Skip to main content

Apbad

अपवाद ! हो कोहि पनि अपवाद हुँदैन । अनि रोग ले सानो ठूलो पनि भन्दैन, हो अपवाद केही अनि कोही पनि छैन । यस्तै वियषवस्तुलाई समेटेर बनाइएको एचआइभि सँग सम्बन्धि छोटो नेपाली चलचित्र "अपवाद" लिएर आएका छौँ । HIV Short Movie Competition मा एवार्ड जित्न सफल नेपाली छोटो चलचित्र "अपवाद" ले साँच्चै एउटा फरक कोण बाट विषयवस्तुलाई मज्जाले अगाडि बढाएको छ ।

Watch Nepali Short Movie: Apabad


मैले यसै चलचित्रको सेरोफेरोमा रहेर, अहिलेको नेपाली चलचित्रका व्यस्त नायक राजबल्लभ कोइराला सँग, अनलाईन कुरा गरेको थिँए । सन्देशमुलक छोटो फिल्म खेल्दा आफूलाई निकै रमाइलो र नौलो अनुभव भएको नायक राजबल्लभ कोइरालाले बताए । नेपाली व्यवसायिक चलचित्र चाँहि यस्तो विषयवस्तुमा बनाउन सकिँदैन भन्दै उनले भने, यहाँ त मान्छेलाई बुझाउनै गाह्रो छ, कल्ले हेर्ने त्यस्तो चलचित्र ।

युवाहरुलाई लक्षित गरेर तयार गरिएको चलचित्र अपवाद, नेपाली टिभि च्यानलहरुबाट पनि प्रसारण भैसकेको जानकारी नायक कोइरालाले हामीलाई गराए । नेपाली चलचित्रहरुमा अहिले सर्वाधिक व्यस्त रहेका नायक कोइराला, ले सामाजिक सन्देश दिन को लागि यस्ता कुराहरु को असर बढि हुने बताए । उनले उदाहरण दिँदै भने, नेपाली लाई सरल भाषामा बुझाउन, "मह" मदनबहादुर र हरिबहादुर को भेष मा आउनुपर्‍यो ।

तपाई पनि हेर्नुहोस्, एचआइभि सँग सम्बन्धित भएर तयार गरिको छोटो चलचित्र "अपवाद" । हामीले यो भिडियो युट्युब बाट लिएका हौँ । निर शाह, राजबल्लभ कोइराला, मेलिना मानन्धर, ऋचा शर्मा, विकास रौनियार आदिको अभिनय रहेको चलचित्र USAID को सहयोगमा पुरेन्द्र झा ले निर्माण गरेका हुन् ।

Comments

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. ठिकै लाग्यो । राम्रो अभिनय पनि अनि चेतनामुलक ।

    ReplyDelete
  3. Nice to See this movie, pretty funny though.. :) Bikash dai, you rock. Bikash dai ko Photo ta hereko thiyen, tara acting pani babal garnu hudo recha ni...hehehe
    Hey Aakar by the way try to find the Movie "Horn Please", which came third in the competition, I guess. I documented the making of that movie in Stills, but haven't seen the movie yet.. :)

    ReplyDelete
  4. राम्रो अभिनय, चेतना मूलक अनि रमाईलो पनि

    ReplyDelete
  5. last chai dami rahecha. Ali ali sankha ta lageko thyo ni.

    ReplyDelete
  6. Really these kinds of moview do not get sucess commercially....but they do help to create awareness...:-)

    ReplyDelete
  7. last chai dami rahecha. Ali ali sankha ta lageko thyo ni.

    ReplyDelete
  8. Nice to See this movie, pretty funny though.. :) Bikash dai, you rock. Bikash dai ko Photo ta hereko thiyen, tara acting pani babal garnu hudo recha ni...hehehe
    Hey Aakar by the way try to find the Movie "Horn Please", which came third in the competition, I guess. I documented the making of that movie in Stills, but haven't seen the movie yet.. :)

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post