Skip to main content

नेपाली ब्लगर्स सेरोफेरो का १३ उत्कृष्ट ब्लग पोष्ट

नेपाली ब्लगरहरु को दौँतरीमा भएको अन्तिम छलफल मा आफूलाई उत्कृष्ट लागेको १० वटा ब्लगपोस्ट बारे सबैले लेख्ने भनिएको थियो ! केही साथीहरुले लेख्नु भयो पनि, तर आफ्नो व्यस्तता को कारण, आफूले भने अहिले सम्म नलेख्दा, अलि खल्लो महशुस भयो । अत: आज को यो पोष्ट मा, आफूले पढ्नेगरेका ब्लगहरु मध्येबाट आफूलाई उत्कृष्ट लागेको १३ ब्लगपोष्टहरु यहाँ राख्दैछु । पश्चिम तिर शुभ नमानिने अंक १३ नै लिएर मैले ब्लग लेखेँ है आज !

कसैलाई यहाँ आफ्नो ब्लगपोष्ट नराखिदिएको भए हुन्थ्यो, या कसैलाई आफ्नो ब्लगपोष्ट पनि भनिदिएको भए हुन्थ्यो झैँ लाग्न सक्छ, तर पनि आफूलाई साँच्चै प्रभाव परेको, घत परेको, समग्रमा भन्दा मन परेको ब्लगपोष्टहरु राख्दा यहाँहरु लाई अप्ठेरो पर्छ भने पहिले नै यहाँहरु सँग क्षमा माग्न चाहन्छु ! १३ उत्कृष्ट ब्लग भनिएपनि, यो ब्लगपोष्ट  १३ नम्बर र यो १ ब्लगपोष्ट  नम्बर भनेर चाँहि छुट्याइएको छैन है !

*****************************************************

केही रमाइला संस्मरणहरु ! - दिलीप आचार्य

 

दिलीप दाइ का सबै ब्लग पोष्टहरु निकै उपयोगी अनि रमाइला लाग्छन् । टेक्निकल कुराहरु पनि प्रस्ट बुझ्ने गरि लेख्नुहुन्छ, त्यसबाहेक ती उट्पट्याङ मुक्तकहरु पनि पढ्न निकै घतलाग्छ । समसामयिक विषय देखि, लघुकथासम्म, सबै कुरा मा दिलीपलाई सशक्त हस्ताक्षर हुनुहुन्छ भन्ने मेरो मान्यता छ ।

तर आज मेरो गन्ति मा भने, मैले उहाँ का ‘केही रमाइला संस्मरणहरु’ समेटेको छु । यो पढ्दा म निकै हाँसेको छु, निकै घत लागेको थियो । जिवन का केही घटनाहरु निकै रमाइला हुन्छन् ।dacharya

***************************************************** 

आमावसन्त गौतम

सायद वियोग को भाव मा लेखिएको वा कसैका प्रति श्रद्धा र आदरपुर्वक ले लेखिएको कुरा ले, पढ्नेहरु को मन मस्तिष्क मा एउटा तरंग को सञ्चार गरिदिन्छ । वसन्त दाइ ले आफ्नो आमालाई सम्झेर लेख्नुभएको यो ब्लगपोष्ट ले धेरै नै छोएको छ, पढ्दा हामीलाई कथा झैँ लागेपनि, यस लेखाइ बाट दाइ को भावनालाई छाम्न सकिन्छ । धेरै कुरा शब्द मा व्यक्त हुँदैनन् । अनि यस संसार मा ‘आमा’ बाट टाढा भएर बाँच्नु निकै कष्ठकर हुन्छ ।

basantagautam

*****************************************************

तपाईं किन कमेन्ट गर्नु हुन्न मलाई थाहा छ – मिलन लम्साल

हिन्दी चलचित्रमा हिजोआज कमेडी भन्ने बित्तिकै म राजपाल यादव को नाम सम्झन्छु । मैले चलचित्र हेर्नै पर्दैन, म एकान्त मा छु, अनि मैले राजपाल व्दारा अभिनित कुनै दृश्य सम्झेँ भने, एकाएक हाँस्न थाल्छु । त्यस्तै मिलन दाइलाई सम्झेर म हाँस्ने त होइन, तर पनि मिलन दाइ का ‘मनको कुरा’ पढ्दा अधिकांश पोष्टहरुमा मरिमरि हाँस्ने गरेको छु । नेपाली ब्लग मा, ब्लगर र ब्लगसम्बन्धि व्यंग्यहरुकै कारण, आज ‘तपाईं किन कमेन्ट गर्नु हुन्न मलाई थाहा छ ’ लाई मैले आफ्नो ब्लगपोष्ट गिन्ति मा समावेश गरेको छु ।

milan

**************************************************** 

Roots Deserve Respect! – Anjali Timilshina

पढाइ को सिलसिला मा अन्जली अमेरिका मा छिन् । त्यस सिलसिला मा उनले देखेका कुराहरुलाई यस कथा मार्फत सबैसामू प्रेषित गरेका छिन् । हाम्रो र हामी भन्दा पछिल्लो पुस्ता को बारेमा लेखिएको कुराले, हामीलाई हामी कता जाँदैछौँ भनेर सोच्न बाध्य बनाउँछ । प्रस्ट अंग्रेजीमा तर सबैले बुझ्ने गरि लेखिएको अन्जली को ब्लगपोष्ट आज मेरो गन्ति मा परेको छ ।

anjali

*****************************************************

The Differences!!! – Reecha Bhattarai

सायद मैले पछिल्लो पटक छिरेको नयाँ ब्लग यही नै होला । ‘द डिफरेन्सेज’ नामक ब्लगपोष्ट मा रिचा ले, हाम्रो समाज मा हुने र भए गरेका कुरालाई एउटा नयाँ कोण बाट सुक्षम ढंग ले देखाएकिछिन् भन्ने मेरो बुझाइ छ । दुइ वटा साना स्कुले बालकहरु को प्रसंग मा लेखिएको ब्लग, ले धेरै कुरा भनिरहेको छ । सरकारी र निजी स्कुल विच फरकलाई निकै सुक्ष्म ढंगले ब्लग मा उठाउन सफल भएकी कारण, मेरो ब्लग गन्ति मा आज रिचा को यो ब्लगपोष्ट परेको छ ।

reecha***************************************************** 

Just a heart died…! – Kishor K.Sharma

फोटो ले हजारौँ शब्दहरु बोल्छ रे । किशोर को यो फोटो ब्लगपोष्ट हेरेपछि मलाई, साँच्चै ‘फोटो ले हजारौँ शब्दहरु बोल्छ” भने झैँ लाग्यो । किशोर ले के सोचेर, यो पोष्ट राखेका हुन् त म ठोकुवा गर्न सक्दिन । तर आँ गर्दा, अलंकार बुझ्न सक्ने प्रवृत्ति का कारण, यो फोटो ब्लग आफूले धेरै हदसम्म बुझेको झैँ लाग्यो । जिवन का आरोह अवरोह को समिक्षा गर्दै, आफ्नो कुरा ‘क्रियटिभ’ तर ‘मर्मस्पर्शी’ फोटो मार्फत उजागर गरेका कारण, किशोर को यो ब्लगपोष्टलाई पनि मैले ब्लग गन्ति मा समावेश गरेको छु ।

kishor*****************************************************

I have never – Mohammad  Tajim

नेपाली ब्लग जगत मा, एउटै कुरा धेरै ब्लगरहरुले लेखेको देखेको छैन । तर तजिम व्दारा लेखिएका धेरैजसो ब्लगहरु अन्य ब्लगरहरुले पनि ‘रि-ब्लग’ गर्ने गरेका छन् । यसको पछिल्लो उदाहरण ‘I have Never’ भन्ने ब्लगपोष्टलाई लिन सकिन्छ । अन्य ब्लगरहरु भन्दा फरक विषयमा ब्लग गर्ने, आफ्नो कुरा प्रस्ट राख्ने भएका कारण, बुटबल का तजिम को ब्लग मेरो गन्ति मा परेको छ ।

उनको यो ब्लगपोष्टलाई, दिल्ली बाट दिनेश वाग्ले, केन्याबाट आन्विका गिरी, अमेरिका बाट साधना शर्मा, दक्षिण भारत बाट राजिव दाहाल, तथा यहाँबाट मैले रि-ब्लग गरेका थियौँ ।

tajim***************************************************** 

A Google Widget for Nepali Bloggers – Nabin Sir

नेपाली ब्लग र नेपाली ब्लगरहरु प्रति, फिजिक्स का प्राध्यापक तथा विद्यार्थी नविन सर ले धेरै नै मेहेनत गर्नु भएको छ । मेहनत कै परिणाम स्वरुप, हिजो आज अधिकांश नेपाली ब्लगहरु मा नविन सर ले बनाउनुभएको ब्लग ग्याजेट राख्ने गरिएको छ । नेपाली ब्लगरहरु मा समर्पति यो ब्लगपोष्ट मेरो गन्ति मा पर्न सफल भएको छ ।nabin

**************************************************** 

मुगु अनुभव- प्रवेश – मिलन ढुंगाना

मुगु, नेपाल को पश्चिम मा रहेको विकट जिल्ला ! त्यही मुगु जिल्ला मा, मिलन दाइ कार्यरत हुनुहुन्छ । सिडिएमए इन्टरनेटले साथ दिँदा, मुगु बाटै ब्लगरहरु ब्लग मा पोष्ट गर्नुहुन्छ । यो ब्लगपोष्ट मा, मुगु प्रवेश गर्दा को अनुभव समेटिएको छ । एउटा भिन्दै लोक मा पुगे झैँ लाग्ने, त्यस ठाउँको, मिलन दाइ ले त्यस ठाउँमा पुग्दा को वर्णन निकै राम्रो सँग गर्नुभएको छ । यही मुगु अनुभव को दोश्रो श्रृंखला नेपाली दैनिक ‘अन्नपुर्ण पोष्ट’  को परिशिष्टाङ्क मा पनि छापिएको थियो । मुगु सँग परिचय गराउने, यो ब्लगपोष्ट पनि मेरो गन्ति मा परेको छ ।

milandai***************************************************** 

खै कस्तो अन्योलता ? – विनिता दाहाल

सरल र मिठासपुर्ण शैलीमा लेखिएको यो ब्लगपोस्ट मा “लक्ष्मी” नामलाई सम्बोधन गर्दै, विनिता दिदीले आफ्ना भोगाइहरु, आफ्ना वरिपरि घटिरहेका घटनाहरुलाई, निकै रोचक ढंगले प्रस्तुत गर्नुभएको छ । यो ‘लक्ष्मी सिरिज’ को नाम ले धेरै अंकहरुमा बाँढिएको छ भन्दा अत्युक्ति नहोला ।binita

***************************************************** 

झ्याउरे पिरती – प्रवेश पौडेल

प्रवेशलाई लेख्ने र बोल्ने कुरा मा भेट्न मुस्किल छ । हुन त विश्विद्याल मा नै कवि तथा नेता का छवि बनाएका प्रवेश का अधिकांश पोष्टहरु ले निकै काउँकुति लगाउँछन् । फरक लवज मा लेखिएको ‘झ्याउरे पिरती’ पढ्दा निकै हाँसिएको थियो । पेट मिचिमिचि हसाउँन सफल भएका कारण, प्रवेश को ब्लग पोष्टलाई पनि मैले समेटेको छु । prabesh

***************************************************** 

म! मात्र म एक प्रणीत प्रतिनिधि पात्र – अर्जुन पौडेल

अन्तिम मा सँधै, ‘चेतना भया’ लेखेर ब्लग टुंग्याउनु हुने अर्जुन दाइ को ब्लग को यो पोष्ट ले आफ्नो पनि कुरा बोलिदिए झैँ लाग्छ । arjun paudel

*****************************************************

म HIV +VE – अमेत्य

मेरा ब्लग का पुराना पाठक, अमित अहिले वर्डप्रेसबाट ब्लगर प्लेटफार्म मा छिरिसकेका छन् । तर यो वर्डप्रेस मै लेखिएको यो ब्लगपछि, अमित धेरै महिना हराए, कुनै खोज खबर विना नै । डरलाग्दो, शीर्षक मा कविता लेखेर, अमित हराएपछि, कतै यो कविता उसको आफ्नै वास्तविकता त होइन भनेर म धेरै दिन सोचिरहेँ अनि खोजिरहेँ । खोज्दा नभेटिएपछि, एउटा ब्लग लेखेर नै, उनको खोजी गर्नुपरेको थियो । मलाई केही महिना सम्म तर्साउन सफल, अमित को ब्लगपोष्ट मेरो गन्ति मा परेको छ ।

ametyaहामी नेपाली ब्लगरहरु सयौँ को संख्या मा छौँ,  अनि हजारौँ को संख्यामा  ब्लगपोष्टहरु पढिएको छ । नाम नै लिने हो भने पनि लामो लिस्ट हुन जान्छ, १३ वटा ब्लगपोष्ट मात्र चर्चा गरेकोले, चाहँदा चाहँदै पनि, धेरै ब्लपोष्टहरु यहाँ समावेश गर्न सकिएन, बाँकि राम्रा लागेका ब्लगपोष्टहरु अरु कुनै पोष्ट मा लेखौँला !

P.S. Btw, this is not a ranking.

Comments

  1. Really nice to find these posts which are so much valued....

    I felt good scrolling these posts....these are worth reading.

    ReplyDelete
  2. Thank you!! Great to know about these beautiful posts.Also, got some clues about good Nepali Bloggers!! :)

    ReplyDelete
  3. Aakarji, this is the great compilation of your great choice, kindly I have read all of these posts and liked them very much.

    ReplyDelete
  4. @ekendra
    And Now I think, I should have written about more than 25 blogpost...missed some other worth reading blogpost... :(

    ReplyDelete

Post a Comment

Popular posts from this blog

Embedded Comment Form in Blogger

Dear Blogger Friends, Today I'm going to share a new innovation in blogger. Actually I'm surfing some friends blog and I've seen, comment form in the same page. I'm really happy and shocked both at a time, about this features. So, I've gone through Google, I've found the solution and I'm going to share over here. Many of we users of Blogger are searching for such innovation from blogger group. Now we have. This is very easy to implement in your blog and is directly powered by blogger.Blogger have developed an inline (embedded) comment form which can be enabled through Blogger in Draft. This is probably the most requested feature for Blogger, and I'm sure many of you will want to use this straight away! Now we can place comment form in same page of blog as in wordpress blog. Now get started with it: May be you haven't use blogger in draft yet. So, as to enable this feature first of all go to Blogger In Draft because from Blogger you are unable to see...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

Romanized Nepali Unicode

Download and Install Nepali Unicode Romanised to write in Nepali all over the web. First of all, you have to Download and Run the Program on your computer. Then, you have to do some settings on your computer to use Nepali Unicode Romanized. You can download Nepali Unicode Romanized from the Madan Puraskar Pustakalaya website for free. Install Nepali Unicode Romanized in Windows XP: Install: Run setup file; Go to control Panel; Open Language and Regional settings; Open Regional Language Options; Go to Language Options & tick on check box (install files..... Thai, instal....east Asian...languages): Click apply-it might ask for windows CD: Insert CD or you can directly copy "i386" files too; And install all: then you have done; Click for details; Then click add a tab; A new popup will appear: Select "Sanskrit" in the first box; Select "Nepali unicode (romanized)" in second box; Click "ok"; You have successfully installed it; P...

Radha : Shruti Sambeg [Review and Download]

Radha by Krishna Dharabasi is wonderful novel based on traditional era of Lord Krishna and Radha. The traditional plot of the story makes the readers/listeners feel that Dharabasi is narrating us the same old story of love of Radha and Krishna. However , the story based on the traditional plot it portrays the modern era in a dramatic way such that it speaks of so many hidden things that we will be amazed while ending it up. Radha and Krishna are the eternal lovers. Lord Krishna and Radha are together since childhood. But in teenage they are separated (as in the traditional story) and Lord Krishna has to go away leaving Vindraban for fulfilling the task for which he has taken birth.This brings tragedy to Radha and all the people in Vindraban. Radha waits for Krishna to arrive but he seldom does. She is stubborn to go meet Krishna. Later she sets out as a Yogini in a long voyage to search self, leaving her parents. She is accompanied by her friend Bisakha everywhere she went. Radha faces...

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

Subscribe to Aakar Post