चारैतिर झिलीमिली, ठुला ठुला सपिङ मलमा मानिसहरुको रौनक काठमाडौको विशेषता भएपनि लोडसेडिङ यहाँको वर्तमान वास्तविकता हो । लोडसेडिङ भन्ने बित्तिकै अन्धकार अँध्यारो पनि होइन । जेनेरेटर, इनभरटररले अन्धकारनै त कहाँ रहन दिन्थे र यो शहरलाई ? त्यसमा पनि विज्ञापनका ठुला ठुला होर्डिङ बोर्डको चमक नै बेल्लै । “अहिले केहि बूझिन पछि कल गर्छु है” म ४ मिनेट अघि देखिको फोन वार्ता टुङग्याउँछु । साँझ झमक्कै पर्न थालिसकेको थियो । सधैँजसो व्यस्त रहने असन क्षेत्रमा झन विवाहको मौसम भएकाले किनमेल गर्नेको चहलपहल बढि नै देखिन्थ्यो, त्यसमा पनि साँझको समय । मानिसहरुको भिड उस्तै बाक्लो सजिलै संग हिड्न सकिने अवस्थै थिएन । असनको व्यस्त गल्ली हुँदै बल्ल बल्ल म न्यूरोड गेट आईपूग्छु । “मोबाइलको घडीले त ६ पो बजाइसकेछ । अब गाडि पाईने हो कि होईन फेरी आफ्नो तिर धेरैबेर सम्म गाडि पनि चल्दैन” सोच्दै म हिँडाइको गति तीव्र पार्छु । सयौँ मानिस हिँडिरहेको सडक देख्दा त्यतीबेला मेरो मनमा जगजित चित्राको “हरतरफ हरजगह बेशुमारा आदमी” बोलको गजल मात्र आइरह्यो मोबाइल हातमै थियो अनि आँखा मोबाइलमा । त्यतीनै बेला अचानक एउटी केटीसँग म नरा