Skip to main content

Posts

Listen to 7th episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने कार्यक्रम सञ्चालन मन्टेश्वरी राजभण्डारी ले गर्दैहुनहुन्छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

Actually, I was bit frustrated and exhausted since today morning. Don’t know why, but sometimes I use to go to such condition. May be because of upcoming final exam I’m feeling restless, I’m trying to talk but unable to express myself. Today I was planning to go to Kathmandu but later on I’ve changed my mind and I’ve gone for evening walk. I’ve walked about one hour alone. I’ve gone to Dhulikhel and return back to hostel. Now I’m feeling good after a evening walk. And of course I’ve clicked some photo as well. Today I’ve realized that whenever you feel lonely, or you feel frustrated, or exhausted, then don’t think too much, just go for a walk or share these things with your dear one. You will feel better hehe . Here are some photos taken from mobile, hope you will like it.       P.S. This is a first test post from Windows Live Writer. :D

पहिलो दिन आइतबार, उठेर खाजा, नास्ता खाएपछी ९:४५ बजे बाग्लुङ्ग बसपार्क पुग्यौँ। बाग्लुङ्ग पोखरामै भएको बाग्लुङ्गको लागि बस पाउने बसपार्क हो। हाम्रो यात्रा बसपार्क देखि नयाँपुलसम्मको मात्र थियो। नयाँपुलबाट हाम्रो पदयात्रा सुरु हुने तय थियो। म पदयात्राको लागि आफूलाई मानसिक रुपमा तयार गर्दै थिएँ। बसमा चढियो। दुई घण्टामा नायाँपुल पुग्दैथियौं हामी। बस डाँडाको जीऊभरि बनाइएको बाटोमा कुद्दै उकालो चढ्दै थियो। एक घण्टाजतिको यात्रा पछि हो मलाई हावाको चिसोपन बढिरहेको भान भयो। एकछिनमै हावा साह्रै चिसो भइसकेको थियो। म ज्याकेट निकालुँ कि ननिकालुँ भनि मनसँग सिँगौरी खेल्दै थिएँ। हावा किन त्यति चिसो भएको होला भनि गम्दै थिएँ म। सायद हिमाल हाम्रो नजिकै भएर होला- दिमागले तर्क गरिहाल्यो। एकैछिनपछि म चढेकै बसमा भएका अपरिचित यात्रुबाट थाहा भयो, हामि लुम्ले आइपुगेका रहेछौं। एक्कासि मन-मस्तिष्कमा ‘मुटु छुने लुम्लेको हावाले….मनै छुने लजालु मायाले’ भन्ने परिवेश साङ्गीतिक समुह (ब्याड) ले गाएको गीत याद आयो। पोखरा नेपालमा सवैभन्दा धेरै बर्षा हुने ठाँउ हो भन्ने थाहा थियो तर पोखराभित्र पनि लुम्लेमा चाहिँ धेरै वर्षा

While stumbling upon stumbleupon.com on the internet. I've seen some interesting comparison of our World.  I think I don't have to say much about these pictures. Have a look on following pictures, hope you will enjoy this interesting comparison and a fact about our World, about our Universe. I've made a short video from these above pictures, have a look: Photo Credit:  stumbleupon.com

Listen to Bulbul Episode-19 [January 06,2010]. रात्री बसाइ को यो अर्को नयाँ अंक मा आज 'म' सम्बन्धि रात्री गन्थनको साथमा सुमधुर गजलहरु लिएर, सदा झैँ आज पनि प्रस्तोता अच्युत घिमिरे  र उत्पादन सहयोगी दिनेश निरौला उपस्थित हुनुभएको छ । हिमालयको देशमा आज मरभूमीको राप भेँटे आलो रक्तले पोतिएको अमिट छाप भेँटे ! सेती किनारमा हात भेटे, शिर मर्स्याङ्दी तटमा आफन्तमाझ बिद्रोह गर्नेको,धेरै उजन्ड चाप भेँटे !! पाईन्छकी कँही कतै मीठो वचन खोजी हीँडे फुटेका चुरा अनि सेफद वस्त्रहरुको स्राप भेँटे !! स्तब्ध छन् पाइलाहरु, कूँजा सेवक हातहरु किन बन्थ्यो राष्ट्र जब अगूवानै औँठछाप भेँटे ! -किशोर के. सी. Bulbul is a Radio Program (a gajal program). Thanks to BULBUL Team for bringing such a wonderful program.You can directly send your suggestion, comments & even your gajal to: bulbul[at]unn.com.np or to: ghimireachyut[at]gmail.com Download: Bulbul Episode-19 [ January 06,2010 ] Alternate Download Link: Download Bulbul   [Fast Download, Can be accessed easily. But this Alternate Do

केयु क्याफे मा भर्खर छिरेको मात्र थिँए ! फोन आयो, सरिश्मा को फोन रहेछ । उनी भन्दैथिइन्, भोलि एउटा कार्यक्रम छ आउनुहोला है, यो युवा अभियान हो । मैले सोधेँ कस्तो कार्यक्रम हो, उनले भनिन टायर जुलुस ! ओहो, टायर जुलुस पो, लौ ठिकै छ मौका मिले आफू पनि टायर गुडाउन आउने कुरामा सरिश्मालाई आश्वस्त बनाएँ । परिक्षा झन् झन् नजिकिँदैछ, लाइब्रेरी मा बस्दा बस्दा अल्छि लागेर चिया खाने बाहानामा केही सिँढि ओर्लदैँ केयु क्याफे मा छिरेको थिँए । लाइब्रेरी नि भन्नुमात्र हल्लै बढि हुन्छ, रवि ले भन्यो । मैले भने पढ्ने नै भए, रिफ्रेन्स सेक्सन भित्र जानुपर्छ, म त त्यहीँ छु । खुब पढ्नेभइस्, रवि ले जवाफ लाइहाल्यो । केयु क्याफे बाट पश्चिम तिर आँखा डुलाएँ, हाम्रो होस्टल प्रस्ट ले देखिन्छ, त्यसभन्दा पछाडि एसओएस भिलेज र आइटिपार्क पनि देखिन्छ तर त्यो पश्चिम पट्टि को डाँडो बाट घाम डुब्न लागेको भएर, छाँया परेको छ । ए ! लौ आज को दिन पनि बितेछ, साथिहरु भन्न थाले, खै पढेर खाइएला जस्तो छैन । अर्को ले थप्यो, उसोभए खाएरै पढौँन त, उसले दुई प्लेट मम अडर दिहाल्यो । सबै हाँस्न थाले, कत्ति न ठूलो काम गरिस् भनेर ! साँच्चै हामी कु

शैक्षिक अध्ययन/ भ्रमण जान नपाएको धुनमा हामी एकपटक विद्यार्थीहरुकै पहलमा चिसापानी पुगिसकेका छौं। सुन्दरीजलबाट एकदिनको पदयात्रामा चिसापानी पुग्न सकिन्छ। सन् २००९ अक्टोबरको महिना। जहिले पनि शैक्षिक अध्ययन/ भ्रमणमा नलगिएको वा घुम्न नपाएको पिडाले मन भरिरहने हामी विद्यार्थीहरुलाई फेरी एकपटक घुम्नजान मन लाग्न थाल्यो। घुम्न मन लाग्यो भनौं कि पढ्न मन लागेन भनौं?... जे बुझेपनि हुन्छ। जता गएपनि सत्य तपाईंकै बटोमा हिँडेको हुनेछ। घुम्न त जाने, तर कहाँ? प्रेम छिरिङग् शेर्पाको दिमाग यहाँनेर हामी सबैको भन्दा छिटो चल्छ, जहिलेपनि। फेरी अच्चमको कुरा के भने नि- नेपालमा अधिकांश ‘घुम्ने’ ठाउँ कि त प्रेम छिरिङग् पुगिसकेको छ कि त उसका साथीहरु। निकै नै रसिक छन् हाम्रा साथी प्रेम छिरिङग् शेर्पा। हामी अधिकांश छात्रहरुलाई भक्तपुरको छ्याङग्शाला, काठमाडौंको टुकुचे भान्छा घर आदी देखाउने श्रेय यीनैलाई जान्छ। यो श्रेय कम्तिमापनि म, उसलाई कृतज्ञताका साथ दिन चाहान्छु। अघिल्लो पल्ट गएको चिसापानि पदयात्रा पनि प्रेम छिरिङग् कै सक्रियतामा संम्भव भएको थियो। त्यसैले यसपटकको यात्राको निणर्य गर्ने जिम्मा पनि प्रेम र गौरबलाई

Listen to 6th episode of Radha in Shrutisambeg. यहाँहरुको रोजाइ अनि यहाँहरु ले दर्शाउनु भएको माया को कारण श्रुतीसंबेग को यो अंकहरु मा हामी कृष्ण धरावासी को पौराणिक उपन्यास 'राधा' वाचन गरिरहेकाछौँ । उज्यालो ९० नेटवर्क बाट केही समय अघि बजिसकेका यी अंकहरु अब का केही महिना यसै ब्लग मार्फत प्रत्येक शनिबार श्रुती सम्वेग अन्तर्गत बज्ने छन् । पौराणिक आधार मानेर लेखिएको राधा, मदनपुरस्कार प्राप्त कृति हो । लिलालेखन क्षेत्रमा विशिष्ट पहिचान बनाउन सफल कृष्ण धरावासी को यो उपन्यास पौराणिक भइकन पनि यथार्थ को धरातल मा रहेको छ । सदा झैँ वाचन मा अच्युत घिमिरे तथा प्रविधि मा दिनेश निरौला र सशिन्द्र गौतम हुनुहुन्छ भने कार्यक्रम सञ्चालन मन्टेश्वरी राजभण्डारी ले गर्दैहुनहुन्छ । यहाँहरु लाई राधा को वाचन कस्तो लाग्दैछ ? प्रतिक्रिया को आश मा रहेका छौँ । माथि को अडियो डाउनलोड गर्नुहोस् ।

Happy New Year 2010. नयाँ वर्ष २०१० को हार्दिक मंगलमय शुभकामना ! यहाँहरु को हरेक पल सुखमय रहोस् । शब्द ले जे भन्न सक्दैन त्यो फोटो ले भन्छ रे ! एउटा फोटो ले हजारौँ शब्दहरु बोकेको हुन्छ रे ! अत: आज केही यताउता बाट ल्याइएका फोटोहरु यहाँ राख्दैछु, सन् २०१० को शुभकामना सहित । अब यहाँ राखेका फोटोहरु को अर्थ आफ्नै हिसाबले लगाउनुहोला है त ! ईकान्तिपुर वा अनलाइन खबर कुन चाँहि साइट ले हामीलाई उल्लु बनाउन खोजेका हुन्, छुट्याउनै गाह्रो पर्‍यो । एपी बाट दुइटै साइट  ले एउटै फोटो तानेछन्, अनि आफ्नै क्याप्सन ठोकिदिएछन्, त्यसैले भन्या होला, फोटो ले हजार कुराहरु भन्न सक्छ भनेर ! हा हा हा   यो फोटो देख्दा म नि खुब हाँस्या थिँए तर यो साँच्चिकै हो है  पर्सा तिर को ! उहिले नागरिक न्युज बाट तानेर राखेको थिँए । मैले यो फोटोलाई क्याप्सन दिएँ, सन् २००९ मा नेपाल मा प्रयोग गरिएको नयाँ प्रविधि ! हा हा हा ! (जे बुझ्नुस् )   यी दुइटा फोटा चाँहि हिजो ट्विटर बाट तानेको हुँ है ! युद्ध ले कति सम्म विनाश गर्दोरहेछ भन्ने कुरा माथि को फोटो ले भनिरहेको छ । के गर्ने, विकास र विनास सँगसँगै अघि बढिरहेकाछन् ।

थ्रि इडियटस् (3 Idiots), बलिउड बक्स अफिसमा सुपरहिट सावित भइसक्यो । विधु विनोड चोप्डा प्रोडक्सन को ब्यानर मा राजकुमार हिरानी ले निर्माण गरेको चलचित्र थ्रि इडियटस् संसार भर का हलहरु मा हाउसफुल का साथ चलिरहेको छ । सर्वत्र यो चलचित्र को कुरा चलिरहेको छ । कोही भन्छन्, आमिर खान को हात मा अर्को सफल चलचित्र पर्‌यो । चलचित्र त एभरेज भन्दा निकै राम्रो छ । पक्कै चलचित्र धेरै राम्रो बनेको छ, धेरै पछि हल मै गएर चलचित्र हेरेर पनि आइयो । सबैको मुख मा 'All is Well' भन्ने शब्द झुन्डिरहेको छ, त्यसबाहेक 'Give me some sun shine, give me some rain' भन्ने गित पनि धेरै को मुख मा झून्डिरहेको छ । कुनै चलचित्र सफल हुनलाई अभिनय देखि लगानि, निर्देशन, संगित, कथा, पटकथा सम्म राम्रो र स्तरिय हुनुपर्छ । चलचित्र ले उठान गरेको विषय हाम्रो आफ्नै समस्या हो भन्दा फरक पर्दैन । पुरातन शिक्षा प्रणाली लाई त्यागेर नयाँ शिक्षा प्रणाली अंगाल्नुपर्छ भन्ने चलचित्र को सन्देशलाई सबैभन्दा सकरात्मक पाटो मान्नुपर्छ । यो चलचित्र सुपरहिट सावित हुँदै गर्दा, यसका अभिनेता देखि निर्देशक सम्म ले वाह वाही बटुलिरहेकाछन्, तर