Skip to main content

Posts

Listen to Bulbul Episode-103 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

हाम्रो देशमा सँधै को गाइजात्रा छ, गाइजात्रा मनाउन ‘गाइजात्रा’ कै दिन कुर्नु पर्ने स्थिती अब छैन । देशमा सबैभन्दा बढि गाईजात्रा राजनिती मा भइरहेको छ, भन्दा अत्युक्ति नहोला । अनि राजनिती मा भएको गाइजात्राले सबै क्षेत्रलाई तहसनहस गराएको छ । लोडसेडिङ हुनु, पत्रकार कुटिनु, सर्वसाधारण लुटिनु, धारामा पानी नआउनु, देशमा विना उपलब्धि ३-३ महिना मा प्रधानमन्त्री फेरिनु,  संविधान सभाको समयलाई तन्काएको तन्काएकै गर्नु, तलब र भत्ता ले नपुगेर सभासद ले पासपोर्ट बेच्नु, थरिथरिका समूहले दिनैपिच्छे थरिथरिका माग राखि बाटो, कलेज, बजार बन्द गरिरहनु, एउटा नेताले अर्को नेताको खुट्टा तानिरहनु, पार्टि फुटाइरहनु, नयाँ दल दर्ता गरिरहनु, नेटवर्क नलाग्नु आदि इत्यादी सबै गाइजात्राहरु ३ सय ६५ दिन नै देखिरहिएको छ । यो भन्दा बढि गाइजात्रा अरु के हुन्छ होला, कुनै पनि देशमा? महंगी बढिरहनु, पेट्रोल र डिजेल को अभाव खेपिरहनु, सोर्स र फोर्समा मात्र सबै चलिरहनु, नेता ले अपराधिक संगठनलाई संरक्षण दिइरहनु, देश को सिमाना मिचिरहनु, नेतागण देश विदेश डुलिरहनु, भ्रष्टचार र कालोबजारी फस्टाइरहनु, जनताले दुख पाइरहनु, हाम्रो नियती नै ब

Dear Rulers You have been ruling us for some time now, some of you, for 5 or 10 or 15 or even 20 years now.So we want you to answer a few questions below. a) Why are 601 constituent lawmakers needed when at the end only 3 or 4 politicians decide everything for them? b) Why do you stop hydro-power companies from investing here, if you talk about hydro-power as a major export and development catalyst for Nepal? (we go 14 to 18 hours without electricity a day each winter) c) Why do you talk about democracy, when you issue “whip” to your members to only be allowed to vote along party leaders lines? d) Why do you talk about us youths as Nepal’s future, when we are clearly the “present” of the country? (82% of Nepali are under 40) e) Why do you call other countries to help and beg for aid if you don’t want any foreign interference? (30% of economy runs on aid) f) Why does Bagmati still stink when over 25 years, there are 100′s of organizations and government bodies working to

All Nepal National Independent Students Union- Revolutionary (ANNISU-R) has padlocked Kathmandu University since Thursday, 11th August. ANNISU-R padlocked Central Campus and administration office at Dhulikhel demanding to fulfill their 9-point demands. Maoist Students  have placed banners, flags and notices at Kathmandu University premises.  Don’t know, when KU will re-open again?  Photo by Gaurav Thapa

प्यासेन्जर कोइ भुस परे, धादिङे जती जम्मैले पालैपालो वाके। तीनलाई हेर्दाखेरी त ड्राइभर मस्तसँग अगाडि सिटमा बसेकोछ, स्टेरिङ् घुमाकोछ, गीत सुन्दै मोटर हुइँकाकोछ भन्ने लाग्दो हो। यहाँ मान्छेलाई कति पीर छ, तीनलाई के थाहा? हुन त म पनि केटकेटी हुँदा त्यस्तै ठान्थेँ। मोटर देखेपछी स्कुल छोडेर मोटरमा झुन्डिन जान्थें। बा-आमाले गाली गर्दा ती मेरा र मोटरका त दुश्मनै हुन की जस्तो लाग्थ्यो। हेर्दाहेर्दै स्कुल छोडियो, घर छोडियो, गाउँ छोडियो... सबै कुरा छोडियो तर केही पाइएन। पाइयो त एउटा खँलासीको जागिर। जे कुरा पनि रहर हुँदा मात्रै रमाइलो लाग्ने रहेछ, त्यही रहर काम बन्यो भने मन मर्दो रहेछ। तर के गर्नु? पढाई छैन, ईलम छैन, सिप छैन? रमाइलोको लागि बसमा झुन्डिदा झुन्डिदै आखिरमा ड्राइभर सम्म बनियो। अब ईलमले यो भन्दा अरु चाँहीं केही बनिएला जस्तो छैन। अब बन्न मन लागेको भनेको बाउ हो, तर खोइ दुइटा ज्यान पाल्न त धौ धौ भएको बेलामा कसरी धान्ने हाउ? बुढीले पनि खुब रहर गर्छे, तर भन्न सक्दिन बिचरी, मेरो ब्यथा त्यस्ले जस्तरि कल्ले बुझ्छ र? त्यसैले अब सोच्नै पर्छ, रिनधन नै गरेर भए पनि बिदेश जानु पर्‍यो। एउटा सन्तानक

लौ अचम्म...!! फोम पो लोड गर्दै रहेछन छतमा। राम्रै लगेज पाईएछ आज। 'सरले बोलाउनु भएको छ', खलाँसीले भन्यो। को-को न सर होला भनेको अघि उही क्यु लाइदिन्न भन्ने लण्ठु रहेछ। 'बर्खा मास लगेज पायौ, राम्रो भो। ल यो बील र पैसा राख' 'सर यत्रो लगेज छ, १५०० त साह्रै थोरै भयो नि' 'तेरिमासाले फोम हो यो, हल्का छ, हेर्दा मात्रै धेरै देखिएको हो, लिने भए लि नत्र म समान झारिदिन्छु' 'सर ट्राफिकले ३ ठाऊंमा मात्रै समाए भने यति पैसा सबै तिनैलाई बुझाऊँदैमा ठीक्क हुन्छ, साहुलाई के दिनु मैले? यतिमा त म लैजान्न' 'ओइ, त्यो समान झारिदे, पछाडिको गाडीमा हाल' 'सर हाम्रो लगेज बुक भाईसकेको छ, हाल्न मिल्दैन' पछाडिको ड्राइभर बाठो भैहाल्यो। 'सर समान झारिदिनुस्, मेरो समय हुन लाग्यो।' म पनि हल्का बाठो भए झैं गरें। 'ल ल भन् कतिमा लैजान्छस?' 'तँ मु**को समान त जती नै दिए नि लान्न' मनले यस्तो भन भन्यो तर भनिन, 'सर अब यत्रो समान, कति दिने आँफै बिचार गर्नुस्।' 'हेर तिमीहरुलाई अर्को पटक लगेज चाहिन्छ की चाहिंदैन? खुरुक्क भन

Listen to Bulbul Episode-102 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.c

तपाईले यदि ट्विटर को बारेमा सुन्नुभएको छ भने वा तपाई ट्विटरको नियमित प्रयोगकर्ता हुनहुन्छ भने तपाईलाई पक्कै थाहा होला, ट्विटर भनेको माइक्रोब्लगिङ साइट हो, जसले अहिले सूचना र समाचार को क्षेत्रमा नयाँ क्रान्ति ल्याइदिएको छ । ट्विटर मा ट्विट गरिन्छ, जुन तपाईका आफ्ना ‘फलोअर’हरु ले पढ्ने गर्छन् । सामाजिक सञ्जाल ट्विटर हँसिमजाक गर्ने ठाउँ भन्दा पनि, सुचना र समाचार थाहा पाउने गतिलो माध्यम बन्दै गएको छ भन्दा अत्युक्ति नहोला । तर के तपाईलाई नागरिक र कान्तिपुर दैनिक को ट्विटर को बारेमा थाहा छ ? तपाई यदि ट्विटर को नियमति प्रयोगकर्ता हुनुहुन्छ भने, नागरिक र कान्तिपुर को ट्विटर ‘एकाउन्ट’ को बारेमा गरिएको कुरा तपाईलाई रोचक लाग्ने मेरो अनुमान छ । के तपाईलाई थाहा छ, कान्तिपुर को ट्विटर एकाउन्ट को ट्विट ‘प्राइभेट’ गरिएको छ भने नागरिक दैनिक को ट्विटर एकाउन्ट ले केयौँ व्यक्तिलाई फलो गर्नबाट बञ्चित गरेको छ, या भनौँ ‘ब्लक’ गरेको छ । सुचना र समाचार को लागि म ट्विटरलाई हरदम पच्छ्याइरहेको हुन्छु । म विशेषगरि समाचार साइटलाई फलो गरिरहेको हुन्छु, अझ त्यो भन्दा बढि नेपालमा हुने गतिविधिको लागि नेपालीहरु र नेपाल

Microsoft corp.’s search engine Bing has feathered Nepal on its background, today. In photo, there is a home above the clouds. Background photo was taken at Tharepati, which lies at the Helambu trekking circuit. I’ve found one similar photo in photo sharing site Flickr. According to Flickr, Whit Richardson has taken this photo at Therapati on December 2, 2009 using a Canon PowerShot G11. In Flickr, he wrote “A lodge at sunset above the clouds on the Helambu circuit trek in Nepal. Lodge above the clouds at Tharepati at sunset along the Helambu trekking circuit, Nepal”. Whit Richardson is a full time professional photographer. Check Bing homepage today!

हेर हेर यसबेला सम्म यस्तो भुइँमा नि कस्तो सुत्न सकेको होला? पक्कै प्लास्टिक सुँघेर कि केही खाएर सुतेको हुनुपर्छ। अचेल यो बसपार्क एरियामा ट्यापे पनि कति हुन? खलाँसी हुन कि ट्यापे हुन चिन्नै सकिन्न। चोरेरै अत्त्याए बा। हुँदा हुँदा स्पेयर टायर समेत जोगाउन धौ-धौ भैसक्यो। कुन दिन इन्जिन खोलेर लाने हुन भन्ने डर छ। बसपार्क भन्नु मात्रै को छ, केही कुरोको सुरक्षा छैन। कतै पकेट मारे भनेर प्यासेन्जर रोएको देखिन्छ कतै समान चोरे भनेर ड्राइभर रोएको देखिन्छ। चाढबाढको बेलामा त पुलिस सुलिस बसेर यसो कडाइ गरे हूने नि। जसलाई जे भए पनि अन्तिममा दोष चाँहीं हामी ड्राइभरलाई आऊँछ। नेपालमा अब ड्राइभर भएर बाँच्न सकिन्न। तर कहाँ जाऊँ म, जहाँ जाऊँ भने पनि लाख रुपैयाँ साथमा नभइ कुरा चलाऊनु बेकार छ, आफु यहाँ बुढीलाई फरिया किन्न नसकेको बेलामा लाख लाख कहाँबाट ल्याउनु। बरु यसो स-सानो लगेज पाउन पाए यो तीज त उम्किन्थ्यो। न साहुलाई दिनु पर्ने, न खलाँसीलाई नै। टक्क सिट मुनी पोको लुकाएर लैदिने हो, भित्र जे सुकै होस बाल मतलब? आफु यहाँ भोकै मरियो भने हामीलाई कसले बाल दिन्छ र? तर अचेल साना लगेज पाउन नि गाह्रो भैसक्यो। संकटका