नेपाली युवा फोटोग्राफरहरु को संगठन नेपालफोटोग्राफी डट ओआरजी (Nepalphotography.org) ले एनपीफोटो ( www.npfoto.com ) नामक वेवसाइट आजबाट सञ्चालन मा ल्याएकोछ । साइटलाई, नेपाली फोटोग्राफरहरु को अनलाइन फोटो ग्यालरी को रुपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ । ‘वेटा भर्सन’ को रुपमा सार्वजनिक गरिएको साइटमा हाललाई साइटका सदस्यहरुले मात्र फोटो अपलोड गर्न पाउँछन् । साइटलाई नेपाली फोटोग्राफरहरुले खिचेका उत्कृष्ट फोटोहरु को संग्रह बनाउने लक्ष्य रहेको कुरा, नेपालफोटोग्राफी डटओआरजी का एक सदस्य गौरवध्वज खड्का बताउँछन् । नेपालफोटोग्राफी ले सञ्चालन गरेको साइट ‘एनपी फोटो’ को निर्माण स्वप्निल आचार्य ले गरेका हुन् । उनका अनसार यो साइट फोटो संग्रह मात्र नभइ, नयाँ प्रतिभाहरु को आफ्नो प्रतिभा देखाउने उपयुक्त ‘प्लेटफर्म’ पनि हो । नेपाली फोटोग्राफरहरु को लागि सुनौलो अवसर तपाई फोटोग्राफी गर्नुहुन्छ भने, ‘ एनपी फोटो’ तपाई को लागि उपयुक्त ‘प्लेटफर्म’ हुनसक्छ । हाललाई निमन्त्रणाबाट मात्र प्रयोग गर्न मिल्ने यस साइटमा यहाँबाट साइनअप गर्नसक्नुहुन्छ । साइट को ‘ ग्यालरी ’ मा गएर, अहिलेसम्म अपलोड गरिएका फ