Skip to main content

खबर कस्तो छ ?

“हामी त गाउँका मान्छे, ठूलै बिरामी पर्दा मात्रै काठमाडौँ आइन्छ । ठूलै बिरामी भन्दा को मतलब, यसो अप्रेसन नै गर्नुपर्ने व्यथा लागेको भए काठमाडौँ आइन्छ, नभए त गाउँ मै छ सबैथोक । बर्षौँ मा आइने काठमाडौँ हाम्रो लागि अपरिचत छ, तर हामीलाई काठमाडौँ हेप्छ, अलि कालो देखे “मधिसे”, टोपी लगाएको, मुजा परेर घुँडा माथि पुगेको सुरुवाल लगाएको देखे भने काठमाडौँ हामीलाई “पाखे” भन्छ, अनि दौरा-सुरुवाल लगाएको देखे भने सामन्ति नै ठान्छ । सायद, चिटिक्क परेर सुटबुट लगाउनुपर्थ्यो होला, अनि घाँटिमा दाम्लो भिर्नुपर्थ्योहोला । अनि जता पनि ठग्छन् हामीलाई हाम्रो अनुहार हेरेरै ।

काठमाडौँमा हाम्रा मान्छे छन्, कहिलेकाँहि आउँदा त्यहीँ नै बसिन्थ्यो, तर अस्ती काठमाडौँ आउँदा त हाम्रा मान्छे पनि टाढा भएछन्, उनीहरु शहरीया भएछन्, अनि उनीहरुकालागि हामी पाखे नै भएछौँ । यसै भन्दैथिए, उनी । तर यसो यता-उता आँखा डुलाएँ प्राय: सबै नै यही भनिरहेका थिए, आफन्त भनेर गएको थिँए तर तुरुन्तै फर्किहालोस् भन्ने पो गर्यो, अनि फर्किँए । हामी काठमाडौँ आउँदा केही दिन आउने पाहुनालाई पनि त्यसो गर्ने हो ?”- उनी झोक्किए । म छक्क परेँ उनको कुराले ।

घरमा पाहुना आइपुगे, हामी नेपाली अनि हाम्रो पाहुनाको आदरसत्कार गर्ने चलन नै छ, गर्नैपर्छ- अनि केही ठाउँमा त पाहुना भगवान का रुप हुन्छन् पनि भनिएको छ । “अतिथि देवो भव:” हाम्रो मन्त्र नै यही छ, त्यसैले हामी सबैनै अतिथिलाई सम्मान, आदर सत्कार गर्छौँ ।

ए हो पो ! रहेछ त विगतमा हामी “अतिथि देवो भव:” भन्थ्यौँ तर अहिले हामी भन्दैनौँ । हाम्रो स्वभाव परिवर्तन भैसकेछ । यो कुरा देशमा राजा गएर, गणतन्त्र आएकाले भएको हैन, यो त भएको हो चरम महंगी अनि अभाव का कारण ले । जिवनयापन गर्न अत्यावश्यक मट्टितेल, ग्यास, डिजेल, पेट्रोल पैसा नै तिर्दा पनि पाईँदैन काठमाडौँ मा । खानेपानी को कथा पुरानो भइसक्यो अनि जनताको जिवन नरक भैसक्यो ।

पहिले-पहिले, “काठमाडौँ मा त, कोही पाहुना खाना खानेबेला भोकै टुप्पलुक्क आयो भने पनि, हजुरले त खाएरै आउनुभएकोहोला, बस्दै गर्नुस् भनेर घरका मान्छे खान थाल्छन्” भनेर जोक गर्थे गाउँतिर । त्यसै उडाउन, भनेकोहोला जस्तो लाग्थ्यो तर अहिले को परिस्थिति हेर्दा हैन भन्न सकिँदैन । घरमा पकाउने अन्न छ, तर पकाउने साधन छैन । ग्यासलाई लाइनमा राखेको महिनौँ दिन भैसक्यो, मट्टितेल पनि पाइएकोछैन, यसो कहिलेकाँहि झुक्किएर २-३ लिटर पाइन्छ मट्टितेल, त्यत्ति हो, अनि यस्तो परिस्थिति मा काठमाडौवासीले घरमा पाहुना आएको के निको मान्थे त ?

साँच्चै अहिले काठमाडौँ फोहोर थुप्रिएको खाल्डो, अनि ढल बगेका खोला बाहेक केही हैन तर पनि डाँडा माथि बसेको स्वयम्भुले यी सबैकुरा हेरिरहेको छ, अनि ढलमति छेउमा बसेका पशुपतिपनि नाक थुनेर मन्दिर भित्र बसिरहेकाछन् । अनि हाम्रा नेता कुर्सी खोसाखोस गर्दैछन्, जनता मरे मरुन्, उनीहरुलाई बाल मतलब ! अहिले कतै जानलाई सवारी साधन पाईँदैनन्, पाइएपनि सिन्की झैँ कोचिनु पर्छ यात्रा गर्न । तर जति कम गाडि त्यति नै बढि जाम हुनेगरेको छ, काठमाडौँ का सडकहरुमा ।

“ब्ल्याक मा चाँहि सबथोक पाइन्छ रे ! तर सिधा रुपमा कहिँ पाइँदैन, दिनभरि लाइनमा लाग्यो राति १२ बजे पालो आउँछ, त्यसैले त अहिले २०० वटा गाडि चल्ने ठाउँमा जम्मा ३५ वटा मात्र चलेको छ”, यसै भन्दै थिए, काठमाडौँ-धुलिखेल रुटमा गाडि चलाउने डाइभर दाइ ।

“यस्तै हुन्छ भनेर पहिले देखि नै २ वटा सिलिन्डर राखेको थियो, घरमा तर अहिले दुबै रित्तै छन्, पाहुना समस्या हैनन् तर अहिले बाध्यतावस नै यहाँ केहि दिन नआउ भनेको छु मैले” – मेरा एक आफन्त भन्दै थिए ।

चिया खान बेक्कारमा किन पसलसम्म चहारिरहनु पैसाको मात्रै खति भनेर अस्ति चिनी लिन पसल मा गएँ, चिनीको दाम सुनेर म एकछिन ढक भएँ, “चिनी ५० रुपैयाँ किलो” – लिनैपर्यो । अनि चिया खान चाँहि पानी उमाल्यो ईलेक्ट्रिक मग मा, तर त्यो पनि सँधै कहाँ पाइनु, लोडसेडिङ ले हैरान । अत: ग्यासको विकल्प मा हामी बिजुली पनि प्रयोग गर्न पाउँदैनौँ, किनकी पिक आवरमा सँधै लोडसेडिङ हुनेगरेको छ ।

माओवादीको नेतृत्वमा सरकार बनेपनि सबै कुर्सीकै पछि लागेकाछन् । यो अभाव को जिवन बाट छुटकारा कहिले पाउने ???? माओवादीले सत्ता बाहिर दिएको आश्वासन कहिले पुरा गर्छ त ???

Comments

  1. अत्यन्त सटीक प्रस्तुति वर्तमान नेपाली जीवनका समस्याहरुको!

    नचाहँदा-नचाहँदै पनि काठमाण्डुले मान्छेलाई निर्दयी र रुखो बन्न बाध्य बनाउँछ।

    सुविधा र अवसरलाई काठमाण्डुबाहिर पनि विस्तार नगरी यो समस्या हल हुनेवाला छैन किनभने मूल समस्या काठमाण्डुमा थुप्रिएको जनसंख्या र त्यससंग जोडिएको भद्रगोल हो। भावी संघीयताले गर्दा काठमाण्डुले अलिकति सास फेर्ने ठाउँ पाउला कि भन्ने लागेको थियो, तर हाम्रो 'संघीयता' पनि काठमान्डु केन्द्रीत संघीयतानै होला जस्तो छ। आशाका किरण कमै छन्।

    ReplyDelete
  2. मलाई पनि लाग्छ यो सुबिधा (असुबिधा?)लाई बाहिर बिस्तार नगरि यि समस्याहरु समाधान गर्न गाह्रो छ । तर मुख्य कुरा भनेको डाडु-पन्यौ हातमा लिएर सपना देखाएर कुर्शिमा बसेका निर्लज्ज प्राणिहरुको नियत र काबिलियतमा भर पर्छ ।

    ReplyDelete
  3. तितो सत्य एथार्थ काठमाडौं बासी हरु को ....

    मन त छ होला नि पहुनाको हृदय देखी खुशी खुशी ले सत्कार गर्न
    तर के गर्नु बिचरा काठमाडौं बासिले चुलोमा हेर्छ ग्यास देखिदैन होला
    स्टोभ बाल्न खोज्छ होला मट्टितेल हुँदैन होला
    हिटर बाल्न खोज्छ होला बिजुली हुँदैन होला ।।।।यस्तै यस्तै भएर होला कि, ति बिचरा पाहुनाको मन दु:खाउनु परेको

    अहिलेको परिस्थितीमा मट्टितेल, ग्यास, बिजुली भनेको मानब जिबनका लागि अती आबश्यक कुरा हो, यस्को अभाबको समाधान तुरुन्त हुनु जरुरी छ ..

    ReplyDelete
  4. बेकाममा कुर्कुरे र स्प्राइट खाएँछु जस्तै लाग्यो !

    ReplyDelete
  5. दैनिक समस्याहरु सबैतिर उस्तै नै हो क्यारे , खाली काठ्माण्डौलाई हामीले के के न हो भन्ठान्नुले काठ्माण्डौमा ज्यादा भोगिएको मात्रै हो ।

    ReplyDelete
  6. सबैको कुरो Currect यार.

    ReplyDelete
  7. लौ, उजेलीलाई मैले भनेको हैन है ! बेक्कार मा अर्कैकुरा सोचिदिएर !!!

    ReplyDelete
  8. the article is nice...it has covered the realistic state of our society in a Narrattor's self-experience for...keep it up aAkar..

    ReplyDelete
  9. कुरा ठीक हो। मन हुँदापनी परिस्थितीले हामीलाई रुखो बन्न बाध्य बनाउँछ।

    ReplyDelete
  10. मलाई पनि दिपक जी सँग हो मा हो मिलौन मन लाग्यो किन भने ऐले त झन तपाईं को के कुरो हाम्रो पूर्व तिर त झन साह्रै बिजोगा छ भन्या अस्तिको त्यो १०,१२ दिने पुर्ब बन्द अनि फेरि यो सप्तकोशि को दुबन् ले त
    ग्यास् को त के कुरो खाने कुरो को नै अभाव् बनाइ सकेको छ क् गर्नु र जुन् जोगि आये पनि कानै चिरेको

    ReplyDelete
  11. नारायण को फरक सोच hehehe, link hereko ta gajab lagyo :)anyway thanks..

    ReplyDelete
  12. hehehe.... ke bho ra ? tehi haina ta, thinking diffrently... hehe

    ReplyDelete
  13. मलाई पनि दिपक जी सँग हो मा हो मिलौन मन लाग्यो किन भने ऐले त झन तपाईं को के कुरो हाम्रो पूर्व तिर त झन साह्रै बिजोगा छ भन्या अस्तिको त्यो १०,१२ दिने पुर्ब बन्द अनि फेरि यो सप्तकोशि को दुबन् ले त
    ग्यास् को त के कुरो खाने कुरो को नै अभाव् बनाइ सकेको छ क् गर्नु र जुन् जोगि आये पनि कानै चिरेको

    ReplyDelete
  14. अत्यन्त सटीक प्रस्तुति वर्तमान नेपाली जीवनका समस्याहरुको!

    नचाहँदा-नचाहँदै पनि काठमाण्डुले मान्छेलाई निर्दयी र रुखो बन्न बाध्य बनाउँछ।

    सुविधा र अवसरलाई काठमाण्डुबाहिर पनि विस्तार नगरी यो समस्या हल हुनेवाला छैन किनभने मूल समस्या काठमाण्डुमा थुप्रिएको जनसंख्या र त्यससंग जोडिएको भद्रगोल हो। भावी संघीयताले गर्दा काठमाण्डुले अलिकति सास फेर्ने ठाउँ पाउला कि भन्ने लागेको थियो, तर हाम्रो 'संघीयता' पनि काठमान्डु केन्द्रीत संघीयतानै होला जस्तो छ। आशाका किरण कमै छन्।

    ReplyDelete

Post a Comment

Subscribe to Aakar Post