"सबैको लागि छिटो चित्र बनाउनको लागि" भन्दै गुगल'ले कम्प्युटर, मोबाइल तथा ट्याबलेटमा सजिलैसँग चलाउन मिल्ने 'अटोड्र' नामक वेव एप सार्वजनिक गरेको छ । केही पहिले चित्र बनाउने सजिलो तरिका 'को बारेमा लेखेको थिँए, आज चाँहि छिट्टो चित्र बनाउने गुगलको अटोड्रबारे लेख्दैछु । 'तँ आँट, म पुर्याउँछु' भनेझैँ हामीले हातले कोरेको चित्रहरुलाई, गुगल ले मेसिन लर्निङ पद्धतिबाट बुझेर हामीले बनाउन खोेजेको चित्र तुरुन्त बनाइदिन्छ । भन्नको मतलब मैले अटोड्र मा गोलाकार चित्र कोरेँ भने गुगलले मैले कोरेको गोलो चित्रसँग मिल्दोजुल्दो चित्रहरु देखाइदिन्छ, जुन आफूले छानेर राख्न सकिन्छ । उक्त चित्रलाई सानो, ठूलो बनाउनको साथै, रंगहरु परिवर्तन गर्न सकिन्छ । हेर्दा, सोच्दा सामान्य लाग्ने 'अटोड्र'मा आफूलाई चाहिएको चित्रहरु छिटो बनाउन सकिन्छ । कुनै आईकन चाहियो वा कसैलाई केही कुरा बुझाउनुपर्यो वा कसैलाई 'पोष्टकार्ड' बनाएर दिनुपर्यो भने, कि त गुगल सर्च नै गर्नुपर्ने वा क्यान्भा, पेन्सिल लगायतका विभिन्न वेब एपहरु प्रयोग गर्नुपर्ने झन्झटबाट 'अटोड्र'ले छुटका