Skip to main content

Republic of Nepal

लामो प्रतिक्षा पछि २०६५ जेठ १५ गते रातको करिब ११:२२ बजे नेपाल गणतन्त्र राज्य भएको घोषणा गरिएकोछ । बैठक बिहान दिनको ११ बजे बस्ने भनिएको भएपनि दलहरु बिच सहकार्य हुन नसक्दा अनि राष्ट्रपति को बारेमा सहमति हुन नसक्दा बिहान बस्ने भनिएको बैठक दिउँसो ३, बेलुका ६ भन्दै राती ९ बजे सुरु भएको थियो । यसै बैठकलाई लक्षित गरेर खुलामञ्च मा दिउँसो एउटा तथा बेलुका बिआइसिसि मा दुईवटा बम बिस्फोट गराइएको थियो । बिस्फोटन को जिम्मा रणविर सेनाले लिएको छ ।

आज बैठक बस्ने भनिएकोले बिहानैदेखि गणतन्त्र को पक्षमा नारा जुलुस भएको थियो भने ठाउँ-ठाउँमा खुशियाली मनाउँदै विविध साँस्कृतिक कार्यक्रमहरु गरिएको थियो । धेरै शंका र उपशंका विच गणतन्त्र घोषणा भएको छ । प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला ले पेश गरेको गणतन्त्र को प्रस्ताव को पक्ष मा ५६० मत तथा विपक्षमा ४ मत परेको थियो । अब नेपाल गणतान्त्रिक राज्य बन्ने कुरा मा शंका नरहेपनि, कार्यान्वायन पक्षको बारेमा केही भन्न नसकिने स्थिति छ । दलहरु कसरी अगाडि जाने हुन्, सहमति को कुरा कहिलेसम्म राम्रो हुने हो, यी यावत कुराहरु मा अहिले नै केही भन्न नसकिएपनि, नारायणहिटिलाई संग्राहलय बनाउने भइएकोछ भने ज्ञानेन्द्रलाई दरबार छोड्न १५ दिन को म्याद दिने बताइएको छ ।

केही दृश्यहरु शब्दमा:
- घन्टि बज्यो, बाहिर भएका सभासदहरु पनि भित्र आए
- केवि गुरुङले बैठक को अध्यक्षता गरे, ज्ञात-अज्ञात शहिदहरु प्रति मौनधारणा गरियो
- प्रधानमन्त्रि गिरिजा प्रसाद कोइराला को प्रवेश
- कोइराला ले सहिद प्रति श्रद्दान्जलि व्यक्त गर्दै, आफ्नो र राष्ट्र को सपना आज को दिन साकार भएको कुरा व्यक्त गरे
- कोइराला व्दारा एक युग मा एक चोटि आउने दिन आजै भएको बताए
- कोइरालाको लिखित वक्तव्य रामचन्द्र पौडेल ले पढेर सुनाए
- भारतिय लोक सभा का अध्यक्षको पत्र केवि गुरुङले पढेर सुनाए
- गृहमन्त्रि कृष्ण प्रसाद सिटौला ले निर्णयार्थ केहि प्रस्तावहरु राखे
- सिटौला ले प्रस्ताव राखिरहँदा, हृदयश त्रिपाठीले "संघिय" शब्द छुटेको भन्दै सच्याउन भने
- गणतन्त्र को प्रस्तावमा भोटिङ गरियो
- प्रतिभा राणा, चन्द्र बहादुर गुरुङ, चित्र बहादुर के सि, प्रकाशचन्द्र लोहनी आदिले आफ्ना केही असहमतिहरु जनाए
- गणतन्त्रको पक्षमा ५६० मत र विपक्षमा ४ मत परेको घोषणा गर्दै पहिलो बैठक को समापन भएको घोषणा गरियो
- अर्को बैठक जेठ २३ गते बस्ने कुरा सार्वजनिक गरियो

फरक प्रसंङ्ग:
- प्रधानमन्त्रि प्रचण्ड र बाबुराम भट्टराई सँग हात मिलाउँदै चाँडै बाहिर निस्के
- बैठक सुरु हुनु अगावै जस्तो राप्रपा नेपाल का चन्द्रबहादुर गुरुङ केही भन्न खोज्दैथिए, केवि गुरुङले पछि समय दिने बताए
- बिच-बिच मा केही दृश्यहरु कमेडि लाग्थे, जस्तो कि केवि गुरुङ ले "कटु सत्य" भन्नुपर्ने मा कटु मा धेरै जोड दिँदै "कट्टु सत्य" भनेका थिए, हलमा नजानिँदो हाँसो फैलिएको थियो
- बेला-बेला मा केवि गुरुङ अलमल मा परेका देखिन्थे
- माइकहरु पर्याप्त नभएको हो या, प्रयोग मा नल्याइएको हो, सभासदहरुले बोल्न माइक खोजी गरिएको थियो
- केही सभासदहरु निदाइरहेका देखिन्थे
- बिआइसिसि बाहिर बम पड्काएको आशंका मा दुईजनालाई प्रहरीले नियन्त्रण लियो
- पछि फेरी एकै बाइक मा सबार भएर हुँकिएका ३ जनालाई पनि प्रहरीले नियन्त्रण मा लिएको छ
- सडकमा मान्छेहरुको उपस्थिति बाक्लो छ
- प्राय: सबै नेपाली टिभि च्यानल तथा रेडियोहरुले कार्यक्रम को प्रत्यक्ष प्रसारण गरेका थिए भने ब्लग तर्फ माइसंसार ले विश्वव्यापी रुपमा कार्यक्रमको प्रत्यक्ष प्रसारण गरेको थियो

दायित्व:
हामीसबै नेपाली को काँधमा एउटा ठूलो दायित्व आएको छ, देश बनाउने । आशा छ सबै राम्रैको लागि हुनेछ अनि हामी गणतान्त्रिक राज्य नेपाल का अनुशासित जनता भएर शान्तिपुर्वक जिवनयापन गर्दै देशलाई विकास तर्फ अग्रसर गराउने छौँ । देश का लागि जिवन उत्सर्ग गर्ने ज्ञात अज्ञात शहिदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै, नयाँ गणतान्त्रिक नेपाल को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

Comments

  1. HAAPY REPUBLIC NEPAL (new Nepal).

    ReplyDelete
  2. HAPPY REPUBLIC NEPAL....

    ReplyDelete
  3. Long live the Federal Democratic of Nepal!!!

    Jaya Nepal!!!

    ReplyDelete
  4. Let us share this moment with all!
    Wishing all best !!

    Hope now our country can take grat leap in development and betterment.

    ReplyDelete
  5. नेपालमा आएको गणतन्त्र अमेरिकाले निर्यात गरेको प्रजातन्त्र जस्तै भारतको टिरिकमा आएको जस्तो लाग्यो सुद बाबुको कुराकानीले गर्दा त्यसैले गणतन्त्रलाई सावधानी सहित स्वीकार । तर यो गणतन्त्र सिक्कीममा आए जस्तो नहोस् । नेपाली पासपोर्टमा विदेश घुम्न जाँदा एअरपोर्टमा सम्मान जनक व्यवहार पाउन सक्ने खालको मुलुकको रचना होस् । नेताहरुले विगार्ने र खुट्टा तान्ने नगरि देश विकास गरे राम्रो ।

    ReplyDelete
  6. गणतन्त्र नेपाल जिन्दावाद!

    गणतन्त्र नेपालका अनन्त सपनाहरु क्रमैसंग पुरा हुंदै जाउन । नेपाल र नेपालीको जय होस ।

    ReplyDelete
  7. welcome to new nepal
    welcome to new era of development along with its indigenous culture
    we all nepalese praise for our motherland's relief finally after about 300 years

    ReplyDelete
  8. welcome to new nepal
    welcome to new era of development along with its indigenous culture
    we all nepalese praise for our motherland's relief finally after about 300 years

    ReplyDelete
  9. नेपालमा आएको गणतन्त्र अमेरिकाले निर्यात गरेको प्रजातन्त्र जस्तै भारतको टिरिकमा आएको जस्तो लाग्यो सुद बाबुको कुराकानीले गर्दा त्यसैले गणतन्त्रलाई सावधानी सहित स्वीकार । तर यो गणतन्त्र सिक्कीममा आए जस्तो नहोस् । नेपाली पासपोर्टमा विदेश घुम्न जाँदा एअरपोर्टमा सम्मान जनक व्यवहार पाउन सक्ने खालको मुलुकको रचना होस् । नेताहरुले विगार्ने र खुट्टा तान्ने नगरि देश विकास गरे राम्रो ।

    ReplyDelete

Post a Comment

Popular posts from this blog

SLC RESULT 2068/2069 (2011-2012) To publish Today

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year is going to published today (by Wednesday evening). The Office of the Controller of Examinations, Sanothimi is going through final preparations to flash SLC examination result within this evening. Altogether 528,257 examines had appeared for the exam. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results.You can check SLC Results via SMS Service after Examination Controller’s Office published the results. यस वर्षको एसएलसी परीक्षा 'रिजल्ट' आज सार्वजनिक हुने करिब करिब निश्चत भएको छ। नतिजा निस्कने बित्तिकै अनलाइनमा रिजल्ट राखिनेछ । विभिन्न अनलाइन साइटहरुको साथै, एसएमएसको माध्यमबाट पनि आफ्नो रिजल्ट हेर्न सकिन्छ । एसएमएस मार्फत रिजल्ट हेर्न SLC <space> <your symbol no.> टाइप गरि 5001 मा पठाउन सकिनेछ । SLC Result 2068 Published

SLC Results 2068/2069 to Publish in Mid June

The result of the School Leaving Certificate (SLC) 2068/2069 examinations held earlier this year will be published in mid June (First week of Asar). According to ekantipur , the Office of the Controller of Examinations is going to publish the School Leaving Certificate (SLC) results 2068 in third week of June. Deputy Controller Ambika Pd. Regmi said, “We are trying to publish the result as soon as possible. If we go according to our plan the results would be out by the third week of June”. SLC Results 2068 will be available online as soon as the Controller of Examinations published the results. Sites including moe.gov.np, doe.gov.np, soce.gov.np, slc.ntc.net.np etc will be publishing the results online. SLC Results 2068 can be accessed through SMS services as well. You can check SLC Results via Sparrow SMS Service after Examination Controller’s Office published the results. For example, in Sparrow SMS Service you’ve to Type SLC <space> <your symbol no.> and send it t...

Download Tihar Dhun and Deusi Bhailo Songs

शुभ दिपावलीको आगमनसँगै, यहाँहरुको लागि भनेर केही देउसी-भैलोका गितहरु अनलाइन राख्दैछौँ । आशा छ, यहाँहरुले यी देउसी भैलोका गितहरु मन पराउनुहुनेछ । Download Tihar Songs: Bhailini/Bhailo - भैलो Download Tihar Songs: Bhailini Aayin / भैलिनी आइन आँगन Download Tihar Songs: deusi re / देउसी रे Download Tihar Song: tiharai aayo lau jhilimili / तिहारै आयो लौ झिलिमिली Download Tihar Songs: diyo baali sanjh ko / दियो बाली साँझ को Download: Tihar Dhun (Deusi,Bhailo)/ तिहार धुन(देउसी भैलो)- सुरसुधा नोट: यी अपलोड गरिएका गितसंगितहरु व्यावसायिक प्रायोजनको लागि प्रयोग नगर्न आग्रह गर्दछौँ । इन्टरनेटमा भेटिएका गितहरुलाई हामीले यहाँ एकै ठाउँमा सजिलोको लागि राखिदिएको मात्र हौँ । तपाई यदि यी गित संगितको सर्जक हुनुहुन्छ र गित संगित यहाँबाट हटाउनुपर्ने भए जानकारी गराउनुहोला । फेरी एकपटक शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।

हाम्रो नेपाली किबोर्डमा अब नेपाली स्टिकरहरु

नयाँ वर्ष २०१९ को अवसर पारेर हाम्रो पात्रो ले हाम्रो नेपाली किबोर्डको नयाँ संस्करण सार्वजनिक गरेकोछ । नयाँ थिम, इमोजी तथा नेपाली स्टिकरहरु सहित आएको हाम्रो नेपाली किबोर्ड को नयाँ संस्करण हिजोबाट गुगल प्लेस्टोरमा उपलब्ध छ । हाम्रो नेपाली किबोर्डमा नयाँ के छ? स्टिकर हाम्रो नेपाली किबोर्डको नयाँ संस्करणमा नेपाली परिवेश झल्काउने विभिन्न नेपाली पात्रहरु सहितको स्टिकरहरु राखिएकोछ । मेसेन्जर, भाइबर, ह्वाट्सएप, स्काइप, टेलिग्राम, फेसबुक, ट्विटर, इन्स्टाग्राम आदि जुनसुकै एप्लिकेशनमा पनि प्रयोग गर्न मिल्ने यी नेपाली स्टिकरहरुले प्रयोगकर्तालाई नयाँ अनुभव दिनेछ । नेपाली पारा, हाम्रो साथी, नयाँ वर्ष, संगी, हाम्रो कान्छा, हाम्रो कान्छी, नक्कली, र बौचा व मैचासमेत गरी आठ किसिमका स्टिकरहरु समावेश गरिएकोछ । हाम्रो नेपाली किबोर्डको इमोजी खण्डमा गएर यी स्टिकरहरु प्रयोग गर्न सकिन्छ । थिम हाम्रो नेपाली किबोर्डको यस संस्करणमा नयाँ किबोर्ड थिम पनि थपिएको छ । हाम्रो नेपाली किबोर्डको सेटिङमा गएर आफूलाई मन पर्ने थिम छान्न सकिन्छ । डार्क तथा लाइट गरेर हाललाई दुई डिजाइनमा किबोर्ड थिम उपलब्ध छ । चलनचल्तिको “ब...

SLC Result 2068/2069 Published

The Office of the Controller of Examinations, Sanothimi has published the results of the SLC examination for the academic year 2068, on Wednesday evening. Out of 528,257 examines, 47.16 percent students passed the SLC this year. According to OCE, 2,47,689 regular students passed the exam under the regular, whereas 82,283 students have passed under the exempted category. We've uploaded SLC Result 2068 in .pdf format. Please download the SLC Result 2068 from the links below. Check your SLC Result 2068 Online 1) Link1: SLC Result 2068 Regular .pdf      Link2:  SLC Result 2068 Regular .pdf      Link3: SLC Result 2068 Regular .pdf   (via chakab.com)   2)   Link1:   SLC Result 2068 Exempted .pdf      Link2:   SLC Result 2068 Exempted .pdf      Link3:   SLC Result 2068 Exempted .pdf   (via chakab.com) 3) Distinction : SLC Result 2068 .txt ...

फोटो आफैँ बोल्छ [Photo Story]

यो कुरा धेरैले देखेका होलान्, केहीले मात्र नियालेर हेरेका होलान् र थोरैले मात्र बुझेका होलान् । कुरा हो पाटन दरवार स्क्वायरमा अवस्थित तिनवटा मुर्ति को, जुन मुर्ति ले पाटन दरवार स्क्वायार को इतिहास बताउँछ । मंगलबजारबाट पाटन दरवार स्क्वायर छिर्दै गर्दा बाटो छेवै को दायाँ तिर को घर अगाडि ३ वटा ऐतिहासिक मुर्तिहरु छन् । देख्नेलाई ३ वटा मुर्तिहरु मात्र लाग्नसक्छ, तर त्यसपछि लुकेको कथा रमाइलो र आश्चार्यजनक छ । ती मुर्तिहरु को बारेमा बुझेपछि त्यसवेला को मानिसको सोच्ने क्षमता को हामीलाई कदर गर्न करै लाग्छ । ती ३ वटा मुर्तिहरु हेरेर यो पाटन दरवार कसले बनायो/बनाउन लगायो भन्ने कुरा थाहा हुन्छ । मुर्ति हेरेर कसरी कसैले त्यस्तो भन्न सक्छ होला भन्ने कौतुहलता लाग्नु स्वभाविक नै हो ! तल ती मुर्तिहरु को फोटो छ, फोटो आफैँ बोलिरहेको छ, तर बुझ्नु नबुझ्नु तपाई को कुरा ! माथि को फोटोमा हेर्नुस्, ३ वटा मुर्ति छन् । वाँया बाट पहिलो मूर्ति भगवान गणेश को हो, गणेश ले आफ्नि श्रीमतीलाई अँगालोमा राखेकाछन् । दोस्रो मुर्तिमा भगवान विष्णु को आधा मान्छे र आधा सिंह को रुप नरसिंह अवतार चित्रित छ । अन्तिम मुर्ति भगवा...

Subscribe to Aakar Post