Skip to main content

Posts

गत नोभेम्बर २ मा, फेडोरा कम्युनिटि ले ‘Laughlin’ कोडनाम राखिएको फेडोरा को चौँधौ संस्करण सार्वजनिक गरेको छ । फेडोरा १४, धेरै नयाँ ‘फिचर’हरु को साथ मा आएको छ । ‘परफर्मेन्स’, ‘क्वालिटि’ आदि का हिसाब ले फेडोरा १४ उत्कृष्ट रहेको, फेडोरा कम्युनिटि ले बताएको छ । फेडोरा कम्युनिटिव्दारा जारी प्रेस विज्ञप्ति मा भनिएको छ । ‘रेडह्याट’ को प्रायोजन मा फेडोरा कम्युनिटि ले ‘ओपनसोर्स अपरेटिङ सिस्टम’ फेडोरा १४ सार्वजनिक गरेको छ ।  छ महिना कै अन्तराल मा फेडोरा ले आफ्नो नयाँ भर्सन को अपरेटिङ सिस्टम सार्वजनिक गरेको हो । The latest version of Fedora has cloud aspirations, decodes jpg files faster, includes SPICE – a useful protocol for virtualizing desktop PCs, and contains numerous enhancements of interest to developers. Fedora 14 includes several new features for developers, system administrators and open source enthusiasts including: Framework software for Spice, a rapidly advancing infrastructure for desktop virtualization New debugging features for developers, such as support for dynam

Listen to Bulbul Episode-62 [November 03,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Episode-62 [November 03,2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

शुभ दिपावली को अवसर पारेर, नेपाली ब्लगर्स समूह ले भोलि दिउँसो ( बिहिबार दिउँसो ३ बजे, नोभेम्बर ४ अर्थातकात्तिक १८ गते) क्यापिटल एफएम को सभाहल, थापागाउँ हाइट, नयाँ वानेश्वर मा भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम गर्दैछ । विगत मा ३-४ वर्ष पहिले यस किसिम को नेपाली ब्लगर भेटघाट कार्यक्रम गरिएको थियो भन्ने सुनिए पनि, आफ्नालागि भने, भोलि को कार्यक्रम पहिलो प्रत्यक्ष भेटघाट को कार्यक्रम हुनेछ । तर दौँतरी को संयोजकत्वमा यस अघि अनलाइन भेटघाट भने पटक पटक भइसकेको छ । इन्टरनेटमा मुख्यत: सरकार को आदेशमा केही 'आइ एस पि' ले 'ब्लगस्पट' सबडोमेन को सम्पुर्ण ब्लगहरु ब्लक गरि, 'वाकस्वतन्त्रता कुण्ठित' गरिएको समय मा हुन लागेको भेटघाट कार्यक्रम ले सकरात्मक नतिजा ल्याउन सक्ने अपेक्षा गरिएको छ । हामीले यो भेला आगामी दिनका नियमित भेलाहरुका लागि प्रस्थान-बिन्दु बन्नसक्ने बिश्वाश राखेका छौँ र यहाँहरु सबैबाट शुभेच्छा र सहयोगको आशा गर्दछौं । कार्यक्रम मा ब्लगरहरु तथा ब्लग का पाठकहरुलाई सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ । Event Details: Nepali Bloggers Meet Date: November 4, 20

गत बिहिबार नेपाली प्राइभेट टेलिकम कम्पनी ‘एनसेल’ ले सगरमाथा मा थ्रिजी सेवा सुरु गर्यो । अब पर्वतारोहीहरु ले सगरमाथा वेसक्याम्प तथा सगरमाथा को सर्वोच्च चुचुरोबाट नै, टेलिफोन गर्न मात्र होइन, भिडियो कल तथा  हाइस्पिड इन्टरनेट पनि चलाउन सक्नेछन् । Ncell ले सगरमाथा मा थ्रिजी सेवा सुरु गर्यो भन्ने बित्तिकै सारा संसार को ध्यान सगरमाथामा खिचिएको थियो । सोसल मिडिया तथा टेक्नोलोजीका टप साइटहरु मासावेल, इएनग्याजेट, गिजमोडो आदि साइटहरुले ब्रेकिङ न्युज नै दिएका थिए । त्यसबाहेक, बिबिसी टेक, गार्जियन लगायत लगभग सम्पुर्ण मिडियाहरु ले प्रमुखताका साथ समाचार प्रकाशन प्रशारण गरेका थिए । उनीहरुका लागि, यो अचम्मित तुल्याउने किसिम को समाचार थियो तर हामी नेपाली र हाम्रो नेपाल मा भने, यी कुरा ले खासै प्रभाव पारेको देखिएन । सगरमाथा मा थ्रिजी सेवाले यति धेरै चर्चा पायो कि, माइक्रोब्लगिङ साइट टुविटर मा ‘Trending Topic’ नै Mount Everest बनेको थियो । टुविटर मा विश्वभरि का मान्छेहरु अचम्मित र रोमाञ्चित हुँदै आफ्ना कुरा टुविटर मार्फत विश्वलाई सुनाइरहेका थिए । यो खबर ले उनीहरु निकै उत्साहित बनेका थिए, मलाई लाग्छ

Listen to Bulbul Episode-61 [October 27,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np  or to:  ghimireachyut[at]gmail.com Download:  Episode-61 [October 27,2010] Alternate Download Link:  Download Bulbul [Fast Download, Can be accessed easily. But this   Alternate Download Link  is temporary AND just works for next 7 days from today.]

Listen to Bulbul Episode-60 [October 20,2010]. शुभ समय, शुभ पल, शुभ क्षण,शुभ सन्ध्या, शुभ रात्री !!! रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np  or to:  ghimireachyut[at]gmail.com Download:  Episode-60 [October 20,2010] Alternate Download Link:  Download Bulbul [Fast Download, Can be accessed easily. But this   Alternate Download Link  is temporary AND just works for next 7 days from today.]

यस वर्ष दसैंको टीकाको साइत आज असोज ३१ गते आइतबार बिहान १०:४३ बजे परेको छ। आज बिहान को १० बजेर ४३ मिनेट जाँदा टीका सुरु गर्नु उत्तम हुने पञ्चांग निर्णायक समितिले जनाएको छ । मुख्य साइत १०:४३ मा भएपनि दिनभरी नै टीका ग्रहणको लागि साइत शुभ रहेको छ । शुभकाम गर्नलाई साइत जुराउने चलन छ । नौ दिन अघि दशैँघर,पुजाकोठा मा राखिएको जमरा र टीका आजको दिन मान्यजन बाट देवी को प्रसाद को रुपमा ग्रहण गर्ने चलन छ । विजया दशमी को शुभअवसर मा पुन: एकपटक यहाँहरु सबैलाई हार्दिक मंगलमय शुभकामना ! यहाँ को दशैँ शुभरहोस् । imgsrc: Anuma Sharma Bhattarai

Listen to 7th  Episode of “Babu Aama ra Chhora ” आज को श्रुति संवेग को यो अंक मा  हामी  ‘विपी कोइराला’ को उपन्यास ‘बाबु आमा र छोरा’ को वाचन गर्दै छौँ । मनोविश्लेषणात्मक साहित्य का लागि परिचित विश्वेश्वर प्रसाद कोइराला को यो उपन्यास मा पनि विपी को कृतिगत विशेषता पाउनसकिन्छ । उपन्यासलाई नाम अनुसार नै 'बाबु, आमा र छोरा' ३ खण्ड मा विभाजित गरिएको छ ! ती खण्डहरु मा 'बाबु, आमा र छोरा' तिनै पात्रहरुको मनोविश्षलेण प्रस्तुत गरिएको छ । उज्यालो ९० नेटवर्क को लागि निर्माण गरिएको कार्यक्रम श्रुति संवेग मा सदाझैँ वाचन मा अच्युत घिमिरे हुनुहुन्छ भने प्रविधी मा दिनेश निरौला र शशिन्द्र गौतम रहनुभएको छ । Download:   BP Koirala's Babu Aama ra Chhora Episode-7

अस्ति अक्टोवर १० मा क्यानोनिकल लिमिटेड ले लिनक्स सिस्टम अपरेटिङ सिस्टम “उबन्टु १०.१०” सार्वजनिक गरेको छ । "Maverick Meerkat" कोड दिइएको Edubuntu 10.10 डाउनलोड को लागि उपलब्ध भइसकेको छ । क्यानोनिकल लिमिटेड का अनुसार Ubuntu 10.04 का धेरै कुराहरुलाई सुधार गरेर Ubuntu 10.10 निर्माण गरिएको छ । Ubuntu 10.04 गत अप्रिल मा सार्वजनिक गरिएको थियो । सामान्य भाषा मा भन्दा, उबन्टु ‘माइक्रोसफ्ट विन्डोज’ जस्तै अपरेटिङ सिस्टम हो तर फरक यस अर्थ मा छ कि, उबन्टु, खुला तथा स्वतन्त्र सफ्टवेयर हो ।  संसारभर, यस किसिम का खुला तथा स्वतन्त्र सफ्टवेयरहरु को प्रयोग र माग बढ्दो रहेको छ । नेपाल का हक मा भने, तपाईहरुले क्यानोनिकल लिमिटेडलाई ईमेल गर्नु भयो भने, उबन्टु को डिभिडी तपाईले आफ्नै घर मा पाउनसक्नुहुन्छ । साथै, फोस नेपाल मार्फत काठमाडौँ बाट पनि डिभिडी लिन सक्नुहुन्छ । इन्टरनेट को स्पिड राम्रो छ भने, आफैँ ले ‘ईमेज फाइल’ डाउनलोड गर्नसक्नुहुन्छ । उबन्टु १०. १० मा नयाँ के छ? With version 10.10, Edubuntu builds on the work done in the previous version. Changes that occurred in Ubuntu 10.10 are als

फ्ल्यास ब्याक मा गएर कथा भनिएको र सरल भाषामा उनीएको कर्नाली ब्लुज, प्रकाशक का अनुसार ‘कर्नाली ब्लुज छोराको आँखाबाट पिता को संघर्ष देखाउने उपन्यास हो’ । तर प्रकाशक ले जे भनेपनि, आफूले बुझेको चाँहि, कर्णाली क्षेत्र को कथा, एउटा को जिवन संघर्ष जसले पढ्ने प्रत्येक पाठकलाई आफ्नो बाल्य अवस्था मा पुर्याइदिन्छ, कहिँ पेट मिचिमिचि हसाउँछ कहिले अनायासै आँशु खसालिदिन्छ । उपन्यास को ‘म’ पात्र को रुप मा लेखक आफैँ हामीलाई आफ्नो कथा सुनारहेका हुन्छन् । उनको जन्म सँगै उनको कथा सुरु हुन्छ । आफ्ना बाल्यकाल का रमाइला र उट्पट्याङ कुराहरु, अनि हृदयविदारक घटनाहरु उनी भन्दैजान्छन्, पढ्नेहरुलाई आफ्नै कथा झैँ लाग्छ । अनि आफ्ना ‘बा’ को जिवनचर्या पनि सँगसँगै अघि बढ्दै जान्छ उपन्यास मा ! सुदुर तराई को गाउँ मटेरा मा उनको जन्म हुन्छ ।  अमौरीखोला, चन्द्रे, बा’को साइकल, कै वरिपरि कथा घुम्छ ! पार्वतीदिदी, ममतादिदी, भागिराम आदि ले पनि कथा मा आफ्नो उपस्थिति जनाएकाछन् । बाल्यकाल मा गरिएका उट्पट्याङ र रमाइला कर्तुतहरु ले कथा अघि बढेको छ, तर बिच बिच मा ममतादिदी को प्रसंग ले झस्काइदिन्छन् । पढाइ मा निकै लद्दु रहेका लेखक, ‘ब