Skip to main content

Posts

ओवामा र ओसामा उच्चारण उस्तै उस्तै ! झन् अंग्रेजीमा लेख्ने हो भने त एउटा अक्षर B र S को मात्र फरक हो । O b ama र O s ama . नेपाली समय अनुसार हिजो बिहान टेलिभिजन सम्बोधन मार्फत, “ओवामा ले ओसामा मारिएको जानकारी दिए” । यस सँगै मिडियाले ‘सनसनिपुर्ण’ खबर पाए, प्रकाशन र प्रशारण गर्न को लागि । खबर ‘ब्रेक’ गर्ने को लहरै चल्यो तर त्यही खबर चाँडो गर्ने लालसामा ‘बिबिसी’ देखि ‘फक्स न्युज’ सम्म ले S को सट्टा B राखेर समाचार प्रकाशन प्रशारण गरे । अर्थात उनीहरुले प्रशारण गरे, “ओवामा मारिए” (Obama is dead). अमेरिकी राष्ट्रपति वाराक ओवामा र आतंकवादी संगठन अलकायदा का प्रमुख ओसामा विन लादेन । एउटा को थर प्रख्यात छ भने अर्को को  नाम अर्थात, ओवामा र ओसामा । खबर प्रशारण र प्रकाशन गर्ने ले ‘ओवामा’ को टेलिभिजन सम्बोधन हेरेर ‘न्युज ब्रेक’ गरेका थिए, टिभि, ट्विटर र वेवसाइटहरुमा । ‘ओवामा’ भन्दै थिए, ‘ओसामा मारिए’ तर खबर छिटो छिटो दिने होड मा, संसार कै प्रख्यात मिडियाहरुले प्रकाशन/प्रशारण गरे, “ओवामा मारिए” । एक पटक सानो ‘रिभ्यु’ गर्दा, यी गल्तिहरु नहुने सम्भावना धेरै थिए तर उनीहरु ले प्रकाशन/प्रशारण गर्ने हता

इक्वेल एक्सस नेपाल को पहलमा नेपाल मा सम्भवत पहिलोपटक ‘विश्व ब्लगर दिवस’ मनाइयो । कार्यक्रममा आधिकारिक रुपमा नागरिक पत्रकारिता को साइट अर्थात ‘सिटिजन जर्नालिजम’ को साइट “ मेरो रिपोर्ट ” सार्वजनिकीकरण गरियो । सुकर्म को साङ्गीतिक प्रस्तुती सँगै साँझ ६ बजे सुरु भएको कार्यक्रम मा  राष्ट्रिय सुचना आयोगका प्रमुख आयुक्त बिनय कुमार कसजु ले “नयाँ अनलाइन मिडिया र मिडिया सेक्युरिटी” को बारेमा धारणा राख्नु भएको थियो । पत्रकार, ब्लगर आदि को उपस्थितिमा सम्पन्न कार्यक्रम मा विनय कुमार कसजुले मेरो रिपोर्ट को “अफिसियल लन्च” गर्नु भएको थियो । कार्यक्रम मा आफूले पनि आफ्नो ब्लगिङ अनुभव सबैको सामु राखेको थिँए । वक्ता को रुपमा बोल्दै, आफूले ब्लगिङ कहिले सुरु गरेँ र कसरी गरेँ भनेको थिँए । (ब्लग कहाँ बाट कसरी सुरु गरेँ भनेर कुनै दिन लेखौँला) (सिटिजन जर्नालिजम र मेरो रिपोर्ट को बारे, चाँडै लेख्नेछु, आज चाँही धेरै थाकिएकोले, धेरै लेख्न सकिएन ! अन्य फोटोहरू केही पछि अपलोड गर्नेछु ।) फोटोहरु: मेरोरिपोर्ट बाट

“बोलाउँ भने तिमीलाई बात लाग्ने डर, नबोलाउँ त तिम्रो प्रित को पाप लाग्ने डर…” बद्रि दुर्गा खरेल को आवाज मा रहेको कर्णप्रिय गित, धुलिखेल देखि काठमाडौँ सम्म, मोबाइल को हेडसेट मार्फत निरन्तर कान मा गुन्जिरह्यो । तिम्रो कुरा र तिम्रो सम्झनाले मात्र हैन मलाई त गित ले पनि एकोहोरो बनाइदिन्छ, अनि त्यही गित भित्रै कै शब्द र संगितहरु बिच कहीलेकाँही अनायासै तिमीलाई खोज्न पुग्छु । तिमीलाई सम्बोधन गरेर लेखिएको पछिल्लो पोष्ट मा धेरै प्रतिक्रिया पाएँ, अनि सबैले ‘मानुषी’ नाम भएकाहरु सँग मेरा नाम जोडिदिएछन् । संसार अचम्म को छ है, नसोचेको कुरा भइदिन्छ, अनि नसोचेको स्थिति बाट पनि गुज्रिनु पर्छ । हुन त मेरो नाम, उहिले सानो मा ‘एल के जी’ पढ्दा देखि नै एउटी सँग जोडिदिएका थिए, साथीहरु ले । स्कुल सँगै गइन्थ्यो, त्यही भएर पनि, नाम जोडेर जिस्क्याउँथे । अलि ठूलो भएर, अर्को स्कुल जान थालियो, त्यहाँ पनि नाम जोडेर, मलाई बिल्ला हान्ने साथीहरु को कमी थिएन । अंग्रेजी मा पढ्नु पर्ने, पहिलो पाठ देखि नै, सर आफैँले जोडी बनाइदिएपछि, केटाहरु ले नाम जोड्नु पनि स्वाभाविक नै थियो, अहँ तर मैले त्यस्ता कुराहरुलाई खासै महत्व दिइ

Listen to Bulbul Episode-87 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download Bulbul : Episode-87

१) क्राइष्टलाई झैँ काँटी ठोकी, महान बनाइदिउँ झैँ लाग्ने ! हुसेनलाई झैँ पासो लगाई, अमर बनाइदिउँ झैँ लाग्ने ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा । २) मर्नै नपरी यिनेर्लेनै, फुत्तै बैतर्नी तार्लान जस्ता । खेल्न मागे बालकहेर्ले, तारै ऐले झार्लान् जस्ता ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा ।   ३) दक्षिण तिर बगाएर, उत्तर तिर खोजौँ लाग्ने ! दुई चार झापड पड्काएर, दुख्यो !!?? भनि सोधौँ लाग्ने ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा ।   ४) मति भर्ने महात्मा भए, उनैको सामु थुपार्नु हुन्थ्यो ! कोपार्नु सम्म कोपार्नु हुन्थ्यो, अनि चिउँडै सम्म लोपार्नु हुन्थ्यो ! यस्तै यस्तै महान आत्माहरुको, बास छ एउटा सभामा ! अश्लिलता नै लजाउने, रास छ एउटा सभामा ।   ~ घिमिरे सुनिल Image: stanacosmin

Internationally renowned popular Indian guru,spiritual figure and educator  ‘Satya Sai Baba’ passed away this morning at 7:40am (IST) at hospital according to Aaj Tak . The 84 year old guru Sai Baba died following heart and respiratory problems. He was admitted to hospital at Prashantigram at Puttaparthi on March 28, 2011. Officials and Doctors who was involved in the treatment of Sai Baba has confirmed his death this morning. Hospital had not published any Medical Bulletin since yesterday. Satya Sai Baba counts former Indian prime ministers, prominent businessmen and cricketers among his followers, many of whom consider him a living god. Aaj Tak reported, Guru’s body will be kept for two days for offering the last tribute. RIP Sai Baba. Image via: srisathyasaibaba

ट्विटर चलाउने नेपालीहरुको एक समूहले आज काठमाडौँ बसुन्धारा मा रहेको पवित्र समाज सेवालाई सहयोग गरेको छ । दीक्षा चापागाईँ व्दारा सञ्चालित पवित्र समाज सेवालाई ‘Tweet For Cause Nepal’ नामक नेपाली युवाहरुको ट्विटर समूहले करिब पन्ध्र हजार बराबर को आर्थिक सहयोग गरेको हो । समूहले चिनी, चिउरा, तेल, जुत्ता चप्पल, स्टेशनरी सामान, भाँडाकुँडा आदि विभिन्न कुराहरु उक्त अनाथालयलाई सहयोग गरेको थियो । पवित्र समाज सेवामा बिस जना साना बालबालिकाहरु आश्रित रहेका छन् ।  विगत ६ वर्ष देखि दिक्षा चापागाईले पवित्र सेवा समाज चलाइरहनु भएको छ । आजको कार्यक्रममा १५ जना नेपाली ट्विटर प्रयोगकर्ताहरु को उपस्थिति थियो ।  ट्विटरमा रम्ने नेपाली युवाहरुको समुह ले “ट्विटर बाट समाजसेवा गरौँ” भन्ने अभियान केही महिना अघि देखि सुरु गरेका थिए ।  माइक्रो ब्लगिङ साईट ट्विटर बाट सम्भवत पहिलो पटक नेपाल मा यस्तो अभियान गरिएको हो । ट्विटर मार्फत ‘बारक्याम्प’ जस्ता कार्यक्रमहरु पहिले पनि काठमाडौँ आयोजना गरिसकेको भएपनि, यसरी प्रत्यक्ष समाज सेवा गरेको भने पहिलो पटक नै हो । नेपाली युवाहरु विच लोकप्रिय हुँदै गएको माइक्रो ब्लगिङ साइट ट्

एकादेशको कुरा थियो, म बिहानै कान्तिपुर पत्रिका कुरेर बस्थे, जस्मा मैले एउटा छुट्टै सुगन्ध भेट्थे र पढ्दा छुट्टै आनन्द आउथ्यो। अनि आजभोलिको कुरा छ, मलाई कान्तिपुर हेर्न नपरे हुन्थ्यो जस्तो लाग्छ, तर पनि सबैले कान्तिपुरमा यो छाप्यो र त्यो छाप्यो भन्ने भएर हेर्न बाध्य हुन्छु। श्रृखलाबद्ध रुपमा जब कुनै नाम चलेको सबैले रुचाएको राष्ट्रिय दैनिकमा गलत समाचार, पहिलो हुने होडमा अफवाहहरु छापिन थाल्छन भने एउटा माया गर्ने पाठकको नाताले केहि कुरा भन्न मन लागेको छ। आफ्नो साहुको भलोको लागि जब समाचार छाप्न थालिन्छ, लाख लाख मानिसको जिवनसँग खेलवाड गर्ने गरि जुसको व्यापार हुदाँ विज्ञापनको लागि कलम बन्द गरिन्छ भने पाठकको हिसाबमा न्यास्रो लाग्नु स्वाभाविक हो भन्छु म। पहिलो हुने निहुँमा सैनिक कु को अफवाहमा जनतामा आतङ्क फैलाउने काम हुन्छ भने खवरदारि गर्नु कर्तव्य ठान्छु म। पुराना गल्तिबाट हामि सबैले पाठ सिक्नु पर्छ; चाहे त्यो जो सुकै होस् यो कुरामा यो र उ भन्ने गुन्जायस हुनु हुदैन भन्ने मलाई लाग्छ। पुराना कुरा कोट्टाएर कोहिलाई फाईदा हुँदैन। अब कुरा गरौँ भर्खर इन्टरनेट र छापामा छाएका तपाईका कुराहरु। सुरु

Listen to Bulbul Episode-86 शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download Bulbul : Episode-86

कुरो सुरु भयो, साता को ट्विटस् भन्दै, कान्तिपुर को साप्ताहिक परिशिष्टाङ्क हेल्लो शुक्रबार मा छापिने ट्विट बाट । त्यसपछि सुरु भयो ट्विटरमा झगडा, व्यक्तिगत तवर मै उत्रिएर । मेरो मान्यता "पब्लिक ट्विटहरु पत्रिकामा छाप्न पाइन्छ" भन्ने थियो र यही नै रहेको छ । तर कसैको व्यक्तिगत कुराकानी वा कसैको व्यक्तिगत जिवनलाई असर पार्ने किसिम को ट्विटहरु भने पत्रिका ले छाप्नु हुँदैन भन्ने मेरो धारण थियो र छ पनि । फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालहरुमा प्रयोगकर्ताहरु ले आफ्ना विभिन्न भाव र मनोदशा पोखिरहेका हुन्छन् । कोही जिस्किरहेका हुन्छन् त, कोही आफ्ना 'फ्रस्ट्रेसन' निकालिरहेकाहुन्छन् । मानविय स्वभाव नै त्यस्तै हुन्छ कि, उ आफ्ना मनोभावहरु छताछुल्ल पारेर, आफू हल्का हुन चाहन्छ । हिजो आज मानिसहरु डायरी, ब्लग, फेसबुक हुँदै ट्विटरमा आफ्ना कुराहरु पोखेर आफूलाई 'स्ट्रेस'रहित बनाउन चाहन्छन् । एकैछिन हाँस्न पाइन्छ भनेर पनि कतिपय नेपाली ट्विट प्रयोगकर्ताहरु ट्विटरमा छिरिरहेकाछन् । साँच्चै भन्दा नेपाली जमात मा ट्विटर पब्लिक च्याट गर्ने थलो को रुपमा परिणत हुँदै गएको छ, जहाँ समान्य