Skip to main content

Posts

देशमा गणतन्त्र आयो भन्दै, देशकै प्रतिनिधित्व गर्ने झण्डा पनि फेर्न उनीहरु पछि परेनन् । झण्डा जसरी व्याख्या गरे पनि मिल्ने रहेछ । झण्डा फेर्नुपर्छ भन्नेहरु ले पनि, झण्डा को विपक्ष मा निकै खोट देखाए । उनीहरुले झण्डा को आकार देखि रुप र रङ्ग अनि झण्डा मा भएका चिन्हहरु मा समेत खोट पाए । झण्डा मा रातो, सेतो र निलो रङ्ग को व्याख्या आफ्नो अनुकल गरिदिए अनि झण्डा मा भएका चिन्हहरु सूर्य र चन्द्र मा को सम्बन्धमा पहिले रहेको व्याख्यालाई पनि अतिरञ्जित बनाएर, झण्डा प्रति वितृष्णा फैलाउने व्याख्या गरिदिए । महिनौ को झगडा र अडान अनि बार्गेनिङ हुँदै मुलत काम्रेडहरु राष्ट्रिय झण्डालाई यथावत नै राखिने सहमति मा पुगे । राष्ट्रिय झण्डा यथावत हुने भएपनि, झण्डामा प्रयुक्त भएका र, रुप र चिन्ह को नयाँ व्याख्या गरिने भएको छ । नयाँ व्याख्या त गरिने भएको छ तर कसको व्याख्या मान्ने मा भने अझै झगडा होला भन्ने अनुमान छ । अब काम्रेडहरु भन्लान हाम्रो व्याख्या मान्नुपर्छ, उता कांग्रेसीहरु हाम्रो व्याख्या मान्नुपर्छ भन्लान, कमल थापाहरु पनि व्याख्या मा आफ्नो हिसाब खोज्न आउलान् । ‘काम कुरो एकातिर, कुम्लो बोकी ठिमी तिर’ भन

Listen to 7th episode of Aadha Bato by Krishna Dharabasi. श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –7

केही दिन अघि, नेपाल को ‘आइटि’ क्षेत्र को अवस्था तथा यसले भोग्नुपरेका समस्या र समाधान अनि ‘आइटि’ को भविष्य र यसले देशको अर्थतन्त्र मा पार्ने प्रभाव बारे छलफल गर्न वनेपा को आइटि पार्क मा ‘बिबिसि वर्ल्ड ट्रष्ट’ को निर्माण मा बिबिसि रेडियो तथा कान्तिपुर टिभि ले ‘साझा सवाल’ नामक कार्यक्रम को आयोजना गरेको थियो । एक समयमा स्वर्गिय इन्द्र लोहनी ले चलाउने ‘बहस’ कार्यक्रम खुबै मन पर्थ्यो भने अहिले नारायण श्रेष्ठ ले सञ्चालन गर्ने ‘साझा सवाल’ कार्यक्रम उत्कृष्ट लाग्छ । आदरणिय दाजु, पत्रकार तथा साझा सवाल उत्पादन टिम का सदस्य दिपक भट्टराई को आग्रह स्विकार्दै कार्यक्रम मा सहभागी को रुपमा केही साथीहरु सहित आफूले उपस्थिति जनाइएको थियो । साझा सवाल प्राय: नियमित सुनिने र मन पर्ने कार्यक्रम भएपनि आफ्नो उपस्थिति भने पहिलो पटक थियो । करिब २ घन्टा को छलफल एकैछिन मा सकिएको झैँ भान भएको कार्यक्रम मा सहभागीहरु ले पर्याप्त समय भने नपाएको झैँ लाग्यो । कार्यक्रम को छलफल को केन्दविन्दु ‘आइटि’ भएको र सञ्चालन पनि आइटि पार्क मा आयोजना गरिएको ले, कार्यक्रम आइटि पार्क सँग पनि सम्बन्धित हुनुपर्छ भन्ने धारणा थियो । तर आ

Listen to Bulbul Episode-72 [January 12,2011]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-72 [January 12,2011]

If you want to understand today, you have to search yesterday.  ~ Pearl Buck पर्ल बक ले भनेझैँ, आजलाई बुझ्न इतिहास खोज्नु पर्ने हुन्छ ! तर हामी यस्तो कालखण्ड मा आइपुगेका छौँ कि जहाँ हामी इतिहासलाई लत्याउँदैछौँ । हामी इतिहास का विर विरंगनाहरु ले बगाएको रगत र पसिना को अवमुल्यन गर्दैछौँ । तत्कालिन समय मा सही ठहरिएका र ठहराइएका कदमहरुलाई हामी अहिले ईतिहास को कालो धब्बा भनेर, हाम्रा पुर्खाहरुलाई तथानाम गाली गरिरहेका छौँ । उनीहरु को योगदान को कदर हामीले खै, गरेको ? आज पुष २७ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस  तर हामी आज आएर उनै राष्ट्रनिर्मातालाई दोषी ठहर्याइरहेका छौँ । अनि यो ‘एकता’ भन्ने शब्दै मात्र पनि हामीलाई कुन चरा को नाम हो भन्ने भइसक्यो ! राजतन्त्र फ्याँकेर मुलुक लोकतन्त्र हुँदै गणतन्त्र मा प्रवेश गर्यो । अघिल्लो वर्ष सम्म ‘एकता दिवस’, ‘पृथ्वी जयन्ती’ मनाइरहेकालाई, पछिल्लो वर्ष देखि पृथ्वी जयन्ती मनाउनु भनेको, महापाप हो भन्ने झैँ लाग्यो । पृथ्वी जयन्ती कै दिन एकता दिवस मनाइएको पनि, उनीहरुलाई चित्त बुझेन, कारण पृथ्वीनारायण शाह शाहवंशिय राजा थिए, अनि अहिले देशमा गणतन्त्र आएर रा

मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला ले फेसबुक, ट्विटर र ब्लग मा निकै चर्चा पाइरहेको छ । तर विश्वस्त हुनुहोस् यो हल्ला मात्र हो । हल्ला कसरी सुरु भयो र कसले चलायो त्यो त थाहा छैन, तर पनि तपाई ढुक्क हुनुहोस् कि, यो हल्ला मात्र हो । झुटो खबर छापेर, सनसनी मच्चाउने केही साइटहरुमा मार्च १५ देखि फेसबुक बन्द हुने हल्ला को खबर प्रमुखता का साथ छापिएको छ । ती भ्रम छर्ने साइटहरु ले लेखेका छन् “मार्क जुकरवर्ग ले फेसबुक बन्द गर्ने घोषणा गरेका छन्” । ती साइटहरुले मार्क जुकरवर्ग को हवाला दिँदै, जुकरवर्ग ले “आफूले फेसबुक सम्हाल्न नसकेको र, आफूलाई धेरै टेन्सन भएको” बताए भनेर, समाचार लेखेको छ । ती समाचारहरु मा, फेसबुक का विभिन्न पदाधिकारीहरु ले भनेको भनाइ भन्दै, “फेसबुक मार्च १५ देखि बन्द हुने हुँदा, आफ्ना सम्पुर्ण फोटोहरु डाउनलोड गर्न सुझाएका छन्” भनेर लेखेको छ । साइटहरुले लेखेका छन्, “मलाई पैसा को अब आवश्यकता छैन, म आफ्नै पुरानो जिवन मा फर्कन चाहन्छु भनेर, मार्क जुकरवर्ग ले भने । “विश्वास गर्नुस् फेसबुक बन्द हुँदैन !” फेसबुक मा अधिकांश साथीहरुले त्यही झुटा खबरका लिंकहरु सेयर गरिरहनु भए

काठमाडौँ भ्याली क्याम्पस रजत महोत्सव तथा १९ औँ ‘केयु डे’ आज एक समारोह का बिच काठमाडौँ विश्वविद्यालय धुलिखेल मा भव्य सँग मनाइयो । काठमाडौँ विश्वविद्याल को आधार स्तम्भ भएर रहेको ‘काठमाडौँ भ्याली क्याम्पस’ को स्थापना को २५ औँ वर्ष पुगेको उपलक्ष्य मा कार्यक्रम आयोजना गरिएको हो । वर्षेनी ‘केयु डे’ मनाउँदै आएपनि, भ्याली क्याम्पस र ‘केयु डे’ एकैसाथ मनाइएको सम्भवत यो पहिलो पटक हो । सन् १९८५ मा काठमाडौँ भ्याली क्याम्पस को नाम मा स्थापना भएको क्याम्पस को बृहत स्वरुप नै आज को काठमाडौँ विश्वविद्यालय हो । ’नेतृ्त्व का लागि गुणस्तरिय शिक्षा’ अर्थात “Quality Education For Leadership” भन्ने लक्ष्य सहित २५ वर्ष पहिले काठमाडौँ भ्याली क्याम्पस को स्थापना भएको थियो । डा. सुरेशराज शर्मा, डा. भद्रमान तुलाधार, डा. सिताराम अधिकारी आदि लगायत को समूह ले तत्कालिन समय मा गुणस्तरिय शिक्षा प्रदान गर्ने हेतु ले, काठमाडौँ भ्याली क्याम्पस को स्थापना गरेका थिए । टियु को सम्बन्धन लिएर ‘इन्स्टिच्युट अफ ईन्जिनियरङ’ कै भवनबाट आफ्नो कक्षा सुरु गरेको काठमाडौँ भ्याली क्याम्पस स्थापना को ५-६ वर्ष पछि नै काठमाडौँ विश्वविद्याल

Listen to 6th episode of Aadha Bato by Krishna Dharabasi. श्रुतिसंवेग मा हामी ले कृष्ण धरावासी को उपन्यास “आधा बाटो” लिएर आएका छौ | आफ्ना जिवन भोगाइ का यथार्थलाई जोडेर तयार पारिएको उपन्यास ‘आधा बाटो’ कृष्ण धरावासी को आत्मकथा को रुपमा रहेको छ । “राधा” जस्तो सफल उपन्यास लेखिसकेका धरावासी को यो पछिल्लो उपन्यास मा आफ्ना बाल्यकाल देखि हाल को अवस्था सम्म को कुराहरु समेटेर लेखिएको कारण उपन्यासलाई धरावासी ले ‘आधा बाटो’ भन्न रुचाएका छन् । आफूले देखे सुनेको स्थान, नाम आदि का कारण यो उपन्यास पढ्ने तथा सुन्नेहरुलाई आफ्नै कथा जस्तो पनि लाग्न सक्छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download : Krishna Dharabasi’s ‘Aadha Bato’ Episode –6

Listen to Bulbul Episode-71 [January 05,2011]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-71 [January 05,2011]

'लाँक्रे' जुलुस, बन्द, चक्काजाम , झडप र कर्फ्यु  हुँदै आज आएर यसवर्षलाई आजदेखि उखु किसान को आन्दोलन सकिएको छ । सोमबार राजधानीमा प्रधानमन्त्री माधवकुमार नेपालसहितको वार्तामा उखुको न्यूनतम मूल्य प्रतिक्विन्टल "४ सय १" रुपैयाँ कायम गर्ने सहमति भएपछि आन्दोलन टुंगिएको हो । पोहोर को दाँजो मा, यो पनि अझै  प्रतिक्विन्टल २० रुपैँया कमी हो । “लातोँ का भूत बातोँ से नहिँ मान्ता” भन्ने कुरा यहाँ एकपटक फेरि सिद्ध भएको छ । कुरो हो, उखुको मुल्य बढाउन माग गर्दै किसान ले चर्काएको आन्दोलनको । उखुको मुल्य निर्धारण गर्न, उखु का लाँक्रा सहित को जुलुस गर्दा, मर्का सुनिदिने कोही भएनन् तर जब बजार र यातायात बन्द गरे, तत्काल उखुको मुल्य मा सहमती भो । म बन्दलाई बढावा दिइरहेको त छैन तर हाम्रो मा,  जायज मागलाई बन्द नगरी सम्बन्धित निकाय ले नसुन्ने खराव बानी बसिसकेको कुरालाई नकार्न पनि मिल्दैन । यसवर्ष पनि मंसिर देखि नै उखु को मुल्य मा विवाद उठ्यो । मिलवालाहरु, कर र राजश्व देखाएर मुल्य बढाउन नसकिने अडान मा बसे भने, किसानहरु कम्ति मा गतवर्ष को मुल्य आफूले पाउनुपर्ने अडान मा बसे । गतवर्ष उखू को