले काम गरिरेको थिएन, त्यही भएर मेरो जिपीआरएस चलिरहेको थिएन । चाबेल आइपुग्दा याद गरेँ, हिजो अस्ति हुनेजस्तो चहलपहल थिएन । बेलुका साँढे सात बजे नै सडकमा सार्वजनिक बसहरु थिएनन्, चाबेलको दुइ किनारामा हुने ‘स्ट्रिट फुड’ का स्टलहरु थिएनन् । एउटा बेग्लै किसिम को अचम्म लागिरहेथ्यो । सायद विश्वकर्मा पूजा का कारण पनि बसहरु चाबेल मा थिएनन् तर भुइँचालो अर्को प्रमुख कारण हो जस्तो लाग्छ ।

गोपीकृष्ण नजिकबाट भित्र छिर्दै गर्दा, याद गरेँ, सँधै बत्ति बलिरहेन गोपीकृष्ण एफएम को टावर मा पनि रातो बत्ति बलिरहेको थिएन । अगाडि तरकारीबजारमा तरकारी किन्ने बिचार ले त्यतै अडिँए । त्यहाँ पनि भुँइचालो कै कुरा हुँदै थियो । उ त्याँ को डेरी को दूध पोखियो एक भन्दै थिए, अर्का भन्दै थिए सटर बन्द गरेर, कुद्दै पर गएँ । त्यहाँ भएको कुरा ले थाह भयो, भुँइचालो को केन्द्रविन्दु नेपाल को पूर्वी सिमाना थियो । केही तरकारी किनेर अघि बढेँ, पानी फेरि पर्न थाल्यो । पानी मा भिज्दै बढिरहेँ, पछाडिबाट अगाडिबाट बाइक र स्कुटीमा हुँइकिनेहरु पनि भुँइचालो को कुरा नै गर्दै थिए । कपन चल्ने एउटा बस विचित्र को आवाज निकाल्दै अघि बढिरहेथ्यो, बस को छतभरि, भित्र, अनि पछाडी को भर्याङमा समेत मान्छेहरु झुन्डिएका थिए । साततले बाट पूर्व मोडिँए ।

भुईँचालो पछि काठमाडौँ को केन्द्र सुन्धारा देखि कपन सम्म पैदलै छिचोलेको थिँए । सबैको मुखमा यही भुँइचालो को कथा थियो । सबै केही भन्नु छ झैँ, गरि आफ्नो अनुभव साटिरहेका थिए । कोही के भन्दै थिए, कोही के भन्दै थिए । मलाई लाग्यो मलाई पनि केही भन्नु छ, अत: ब्लग तयार भयो । हालसम्म आफू सुरक्षित रहेको जानकारी गराउँछु । टिभि च्यानलहरु अघि हुने होडमा आपत्तिजनक तस्विर र भिडियो फुटेज देखाइरहेकाछन् । ट्विटर टाइमलाइन #earthquake ले भरिएको छ ।



earthquake on twitter

तपाईको भूकम्प अनुभव कमेन्ट मा लेख्नसक्नुहुन्छ । भूकम्प फेरि आउनसक्ने हुँदा सावधानी अपनाउनुपर्ने देखिन्छ।

यो हेर्नुहोस्: What to Do After an Earthquake

Comments

  1. Ma ta sadhai jaso computer ma theye , geet pani sundai theyee , kehi halliraheko anubhab bhayo soche geet bajekole ma halliyeko vanera....pachi ta afu baseko bench nai hallina thayo...awaz pani sune ..tes pachi hattana patta baira niskera arulai vanchu vaneko................baira ta manche haru karaidai raichan. pachi khula thau ma baseu..kei berr pachi santa hudai gayoo. mine too 1st time Aakar ji.

    ReplyDelete
  2. Aaja Gurukul gaeko, 'Pulbata Herda' herna ko lagi, aadha mai chhodera niskanu paryo sabai jana... purai anubhaw chahi kahi lekhnai mazza aaula :) share matrai gareki...

    ReplyDelete
  3.  पानी परीरहेको थियो । म रात्रीको खाना खाईरहेको थिए । एक्कासी एक प्रकारको स्वा गरेको आवाज आए जस्तो लाग्यो अनि जमिन पनि हल्लीएको जस्तो लाग्यो । छिमेकी काकीको टिनको घर कामीरहेको म मा अनुभव भयो । अव मलाई भुकम्प आएको पक्का भएपछि डरले छोरा छोरीको खोजी गर्दै आमाको कोठमा भएका छोरा छोरी मध्ये छोरालाई मैले वोके आमाले छोरी बोक्नुभयो । अनि हामी सबै वाहिर निस्कीयौ । वाहिर निस्कीसकेपछि पनि छिमेकी काकीको घर  हल्लीरहेको थियो । म डरले एक्कासी बुवा बुवा भनेर कराउन थालेछु ।

    ReplyDelete
  4. भूकम्प हो ।

    ReplyDelete
  5. nepali unicode:ekchin ta marincha jasto lagya thyo ni... dhanna.. :D

    ReplyDelete
  6. nepali unicode: kati bhgyamani muso ta... :D

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

म र ऊ - एउटा अनलाइन भेट [कथा]

“तिमी को हो?” मेरो प्रश्न थियो! उसले भनी, “खुशी” । “को खुशी”, मैले सोधेँ ! “ह्या, कस्तो नचिन्या होला? म खुशी के ! रहर, छायाँ, खुशी जे भने नि म नै हो के”, उसको जवाफ ! “ए, तिमी पो, कता हराकी थियौ? अब के भनौँ त तिमीलाई उसोभए?” “जे भने नि हुन्छ!” “उसोभए म खुशी भन्छु है”, मैले भनेँ ! उसले हुन्छ भन्ने जनाउ दिन, आँखा सन्काइ र लेखी “हे हे” । कुरा यसरी नै सुरु भएको थियो च्याटमा ! च्याटमा को सँग कुरा गरिरहेछु, आफैँलाई पत्तो छैन, न पहिले च्याट गरिएको थियो, न भेट नै गरिएको थियो । ट्विटरमा नाम परिवर्तन गरिरहने ऊसँग ट्विटरमा आक्कल झुक्कल कुरा गरिने भएपनि उनको ‘म्यासेज’ पहिलोपल्ट च्याटमा अकस्मात आइपुगेको थियो ! म उनको बारेमा प्रस्ट हुन सकिरहेको थिँइन ! अत: फेरि सोधेँ, “यो खुशी को हो?” मेरो प्रश्नले, उसले आफू दुखित भएको जनाउ दिन लेखी “:(” “हैन किन यति रिङ्ग्याएको मलाई”, मैले सोधेँ । “नाम मे क्या रखा है? ;)”, उसको जवाफ ! “नाममा धेरै कुरा राख्या छ हजुर, चिन्नु त पर्यो नि, आफू कोसँग कुरा गर्दैछु भनेर”, मैले भनेँ ! “पिक द नेम, तिम्लाई जुन मन पर्छ त्यही राख”, उसले मलाई नाम छान्ने अधिकार दिई ।...

फोटो आफैँ बोल्छ [Photo Story]

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा...

Subscribe to Aakar Post