Skip to main content

Posts

आज असार १५, नेपालीहरु का लागि एउटा पर्व सरह नै हुन्छ । आज दही च्युरा खाने दिन ! सम्भवत: आज कै दिनलाई धान दिवस को रुपमा पनि मनाउने गरिन्छ ।  तर यसपाली अहिले सम्म पनि वर्षा नलागेकोले, अधिकांश ले धान भने रोप्न पाएका छैनन्, अत: उनीहरुलाई असार १५ पनि खल्लो, खल्लो नै लागेको छ । सिचाइ को सुविधा नहुनु नै, हामी नेपालीहरु को दुर्भाग्य होला । घर मा हुँदा  आज दिन मा कम्ति मा पनि, खेत मा गएर एकचोटि हिलो छोइन्थ्यो । हिलो मा चल्नु पनि रमाइलो नै हुन्छ, अझ असार को झरी परिरहेको बखत पानी मा भिज्दै, हिलो मा खेल्दै, बाउसे गर्न निकै नै रमाइलो हुन्थ्यो । भनिन्थ्यो, आज को दिन त राजा रानी ले पनि हिलो छुन्छन् रे, अत: उनीहरुले पनि हिलो खेल्छन् भन्ने थाहा पाएर आफूलाई पनि, कसैगरि पनि हिलो खेल्नुपर्थ्यो आज को दिन मा ! तर अहिले परिस्थिति फरक छ ! :P आज यही असार १५ को मेसो पारेर, २-३ दिन अघि आफ्नो विश्वविद्यालय को वरिपरि खिचेको फोटो पोष्ट गर्दैछु । आशा छ, यी हरिया देखिएका धान खेतहरुले, यहाँहरुलाई पनि, असार १५, रोपाइ, दही च्युरा को सम्झना दिलाउने छ । असार १५  का अवसर मा समस्त नेपाली कृषकहरुलाई हार्दिक शुभकामना !

Update: SLC Result Published. Check SLC Result 2066/2067 from  Here. SLC Result 2066/2067 (2009-2010) has not been published yet! Nepal News wrote, "The Office of the Controller of Examinations (OCE) has refuted rumours that the results of the School Leaving Certificate (SLC) had been published this morning". Controller of Examinations Chitra Devkota said, the results will be published by next week. The OCE had said, it would publish the SLC results in the first week of July, earlier, too. SLC २०६६-२०६७ को रिजल्ट आज सम्म निस्किएको छैन । आज बिहान चलेको भ्रामक हल्ला को पछि नलागौँ । सम्भवत: अर्को हप्ता सम्म मा SLC रिजल्ट निस्कने छ । **I'm getting huge traffic in previous 2065-2066 SLC result page , Please don't run after rumors. SLC result 2066/2067 has not been published yet. Please don't mislead people. We'll publish result here whenever The Office of the Controller of Examinations (OCE) published the result of SLC 2066/2067.

एउटी रातो रातो रङ कि कुखुरी हस्याङफस्याङ गरि कुद्दै छे ! तर बिचरी कूखुरी जालो मा परिछे, पसल तिर चाउचाउ र चिजबल जस्ता कुराहरु झुन्ड्याएर राख्ने जालो त कुखुरी को घाँटि मा झुन्डिएछ । कुखुरी आफैँ देखि तर्सि तर्सि हिँडिरा’कि छे ! पर बाट कुद्दै आएर कुखुरी ले मेरो क्यामरा अघि पोज दिइ, तपाई ले नि देख्नुहुन्छ नि, त्यो कुखुरी को घाँटि मा कसरी जाली अड्किएको छ या भनौँ त्यो जालो मा कुखुरी कसरी अड्केकी छे ! सायद डर लागेर होला, त्यसले परै बाट आफू जालि मा अड्किएकी छु भनेर देखाइ । मैले उसको पोज अलि नमिलेको झैँ गरेपछि, कुखुरी रोड को छेउतिर लागि र टाउको यस्सो थोरै फर्काएर देखाइ, गज्जब को पोज भयो भनेझैँ गरि मैले फेरि फोटो खिचेँ । यसलाई नि मोडलिङ मा साह्रै ‘इन्ट्रेस्ट’ रहेछ । उसलाई डर कम भएछ क्यारे, मलाई हेरिरही, सायद यो जाली मेरो घाँटि बाट निकालिदेउ भनी, मैले त्यस्तै बुझेँ । मेरो प्रतिक्रिया के हुन्छ भनेर हेर्दै, उ एकछिन रोड को बिचमा आएर टक्क रोकिइ । मैले फेरि फोटो खिँचे । उसलाई मैले हानी गर्दैन भन्ने पक्का झैँ भएछ । तर पनि शंकाले हेर्दैछे, कतै म कुखुरीलाई खाइदिने त हैन, यो केटा ले । मैले उसको शंक

टुइटर माइक्रो ब्लगिङ साइट तर टुइटर ले लामो समय सम्म टुइटर चलाउने प्रयोगकर्ताहरु पाउन सकेको छैन ।  ६० प्रतिशत भन्दा बढि प्रयोगकर्ताहरु टुइटर मा साइन अप त गर्छन, तर २-३ दिन मै टुइटर बाट हराउँछन् । म टुइटर चलाउँछु, फेसबुक पनि चलाउँछु अनि अन्य सोसल नेटवर्किङ साइटहरु अर्कुट, लिङइन, देखि भर्खरै आएको ‘सोसल मेन्टल हेल्थ नेटवर्क’ र नेपाली फेसबुक ‘कनेक्ट फ्रेन्स’ , हाइफाइभ सबै चलाउँछु ! हुन त सबै सोसल नेटवर्किङ साइट को आफ्नै विशेषता छ तर यी सबै मध्ये मलाई टुइटर ले धेरै मोहनी लगाएको छ र म टुइटर नै धेरै चलाउँछु । टुइटर मा आफूलाई रमाइलो लाग्ने, र टुइटर असाध्यै मन पर्ने भएकोले आफ्ना साथिहरुलाई पनि टुइटर मा भेटियोस, आपस का कुराहरु टुइट गर्न पाइयोस भने झैँ लाग्छ । त्यसैले फेसबुक का आफ्ना नजिक का साथिहरुलाई भन्ने गर्छु, टुइटर मा भेटौँ न, टुइटर चलाउनुहोस् न ! म भन्छु, १४० क्यारेक्टर मा कुराकानी गरिने टुइटर मा कति धेरै मज्जा छ, धेरै रमाइलो पो छ त ! साथिहरु पनि, ‘ए ! रमाइलो नै पो छ क्यारे भनेर, टुइटर मा साइन अप गर्छन् । ३-४ दिन टुइटर मा झुल्किन्छन्, ३-४ दिन टुइटर मा झुल्किँदा पनि टुइटर मा नयाँ कुरा , रोच

बाथरुम अथवा रेष्टरुम जे भने नि कुरा आखिर एकै हो ! यही कुरालाई ‘ट्वाइलेट’ भन्दा अलि अमिल्दो सुनिन्छ हिजो आज त ! सबै तिर हिजो आज प्राय: रेष्टरुम लेखिएको हुन्छ या शौचालय लेखिएको हुन्छ अनि सानो ‘चित्र’ पनि साथै दिइएको हुन्छ । तर ठाउँ अनुसार बाथरुम को संकेत पनि थरिथरि का हुँदा रहेछन् । वेवसाइटहरु डुल्दै जाने क्रम मा एउटा ब्लगमा पुगेँ, उक्त ब्लगर ले निकै मिहेनत गरेर खोजेर, थरिथरि का बाथरुम संकेत जम्मा पारेका रहेछन् । संकेतहरु देखेर एकछिन खुबै हाँसो उठ्यो, कति अजिव अजिव किसिम का संकेतहरु देख्दा ! खैर, जेहोस् मैले पनि त्यही बाथरुम का संकेतहरुलाई यहाँ राखेको छु । हामी विभिन्न ठाउँमा छरिएर रहेका छौँ, कहिले काँहि संकेत जानिएन भने फसाद पर्न सक्छ । अत: संकेत हेरेर मात्र बाथरुम छिर्ने गरौँ है ! कहिँ चाँहि हामी बाथरुम खोज्दै बसौँला, तर सँगै को संकेत चाँहि नबुझौँला, फसाद पर्न सक्छ ! केही थरिथरिका बाथरुम का संकेतहरु हेरौँ न त है ! सन्दर्भ स्रोत: टेक्निकल्ली पर्सनल

Listen to Bulbul Episode-43 [June23,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा केही रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे उपस्थित हुनुभएको छ । बुलबुलको ४०औ शृंखलामा प्रसारित अनमोलको डायरी विशेष कार्यक्रमलाई उत्तर दिने शैलीबाट नीलिमाको यौटा पत्र प्राप्त भएको छ । आजको ४३ औ शृंखलामा त्यही रात्री गन्थन शैलीको पत्र विशेष बुलबुल प्रशारण गरिएकोछ । Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode- 43 [June 23 , 2010] Alternate Download Link: Download Bulbul [Fast Download, Can be accessed easily. But this Alternate Download Link is temporary AND just works for next 7 days from today.]

अमेरिकी विदेश मन्त्रालय तथा यसका साझेदारहरुले आयोजना गरेको अन्तराष्ट्रिय डेमोक्रेसी भिडियो च्यालेन्ज प्रतियोगिता २०१० को अन्तिम चरण मा प्रवेश गर्ने १८ प्रतियोगी भिडियोहरू मध्येबाट, दक्षिण एसिया को प्रतिनिधित्व गर्दै नेपाल को तर्फबाट अनुप पौडेल को “Democracy is BLACK” भन्ने भिडियो सर्वोत्कृष्ट घोषित भएको छ । प्रतियोगितामा विश्वका ८९ देशका २ हजार २ सय प्रतिस्पर्धीको सहभागीता रहेको थियो । विभिन्न रङहरु का परिभाषा बताउँदै र रङ्गहरु को सम्मिश्रण देखाउँदै, अनुप ले ‘प्रयोगात्मक’ शैली मा “Democracy is BLACK” भन्ने १ मिनेट ३० सेकेन्ड को भिडियो तयार पारेका थिए । कति ले, “ओबामा, ब्ल्याक, अमेरिका, डेमोक्रेसी” को अर्थ उनको भिडियो बाट निकालेका भएपनि उनको भिडियो ले भन्छ, “Democracy is Black. A colour of Power, power of nation” . उनले निलो, पहेँलो, हरियो र रातो रङ को विशेषता बताउँदै, अनन्त ‘डेमोक्रेसी इज ब्ल्याक’ भनेर देखाएका छन् । “Democracy is BLACK” भिडियो सर्वोत्कृष्ट घोषित भएसँगै, अनुप ले सबैलाई धन्यवाद ज्ञापन गरेकाछन् । अन्तिम १८ मा छानिएको भिडियोलाई मे १५ देखि जुन १५ सम्म युट्युब

H ave you ever given a thought to the fact that if you were not what you are today due to your qualification, where would you be? This is perhaps a recurring question for most of us. With me, it is always an alternate query hopping on my mind at times- “What if I was not provided with the opportunity of achieving a formal education?” and the response I get is- certainly not what I am today! (He is certainly wondering about something!) Admissibly true, I have been one of those lucky ones who were showered with utmost care and understanding of my parents that their girl is equally capable and deserves to be educated which is what, paved my path to a secure independent future. Nonetheless, another fact still pinches my heart that not everyone has had this basic but essential opportunity- there are still thousands of kids still on street or abandoned to survive on their own due direct or indirect harassment. Wouldn’t this world be a better place if every child was provided with education a

KU BiC तथा बायोटेक्नोलोजी ०७ ब्याच को आयोजना मा भएको “3rd All Nepal Biotechnology Football Tournament” को उपाधि ह्वाइट हाउस ले जितेको छ । केयु स्टेडियम, धुलिखेल काभ्रेमा शुक्रबार दिउँसो भएको अत्यन्तै रोमाञ्चक खेल मा ह्वाइट हाउस टिमले, केयु को स्टाफ टिमलाई ३-२ गोल ले हराउँदै, उपाधि माथि कब्जा जमाउन सफल भएको  हो । पहिलो हाफ मा शुन्य गोल को बराबरी मा रहेका टिमहरु  खेल को दोस्रो हाफ मा भने गोल गर्न सफल भएका थिए । ह्वाइटहाउस का लागि प्रवेश भट्टराई ले पहिलो गोल गरेका थिए भने केयु स्टाफ टिम का मनोज बडु ले, पाएको पेनल्टि को सदुपयोग गर्दै पहिलो गोल फर्काउँदै खेल बराबरी मा पुर्याएका थिए । खेल को ६३ औँ मिनेट मा ह्वाइट हाउस का केशव बहादुर कार्की ले गोल गर्दै टिमलाई १ गोल को अग्रता दिलाएका थिए । तर खेल मा ह्वाइट हाउस ले यो अग्रता धेरै बेर कायम गर्न सकेन । ६५ औँ मिनेट मा प्रज्वल बस्नेत ले केयु स्टाफ को लागि अर्को १ गोल गर्दै, खेल लाई बराबरी मा पुर्याए । खेल अवधिभर दुबै तर्फबाट २-२ गोल भएकोले खेल ‘एक्स्ट्रा’ समय मा लम्बियो । थपिएको समय को सदुपयोग गर्दै ह्वाइट हाउस का अम्बर बहादुर कार्की ले ह्वाइट

जापान मा मिनि ब्लगिङ ‘ ट्विटर ’ को प्रयोग बढेको कुरा सार्वजनिक भएको छ । जापानीजहरु आफ्नो ट्वीटरलाई जापानिज स्वाद दिँदै, ट्विट गरिरहेकाछन् । सन् २००८ मा जापानिज भाषामा ट्विटर आएपछि, जापान मा युवाहरु विच ट्विटर लोकप्रिय भएको थियो । विशेषत: जापानिज युवाहरु ट्विटर तर्फ बढि आकर्षित भएको कुरा हालै को एक सर्वेक्षण ले देखाएको छ । अझ गतवर्ष अक्टोबर मा जापानीज भाषा मा मोबाइल भर्सन  ट्विटर आएपछि, ट्विटर को प्रयोग आश्चार्यजनक रुपमा बढेको थियो । प्राय: मोबाइल बोक्ने प्रत्येक युवाहरुले ट्वीटर को प्रयोग गरेका थिए । जापान मा ट्विटर यति सम्म लोकप्रिय भइसक्यो कि, राम्रो ट्विट कसरी गर्न सकिन्छ भनेर विभिन्न सेमिनारहरु पनि आयोजना गर्ने गरेको कुरा ‘एसोसिएटस् प्रेस’ ले आफ्नो अनलाइन संस्करण मा जनाएको छ । एक टिभि च्यानल ले त ट्विट मा भनिएका कुराहरु पनि प्रसारण गरिरहेको छ । त्यसो त टोक्यो बार मा ‘विश्वकप फुटबल’ सँगै ट्विट पनि प्रसारण भइरहेको छ । पप गायक, भुतपुर्व प्रधानमन्त्री देखि आमजनता र युवाहरु पागल (crazy) सरह ट्वीटर मा ट्विट गरिरहेकाछन् । जापान का कुल इन्टरनेट प्रयोगकर्ताहरु मध्ये १६.३ प्रतिशत ले ट्विटर क