क्याप्चा “क्याप्चा”को बारेमा प्राय सबैले सुनेको हुनुपर्छ, धेरैपटक क्याप्चा “टाइप” पनि गर्नु भएकोहोला ! प्राय प्रयोगकर्तालाई क्याप्चा “टाइप” गर्न गाह्रो र झन्झटिलो लाग्छ । प्रयोगकर्तालाई झन्झटिलो लागेपनि सम्भावित ‘स्पाम’ प्रतिक्रिया, अपडेट आदिबाट बच्नको लागि साइट/ब्लगमा “क्याप्चा” प्रयोग गर्ने गरिन्छ । विकीपेडियाका अनुसार क्याप्चाले प्रयोगकर्ता मानव हो कि कम्प्युटर हो भनेर बताउँछ (A CAPTCHA is a program that can tell whether its user is a human or a computer) । क्याप्चामा लेखिएको अक्षर कम्प्युटर/रोबटले बुझ्न सक्दैन, क्याप्चामा लेखिएको अक्षर मानिसले मात्र पढ्नसक्छ ! रिक्याप्चा “रिक्याप्चा” पनि क्याप्चा नै हो । क्याप्चाले जस्तै “रिक्याप्चा”ले पनि स्पामरहरुबाट साइटलाई जोगाउन सहयोग गर्छ । यसका अतिरिक्त “रिक्याप्चा”को माध्यमबाट इन्टरनेटमा साधारण तर ठूलो काम भइरहेको छ । सायद धेरैलाई थाहा नहुनसक्छ, रिक्याप्चाको माध्यमबाट हामीहरु विश्वका पुराना पत्रिका तथा कितावहरुलाई “डिजिटाइज” (डिजिटल बनाउनु) गरिरहेकाछौँ । रिक्याप्चाले साइटलाई “स्पाम”बाट जोगाउनुको साथै बर्षौँ पुराना किताब र पत्रिकाह...