Skip to main content

मृगस्थली को यात्रा

मृगस्थली बाट ओरालो झर्दै थिँए, पशुपति तिर । पारीपट्टि लहरै लाशहरु जल्दै थिए, वारिपट्टि सबै आ-आफ्नै धुन मा मस्त थिए । कोही रुँदै, कोही हाँस्दै, कोही किन्दै, कोही बेच्दै, कोही खाँदै, कोही तान्दै, कोही हेर्दै, सायद संसार यस्तै हो, अनि संसार को रित नै यही हो । पारिपट्टि दन्किएको चिता हेर्दाखेरि लाग्छ, जिवन यहीँ आएपछि, सुरु हुन्छ, यहीँ आएपछि अन्त्य हुन्छ, निचोड मा भन्दा जिवन को भेद थाहा पाइन्छ । पारिपट्टि कोही छाति पिटि पिटि रुँदैछन्, आफन्त गुमाउनु को पिडा मा, घाटे बाहुन को मुहार मा दु:ख भन्दा खुशी कै आभाष हुन्छ । तर यी कुराहरुलाई हामीले दाँजेर हेर्ने मुर्खता गर्नुहुँदैन, घाटे बाहुन आफ्नो नित्य काम गर्दैछन्, दायित्वबोध र कर्तव्यबोध ले आफ्नो काम गर्दैछन् । म वारी पट्टि बसेर नै सबै हेर्दैछु, त्यो बल्दै गरेको चिता हेर्दैछु, त्यसकै तल पैसा को खोजी गर्ने केटाहरु को हुल, त्यो धमिलो पानी मा पैसो खोज्दैछन् ।

म उभिएको छेवै मा एउटा सानो नाङ्लो पसल छ, तर त्यो पनि ढाकिएको छ, भनौँ न पसल बन्द छ । हरियो स्वेटर, हरियै पाइन्ट अनि कालो जुत्ता मा सजिएका नगरप्रहरी आइपुगे । एउटा ले करायो, तलाई यहाँ नबस भनेको होइन, तुरुन्त हटाइहाल यहाँबाट । ती महिला ले भनिन्, मैले खोलेको छैन, एकछिन राखेको मात्रै हो । ए! भन्दै त्यो एउटा नगरप्रहरी ले राखेको नाङ्लो मा एकलात बजार्‍यो । सबै सामान भुँइभरि छरपस्ट भयो, पानी को बोतलहरु राखिएको कार्टुन मा पनि लात बजार्‍यो । म अवाक भएर हेरिरहेँ, हामी सबै चुपचाप हेरिरह्‍यौँ । ती महिला कराउन थालिन, माथि त्यत्रो बाटो भरि सामान राखेको छ केही गर्ने होइन, माथि बाट चाँहि घुस खान्छन् सालेहरु, मैले चाँहि सामान राखेको मात्र पनि देखिसँहदैनन् । उनी फत्तफताउँदै, छरिएका चक्लेट, केही बट्टा चुरोटहरु बटुलेर नाङ्लो मा राख्न थालिन । मलाई त्यहाँ बस्न गाह्रो भयो, अनि मैले चुपचाप फटाफट गौशला तिर पाइला चालेँ ।

धेरै ठूलो कुरा थाहापाएसरी मन मा धेरै कुरा खेलाउँदै अघि बढेँ । धेरै दिनपछि गुह्येश्वरी हुँदै, मृगस्थली वन भएर म पशुपति झरेको थिँए । एकैछिन भएपनि, कोलाहाल बाट बच्न, एकैछिन मन बहलाउन को लागि मृगस्थली निकै राम्रो विकल्प हो । यही सोचेर नै पैदलै म, चाबेल बाट गौरिघाट हुँदै हान्निएको थिँए, मन्दिर को दर्शन भन्दा पनि प्रकृति मा एकैछिन भुल्न गएको थिँए, तर म नास्तिक भने हैन है । जति जति मृगस्थली को उकालो चढ्दै गएँ, त्यति त्यति रमाइलो लाग्न थाल्यो । सायद, यो कुरा मैले पहिले कहिले अनुभव गरेको थिइन, त्यहाँ जाँदा । साँच्चै, त्यो क्षण म यहाँ लेख्न सक्दिन तर यत्ति हो कि, काठमाडौँ को कोलाहाल छिचोलेर त्यहाँ पुग्ने बित्तिकै निकै रमाइलो र राम्रो अनुभव भयो, अझ झन् साथ मा कोही भए त कति रमाइलो हुन्थ्यो होला पनि भन्ने सोच्दैरहेँ, हाहाहा !
चिया घुट्क्याएँ तर अन्त्य मा त्यो चमेना गृह मा एक कप चिया को पैसा समेत उधारो राखेर म हिँडे !
माथि टुप्पा मा पुगेपछि, विश्वरुप को मन्दिर तिर पाइला बढाँए तर त्यहाँ जाँदा लाग्न थाल्यो, यो त डेटिङ स्पट पो बन्दैरहेछ । तर जोडिहरु को भिड देख्दैमा नराम्रो मान्ने पर्ने कुरा पनि के नै छ र ? एकैछिन कोलाहाल बाट टाढा शान्तसँग आफ्ना कुराहरु साट्न सक्छन्, समाज ले सार्वजनिक स्थलमा वर्जित गरेका कृयाकलाप बाहेक अरु सबै कुरा जायज नै छन् नि हैन र ? तर कहिलेकाँहि पत्रपत्रिका मा देखिने हेडलाइन ले साह्रै रिस उठाउँछ, पत्रपत्रिका लेख्दिन्छन्, ‘मृगस्थलि बन्दैछ डेटिङ स्पट’ समाचार पढ्दा लाग्छ धेरै ठूलो नराम्रो कुरा पो हुँदैछ । अचम्म लाग्छ, हाम्रो समाज देखेर, हामी आफुलाई देखेर, के जोडा-जोडी मन्दिर जान नहुने हो ? के सँगै बस्न नहुने हो ? खैर, यसको आफ्नै बहस को विषय होला । विश्वरुप मन्दिर मा विशुद्धायदेव को योगाश्रम रहेछ, विशुद्धायदेव को नाम सुन्ने बित्तिकै मलाई ७ क्लास को याद आयो । यहिँ का गुरुहरुसँग आफ्नै स्कुल मा महिना दिन जति योगाभ्यास गरिएको थियो । यहाँबाट योग गुरुहरु, जानुभएको थियो, धेरै पहिले ।

मृगस्थलि चमेना गृह मा थकाइ मार्न बसेँ । यति धेरै खुशि को अनुभुति भयो कि, आफैँलाई अचम्म लाग्यो, म हावा मै उडिरहेको थिँए । त्यहाँ करिब १ घन्टा जति बसेरै बिताएँ, वरपर को कुराहरु नियाल्दै, आफ्नो मन अनि दिमागलाई खुला छाडिदिँए । लाग्यो, जिवन सुन्दर छ । त्यहिँ चिया घुट्क्याएँ तर अन्त्य मा त्यो चमेना गृह मा एक कप चिया को पैसा समेत उधारो राखेर म हिँडे । चिया खाँए तर चिया को पैसा तिर्न म सँग चानचुन रहेनछ, त्यो पसल मा नि रहेनछ, अनि ती दिदी ले भनिन्, भोलि आउँदा दिनुस्न उधारो मै भयो, चिया । म छक्क परेँ, अनि धेरै लज्जित पनि । साँच्चि एकपटक निकै ग्लानि भयो, सित्तैमा खाँदा कस्तो अनुभव हुनेरहेछ भन्ने थाहा भयो । ती दिदीले त्यसो भन्दा पनि, केहि बेर मलाई त्यहाँबाट हिँड्नै मन लागेन, आफैँलाई धिक्कारेँ, खानुभन्दा अघि खल्ति त हेर्नुपर्थ्यो, तर अब के नै गर्न सकिन्छ र, वरपर पसल पनि छैनन्, कोही चिनेजानेका मान्छे पनि वरपर छैनन् । एकदम भारि मन लिएर, अर्को पटक आउँदा जरुर तिर्छु भन्दै ती दिदी सँग बिदा मागरे हिँडे म । अब त जान्न भन्दा पनि जानैपर्ने भएको छ, एक कप चिया को पैसा तिर्ने बाहाना नै सहि । यही बाहाना मै भएपनि, फेरि एकपटक सुख को अनुभुति गर्न त मिल्छ । त्यहाँ पुगेपछि मैल सोचेँ, सकेसम्म महिना मा कम्तिमा एकचोटि भएपनि मृगस्थली को उकालो चढ्ने छु । अनि यहाँहरुलाई पनि सल्लाह दिन्छु, हप्ता मा एकपटक हिँड्ने बानि बसाल्नुहोस्, जिवन र जगत नजिक बाट देखिन्छ, अनि सायद मन को बोझ पनि केही हल्का हुन्छ । वाह ! रमाइलो मृगस्थली !!!





Comments

  1. The way you play around with expressive words is admirable! Don't forget to pay her though! :P

    ReplyDelete
  2. एक्लै एक्लै रमाईलो गरिदिएको मृगस्थलीमा...कहिलेकाहिँ आफैँसँग घुम्दा पनि छुटै राम्रो अनुभुति हुन्छ.....

    ReplyDelete
  3. मलाई पनि रहर लाग्यो एक्लै एक्लै घुम्नलाई । छुट्टै भावना आउँदाहुन् छुट्टै विचार खेल्दाहुन् । वाह! सोच्दैछू म.............

    ReplyDelete
  4. Aakar g ramro anubhuti raichha but tapai le k k sochnu bhayo teha canchun paisa,arko kunai sathi or yaklo hunu ko maja.........yeso lekh herda chai gf ko nd dating ko dher yad aayo jasto 6.hahahahahah
    Karuna

    ReplyDelete
  5. हा हा हा !
    हुन चाँहि एक्लो हुँदा पनि मज्जै हुनेरहेछ भन्ने थाहा भयो ! अनि साँच्चै रमाइलो अनुभुति भयो । पढिदिनु भएकोमा मुरिमुरि धन्यवाद छ है

    ReplyDelete
  6. मलाई पनि रहर लाग्यो एक्लै एक्लै घुम्नलाई । छुट्टै भावना आउँदाहुन् छुट्टै विचार खेल्दाहुन् । वाह! सोच्दैछू म.............

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post