Skip to main content

ट्विटर, अनुजा र कान्तिपुर #Opinion

एकादेशको कुरा थियो, म बिहानै कान्तिपुर पत्रिका कुरेर बस्थे, जस्मा मैले एउटा छुट्टै सुगन्ध भेट्थे र पढ्दा छुट्टै आनन्द आउथ्यो। अनि आजभोलिको कुरा छ, मलाई कान्तिपुर हेर्न नपरे हुन्थ्यो जस्तो लाग्छ, तर पनि सबैले कान्तिपुरमा यो छाप्यो र त्यो छाप्यो भन्ने भएर हेर्न बाध्य हुन्छु। श्रृखलाबद्ध रुपमा जब कुनै नाम चलेको सबैले रुचाएको राष्ट्रिय दैनिकमा गलत समाचार, पहिलो हुने होडमा अफवाहहरु छापिन थाल्छन भने एउटा माया गर्ने पाठकको नाताले केहि कुरा भन्न मन लागेको छ।

आफ्नो साहुको भलोको लागि जब समाचार छाप्न थालिन्छ, लाख लाख मानिसको जिवनसँग खेलवाड गर्ने गरि जुसको व्यापार हुदाँ विज्ञापनको लागि कलम बन्द गरिन्छ भने पाठकको हिसाबमा न्यास्रो लाग्नु स्वाभाविक हो भन्छु म। पहिलो हुने निहुँमा सैनिक कु को अफवाहमा जनतामा आतङ्क फैलाउने काम हुन्छ भने खवरदारि गर्नु कर्तव्य ठान्छु म। पुराना गल्तिबाट हामि सबैले पाठ सिक्नु पर्छ; चाहे त्यो जो सुकै होस् यो कुरामा यो र उ भन्ने गुन्जायस हुनु हुदैन भन्ने मलाई लाग्छ। पुराना कुरा कोट्टाएर कोहिलाई फाईदा हुँदैन।

अब कुरा गरौँ भर्खर इन्टरनेट र छापामा छाएका तपाईका कुराहरु। सुरु मलाई छापाबाट नै गर्न मन लाग्यो। हजुरहरुले छाप्नु भो अनुजा नाम गरेकि महिलाले ९१ लाख र हिराको हार फेला पारेर फिर्ता गरिन। पैसा जँहाबाट आएको भनिएको थियो त्यँहाबाट पैसा झिकिएको थिएन। पैसा फिर्ता लग्ने मान्छेको पत्तो छैन। पुलिस प्रशासन सबै बेखवर छन। ९१ लाख सानो रकम पनि होइन। नेपालमा राम्रो मान्छे अझै बाकि रैछन, मानवता मरि सेकेको छैन भनेर आशा गर्न नपाउदै, मानवतालाई जबरजस्ति बचाउन खोजेको भान हुन पुग्यो। जे होस् राम्रो उद्देश्यले गरेको काम भनेर मन बुझाउन सकिन्थ्यो बुझाईयो पनि। के हजुरहरुले पत्रकारको धर्म राम्रोसँग निभाउनु भयो त शँका गर्ने ठाँउ त प्रशस्त भेटिए नि, होइन र? ल अब त्यो कुरालाई पनि थाँति राखौँ।

प्रविधिको जमाना छ, जताततै मान्छेहरु इन्टरनेटको कुरा गर्छन। हजुरहरुले पनि गर्नु भई राख्नु भएको छ। यो शुक्रबार ट्विटरको बारेमा डरलाग्दो कुरा लेख्नु भयो। ट्विटरको कारणले भएका सम्पुर्ण नराम्रा तथ्यलाइ उजागर गर्नु भयो। त्यहि लेखको कारणले ट्विटर तिर गएर साथिभाइको सहायताले केहि कुरा बुझ्ने अवसर मिल्यो। हजुरहरुको लेख पढ्दा त ट्विटर त गुण्डाहरुको बस्ति जस्तो भान भएको थियो डराई डराई ट्विटर छिर्दा त रमाईलो लाग्यो मलाई। ट्विटरमा त ज्यान लिने भन्दा ज्ञान दिने कुरा धेरै हुने रै'छ। धम्कि भन्दा रम्कि झम्कि बढि हुने रै'छ। तपाईहरु फेरि चुक्नु भयो नराम्रो सँग, हजुरहरुले नराम्रो भनेको ठाँउ त ग्यानको भण्डार भेटे मैले। हजुरहरुको सोधमा प्रयोग भएका शब्दहरुको त के बखान गरौँ र खै।  लौ यँहा नेर हजुरहरुले नराम्रो इमेज बनाएको कुरा राम्रो भेटियो।

तपाईहरुले मनावता नभएको ठाँउमा जबरजस्ति मानवता उमार्न खोज्नु भयो। मनावताले भरिपुर्ण ठाँउमा मानवताको हत्या गर्ने गरि पाठकहरुलाई उत्तेजित बनाएर अनाव सनाब बकाउनु भयो। एउटा सोध्न मन लागेको प्रश्न हजुरहरुलाई, समाजलाई कता डोराउदै हुनु हुन्छ?  हजुरहरु त समाजको पथ प्रदर्शक हुनु पर्ने होईन र? हजुरहरुकै तथ्याङ्कको आधारमा भन्नु पर्दा १० लाख पाठक भएको पत्रिकाले १० लाख जनतालाई कता डोराउदै हुनु हुन्छ? गल्ति सबैबाट हुन्छ, अनि पाठ पनि गल्तिबाटनै सिकिन्छ। हजुरहरुलाई पाठ सिक्न कति समय अभाव भएको हो। रफ्तारको जिवनमा हिड्दा हिड्दै हजुरहरुले सानो सानो कुरालाई नजरअन्दाज गर्न थाल्नु भयो। अब मानिस हो गल्ति हुन्छ, तर बिन्ति छ कान्तिपुरे साथिहरु हो, सक्नु हुन्छ सहि कुरा दिनुस् सक्नु हुन्न गलत सुचनाले हामिलाई सुसुचित नगरिदिनुस्। कृपया पशुपतिनाथको लागि भए पनि सहि बाटोमा हिडाउनुस् हामिलाइ।

अन्त्यमा मलाई एकजना प्रविधि सम्बन्धि मान्छेले भनेको कुरा भन्नु मन लाग्यो, कृपया हजुरहरुको प्रविधि सम्वन्धि लेखहरु बन्द नै गर्नुस रे, योग्य व्यक्ति राखेर लेख्न थाल्नुस रे, तिनिहरुमा यति धेरै त्रुटि हुन्छन् कि त्यो पढेर जान्ने मान्छे पागल हुन्छ रे। हामिलाई पागल नबनाईदिनुस्, सध्य त बनाउन सक्नु भएन।

हजुरहरुको सँधै भलो चाहने पाठक।

~  कृष्ण, कुपन्डोल !


मेरो भन्नु : दोस्रो अनुच्छेद मा लेखक कन्फ्युज देखिए झैँ लागेको छ । तत्कालिन समयमा कान्तिपुर ले विज्ञापन नपाएको प्रसंग उठेको थियो, त्यसपछि रियल जुस को बारेमा जमेर लेखिएको भन्ने सुनेको थिँए । त्यस समयमा, रियल जुसको भण्डाफोर गरेर कान्तिपुरले “वाहवाही” कमाएको थियो अत: यसलाई मिलाएर बुझिदिन हुन, आग्रह गर्दछु !

Comments

  1. YO SAMACHAR WA COMMENT PADERA MERO SARIR NAI SIRANGA BHAKO CHH TAPAI JASTO CHACET YO DESKA 1000 NAGARIK MATAR CACHET BAYA BHANE HAMI GALAT SUCHANAKO SAMPREN BATA MUKTA RANA SAPHAL HUNE THEYAU. JAYA HOS

    ReplyDelete
  2. यो लेख पढ्दा त मैले धेरै आक्रोश फेला पारेँ । कान्तिपुरमा जुन किसिमले tweet लाई प्रस्तुत गरियो (original tweet लाई परिवर्तन गरेर), त्यो सारै unethical छ । तर यस लेखमा जो तपाईले भन्नु भो कि - "हजुरहरुको लेख पढ्दा त ट्विटर त गुण्डाहरुको बस्ति जस्तो भान भएको थियो डराई डराई ट्विटर छिर्दा त रमाईलो लाग्यो मलाई। ट्विटरमा त ज्यान लिने भन्दा ज्ञान दिने कुरा धेरै हुने रै'छ। धम्कि भन्दा रम्कि झम्कि बढि हुने रै'छ।", त्यो पनि धेरै बदाइ चदाइ कुरा लेख्नु भो ।
    कान्तिपुरको हेलो शुक्बार पढ्दा तपाईलाई त्यस्तो भान भो होला, तर सबलाई नहुन सक्छ । Tweeter मा public tweets एक अर्जुन बाण सरह चै अव्शय हो । जो सबले पढ्न सक्छन् । यस अर्थमा Tweet गर्दा public मा बोले सरह सजक हुनु पर्छ , दराउनु पर्दैन ।

    ReplyDelete
  3. कान्तिपुरका यस्ता फ्यान पनि हुँदा रचन त मलाई था'ह नै थिएन ;) लउ कान्तिपुरे हो :) हामि ट्विटेको कुरा नसुने पनि यि फ्यानको कुरा मनन गर्देउ :)

    ReplyDelete
  4. @Bhate Chor: म पनि कान्तिपुरको फ्यान भने हैन ...... i don't love supporting them either, they are more of profit oriented that loyal to their profession

    ReplyDelete
  5. galti sabai bata hunchha not only one news paper ...Nepali haru International news paper herdainan jasto chha so they dont know that what happens there so i suggest u to read that also and speak ...................recently hijo matra Newwork times le sorry bhaneko theyo ...for his mistake on news ..............

    ReplyDelete
  6. fan hunu na hunu kai haina ...but what u read at morning time ....kunai na kunai news paper ta hernu hunchha hola ki New work time nai herne gareko chha ktm ma basera ............

    ReplyDelete
  7. मधुसूदनAugust 1, 2012 at 11:55 AM

    अनुजा बानियाँ दुई दिन आदर्श पात्र भएर अहिले कुपात्रको रुपमा परिचित बनेको छ । तर के उनि कुपात्र हुन् त ? कहीं कुनै ठूलै गिरोहले आफू दलदलमा फस्न लागेको संकेत पाएर यी अनुजालाई धम्क्याउने, पारिवारिक दवाव दिने आदि गरी यो विषयलाई ओझेल पार्ने दाउ त होइन ? ९१ लाख भएको १ वटा व्याग छुट्नुको अर्थ अरु थुप्रै रकम (जो गैरकानूनी वा कालो धन) को त्यहाँ चलखेल त होइन ? यस्ता ठूला आपराधिक समूह वा गैरकानूनी कारोबारीको माथिल्लो तहसम्म पहुँच हुन्छ । केशलाई डिसमिस पार्ने योजना अन्तरगत अनुजालाई वा उनको परिवारलाई खति हुने धम्की आदिले काम त गरिरहेको छैन ? यो केश हेर्न खटिएका सरोकारवालाले निश्पक्ष छानविन गरुन् । के थाहा यो समाचारको रिपोर्टिङ्ग गर्ने पत्रकारलाई वा पत्रिकालाई पनि सामदाम लगाएर प्रसंग नै मेटाउन त खोजिएको छैन ? बिचार गरौं है ।

    ReplyDelete
  8. मानिस चर्चामा आउन जे पनि गर्छन् । अनुजा प्रकरणमा धेरै शंका उपशंकाहरु छन् । आखिर नाम कमाउनकै लागि उनले यस्तो झुट बोलेकी हुन् त ?
    कुनै पनि मानिसले ९१ लाख रुपैया बोकेर सार्वजनिक यातायातमा यात्रा गर्दैन । अनि अर्को कुरा काठमाडौं सीतापाईला घर भएको भनिएका पुरुषोतम पौडेले इटहरीबाट आईएमयी बाट ९१ लाख निकालेको कुरालाई पनि आईएमयी ले अपुष्ट भनिसकेको छ । अर्को कुरा अनुजासँग अहिले पुरुषोतमको मोवाईल नं. समेत नहुनु निकै रहस्यमय छ ।
    त्यसभन्दा पनि रहस्यमय कुरा त पैसा हराएको भनिएका पुरुषोतम पौडेल अहिलेसम्म पनि सार्वजनिक नहुनुले यो समाचार सरासर झुट हो भन्ने पुष्टि गर्दछ ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Shirish Ko Phool : Review & Download

One of the finest book ever written in Nepali literature....Shirish Ko Phool and one of my personal favorite. I have read this novel over four times or say five times..and each time I finish the novel I feel pang and it hangs on my head for so many days. Why guilt is so painful that made such a strong woman called Sakambari to suicide..or die…?? The novel has a wonderful language..the simplest of all. When I had read it for the first time..to tell the truth that I hadn’t really understood the novel, I felt the love story in it and I could not understand the passion in the novel.. But this day I may say I am able to figure out the passion and the feelings of the author.. I really appreciate the wonderful story, the plot the real setting, the real characters…and the situation of the novel till it ends. The pain of running away from the feelings and passion. When the Suyogbir says.."Ma glass ma bhagchu” ( I forgot the line exactly…). The feeling is that we run away from pai...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

SLC Result 2066/2067 (2009-2010)

The Office of the Controller of Examinations (OCE), Sanothimi, on Friday published the results of the School Leaving Certificate (SLC) 2066 examinations held last year. 64.31 percent students passed the SLC 2066/67, according to the Controller of Examinations (OCE) Sanothimi, Bhaktapur. We have uploaded SLC Result 2066 in .pdf , .txt and in .zip file format for you. Download the file and search your ‘symbol number’. Congratulations to all, who passed SLC this year. And if you want to see your results with marks then, you can follow THT (symbol no. and birth date required). Download SLC Result 2066/2067 (2009-2010) : REGULAR: EXEMPTED: Distinction --------------- First division First division Second Division Second Division Third Division Third Division Withheld Withheld ...

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

Subscribe to Aakar Post