Skip to main content

Posts

अपडेट: माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज स्टोरमा राख्ने भएकोछ । एमएस पेन्ट हटाइने खबर फैलिएपछि, माइक्रोसफ्टले एमएस पेन्ट विन्डोज अपरेटिङ सिस्टमबाट हटाइएपनि, विन्डोज स्टोरमा राखिने कुरा आफ्नो ब्लगमा उल्लेख गरेको हो । एमएस पेन्ट चलाउन चाहनेहरुले विन्डोज स्टोरबाट डाउनलोड गरेर  निशुल्क चलाउन सक्नेछन् । - - - सन् १९८५ मा माइक्रोसफ्ट विन्डोजको पहिलो भर्सनसँगै सार्वजनिक भएको माइक्रोसफ्ट पेन्ट (एमएस पेन्ट), विन्डोज १० को नयाँ अपडेटसँगै बन्द हुने भएकोछ । माइक्रोसफ्टका अनुसार अब सार्वजनिक हुने क्रम'मा रहेको विन्डोज १० को नयाँ अपडेटमा एमएस पेन्ट सफ्टवेयर समावेश गरिएकोछैन । विन्डोज कम्प्युटर चलाउने सबैको पहिलो "ग्राफिक इटिडिङ टुल" एमएस पेन्ट हो भन्दा फरक नपर्ला । कम्प्युटर चलाउन थालेदेखि  वा भनौँ ब्लगका सुरुवातका दिनमा ब्लगमा प्रयोग गरिएका ग्राफिक्सहरु एमएस पेन्टकै सहारामा सम्पादन गर्ने गर्थेँ । सबैको पहिलो ग्राफिङ इटिडिङ टुल'लाई माइक्रोसफ्टले ३२ वर्षपछि बिदा दिँदैछ । एसएस पेन्ट सँगै आउटलुक एक्सप्रेस पनि विन्डोजबाट हट्ने भएको छ । यस अघि नै माइक्रोसफ्टले विन्डोज १० मा

इन्टरनेट विनाको ईमेल ? 🤔 ५९ औँ प्रहरी सञ्चार दिवसको अवसरमा आइतबार नेपाल प्रहरीले इन्टरनेट बिनाको ईमेल प्रविधिको सुरुवात गरेकोछ । हाइ फ्रिक्वेन्सी रेडियो डाटा (H.F. Radio Data) को प्रयोग गरेर यस किसिमको प्रविधि सुरु गरेको नेपाल प्रहरीले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ । यो मिलिट्री स्ट्यान्डर्डको प्रविधिलाई सफ्टवेयर डिफाइन्ड रेडियो ( Software-defined radio ) प्रविधि पनि भनिन्छ, जसबाट ईन्टरनेट बिना नै ईमेल पठाउन सकिन्छ । यो प्रविधिलाई ईन्टरनेट सर्भर सँग जडान गरिने हो भने, इन्टरनेट चलाउन सकिन्छ । त्यस्तै ईमेल सर्भर सँग जडान गरिने हो भने व्यक्तिगत ईमेल ठेगानामा, यो प्रविधिबाट ईमेल पठाउन सकिन्छ । ईन्टरनेट नपुगेको ठाउँबाट अब प्रहरीले यसै प्रविधि मार्फत ईमेल, फोटो पठाउन सक्नेछन् । यो सूचना चुहावट नहुने सुरक्षित प्रविधि भएकोले नेपाल प्रहरीका लागि यो प्रविधि उपयोगी हुने देखिन्छ । यसका साथै दैवी प्रकोप र अन्य विपत्तीहरुमा सूचना आदान प्रदान गर्न यो प्रविधि प्रयोग गरेको खण्डमा निकै लाभदायक हुने देखिन्छ । स्रोत: नेपाल प्रहरीको फेसबुक पेज

मलाई हिजोआज सबैभन्दा धेरै सोधिने प्रश्न भनेको, 'नेपालमा कति फेसबुक प्रयोगकर्ता छन्?' 'लगभग ८५ लाख' । फेसबुक प्रयोगकर्ताको सङ्ख्या हेर्दा गज्जब छ । सबैजना अनलाइन छन् । आफ्ना साथीभाइ, आफन्तसँग जोडिन फेसबुक सबैका लागि सजिलो भएकोछ । टेलिकमहरुले सुरु गरेका थ्रिजी सेवा, नेपाली भाषामा प्रयोग गर्न सकिने स्मार्टफोन, तथा नेपाली भाषामा चलाउन मिल्ने फेसबुक एपको विकास सँगै, फेसबुक धेरैको पहुँचमा पुगेकोछ । नेपाल दूरसञ्चार प्राधिकरणको रिपोर्ट अनुसार, करिब डेढ करोड अहिले इन्टरनेटको पहुँचमा छन्, जुन नेपालको कूल जनसङ्ख्याको ५८ प्रतिशत हो । यी तथ्यांकहरु जति गज्जब देखिन्छन् । त्यही अनुपातमा यसको प्रभाव भने देखिन्न । फेसबुक, ट्विटर, युट्युब आदि विभिन्न सोसल मिडिया साइटका प्रयोगकर्ताहरु, मेरा लाखौँ, फलोअर/लाइक/सव्सक्राइबर छन् भनेर गर्वसाथ भनिरहेका हुन्छन् । कतिपय ठाउँमा उनीहरु आफ्नो परिचय नै यति हजार/लाख फलोअर छन् भनेर गराउँछन् । सङ्ख्या सुन्दा, 'आहा' भन्ने किसिमको छ । फलानाको यति लाइक/फलोअर पुग्यो भनेर त समाचार/ब्लग नै बन्छन् । कतिपय प्रयोगकर्ताहरु, 'यति धेरै फलोअर भएको

यहाँ यौन तथा प्रजनन स्वास्थ्य सम्वन्धि कुरा गर्न सजिलो छैन । यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि पढाइ स्कुल देखि नै सुरु हुने भएपनि यसबारेमा खुला रुपमा छलफल नगरिने कारण, अधिकांश किशोर/किशोरीहरुको बुझाइ अपुरो र गलत हुने गरेकोछ । किशोर/किशोरीहरुको यही समस्यालाई ध्यानमा राखेर, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धि जानकारी/परामर्श दिन आदिको लागि 'पब्लिक हेल्थ कन्सर्न ट्रस्ट नेपाल' (Public Health Concern Trust) ले "मेरो लागि" एप निर्माण गरेकोछ । मेरो लागि एपमा आफूलाई चिन्नुहोस्, सम्बन्धहरु, गर्भ निरोधक उपायहरु, एच आइ भी र अन्य यौन रोगहरु, हाजिर जवाफ, ठिक/बेठिक, कथाहरु, सहयोग केन्द्रहरु आदि विभिन्न खण्डहरु राखिएकोछ । यी खण्डहरुको भित्र गएर, यिनीहरुको बारेमा जानकारी लिन सकिन्छ । जस्तो कि, आफूलाई चिन्नुहोस् खण्डमा, सेक्स र लिङ्गको फरक देखि लिएर पुरुष, महिलाको प्रजनन अंग र यौनको बारेमा जानकारी गराइएको छ । किशोरावस्था भनेको के हो, पुरुष प्रजनन अङ्गहरु के के हुन्, पुरुष हर्मोनहरु के के हुन्, किशोरावस्थामा शरिरमा के कस्ता परिवर्तनहरु देखिन थाल्छन् भन्ने कुरा पुरुषको खण्डमा समावे

अघिल्लो हप्ता 'वान्नाक्राइ र्‍यान्समवेयर'ले १५० देशका २ लाख ३० हजार भन्दा धेरै कम्प्युटरमा एकैसाथ आक्रमण गरेर सन्सनी मच्चायो । वान्नाक्राइ र्‍यान्समवेयर एक किसिमको कम्प्युटर भाइरस हो, जसले तपाईको कम्प्युटरको डाटालाई नियन्त्रणमा लिन्छ (या भनौँ अपहरण गर्छ) र त्यसवापत फिरौती माग गर्छ । प्रयोगकर्ताले फिरौती रकम नतिरेसम्म, कम्प्युटरका डाटाहरु प्रयोग गर्नबाट रोक्छ । मेरो कम्प्युटर अरुको नियन्त्रणमा कसरी होला? मेरो आफ्नै कम्प्युटरमा रहेको डाटा प्रयोग गर्न नसक्ने पनि होला र? भनेर प्रयोगकर्तालाई जिज्ञासा लाग्नु सामान्य हो । वान्नाक्राइ र्‍यान्समवेयर, र यसले नेपालमा पारेको प्रभाव र जोगिने उपायहरुबारे रिगो टेक्नोलोजीले तयार गरेको सामाग्री आजको ब्लगमा साभार गरेका छौँ । रिगो टेक्नोलोजी 'आइटि सेक्युरिटी' कम्पनी हो, जसले व्यवसायहरुको लागि चाहिने सफ्टवेयर टेस्टिङ, सेक्युरिटि अडिट, आइटि अडिट, सेक्युरिटी तालिम आदि विभिन्न सेवा प्रदान गर्छ । वान्नाक्राइ र्‍यान्समवेयर हामी पहिले देखिनै फिरौती माग्ने ऱ्यान्समवेयर (Ransomware) (एक प्रकारको कम्प्युटर भाइरस) का बारेमा सुन्दै आएकाछौं। जस

स्थानीय निर्वाचनको ताजा नतिजा दिनको लागि हाम्रो पात्रो ले स्थानीय निर्वाचन विशेष नयाँ अपडेट सार्वजनिक गरेको छ । हाम्रो पात्रोको पछिल्लो अपडेटसँगै प्रयोगकर्ताले अब सजिलो रुपमा आफ्नो क्षेत्रबाट निर्वाचनमा सहभागी सम्पूर्ण राजनीतिक पार्टिको नाम, सहभागी उम्मेद्वारबारे विस्तृत जानकारी तथा मतगणनाका दौरान प्राप्त नजिता तत्काल हेर्न सक्छन् । निर्वाचनका समय प्राप्त जरूरी सूचना, सामाचारको सम्प्रेषण तथा महानगरपालिका, उप-महानगरपालिका, नगरपालिका, तथा गाउँपालिकाहरूमा अग्रता लिएका मेयर, उप-मेयर, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेद्वार, राजनीतिक पार्टिहरूको ताजा अवस्था तथा अन्तिम नतिजाबारे हरपलको जानकारी हाम्रोपात्रोमा उपलब्ध हुनेछ । यसका साथै जिल्ला अनुसारका दलहरू, दल अनुसारका उम्मेद्वारहरूका विवरण पनि हेर्न सकिन्छ । हाम्रो पात्रोमा उपलब्ध स्थानीय निर्वाचनबारेका गतिविधिहरु सजिलै विभिन्न सामाजिक सञ्जालमा सेयर गर्न सकिन्छ । स्थानीय निर्वाचनको ताजा गतिविधि हेर्नको लागि तपाईको फोनमा हाम्रो पात्रोको पछिल्लो संस्करण हुन जरुरी छ । यदि तपाईको फोनमा हाम्रो पात्रोको अटोमेटिक अपडेट छैन भने प्लेस्टो

विकी लभ्स अर्थ २०१७ विश्वव्यापी फोटो प्रतियोगिता विकी लभ्स अर्थको चौथो संस्करण हो । १ मे, २०१७ देखि ३१ मे, २०१७ सम्म आयोजना गरिने यस प्रतियोगितामा सहभागीहरूले आफ्नो वरपर रहेका प्राकृतिक सम्पदाहरूको फोटो खिचेर विकिमिडिया कमन्समा अपलोड गर्न सक्छन् । विकिपिडियाद्वारा पहिलो पटक सन् २०१३ मा आयोजित यस प्रतियोगितालाई विकिमिडिया अध्यायको दोस्रो रोचक प्रतियोगिताको रूपमा सुचिकृत गरिएको थियो । सन् २०१३ मा यो प्रतियोगिता विकिमिडिया युक्रेनले एक्लै पहिलो पटक आयोजना गरेको थियो । सन् २०१४ र २०१५ मा युक्रेन, नेपाल, ब्राजिल, जर्मनी लगायत १५ भन्दा बढी राष्ट्रहरूले सहभागिता जनाएका थिए । नेपालको तर्फबाट मात्रै सन् २०१४, २०१५ र २०१६ गरी करिब ८,३०० भन्दा बढी चित्रहरू यस प्रतियोगितामा अपलोड भएका छन् । उत्कृष्ट ३ फोटो सहित उत्कृष्ट योगदान दिनेलाई नगद पुरस्कार दिइने छ । प्रथम पुरस्कार: रु १५,००० दोस्रो पुरस्कार: रु १०,००० तेस्रो पुरस्कार: रु ५,००० उत्कृष्ट योगदानकर्ता (फोटो अपलोडको आधारमा): रु ५,००० साथै, शीर्ष १० योगदानकर्ताहरू (फोटो अपलोडको आधारमा) लाई एक-एक विकी लभ्स अर्थ टि-सर्ट दिइने छ भने प्रति

गुगल अर्थ हेर्नको लागि कम्प्युटरमा अब गुगल अर्थ सफ्टवेयर डाउनलोड गर्नु नपर्ने भएकोछ । गुगल अर्थको पछिल्लो संस्करण सँगै, अब सिधै क्रोम ब्राउजर मार्फत गुगल अर्थ हेर्न/चलाउन सकिन्छ । यो हप्ता आउँदै गरेको पृथ्वी दिवस ( अर्थ डे ) को अवसर पारेर क्रोम ब्राउजर तथा एन्ड्रोइड मोबाइलको लागि गुगल अर्थको नयाँ संस्करण सार्वजनिक गरिएको हो । गुगल अर्थको नयाँ संस्करणमा प्रयोगकर्ताले ब्राउजरमै थ्रिडीमा हेर्न पाउनेछन् भने 'म भाग्यमानी महसुस गरिरहेको छु' (आइ एम फिलिङ लक्की) बटन थिचेर गुगलले विशेष रुपमा तयार पारेको विभिन्न ठाउँहरुको भ्रमण गर्न सक्नेछन् । 'आइ एम फिलिङ लक्की' मार्फत नसोचेको, नसुनेको ठाउँको यात्रामा निस्किन सकिन्छ (तल फोटोमा देखाए झैँ, आइ एम फिलिङ लक्की थिचेर म एक्कासी अन्नपूर्णमा पुगेँ, हिमालहरु थ्रिडीमा साह्रै गज्जब लाग्ने रहेछन्)। स्थानसँगै आउने 'ज्ञान कार्ड' (नलेज कार्ड) मार्फत उक्त ठाउँबारे जानकारी लिन सजिलो छ। 'भोयाजर' (Voyager) खण्डमा चलचित्रकर्मी, वैज्ञानिक आदि विभिन्न व्यक्तिहरुले निर्माण गरेका अन्तरक्रियात्मक यात्राहरु (इन्टर्‍याक्टिभ टुर

"सबैको लागि छिटो चित्र बनाउनको लागि" भन्दै गुगल'ले कम्प्युटर, मोबाइल तथा ट्याबलेटमा सजिलैसँग चलाउन मिल्ने 'अटोड्र' नामक वेव एप सार्वजनिक गरेको छ । केही पहिले चित्र बनाउने सजिलो तरिका 'को बारेमा लेखेको थिँए, आज चाँहि छिट्टो चित्र बनाउने गुगलको अटोड्रबारे लेख्दैछु । 'तँ आँट, म पुर्‍याउँछु' भनेझैँ हामीले हातले कोरेको चित्रहरुलाई, गुगल ले मेसिन लर्निङ पद्धतिबाट बुझेर हामीले बनाउन खोेजेको चित्र तुरुन्त बनाइदिन्छ । भन्नको मतलब मैले अटोड्र मा गोलाकार चित्र कोरेँ भने गुगलले मैले कोरेको गोलो चित्रसँग मिल्दोजुल्दो चित्रहरु देखाइदिन्छ, जुन आफूले छानेर राख्न सकिन्छ । उक्त चित्रलाई सानो, ठूलो बनाउनको साथै, रंगहरु परिवर्तन गर्न सकिन्छ । हेर्दा, सोच्दा सामान्य लाग्ने 'अटोड्र'मा आफूलाई चाहिएको चित्रहरु छिटो बनाउन सकिन्छ । कुनै आईकन चाहियो वा कसैलाई केही कुरा बुझाउनुपर्‍यो वा कसैलाई 'पोष्टकार्ड' बनाएर दिनुपर्‍यो भने, कि त गुगल सर्च नै गर्नुपर्ने वा क्यान्भा, पेन्सिल लगायतका विभिन्न वेब एपहरु प्रयोग गर्नुपर्ने झन्झटबाट 'अटोड्र'ले छुटका

चिनी धेरै खायो भने तितो हुन्छ, भन्ने कुरा हालै आएर फेसबुक स्टोरीले प्रमाणित गरिदिएकोछ । स्न्यापच्याटले सुरु गरेको स्टोरी फिचर, स्न्यापच्याट प्रयोगकर्ताहरु माझ लोकप्रिय छ । स्न्यापच्याट स्टोरी भनेको आफूले पोष्ट गरेको फोटो, भिडियो २४ घन्टा सम्म मात्र रहने र पछि आफैँ हराएर जाने फिचर भनेर बुझ्न सकिन्छ । फोटो, भिडियो केही समयपछि हराएर जाने कन्सेप्ट स्न्यापच्याटबाट सुरु भएको थियो । स्न्यापच्याट स्टोरीको लोकप्रियता देखेर फेसबुकले पनि सोही कन्सेप्ट कपि गरेर, इन्स्टाग्राममा स्टोरी फिचर ल्यायो । इन्स्टाग्राम स्टोरी धेरैले मन पराए । त्यसपछि फेसबुकले मेसेन्जर हुँदै गतहप्ता फेसबुकको मोबाइल एपमा पनि स्टोरी फिचर ल्यायो । अघिल्लो हप्ता फेसबुकमा स्टोरी थपियो; फेसबुक एपको सबैभन्दा माथिको लहरमा 'स्टोरी'; त्यसपछि स्टाटस अपडेट गर्ने ठाउँ; अनि त्यसपछि न्युजफिड । फेसबुक एप खोल्दा दिक्क लाग्यो, मैले तत्कालै फेसबुक एप मोबाइलबाट हटाएँ । मलाई २४ घन्टामा आफैँ हराएर जाने फोटो, भिडियो पोष्ट गर्नुछ भने, म स्न्यापच्याट वा इन्स्टाग्राम प्रयोग गर्छु, फेसबुक किन प्रयोग गर्छु र? स्न्यापच्याट र इन्स्टाग्राम