Skip to main content

Posts

आफ्ना ट्याक्सीहरु नभएको यातायात कम्पनी 'उबर' (Uber), आफ्ना घर/होटलहरु नभएको तर घर भाडामा दिने कम्पनी 'एयर बि एन बी' (Airbnb) आदि 'अन डिमान्ड सर्भिस' (चाहिएको बखत तुरुन्तै सेवा) दिने कम्पनीहरुले अहिले विश्व बजारमा तहल्का मच्चाइरहेका छन् । आफैँ खाना नबनाउने तर विगत १ सय २५ वर्ष देखि आफ्ना ग्राहकलाई निरन्तर खाना ख्वाँउदै आइरहेको कम्पनी 'मुम्बई डब्बावाला'ले पनि आफ्नो सेवाबाट सबैलाई चकित तुल्याउँदै आएको छ । मुम्बई डब्बावालाका डा. पवन अग्रवालको कुरा मान्ने हो भने, न त डब्बावालाहरु पढे लेखेका छन्, न त प्रविधिकै उपयोग गर्छन् तर निरन्तर १ सय २५ वर्ष देखि काम गरिरहेकाछन्, न त कहिले डब्बा साटिन्छन्, न त डब्बावालाहरु ढिलो नै पुग्छन्, न त कहिले काम नै रोकिएको छ, डब्बावालाहरु कामलाई 'भगवान' मान्छन् । को हुन् मुम्बईका डब्बावाला? मुम्बई सहरमा, बिहान घरमा बनेको खाना, दिउँसो अफिसमा पुर्याउने व्यक्तिहरु डब्बावाला हुन् । अफिसमा काम गर्ने धेरैजसो व्यक्तिहरु घरकै खाना खान रुचाउँछन्, तर उनीहरुको अफिस २-३ घन्टा रेल चढेर जानुपर्ने हुन्छ । अत: ९ बजे अफिस पुग्न, धेर

आज नागपञ्चमी, नाग अकिंत चित्रहरु घरको ढोकामा गाइको गोबरले टाँसेर दुबो, फूल, अक्षता आदिले पूजा गर्ने गरिन्छ । यसरी ढोका या मूल खाबाेंमा टाँसिएको नागको चित्रले बर्षभरि रक्षा गर्ने जनविश्वास छ । हिजोआज बजारमा नागका थरिथरिका, रंगीविरङ्गी चित्रहरु पाइन्छन् तर यदि तपाईले नागको चित्र भेट्नुभएको छैन वा पाउनु भएको छैन भने पनि चिन्ता नलिनुस्, यो ब्लगमा नागको चित्र बनाउने सजिलो तरिकाबारे चर्चा गर्दैछु। नागको चित्र कसरी बनाउने? सादा कागजमा पहिले 'ब्र्याकेट' (    ) बनाउँदै जानुस् । पहिलो लहरमा एउटा, दोस्रोमा दुईवटा, तेस्रोमा ३ वटा, चौथोमा ४ वटा, त्यस्तै पाँचौमा ३ वटा, छैटौँमा २ वटा, र सातौँमा एउटा 'ब्र्याकेट' बनाउनुस् । त्यसपछि माथिल्लो र तल्लो लहरका ब्राकेटहरु आपसमा छड्के तरिकाले जोड्दै जानुस् । यति गरिसकेपछि, टाउको र पुच्छर बनाउनुस् । तपाईको नाग तयार हुन्छ, यसलाई अझ रंगरोगन गरेर, राम्रो बनाउन सक्नुहुन्छ । विस्तृत विवरणको लागि तलको यो भिडियो हेर्नुस् । नाग पञ्चमी के हो? कसरी मनाइन्छ? ( हाम्रो पात्रो बाट साभार) आज नाग पञ्चमी, अब बिस्तारै बर्षा ओरालो लाग्दैछ, चाडवाडहरुको मौ

भर्चुअल रियालिटि गेम पोकेमन गो'को संसारभर व्यापक चर्चा भइरहँदा, गुगल 'ले "भर्न : द हिमालयज" नामक एन्ड्रोइड एप सार्वजनिक गरेको छ । सगरमाथा तथा आसपासका क्षेत्रहरुको थ्रिडी म्याप समेटेर बनाइएको यो खेलमा 'भर्न' नाम गरेको यति सँगै सगरमाथा तथा खुम्बु क्षेत्रको यात्रा गर्न सकिन्छ । ५ सय फिट अग्लो भर्न (Verne) नामक ' यति ' सँगै सगरमाथाको टुप्पामा कुद्दै जान सकिन्छ । भर्न सँगै कहिले याक धपाउन सकिन्छ भने, कहिले 'जेटप्याक' लाएर त कहिले ग्लाइडर लिएर हिमालको माथि माथि उड्न सकिन्छ । थ्रिडीमा सगरमाथा तथा आसपासका हिमाल, बजार, गुम्बा, ताल, जिवजन्तु आदिबारे यो एपबाट सजिलोसँग जान्न सकिने, घुम्न सकिने कुरा गुगल म्यापले आफ्नो ब्लगमा उल्लेख गरेको छ। गुगल म्यापमा विश्वका केही चर्चित ठाउँहरु थ्रिडीमा समेटिएकाछन् । यसैको निरन्तरता स्वरुप सगरमाथा तथा आसपासका क्षेत्रहरु बारे थ्रिडीमा सहज रुपमा जानकारी दिने उदेश्यले, यो एप बनाइएको हो । सन् २०१३ मा गुगलले सगरमाथा क्षेत्रको ३६० डिग्री तस्विरहरु गुगल म्यापमा सार्वजनिक गरेको थियो भने गत वर्ष गुगल स्ट्रिट भ्युमा सगरमाथ

हिजोआज ट्विटरमा सेयर हुने प्राय: लिंकहरुमा अगाडी 'लिङ्कइज' (ln.is) झुन्डिएको हुन्छ । ट्विट गर्नेहरुले सायद पत्तो पाउँदैनन् तर उनीहरुका फलोवरका लागि भने यो 'लिङ्कइज', आतंक को दोस्रो नाम झैँ भएको छ, ट्विटरमा । जुनसुकै लिंक खोल्दा पनि ब्राउजरमा माथि लिङ्कइजको बार देखिन्छ । लिङ्कइजलाई एकपटक ट्विटरमा कनेक्ट गरिसकेपछि, हामीले ट्विट गर्ने हरेक लिंकहरु अटोमेटिक रुपमा लिङ्कइजको लिङ्कमा परिवर्तन हुन्छ। लिङ्कइज कसरी हटाउने? यदि तपाईले ट्विट गरेका लिंकहरु अटोमेटिक रुपमा लिङ्कइजमा परिवर्तन भइरहेकाछन् भने ट्विटरको सेटिङबाट एपमा जानुहोस् (ट्विटर एप सेटिङ, मोबाइलमा उपलब्ध छैन, अत: तपाईले ल्यापटप/कम्प्युटरबाट ट्विटरको एप सेटिङमा जानुपर्नेहुन्छ)। लिङ्कइजले आफ्नो एपको नाम परिवर्तन गरेर 'बुस्ट योर सेल्फ प्रमोशन' (Boost your self-promotion) नाम राखेको छ, अत: ट्विटरको एप सेटिङमा 'बुस्ट योर सेल्फ प्रमोशन' भन्ने एप खोज्नुहोस् र त्यसको छेउमा रहेको 'रिभोक एक्सस' (Revoke Access) बटन क्लिक गर्नुहोस् । यति गरेपछि तपाईको ट्विट लिङ्कइजबाट मुक्त हुन्छ। Go to Twitter

स्ट्याटकाउन्टरका अनुसार विश्वमा ६२ प्रतिशत प्रयोगकर्ताहरु डेस्कटप कम्प्युटरमा गुगलको क्रोम ब्राउजर चलाउँछन् । २००८ मा सार्वजनिक भएको गुगल क्रोम अहिले नम्बर १ इन्टरनेट ब्राउजर बनेको छ । आजको यस ब्लगमा, यही गुगल क्रोम ब्राउजरमा राख्नै पर्ने ५ वटा अत्यन्तै उपयोगी एक्सटेन्सनहरुको चर्चा गर्दैछु । १. द ग्रेट सस्पेन्डर हामी मध्ये धेरै इन्टरनेट प्रयोगकर्ताको, क्रोम ब्राउजरमा अनगिन्ती ट्याब खोल्ने बानी हुन्छ, कतिपय अवस्थामा पेजको शीर्षक त छोडौँ, फ्यावकन आइकन समेत प्रस्ट देखिन्न । कुनै बेला त हाम्रो ट्याबमा दर्जनौँ साइटहरु एक डेढ महिनासम्म पनि बसिरहन्छ, तर फेरि फर्केर त्यो ट्याब/साइट हेर्दैनौ। क्रोममा धेरै ट्याब खोल्दा, ट्याबले कम्प्युटरको धेरै प्रोसेसिङ पावर, मेमोरी आदि खाइदिन्छ । फलस्वरुप ब्राउजर ह्याङ्ग हुने, कम्प्युटर 'स्लो' हुने गर्छ । 'द ग्रेट सस्पेन्डर' एक्सटेन्सन प्रयोग गरेर क्रोम ब्राउजर 'क्रयास' हुने, ह्याङ्ग हुने, कम्प्युटर स्लो हुने आदि समस्याबाट छुटकारा पाउन सकिन्छ । नामै काफी छ भने झैँ,  'द ग्रेट सस्पेन्डर' ले हामीले खोलेको तर प्रयोग नगरेका

मदन पुरस्कार पुस्तकालयले  २००७  २००३-४ ताका नेपाली युनिकोड किबोर्ड लेआउट, रोमनाइज्ड र ट्रेडिसनल सार्वजनिक गर्यो । नेपाली टाइपिङ (ट्रेडिसनल) जान्दै नजान्ने (कहिले नेपाली टाइप नगरेको) मैले, मदन पुरस्कार पुस्तकालयले सार्वजनिक गरेको रोमनाइज्ड नेपाली युनिकोड किबोर्ड लेआउट कम्प्युटरमा राखेर पहिलो पटक कम्प्युटरमा नेपाली भाषामा लेखेँ । यसविचमा कम्प्युटर तथा मोबाइलको लागि धेरै किसिमका नेपाली किबोर्ड लेआउट तथा एप्सहरु आइसकेकाछन्, तर पनि इन्टरनेट प्रयोगकर्ताहरु नेपाली टाइप गर्नुपर्दा अप्ठ्यारो मान्छन् । मलाई धेरैले सोध्ने गरेको प्रश्न भनेको, "फेसबुकमा कसरी नेपाली टाइप गर्ने?" अत: यो ब्लगमा मदन पुरस्कार पुस्तकालय (मपुपु) ले निर्माण गरेको नेपाली युनिकोड किबोर्ड लेआउट बारे चर्चा गर्दैछु। प्रिती, कान्तिपुर लगायतका 'ट्रु टाइप फन्ट' (ttf) प्रयोग गरेर ट्रेडिसनल लेआउटमा नेपाली टाइप गर्ने प्रयोगकर्ताहरुले, नेपाली ट्रेडिसनल युनिकोड किबोर्ड लेआउट राखेर, इन्टरनेटमा सजिलै सँग नेपालीमा लेख्न सक्छन् । भन्नुको मतलब, तपाईलाई पहिले नै नेपाली टाइपिङ आउँछ भने टाइपिङ गर्ने तरिका उही हुन्छ, उही &q

नेपालमा धेरै इन्टरनेट प्रयोगकर्ताहरुको गुनासो छ, आइएसपीले (इन्टरनेट सेवा प्रदायक) भने अनुसारको इन्टरनेट स्पिड दिँदैन । तर अधिकांश प्रयोगकर्ताले आफूले कति स्पिडको इन्टरनेट चलाएको छु भन्ने पनि चाल पाएका हुँदैनन् । अनि केही प्रयोगकर्ताहरु 'बिट्' र 'बाइट्'को गोलचक्करमा परेर आफूले भनेको जति इन्टरनेट स्पिड नपाएको गुनासो गर्छन् । वर्षौँदेखि इन्टरनेट प्रयोगकर्ताहरु 'स्पिडटेस्ट'बाट आफ्नो इन्टरनेटको स्पिड जाँच गरिरहेकाछन् तर स्पिडटेस्टले देखाउने नतिजाले धेरैलाई दिग्भ्रमित पार्ने गरेको छ । अत: आज हामी इन्टरनेट स्पिड चेक गर्नको लागि नेटफ्लिक्सले केही महिना पहिले सार्वजनिक गरेको 'फास्ट डटकम'बारे यहाँ चर्चा गर्दैछौँ । आइएसपीले दिएको इन्टरनेट स्पिड, (नेटफ्लिक्स) प्रयोगकर्ताहरुले सरल र सहज तरिकाले  चेक गर्न सकुन् भन्ने उद्देश्यले नेटफ्लिक्सले फास्ट डटकम साइट केही पहिले सार्वजनिक गरेको हो । फास्ट डटकमका अनुसार, नेटफ्लिक्सको सर्भरहरुबाट डाउनलोड गरेर फास्ट डटकमले आइएसपीले दिएको स्पिड निर्धारण गर्छ । साधारण प्रयोगकर्ताले, 'पिङ', 'लेटेन्सी' आदि '

केही हप्ता देखि एउटा मोबाइल एपको चर्चा चुलिँदै गएको छ, इन्स्टाग्राम का फिडहरुमा पेन्टिङ जस्ता फोटोहरु छ्यापछ्याप्ति देखिन थालेकाछन् । इन्स्टाग्रामका फिल्टरहरुको सट्टामा धमाधम यही मोबाइल एपका फिल्टरहरु चलाउन थालिएकोछ । आइफोन प्रयोगकर्ताहरुका माझ परिचित प्रिज्म एप, अब एन्ड्रोइड को लागि उपलब्ध भएको छ । प्रिज्म एप मार्फत, विभिन्न फिल्टरहरु लाएर, आफ्नो फोटोलाई पिकासोको पेन्टिङ जस्तै कलात्मक बनाउन सकिन्छ । प्रत्येक फोटोलाई कलामा बदल्नुस् (Turn Every Photo into Art) भन्ने ट्यागलाइन सहित आएको प्रिज्म एपले मेसिन लर्निङको (डाटाहरुको मद्दतले कम्प्युटरलाई पढाउने/सिकाउने) मद्दतले तपाईका हरेक फोटोहरुलाई कलात्मक पेन्टिङमा बदलदिन्छ। भ्यान गग्, पिकासो लगायत प्रख्यात कलाकारहरुको शैली (तरिका) प्रिज्म एपबाट बनाइने पेन्टिङमा देख्न सकिन्छ । Kathmandu Coffee! #Prisma #Nepal A photo posted by Aakar Anil (@aakarpost) on Jul 25, 2016 at 12:58am PDT प्रिज्म एपले मेसिन लर्निङ पद्धतिबाट, हामीले अपलोड गरेको फोटोलाई पढेर, विश्लेषण गरेर, हामीले छान्ने फिल्टर अनुसार, नयाँ फोटो बनाउने भएका कारण, प्रिज्म एप चलाउन इ

नेपालमा मात्र होइन, पछिल्लो एक वर्षमा विश्वका विभिन्न ठाउँमा भूँइचालोहरु गइरहेकाछन् । भूँइचालो जानेबित्तिकै इन्टरनेट प्रयोगकर्ताहरु, भूकम्प कहाँ, कतिको गयो, के भयो भनेर भूकम्प सम्बन्धि जानकारी दिने साइटहरु, भूकम्प सम्बन्धि जानकारी दिने ट्विटर एकाउन्टहरु को खोजी गर्न थाल्छन् । भूकम्पकै जानकारी दिन भनेर, दर्जनौँ मोबाइल एप्सहरु पनि बनाइएकाछन् । तर अब भूकम्पबारे जानकारी लिन धेरै मेहेनत गर्नुपर्दैन, गुगलसर्चबाट सिधै भूकम्पबारे जानकारी लिनसकिन्छ । भूकम्पसँग सम्बन्धित उस्तै किसिमका शब्दहरु (earthquake, earthquake near me, etc.)  गुगलमा टाइप गरेर, भूकम्पबारे जानकारीहरु लिनसकिन्छ । नतिजामा सबैभन्दा माथि भर्खरैको ठूलो भूकम्पबारे, नक्सा सहित, कहाँ, कतिको भूकम्प गयो भनेर देखाउँछ । त्यस लगत्तैको कार्डमा गुगलले भर्खरैका अन्य भूकम्पहरु देखाउँछ । अंग्रेजी भाषाको साथसाथै नेपाली भाषा मा पनि गुगलमा सर्च गरेर भूँइचालो सम्बन्धि जानकारी लिन सकिन्छ । विश्वमा वर्षभरिमा करिब ५ लाख भूकम्पहरु जान्छन्, जसमध्ये करिब १ लाख भूँइचालो महशुस गर्न सकिन्छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखा भूकम्

नेपालीहरु माझ परिचित, १० लाख भन्दा धेरै पटक डाउनलोड भएको हाम्रो पात्रोको नयाँ संस्करण १०.९.०, थप नयाँ सुविधाहरुको साथ आजबाट प्लेस्टोरमा उपलब्ध भएकोछ । गत वर्ष सेप्टेम्बरमा डिजाइनमा व्यापक सुधार गरेको हाम्रो पात्रोले यस पटक डिजाइनको साथ साथै, उपलब्ध सामाग्रीहरु पढ्ने/हेर्ने तरिकामा सुधार गरेको छ । हाम्रो पात्रो, क्यालेन्डर/पात्रोको लागि मात्र नभइ, दैनिक खबर पढ्न, लोडसेडिङबारे जानकारी लिन, अर्थ बजार बुझ्न, रेडियो सुन्न आदि विविध रुपमा प्रयोग हुँदै आएकोछ । यसब्लगमा हाम्रो पात्रोको नयाँ संस्करणमा आएका नयाँ सेवा सुविधाहरु बारे चर्चा गर्दैछौँ । सम्बन्धित समाचार हाम्रो पात्रोमा समाचार धेरै पहिले देखि नै उपलब्ध भएपनि, उस्तै समाचार या भनौँ एउटा कुनै विषयमा सूचना, समाचार पाउन निकै खोज्नुपर्ने हुन्थ्यो । हाम्रो पात्रको नयाँ संस्करणमा थपिएको सम्बन्धित समाचार (Similar) सेवाले एउटा विषयका समाचार हेर्न/पढ्न खोज्ने प्रयोगकर्ताहरुलाई थप सजिलो बनाइदिएको छ । जस्तो तपाई सूचना-प्रविधिका मात्रै समाचार हेर्न/पढ्न चाहनुहुन्छ भने, कुनै एउटा सूचना-प्रविधिको समाचारसँग सम्बन्धित समाचारहरु त्यहीँबाट हेर्न स