Skip to main content

Posts

Today we have came up with short Nepali experimental movie ‘Duplicity’. Duplicity, a short film directed by Lawang Tshering Bhutia was screened at the 1st Moscars Al-Hurria Film Festival, Cairo on April 13, 2011. It was first screened on August 28, 2010 at Kathmandu Barcamp 2010. Duplicity - short experimental film Genre: Short Experimental Film Studio: Diyaalo Technologies Release date: 28 August 2010 Starring: Swapnil Acharya, Tushar Neupaney, Gaurav Dhwaj Khadka Directed by: Lawang Tshering Bhutia Plot outline: Duplicity is the story of a regular office guy who has a hard time making peace with himself. The film is more about images and allegory than about real life situations. It is primarily based on a short sequence of grotesque events that take place in a surreal world. Watch Short Experimental Film : Duplicity Duplicity - short experimental film The crew is currently working on other short films such as Strings, Khushi and The Taste

एकाएक नेपथ्यबाट घद्रयाक-घुद्रुक को आवाज आयो। दुई ठुल्ठुला भित्तो विचको सानो अंध्यारो गल्लिबाट रन्थनिदै एउटा ठिटो निस्क्यो- मानौ कुनै मन्द मादक पदार्थ खाएको मानिस हो। आगाडी पनि भित्तो नै थियो, अग्लो न अग्लो र दायाँ-बाँया सुनसान भत्केका बाटाहरु। उ किन त्यति लामो समय त्यो अन्धकारमा बसेको रैछ कुन्नि बाहिर निस्किएर त रिसले चुर-चुर भएर बौलाहा जस्तो यता उता हेर्न थाल्यो। गल्लिको उता सम्म गयो अनि फेरी गल्लिको यता सम्म आयो मानौ कसैलाई खोजिरहेको जस्तो। यति त छर्लंग थियो उसको भाव-भंगीबाट कि उ उग्र आवेगमा छ। तर बाटाहरु,   सिर्फ सडक सुरक्षा गर्न बसेका भुस्याहा कुकुरको भौं भौं बाट गुन्जायमान मात्र भयो । उसको सुन्ने कोहि थिएन- निर्जन सडकले भौं भौं रटी रह्यो। अनि त त्यो झन् स्या-स्या सु-सु गर्दै लामो लामो सास लिंदै, त्यसै च्याँठिदै, आक्रोसमा आफ्नै हात झट्कार्दै, खुट्टाले यता उता डाङ्डाङ् डुङडुङ गर्न लाग्यो! उ आवेग सहन नसकेर हो कि कुन्नि के हो, त्यसै त्यसै चिच्याउदै 'मलाई चिनिनस, मलाई चिनिनस' भन्दै यता उता हेर्दै भौतारिदै कराउन थाल्यो। प्रतिउत्तरमा सिर्फ कुकुरे भुकाईहरुले कोलाहल गर्न थाल्यो।

Listen to Bulbul Episode-90 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुल एउटा इरानी चरा हो । रात्रीको समयमा गाउँदै हिंड्‍ने यो चरा गजलको प्रतीक मानिन्छ । इरानदेखि नेपाल सम्मको यात्रा गरेकी बुलबुल, नेपालका लागि नौलो हैन । यो सर्वव्यापी छ । गजलका रागहरु जहाँ जहाँ अलापिन्छन्, त्यहीं त्यहीं यसको उपस्थिति रहन्छ । प्रेम, विरह, उत्साह, उमंग अनि थुप्रै मनका संवेगहरु बुलबुलले समेट्‍छ । बुलबुल सुन्न थालेपछि हामी सबै एउटा समूहमा समेटिन्छौं र बुलबुल भित्र आफैंले आफ्‍नो नाम दिन्छौं - बुलबुललियन । हामी यहाँ एकाकार भएर लाग्छौं, गजलको भावनात्मक सहवासमा । " एउटा प्रेमको बिरुवा हामी रोप्छौं.....युग युग सम्म लगाएर यो प्रीतलाई अमर गर्छौँ।" Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.co

फेसबुक मा ‘डिसलाईक’ बटन ‘इनेबल’ गर्नुस् अर्थात "Enable Dislike Button"  भन्ने म्यासेज ‘वाल’हरुमा फैलिरहेको छ । फेसबुक चलाउँदा, कसैलाई ‘डिसलाइक’ गरिदिउँ झैँ लाग्दो हो, कसैको स्टाटस, लिङक, फोटो वा भिडियो मा डिसलाइक गर्न पाए हुन्थ्यो भन्ने लाग्दो हो । तर ‘डिसलाइक बटन’ भन्ने बित्तिकै ‘क्लिक’ नगर्नुहोला, किनकी अहिले सम्म फेसबुकमा ‘डिसलाइक’ बटन आएको छैन है । सेक्युरिटि एक्सपर्ट ‘ सोफोज ’ ब्लग ले ‘डिसलाइक बटन’ को म्यासेज फेसबुक मा तिव्र रुपमा फैलिरहेको जनाएको छ । सोफोज का अनुसार निम्नानुसार को म्यासेज फेसबुक मा फैलिरहेको छ । Facebook now has a dislike button! Click 'Enable Dislike Button' to turn on the new feature! फेसबुक मा ‘डिसलाईक’ बटन ‘क्लिके’ पछि, तपाई अर्को पेज मा पुग्नुहुन्छ तर त्यतिबेला सम्म तपाईका दर्जनौँ साथीहरु को ‘वाल’ मा अटोमेटिक रुपमा उक्त म्यासेज ‘पोष्ट’ हुन्छ । ‘वाल’ मा ‘म्यासेज’ पोष्ट हुनु को साथै, एकाउन्ट ह्याक हुने, भाइरस लाग्न सक्ने सम्भावना पनि रहन्छ भनेर, सोफोज ले जनाएको छ । याद गरिराख्नुस् अहिले सम्म फेसबुक ले, आधिकारिक रुपमा ‘डिसल

कुनै दुःखद अन्त्य बोकेको सीनेमाको प्लटझैं चन्द्र गुरुङको जीवन कथा ‘सिक्लेसको ठिटो’ शुरु हुन्छ– ताप्लेजुङको घुन्सा दुर्घटनाको घटनासँगै । २०६३ को घटस्थापनामा पूर्वी नेपालस्थित ताप्लेजुङ जिल्लाको घुन्सामा गाउँ नजिकैको एउटा पहाडमा ठोक्किएर हेलिकप्टर दुर्घटना हुँदा नेपाल र विश्वकै संरक्षण क्षेत्रका हस्तीहरुको निधन भएको थियो । जसमध्येकै एक चन्द्र गुरुङ पनि थिए । उनै गुरुङ्ग ‘सिक्लेसको ठिटो’ का पात्र हुन् । जसको जीवनी ‘फ्यासब्याकमा’ पुस्तकमा अघि बढ्छ । मूल अंग्रेजीमा लेखिएको मञ्जुश्री थापाको अंग्रेजी पुस्तक ‘अ ब्वाय फ्रम सिक्लेस’ को नेपाली अनुवादको रुपमा ‘सिक्लेसको ठिटो’ आइतबार काठमाडौंमा सार्वजनिक गरिएको हो  । भृकुटीमण्डपमा चलिरहेको पन्ध्रौं नेपाल शैक्षिक तथा पुस्तक प्रदर्शनीको अवसर पारेर हिमाल किताबद्वारा बजारमा ल्याइएको उक्त पुस्तकलाई पत्रकार दीपक अधिकारीले अनुवाद गरेका हुन् । फिचर लेखनमा आफ्नो बेग्लै छवि स्थापित गरिसकेका अधिकारीले यस पुस्तकमार्फत आफूलाई पुनः एकपटक अब्बल सावित गरेका छन् । मैले पढेका धेरै अनुवादीत पुस्तकहरुमध्ये कमै उत्कृष्ठमा सिक्लेसको ठिटो पनि पर्छ । संरक्षणविद तीर्थबहा

‘Gateway to the Himalayas’ is one of the oldest documentary about Nepal. Black and white video documentary of 1954 points out different cultural and traditional aspects of lifestyle in then Himalayan kingdom. Watch Documentary :  Gateway To The Himalayas Gateway To The Himalayas Hope you will Enjoy this rare video.

जेठ १ अर्थात 'मे १५' देखि नेपाल मा राष्ट्रिय जनगणना सुरु भएको छ । राष्ट्रिय जनगणना को लागि देशभरि साढे आठहजार सुपरिवेक्षक खटाइएका छन् । सुपरिवेक्षकले जेठ १८ गतेसम्ममा प्रत्येक घरपरिवारको मुली, पुरुष र महिलाको तथ्याङ्क संकलन गर्नेछन् ।असार ३ देखि १३ गते हुने  अन्तिम चरणको  यस जनगणना मा २ करोड ८० लाख ४३ हजारभन्दा बढी जनसंख्या हुने अनुमान गरिएको छ । पहिलो राष्ट्रिय जनगणना  सय वर्ष पहिले१९६८ सालमा भएको थियो । दश-दश वर्ष मा गरिने जनगणनामा मा विभिन्न विषय र क्षेत्रका बारेमा तथ्यांक लिने काम गरिन्छ । 'कोही नछुटौँ, कोही नदोहरिउँ' भन्ने नारा सहित सुरु गरिएको जनगणनामा हरेक व्यक्तिको नाम, थर, जात/जाति, लिङ्ग, उमेर, शिक्षा, पेशा लगायतको विवरण, छ महिनाभन्दा बढी समय बसोबास गर्ने स्थानबाट लिइने छ । विदेशमा रहेका परिवारको सदस्यको पूर्ण विवरण, जानुको कारण, गएको देशसमेत उल्लेख गरिनेछ । त्यसैगरी घरको बनोट, पक्की/कच्ची, क्षेत्रफल, छानोको किसिम, घरपालुवा पशु र पंक्षीसमेत उल्लेख गरिने छ, भनेर कान्तिपुर ले उल्लेख गरेको छ । पहिले पहिले को जनगणना मा घरमा रेडियो छ कि छैन भनेर सोधिन्थ्यो रे,

'इन्टरनेट स्वतन्त्रता' को नाम मा इन्टरनेटमा 'पे व्याक अपरेसन' गर्दै आएको 'अज्ञात' अर्थात 'Anonymous Operations' नामक समूहले आज नेपाल सरकार को आधिकारिक वेवसाइट  http://www.nepalgov.gov.np/  लाई हमला गरेर 'डाउन' गराइदिएको छ । ट्विटर मा एक ट्विट मार्फत 'Anonymous Operations' नामक अज्ञात समूहले नेपाल सरकारको साइट डाउन गरेको बताएको छ । ट्विट मा भनिएको छ : " #OpEverest : http://www.nepalgov.gov.np/ seems to be DOWN! We are #Anonymous . Expect us! more info: ::: https://pastee.org/skq59 #Nepal " राजनितिक अस्थिरता, बढ्दो अपराधिक कृयाकलाप, इन्टरनेमा गरिएको सेन्सरसिप आदि विभिन्न कारण देखाउँदै 'अज्ञात' समूहले एक विज्ञप्ति मार्फत नेपाल सरकारलाई सम्बन्धित विषयहरुमा ध्यानाकर्षण गराउन साइट डाउन गराइएको उल्लेख छ । राजनितिक दलहरु प्रति आक्रमक देखिएको अज्ञात समूहले माग पुरा नभए, नेपाली राजनितिक दलहरुको साइट पनि 'डाउन' गराइने कुरा उल्लेख गरेको छ । इन्टरनेटमा बाँडिएको 'अज्ञात' को विज्ञप्ति यस प्रकार छ : EXPECT US.

अहिले नगरे कहिले ? हामीले नगरे कसले ? भन्ने कुरालाई मध्यनजर गर्दै आज युवाहरुले संविधान सभा भवन अगाडि धर्ना दिने भएका छन् । Come on "YOUTH" ....."STAND UP".......!! नामक फेसबुक ‘इभेन्ट’ मार्फत  जम्मा भएका युवाहरुले संविधान बनाउन दवाव दिने उद्देश्यले संविधान सभा भवन अगाडि  आज (शनिबार) बिहान ८ बजे देखि धर्ना दिने भएका हुन् । राजनितिक दल का नेताहरु का भाषण बाट वाक्क र दिक्क भएका युवाहरुले, आफ्नो देश बनाउन युवाहरु नै अघि सर्नुपर्छ र युवाहरु जागरुक हुनुपर्छ भन्दै, केही महिना अघि फेसबुक मा अभियान सुरु गरेका थिए । यसअघि अघिल्लो शनिवार ‘नेपाल युनाइट्स’ नाम को फेसबुक पेज मार्फत चार-पाँच सय युवा माइतिघर मा भेला भएका थिए । आज को कार्यक्रम को लागि मेरो उपस्थिति छ भनेर फेसबुकमा जनाउने को सङ्ख्या नौ हजार नाघिसकेको छ र यो अझै बढ्दो क्रम मा रहेको छ । फेसबुक मा कार्यक्रम को बारेमा यस्तो लेखिएको छ : Lets come together on 14th of May at Constituent Assembly Building for a silent protest against the government and all the so called leaders....lets make them aware how much

Listen to Bulbul Episode-89 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री  गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download Bulbul : Episode-89