स्ट्याटकाउन्टरका अनुसार विश्वमा ६२ प्रतिशत प्रयोगकर्ताहरु डेस्कटप कम्प्युटरमा गुगलको क्रोम ब्राउजर चलाउँछन् । २००८ मा सार्वजनिक भएको गुगल क्रोम अहिले नम्बर १ इन्टरनेट ब्राउजर बनेको छ । आजको यस ब्लगमा, यही गुगल क्रोम ब्राउजरमा राख्नै पर्ने ५ वटा अत्यन्तै उपयोगी एक्सटेन्सनहरुको चर्चा गर्दैछु । १. द ग्रेट सस्पेन्डर हामी मध्ये धेरै इन्टरनेट प्रयोगकर्ताको, क्रोम ब्राउजरमा अनगिन्ती ट्याब खोल्ने बानी हुन्छ, कतिपय अवस्थामा पेजको शीर्षक त छोडौँ, फ्यावकन आइकन समेत प्रस्ट देखिन्न । कुनै बेला त हाम्रो ट्याबमा दर्जनौँ साइटहरु एक डेढ महिनासम्म पनि बसिरहन्छ, तर फेरि फर्केर त्यो ट्याब/साइट हेर्दैनौ। क्रोममा धेरै ट्याब खोल्दा, ट्याबले कम्प्युटरको धेरै प्रोसेसिङ पावर, मेमोरी आदि खाइदिन्छ । फलस्वरुप ब्राउजर ह्याङ्ग हुने, कम्प्युटर 'स्लो' हुने गर्छ । 'द ग्रेट सस्पेन्डर' एक्सटेन्सन प्रयोग गरेर क्रोम ब्राउजर 'क्रयास' हुने, ह्याङ्ग हुने, कम्प्युटर स्लो हुने आदि समस्याबाट छुटकारा पाउन सकिन्छ । नामै काफी छ भने झैँ, 'द ग्रेट सस्पेन्डर' ले हामीले खोलेको तर प्रयोग नगरेका