Skip to main content

फेसबुक f8 को चमत्कार [Friday Tech]

सोसल नेटवर्किङ साइट फेसबुक, अब हामी ले सोचेको भन्दा धेरै पर पुगिसकेको छ । के तपाईलाई थाहा छ ? इन्टरनेट जगत मा फेसबुक ले एउटा ठूलो फड्को मार्दैछ, अनि यही फेसबुक कै कुराला‌ई लिएर इन्टरनेट का ब्लग र वेवसाइट मा खैलाबैला छाएको छ ।

दुई दिन अघि फेसबुक ले, सानफ्रान्सिस्को  मा  ' 3rd Facebook f8 Developer Conference' गरेको थियो । '3rd Facebook f8 Developer Conference' को अनलाइन मा लाइभटेलिकास्ट पनि गरिएको थियो । सोही समारोह मा फेसबुक का CEO Mark Zuckerberg ले सबैलाई अचम्मित पार्दै फेसबुक का योजनाहरु सुनाए । ४ सय मिलियन भन्दा बढि प्रयोगकर्ता रहेको फेसबुक ले सम्भवत: गुगललाई चुनौती दिएको छ, आफ्ना योजनाहरु मार्फत !

के भनियो 'Facebook f8 Developer Conference'  मा ?

mark zuckerberg giving speech at f8  फेसबुक अब समय बिताउने ठाउँ, रमाइलो गर्ने ठाउँ मात्र रहेन । अब Facebook Connect को मार्फत विभिन्न साइट मा लगइन गर्न सकिने भएको छ । Facebook Connect बटन भएका साइटहरु मा अब सिधै फेसबुक कै आफ्नो एकाउन्ट बाट साइन गर्न सकिने छ । तपाई ले अब Hacker News जस्ता साइटहरु मा, फेसबुक कै एकाउन्ट मार्फत साइन गर्न सक्नुहुनेछ, तपाई ले Hacker News  मा आफ्नो एकाउन्ट बनाइरहन जरुरी छैन । तर यो कुरा हो कि, फेसबुक को प्राइभेसी सेटिङ मजबुत बनाउन जरुरी छ ।

त्यसबाहेक, फेसबुक ले आफ्नो छुट्टै टुलबार बनाउँदैछ । जुन टुलबार को मार्फत विभिन्न साइटहरु मा लगइन गर्न सकिने छ त्यसबाहेक, अन्य धेरै कुराहरु टुलबार का माध्यमबाट गर्न सकिने छ ।

सेयर तथा लाइक बटन मा पनि निकै परिवर्तन आएको छ । फेसबुक कनेक्ट तथा फेसबुक टुलबार मार्फत, अब इन्टरनेट का प्राय: सबै वेवसाइटहरु फेसबुक झैँ लाग्नेछन्, कारण ती साइटहरु मा फेसबुक मार्फत साइनइन गर्न सकिने छ भने, सेयर र लाइक जस्ता बटनहरु पनि यत्रतत्र सर्वत्र पाइनेछन् । अब धेरै साइटहरु मा लाइक बटनहरु देखिनेछन्, पछिल्लो जानकारी अनुसार वर्डप्रेस र ब्लगर का ब्लगहरु मा लाइक बटन आइसकेको छ । technott.com ले वर्डप्रेस र ब्लगर का ब्लगहरु मा लाइक बटन राख्ने तरिका सिकाएकोछ, यहाँहरुले पनि राख्नसक्नुहुन्छ है, like button.

सबै साइट फेसबुक बन्दैछन्, सबैतिर like बटन देखिँदैछन्, साथै सर्च को तर्फ पनि फेसबुक अघि बढिसकेको छ । अहिले हेर्दा लाग्दैछ, फेसबुक ले गुगललाई टक्कर दिँदै छ । फेसबुक ले माइक्रोसफ्ट सँग मिलेर google docs जस्तै docs.com को विकास गरिसकेको छ, जसमार्फत इन्टरनेट मा आफ्ना डकुमेन्टहरु सजिलै तयार गर्न सकिने छ कुनै, अफिस प्याकेज विना । फेसबुक कै एकाउन्ट मार्फत docs.com मा साइनइन गर्न सकिन्छ ।

त्यस्तै फेसबुक ले लोकेसन को बारेमा पनि जानकारी दिने भएको छ । ट्वीटरले ट्विट मा स्थान देखाउन मिल्ने पहिले नै गरिसकेको छ । अब फेसबुक ले पनि त्यही नै पच्छ्याउँदैछ । फेसबुक ले यसरी लोकेशन को जानकारी पनि दिने भएपछि, अब संसार भर का व्यक्तिहरु अझ आपस मा नजिक रहेको आभाष हुने अनुमान गरिएको छ फलस्वरुप झन् धेरै व्यक्तिहरु आपस मा परिचित हुनेछन्, आफ्ना व्यापार व्यवसाय गर्न सजिलो हुनेछ ।

जसले जे भने पनि, माने पनि नमाने पनि, फेसबुक अब अझै मजबुत हुँदैछ, यो इन्टरनेट मा एउटा बेग्लै युग कै सुरुवात हुन लाग्दैछ । मुख्य रुप मा अहिले को फेसबुक को प्रतिस्पर्धा गुगल तर्फ नै लक्षित रहेको देखिएको छ । साथै, फेसबुक को आम्दानी मा पनि झनै वृद्धि भएर जानेछ । अधिकांश साइटहरु मा फेसबुक कनेक्ट मार्फत अटो लगिन गर्न सकिने भएपछि, धेरै मान्छे ले फेसबुक चलाउने कुरा मा कुनै शंका नै छैन ।

*****************************************************

Like Button इन्टरनेट भरि छरिने भइसकेपछि, फेसबुक ले ‘Become a Fan’ को सट्टा पनि ‘Like’ राखेको छ । साथै, लो व्यान्डविड्थ भएको ठाउँलाई लक्षित गरेर ल्याइएको फेसबुक लाइट लाई फेसबुक ले केहि दिन अघि देखि बन्द गरिदिएको छ ।

Watch Mark Zuckerberg Keynote Speech of f8 Conference.

Comments

  1. ल है, रोचक जानकारी रहेछ मैले पनि "Like Button" थिचेँ :)

    ReplyDelete
  2. रोचक जानकारी!

    ReplyDelete
  3. lau lau garos. hamile try garne ta ho sabai kura.

    ReplyDelete
  4. useful information, but i tried in my blog, not worked. what is the problems on that code?

    ReplyDelete
  5. @Krishna Yes, in that code there is some problem with inverted comma... you can paste those code from here: http://www.labnol.org/internet/add-facebook-plugins-to-website/13505/

    ReplyDelete
  6. useful info Akar bro keep it up.

    ReplyDelete
  7. Thank you Aakar jee for useful information.

    ReplyDelete
  8. thanks aakarpost ....... timi pani facebook jastae aagadi baddae jau

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

फोटो आफैँ बोल्छ [Photo Story]

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा...

Subscribe to Aakar Post