जो ट्विटरमा भिजिसक्नुभएकोछ वा भनौँ आफ्नो दैनिक जिवनमा ३-४ जना भेट हुने बित्तिकै ट्विटरको कुरा गर्न थाल्नुभएको छ भने, ट्विटर यस्तो हो, उस्तो हो भनेर खासै भनिरहनु नपर्ला । अनि जो ट्विटरमा भर्खर छिर्नुभएको छ अनि ट्विटर बुझ्न सक्नुभएको छैन भने, तपाईलाई ‘ट्विटर’ सबैभन्दा झुर किसिमको सोसल नेटवर्किङ साइट लाग्ने कुरामा दुईमत नहोला । ट्विटर सँगका आफ्ना अनुभवहरु र यसले पुर्याएको फाइदा – वेफाइदाबारे पहिले पनि यहाँ र यहाँ लेखिसकेकोछु । कोही नयाँ साथिलाई ट्विटर चलाउ, यो रमाइलो र अन्य भन्दा भिन्न छ भन्ने कुरा बुझाएर ट्विटरमा टिकाइराख्न साह्रै गाह्रो छ । अरुलाई मात्र होइन, आफूले ट्विटरमा पाइला चाल्दा पनि यो अनुभव गरिएको हो, सुरुमा ट्विटर छिर्नै गाह्रो, छिरिसकेपछि पनि बुझ्नै गाह्रो, सायद सबैको अनुभव एकै किसिमको रहेकोछ । तर ट्विटरमा भिजिसकेपछि भने, उठ्दा, बस्दा, सुत्दा पनि एकपटक ‘ट्विटर’ नहेरी चित्त नबुझ्ने हुन्छ । संसारभरि नै ट्विटरलाई यसरी नै बुझिएको छ, अनि सबै प्रयोगकर्ताहरुले एकै किसिमबाट ट्विटरमा आफ्नो उपस्थिति देखाइरहेकाछन् । डिजिटल मार्केटिङ एक्सपर्ट रोहित भार्गव ले करिब ४ वर्ष पहिले ट्व