Skip to main content

“आकार पोष्ट” अब मोबाइल मा पनि

“आकार पोष्ट” को लागि नयाँ मोबाइल भर्सन बनाइएको छ । mofuse को सहायता मा आकारपोष्ट को मोबाइल भर्सन बनाइएको हो ।

अब मोबाइल मा पनि सजिलैसँग आकारपोष्ट पढ्न सकिने भएको छ । मुख्य ब्लग मोबाइल मा हेर्न गाह्रो हुने तथा लोड हुन पनि धेरै समय लागेको कुरालाई मध्यनजर राख्दै, हाम्रो ध्यान मोबाइल भर्सन ब्लग तिर तानिएको हो ।Aakar Post Mobile अब आकारपोष्ट का ब्लग शीर्षकहरु मोबाइल मा देखिनेछन् । जसलाई, क्लिक गरेपछि पुरै पोष्ट सकिने छ । मोबाइल मा सबैकुरा पढ्न सकिने भएपनि, कमेन्ट गर्न भने सकिँदैन । हुन त गुगल ले पनि, मोबाइल को लागि ब्लग फर्म्याट गरिदिने गरेको छ , तर गुगल भन्दा mofuse को सर्भिस केही हदसम्म राम्रो पाइयो ।

“आकारपोष्ट” मोबाइल भर्सन http://m.aakarpost.com मा हेर्न सकिने छ । मोबाइल भर्सन को निर्माण कार्य अझै जारी रहेकोले, हाललाई यो लिंक रिडाइरेक्ट गरिएको छ । साथै, “आकार टेक्नोलोजी ब्लग” को मोबाइल भर्सन पनि निर्माण गरिएको छ । आकार टेक्नोलोजी ब्लग http://mtech.aakarpost.com मा हेर्न सकिनेछ ।

हामीलाई आशा छ, मोबाइल भर्सन यहाँहरु ले मन पराउनुहुनेछ । मोबाइल भर्सन को लागि अझै केही काम बाँकि नै छ, यहाँहरु को सहयोग को अपेक्षा रहनेछ ।

मोबाइल मा आकारपोष्ट र टेक्नोलोजी ब्लग एकपटक ट्रा्इ गरेर हेर्नुहोस् ।

आकारपोष्ट : m.aakarpost.com

आकार टेक ब्लग : mtech.aakarpost.com

Comments

  1. बधाई आकार भाइ!
    ब्लगलाई मोबाईलमा पनि हेर्न सकिन बनाउने कुरा विचार गर्दै थिएँ म पनि। भाइबाट यो विषयको प्राविधिक पक्षलाई समेटेको पोष्टपनि आउनेछ भन्ने आशामा छु।

    ReplyDelete
  2. बधाई छ । mobile बाट गर्न पनि comment सकियोस् ।

    ReplyDelete
  3. यो फड्कोका लागि बधाइ

    ReplyDelete
  4. आकार जी यो फड्कोको लागि हार्दिक शुभकामना छ । हिन्दी भाषा सर्पोट नगर्ने मोबाइलमा हेर्न मिल्छ कि मिल्दैन तपाईको ब्लग !

    ReplyDelete
  5. बास्तबमै आकारजीको यो नया फड्को नै हो। यस सम्बन्धी प्राबिधिक जानकारी पनि चाडैनै आउने छ भन्ने आशा गरेको छु।

    ReplyDelete
  6. wow its great please write about how to do this

    ReplyDelete
  7. Thank you !
    I will write soon...

    ReplyDelete
  8. आकारजी यसको लागि के देवानागरी font हुनुपर्छ कि कसो? मेरोमा मोबाइलमा ब्लग त खुल्यो तर पढ्न मिलेन :(

    ReplyDelete
  9. यो फड्कोका लागि बधाइ

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post