Skip to main content

Posts

ट्विटरको एउटा विशेषता, ट्विट तथा डिएम'मा १४० क्यारेक्टर मात्र लेख्न सकिनेथियो । तर आजबाट भने डिएम'मा १४० क्यारेक्टर भन्दा धेरै लेख्न सकिने भएको छ। सन् २००६ मा सुरु भएको ट्विटर , एसएमएस'को फर्म्याट पच्छ्याउँदै ट्विट र म्यासेजमा १४० क्यारेक्टरको लिमिट राखिएको थियो, सुरुका दिनमा ट्विटरलाई वेबएप् भन्दा पनि मोबाइल एसएमएस'को रुपमा बुझिएको थियो, भन्नको मतलब ट्विटहरु एसएमएसबाट अपडेट गर्नमिल्थ्यो (अहिले नि मिल्छ), र वेबमा चाँहि फलो गरेिएका सबै साथीका अपडेटहरु/ट्विटहरु एकै ठाउँमा पढ्न मिल्थ्यो । समयसँगै ट्विटर वेबएप्‌को रुपमा विस्तार भयो, तर १४० को क्यारेक्टर लिमिट भने यथावत नै राखियो । ( पढ्नुस् ट्विटरको ईतिहास - ह्याचिङ ट्विटर ) मेसेजिङ/च्याट एप्‌मा आएको बाढीसँगै, ट्विटरलाई नयाँ प्रयोगकर्ता ल्याउन र टिकाइराख्न ठूलो चुनौती थपिएकोछ । ट्विटरको १४० क्यारेक्टर लिमिट विशेषता भएपनि, डिएम'मा धेरै कुरा भन्न नपाउनु, दोहोरो सम्वाद/च्याट फररररर गर्न नपाउनु आदि समस्या रहेको थियो । म र साथीहरु ट्विटरमै छौँ भनेपनि केही लामो म्यासेज पठाउनुपर्यो वा च्याट गर्नुपर्यो भने, अरु एप् चलाउनुपर

नेपालकै सबै भन्दा ठूलो मोबाईल एप् प्रतियोगिता, एनसेल एप् क्याम्प – फेरि आयोजना हुने भएको छ । एनसेलले मगंलवार देखि एनसेल एप् क्याम्प २०१५ को विधिवत सुरुवात गर्दै ईच्छुक सहभागीहरूका लागि आफ्ना आईडिया पेश गर्न आवेदन खुला गरेको हो। प्रतियोगिताको आधिकारिक वेबसाईट एनसेलएपक्याम्प डट कम , मा गएर ईच्छुक प्रतियोगिहरूले आफ्नो टिम र एप् आईडिया वेबसाईत मार्फत दर्ता गर्न सक्छन् । एनसेल एप् क्याम्प २०१५ मा खेल तथा मनोरञ्जन, स्वास्थ्य, पर्यटन, र उपयोगिता गरी चार वटा विभिन्न विधाहरू छुट्याइएको छ । सन् २०१४ मा जस्तै, एनसेल एप् क्याम्प २०१५ पनि चरणगत रूपमा सञ्चालन हुनेछ । पहिलो चरणमा, आवेदन परेका सम्पूर्ण प्रतियोगिहरू मध्ये उत्कृष्ट १५० वटा आईडियालाई क्षमता अभिवृद्धि तालिममा सहभागि गराईनेछ । दोस्रो चरणमा, हरेक विधाबाट ६ वटा उत्कृष्ट एप् - अर्थात् कुल २४ टिमलाई - अन्तिम चरणका लागि छनौट गरिनेछ । सोही उत्कृष्ट २४ बाट चार ‘विधा विजेता’ र एक ‘मुख्य विजेता’ को घोषणा गरिनेछ । हरेक विधाका विजेताले रु.२ लाख ५० हजारको नगद पुरस्कार जित्नेछन् भने मुख्य विजेताले थप रु. ५ लाख जित्नुको साथै विदेशमा हुने यस

हिजोसम्म गुगल एउटा ठूलो टेक्नोलोजी कम्पनी थियो, तर आज गुगलभित्रैबाट गुगल भन्दा ठूलो अर्को कम्पनी 'एल्फाबेट'को निर्माण गरिएको घोषणा ल्यारी पेजले गरेकाछन्। एल्फाबेट कम्पनीको घोषणा सँगै, गुगल एल्फाबेटमा गाभिएको छ भने, गुगल'ले हेर्दै आएको एक्स ल्याब, स्वास्थ्य, रोबट आदि  लगायतका परियोजनाहरु एल्फाबेट अन्तर्गत रहनेछ । तर गुगल'ले हेर्दै आएका इन्टरनेट सम्बन्धी परियोजनाहरु भने, गुगल अन्तर्गत नै रहनेछ । नयाँ कम्पनी एल्फाबेट को घोषणा सँगै, गुगलका सम्पूर्ण सेयरहरु एल्फाबेटमा सरेको छ । एल्फाबेटको सिइओ ल्यारी पेज आफैँ रहेकाछन् । क्रोम, एन्ड्रोइड आदि हेर्दै आएका सुन्दर पिचाइ, गुगलको नयाँ सिइओ नियुक्त भएका छन् । एल्फाबेट अन्तर्गत गुगल लगायतका अन्य धेरै कम्पनीहरु हुनेछन् । ल्यारी पेजका अनुसार, ती सबै कम्पनीमा छुट्टाछुट्टै सिइओ हुनेछन्, सुपेरिवेक्षण तथा लगानी भने एल्फाबेटले गर्नेछ । अब गुगल होइन, एल्फाबेट कम्पनी भन्ने गरौँ। ➤ आकारपोष्ट एन्ड्रोइड एप् डाउनलोड गर्नुस् ।

खण्ड गर्न आन्दोलन ! अखण्ड राख्न आन्दोलन ! जाती, क्षेत्र, धर्म आदिका नाउँमा आन्दोलन ! संविधानमा सबैको माग समेट्न आन्दोलन, यसको नि पुरा हुनुपर्यो, उसको नि पुरा हुनुपर्यो ! सबैको समस्याको समाधान कसरी संविधानले दे'ला? अझ अर्को कुरा, यो नमिलेर र त्यो नमिलेर संविधान नबनेको भनिएको वर्षौँ भइसक्यो, अघिल्लो पटक'को संविधान सभा यही संघियताकै कुरो नमिलेर, खत्तम भयो । घोषणा गरिसकिएको प्रदेशहरुकै पनि भविष्यको योजना छैन, विकास निर्माण कसरी के गर्ने थाहा छैन, जनताको जिवनस्तर कसरी उकासिन्छ केही अनुसन्धान भएजस्तो लाग्दैन । संघियता भइसकेपछि सबै आफैँ ठिक हुन्छ भने जस्तो हिसाबले मात्र कुरा भइरहेकोछ। हालैका महिनाहरुमा आफू घरमा 'अनप्रडक्टिभ' भएको आभास भइरहेकोछ । कामहरु गर्छु भनेर थाती राखेको महिनौँ भइसक्यो । अफिसबाट घर फर्केपछि, घरमा बिताइने समयमा कसरी 'प्रडक्टिभ' बन्न सकिएला भनेर घोत्लिदाँ अनेक समस्याहरु देखिए, मलाई लाग्यो ती समस्याहरु समाधान भयो भने त म 'प्रडक्टिभ' भइहाल्छु । मैले धेरैपटक धेरैलाई भनेको पनि थिँए, घरमा आयो बत्ति हुन्न, बत्ति भएको बेला इन्टरनेट हुन्न,

आज नेपालमा गुरू पूर्णिमा मनाइँदैछ, यसै सन्दर्भमा गुगलले आफ्नो डुडल मार्फत गुरू पूर्णिमाको शुभकामना दिएको छ । विगत केही समय यता देखि, नेपालका चाडपर्व र महत्वपूर्ण दिनहरु गुगलको डुडल मा समेटिन थालेको छ । यसैको निरन्तरता स्वरुप, गुगलले आफ्नो गृहपृष्ठमा हामीलाई अन्धकारबाट उज्यालो तर्फ डोर्याउने, समस्त गुरुहरुको सम्मानमा सेतोपाटी सहितको गुगल डुडल राखेको छ। गुरु पूर्णिमाको डुडल, आज नेपालभर गुगलको गृहपृष्ठ मा हेर्न सकिन्छ । विकिपेडिया अनुसार , संस्कृत शव्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । 'गिरति अज्ञानं इति गुरूः' अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्नेलाई गुरू भनिन्छ। यसप्रकार गुरू नै यथार्थ ब्रह्म हो। गुरूपूर्णिमा वेद व्यास जयन्तीको रूपमा पनि मनाइन्छ। वेद व्यासले वेद-वेदान्त, अठार पुराण, उपनिषद्हरू लेखी हिन्दू संस्कृतिलाई ठूलो गुन लगाएका हुन्। यी हिन्दू ग्रन्थ नै हाम्रा मार्गदर्शक हुन्। मेरा समस्त गुरूहरुमा, गुरू पुर्णिमाको शुभकामना। Download Aakar Post Android App

तपाई अब दोस्रो देखि चौधौँ शताब्दीमा प्रवेश गर्दैहुनुहुन्छ भन्ने आशय लेखिएको स्वागतव्दारबाट भित्र प्रवेश गरियो । दोस्रो देखि चौधौँ शताब्दी भन्ने बित्तिकै मन यसै रोमाञ्चित भइसकेको थियो । पहाडको फेदीमा रहेको बुजाङ पुरातात्विक संग्राहलयको हातामा पुग्दा, सोचेको भन्दा बेग्लै समय र परिवेशमा पुगियो । शान्त, हरियाली, शताब्दीऔँ लामो ईतिहास बोकेको संग्राहलय लगभग खाली थियो, मान्छेको भिडभाड थिएन । तर त्यहाँ देखिएका र भेटिएका पुरातात्विक वस्तुहरुले भने एउटा अनौठो किसिमको तरङ्ग छाडिरहेको थियो। मलेसियामा एक हप्ते लामो बसाइका क्रममा, जुनको अन्तिम साता बुजाङ भ्यालीमा रहेको पुरातात्विक संग्राहलय गइएको थियो । कम्बोडिया, थाइल्यान्ड लगायत देशमा पुराना हिन्दू मन्दिरहरु छन् भन्ने सुनेको थिँए, तर मलेसिया मुस्लिम देश भएका कारण मैले यस किसिमको संग्राहलयको आशा राखेको थिँइन । मैले हिन्दुहरुको बारेमा बखान गर्न खोजेको होइन, तर हिन्दु धर्मको प्रवाह धेरै पहिले देखि नै रहेको थाहा पाउँदा छक्क परियो, अनि छाती पनि ढक्क फूल्यो । दोस्रो शताब्दी देखि चौधौँ शताब्दीको बिचमा बनेका मन्दिरहरुका भग्नावशेष, त्यस समयमा प्रयोग ह

गुगलप्लसको फोटो सर्भिस 'गुगलप्लस फोटो' गुगलले अगष्ट महिना देखि बन्द गर्ने भएको छ। नझुक्किनुहोला, गुगलले आफ्नो सोसल साइट गुगलप्लसको फोटो सर्भिस बन्द गर्न लागेको हो, गत मे देखि सञ्चालनमा आएको गुगल फोटो यथावत नै रहनेछ। गुगल फोटोमा अनलिमिटेड फोटो अपलोड गर्ने सुविधा छ। गुगलप्लस फोटो र गुगल फोटोका कारण, प्रयोगकर्ताहरु झुक्किने तथा गुगलले आफ्नो इन्जिनियरिङ दुई तिर फोकस गर्नुपर्ने कारण देखाउँदै गुगलप्लस फोटो बन्द गर्न लागेको हो । गुगलप्लसको फोटो सर्भिस पहिलेबाट नै उत्कृष्ट थियो, त्यसै फोटो सर्भिसको आधारमा गुगल'ले गुगुल प्लस भन्दा बाहिर, गुगल फोटो भनेर छुट्टै फोटो सर्भिस गत मे'मा सुरु गरेको थियो । गुगल फोटोमा अनलिमिटेड फोटो राख्ने सुविधा त छ नै, त्यसबाहेक फोटो सर्च गर्ने सुविधा पनि छ। गुगलप्लस फोटो बन्द भनेर नआत्तिनुहोला, तपाईका फोटोहरु गुगल फोटोमा सुरक्षित रहनेछन् । Download Aakar Post Android App

बर्खे बिदाका दिन, घर बस्दा बस्दा वाक्कै लाग्थ्यो। आमा प्राय पर्म भर्न मेला जानु हुन्थ्यो, भाइ घरमै हुन्थ्यो तर त्योसँग फाइट मात्रै पर्थ्यो। हजुरआमा नि हुनुहुन्थ्यो, दिनभर फतफताई मात्रै रहनुहुन्थ्यो। टिभी पनि थियो टि-सिरिजको, तर शनिबार बाहेक अरु दिनमा बिहान नौ देखि बेलुकी पाँच बजेसम्म प्रसारण बन्द हुन्थ्यो। म ४ या ५ कक्षामा पढ्थेँ सायद, कोठैभरी कापी र किताब मिल्केका हुन्थे, बर्खे बिदाको लागि सब बिषयका सरहरुले यत्ति धेरै होमवर्क दिएका हुन्थे तर होमवर्क गर्न फिटक्कै मन लाग्दैनथ्यो। गर्मी उस्तै, पानी नपरेको दिनमा असारको गर्मीको के बयान गरिसाध्य, हन्नामा मकै पड्के जसरी घामले छानाका टिन तातेर पड्किन्थे। पौडीे खेल्न जाउँ भने बिजयपुर खोलो बढेर पुलसम्मै आउँथ्यो, बगाइहाल्यो भने भनेर पौडीन जान पनि डर लाग्थ्यो। अनि भान्छाकोठामा जान्थेँ, खाजा के राखिदिनु भएछ आमाले भनेर हेर्थें, सँधै निख्ला चिउरा। देख्नासाथ हुर्याइदिम जस्तो झोंक चल्थ्यो, तर जतिसुकै खान्न भनेर घुर्की लगाए पनि सुनिदिने कोही हुन्थेन। दिन ढल्दै गएपछि भोकले गलाउँदै लैजान्थ्यो, अनि मन नलाई नलाई त्यही चिउरा हसुर्न पर्थ्यो। तर भोकको मेसा

हाम्रा सडकहरुमा आज 'पिच' राख्छन्, केही दिन र हप्तामै ती पिचहरु उप्किएर जान्छन् । अहिले वर्षाको मौसममा, अन्यत्रको कुरै छाडौँ, काठामाडौँकै सडकहरुमा हिँड्न गाह्रो छ । कमसल पिच, त्यसमाथि ढल तथा पानीको अवस्थित निकास, बाटो बिग्रन समय नै लाग्दैन । हाम्रा सडकहरुमा पाइला पाइलामा समस्या हुँदै गर्दा, नेदरल्यान्डमा एउटा कम्पनीले प्लाष्टिकबाट वातावरण मैत्री सडक निर्माण गर्ने योजना बनाउँदै रहेछ। उक्त वातारण मैत्री सडकले माइनस ४० डिग्रीको चिसो देखि ८० डिग्रीसम्मको तातो थेग्नसक्नेछ । "प्लास्टिक रिसाइकल" गरेर निर्माण गरिने यस किसिमको सडक, अहिले पिच गरेर बनाइने सडकको आयु ३ गुना बढि रहने दावी गरिएकोछ । उक्त सडक 'प्रिफेब्रिकेट' हुनेकारण, सडकहरु चाँडो चाँडो निर्माण गर्न सकिनेछ । ढल, केबल, पानीको लागि सडकको भित्री तहमा पाइपहरु बिच्छ्याउन मिल्छ । नेदरल्यान्डमा यो प्रयोग सफल भएको खन्डमा, प्लास्टिक'का सडकहरु अन्यत्र पनि चाँडै देख्न सकिएला । नेपाल जस्तो मुलुकमा यस किसिमको प्रविधी भित्रियो भने, सडक विस्तारको गति केही बढ्थ्यो कि? किनकी हाम्रोमा  २०२७ सालमा ग्राभेल गरेर बनाइएक

तपाई एन्ड्रोइड फोन किन्ने सोच्दैहुनुहुन्छ, तर तपाईलाई कुन फोन किन्ने थाहा छैन । बजारमा यति धेरै अप्सन् छन् कि, कहिलेकाँही कुन फोन लिँदा आफूले अधिकतम् फाइदा लिन सकिन्छ भनेर थाहा पाइँदैन । कसैलाई क्यामेराको आवश्यकता फोनले पुरा गरिदियोस् लाग्छ, त कसैलाई राम्रो म्युजिक सिस्टमको। कसैलाई धेरै स्टोरेज चाहिएको छ, त कसैलाई राम्रो प्रोेसेसर भएको फोन । कोही फेसबुक, ट्विटर, विच्याट, भाइबर आदिका लागि मोबाइल रोज्छन् त कोही गेमिङको लागि । नयाँ मोबाइल किन्ने बेला, यो किनौँ कि त्यो किनौँ भइन्छ, अनलाइनमा रिभ्युहरु पनि खोजिन्छ, अनि फोन किनिन्छ । हाम्रो यही फोन खोज्ने र रोज्ने तरिकालाई गुगल'ले सहज बनाउने कोशिस गरेको छ, एन्ड्रोइड साइटमार्फत । गुगल'ले केही हप्ता पहिलेबाट एन्ड्रोइडको साइटमा नयाँ पेज सञ्चालनमा ल्याएको छ, जसमा गएर आफ्नो आवश्यकता अनुसारको फोन छान्न सकिन्छ । एन्ड्रोइड साइटको यो पेज बाट फोन खोजिकार्य सुरु हुन्छ । तपाईलाई म्युजिक, क्यामेरा, सोसल मिडिया, वेब ब्राउजिङ आदि इत्यादी के के चाहिएको हो, छानिसकेपछि, गुगलले तपाईलाई तपाईको आवश्यकता अनुसारको फोनहरु देखाउँछ । सामसुङ, एचटिसी, एलजी