Skip to main content

Posts

“SAFE SCHOOL: EVERY GIRL’S RIGHT” (बालिकाहरुको लागि विद्यालयमा सुरक्षित वातावरण कायम गरियोस) भन्ने नारा सहित आज मे १५, २००९ का दिन एम्नेस्टि इन्टरनेसनल, काठमाडौँ विश्वविद्यालय युथ नेटवर्क धुलिखेल को आयोजना मा सचेतना र्यारली सम्पन्न भएको छ । काठमाडौँ विश्वविद्यालय को गेट देखि सुरु भएको र्या्ली २८ किलो हुँदै, धुलिखेल बजार परिक्रमा गरि सञ्जिवनी स्कुलमा गएर सभामा परिणत भएको थियो । र्याली पछि भएको सभालाई प्रमुख अतिथि, काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुरेशराज शर्मा, काभ्रे जिल्ला का डिएसपि सन्दिप भन्डारी, एम्नेस्टि नेपाल च्याप्टर का प्रतिनिधि लगायतले सम्बोधन गर्नुहुँदै महिला माथि हुने हिंसा तथा दुर्व्यवहार र महिला अधिकारहरु को चर्चा गर्नुभएको थियो । कार्यक्रम मा, रोट्राक्ट क्लब धुलिखेल का प्रतिनिधि, जिल्ला शिक्षा कार्यालय काभ्रेका प्रतिनिधिहरु लगायत काठमाडौँ विश्वविद्यालय तथा धुलिखेल बोर्डिङ का विद्यार्थीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । Note: All these photos are taken by me from mobile.

बस अति नै भिड छ । पुतलीसडक चोक, बागबजार, डिल्लीबजार जाने सबै बाटोमा मान्छे नै मान्छे ले भरिएका छन् । मान्छे पनि कति हुन्, सबै आ-आफ्नै धुनमा मस्त र व्यस्त छन् । सदा, पुतलीसडक बाट कोटेश्वर जाने म, आज भने पुतलीसडक बाट चाबहिल तिर लाग्दैछु । नेपाल यातायात, काठमाडौँ मा सडक मा गुड्ने गाडिहरु मध्ये मलाई सबैभन्दा मन पर्ने ब्रान्ड ! चाइनिज गाडि नै हो क्यार, यो नेपाल यातायात का गाडिहरु, गाडि सानो सानो भएपनि, ठूला ठूला झ्यालहरु छन् । अनि, जोकोही ले अनुमान गरेभन्दा तेब्बर मान्छे एउटै गाडिमा चेपिएकाहुन्छन् । हुन त आफ्नो टाइम छ गाडि को, हरदम ड्राइभर घडि हेर्दै गाडि चलाउँछन् । अत: नेपाल यातायात चढ्दा प्राय: ढिलो हुँदैन, यदि धेरै ठूलो जाम मा फसिएन भने । आज म मात्र एक्लो छैन, मेरो साथ मा दाजु पनि हुनुहुन्छ, हामीलाई सुकेधारा पुग्न हतार छ । दाजुले बसपार्क जाउँ भन्दा भन्दै मैले नेपाल यातायात सुझाएँ । यो गाडि मा चढ्दा थाहा हुन्छ कि, खुट्टा मा पनि आँखा हुनु जरुरी छ भनेर । एउटा पाइला राख्न पनि धेरै सोच्नुपर्छ, यस्तो सकस हुन्छ कि, गाडि मा उभिँदा केही मा समाउनुपर्ने जरुरी हुँदैन । चारैतिर नै मान्छे बाट घेरिएका ...

Listen to 2nd episode of Lolita. केशरी हुमागाईव्दारा अनुवादित भ्लादिमिर नावोकोभ को विवादास्पद र बहुचर्चित उपन्यास “लोलिता” को दोश्रो अंक लिएर आजको रेडियोवाचनमा उपस्थित भएका छौँ । २० औँ शताब्दि का प्रख्यात कथाकार तथा उपन्यासकार भ्लिदिमिर नावोकोभ ले लोलिता उपन्यास मा “हम्बर्ट को आफ्नी झट्केली छोरी लोलिता प्रतिको यौनाभावको खुलासा” गरेकाछन् । आजको रेडियोवाचन को बसाइमा संसारभर करोडौँ प्रति बिक्रि भइसकेको उपन्यास “लोलिता” को यो दोश्रो अंक हाम्रा लोकप्रिय रेडियोकर्मी अच्युत घिमिरे वाचन गर्दैहुनुहुन्छ, २५ औँ पृष्ठदेखि । लोलिता हिँड्दा हिँड्दै आएर रोकिइ … श्रीमती हेज… प्रोफेसर हम्बर्ट… प्रोफेसर हम्बर्ट लोलितालाई यौनको आँखाले हेर्दैछन्… । अनौठो सम्बन्ध र एकदमै विवादास्पद उपन्यास लोलिता, यस्तै यस्तै प्रसंगहरु सँग अघि बढ्दै जान्छ । अच्युत घिमिरे को वाचनमा सरल र सहज लागेको “लोलिता” को कथा मैले भनिरहनु जरुरी लाग्दैन । यहाँहरु ले सुनेर नै मुल्यांकन गर्नसक्नुहुन्छ । जब जब, श्रीमती हेज घरबाहिर हुन्थिन तब प्रोफेसर लोलितालाई चलाउने र जिस्क्याउने नियत ले हरदम लोलिताकै वरिपरि घुमिरहेका हुन्थे । यह...

अपवाद ! हो कोहि पनि अपवाद हुँदैन । अनि रोग ले सानो ठूलो पनि भन्दैन, हो अपवाद केही अनि कोही पनि छैन । यस्तै वियषवस्तुलाई समेटेर बनाइएको एचआइभि सँग सम्बन्धि छोटो नेपाली चलचित्र "अपवाद" लिएर आएका छौँ । HIV Short Movie Competition मा एवार्ड जित्न सफल नेपाली छोटो चलचित्र "अपवाद" ले साँच्चै एउटा फरक कोण बाट विषयवस्तुलाई मज्जाले अगाडि बढाएको छ । Watch Nepali Short Movie: Apabad मैले यसै चलचित्रको सेरोफेरोमा रहेर, अहिलेको नेपाली चलचित्रका व्यस्त नायक राजबल्लभ कोइराला सँग, अनलाईन कुरा गरेको थिँए । सन्देशमुलक छोटो फिल्म खेल्दा आफूलाई निकै रमाइलो र नौलो अनुभव भएको नायक राजबल्लभ कोइरालाले बताए । नेपाली व्यवसायिक चलचित्र चाँहि यस्तो विषयवस्तुमा बनाउन सकिँदैन भन्दै उनले भने, यहाँ त मान्छेलाई बुझाउनै गाह्रो छ, कल्ले हेर्ने त्यस्तो चलचित्र । युवाहरुलाई लक्षित गरेर तयार गरिएको चलचित्र अपवाद, नेपाली टिभि च्यानलहरुबाट पनि प्रसारण भैसकेको जानकारी नायक कोइरालाले हामीलाई गराए । नेपाली चलचित्रहरुमा अहिले सर्वाधिक व्यस्त रहेका नायक कोइराला, ले सामाजिक सन्देश दिन को लागि यस्ता कुराहरु को अ...

Listen to this Poem. नदेखिकनै अनि नभेटिकनै जादु टुना या मोह एकलकाँटे भइयो सम्झनामा आइरहने दिनरात तर साँच्चि तिम्रो अनुहार देखेकै छैन । नदेखिकनै देखेको जस्तो नभेटिकनै भेटेको जस्तो हरे, मलाई यो के भो ! कुराइ लामो लाग्दैछ अनि अझै कुर्दैछु कहिले त भेटिएला साइत हेर्दैछु । मनमा छन् कुरा धेरै गर्नुपर्ने र भन्नुपर्ने सोध्दैछु जवाफ मनबाटै भन्छौ, भेट्नैपर्छ आफूले चेकजाँच गर्नैपर्छ ! नदेखिकनै अनि नभेटिकनै विश्वासमा छु कल्पनामै भएपनि तिम्रो अनुहार हेर्छु । अरुलाई उडन्ते कथा जस्तो मेरो मगज सन्केजस्तो तर हैन, नदेखिकनै देखेको जस्तो नभेटिकनै भेटेको जस्तो हरे, मलाई यो के भो ! -माथिको अडियो डाउनलोड गर्नुहोस् ।

Listen to Lolita Online. साप्ताहिक कार्यक्रम रेडियोवाचन को आज को श्रृंखला देखि भ्लादिमिर नावोकोभ को उपन्यास "लोलिता" वाचन गरिँदैछ । रेडियोवाचनका लागि अच्युत घिमिरे, लोलिता वाचन गर्दैहुनुहुन्छ र प्रविधिमा साथ दिइरहनुभएको छ, साथी अनिल मन्डरले । केशरी हुमागाईले नेपाली मा अनुवाद गर्नुभएको यो उपन्यास "लोलिता" एक बहुचर्चित, विश्वप्रख्यात र विवादास्पद उपन्यास हो । अत्यन्त व्यस्तताको कारण, यस श्रृखंला को बारे लेख्न अहिले असमर्थ छु । यौनमा आधारित यो उपन्यास, तपाईलाई कस्तो लाग्दैछ, हामी जान्न चाहन्छौँ । यहाँहरुले आफ्ना प्रतिक्रियाहरु सिधै अच्युत घिमिरेलाई [email protected] मा पठाउन पनि सक्नुहुन्छ । सुन्दै रहनुहोला रेडियोवाचन, धन्यवाद !

-दिक्क लागेपछि- Listen to Gajal. गुमाएर होशहरु मात लिएर आएँ । माफ गर बिन्ती आज अली पिएर आएँ । निराशाका काँडाहरुले कोर्दा कोर्दा च्यातिएको उध्रिएको जिन्दगीलाई मदिराले सिएर आएँ । धेरै जिए अभाव र सम्झौता को जीवन मैले अलिकती मधुशाला को जिन्दगी जिएर आएँ । बाटा हिँड्नेहरु पनि मलाई हेर्दै हाँस्दै हिंडे अपमानका छालहरुले अलिकती खिएर आएँ । गुमाएर होशहरु मात लिएर आएँ । माफ गर बिन्ती आज अली पिएर आएँ । -साभार : मेलोडियस मिलन आवाजमा : आकार -माथिको अडियो डाउनलोड गर्नुहोस् ।

अपडेट: प्रकाशक'को अाग्रहमा रेडियो वाचनबाट पल्पसा क्याफेको वाचन हटाइएको छ । हामी ले विगतका केही रेडियो वाचन का शृंखला मा नारायण वाग्ले को चर्चित उपन्यास "पल्पसा क्याफे" रेडियोकर्मी अच्युत घिमिरे को आवाजमा सुनाएका थियौँ । ८ अंकमा प्रशारण गरिएको पल्पसा क्याफे का लेखक सँग "पल्पसा क्याफे" को सेरोफेरो मा गरिएको कुराकानी राख्ने योजना हाम्रो थियो तर अन्तरवार्ता को रेकर्ड अहिले फेला पार्न नसकिएकोले प्रशारण गर्न असमर्थ भएका छौँ, पछि भेटिएको खण्डमा हामी अवश्य पनि राख्ने नै छौँ । हामीले भनिरहनुपर्दैन, पल्पसा क्याफे एक उत्कृष्ट उपन्यास हो जसलाई ऐतिहासिक दस्तावेज भन्दा पनि फरक नपर्ला । रेडियोवाचन को शृंखला मा यी सम्पुर्ण अंकहरु उपलब्ध गराइदिनुहुने अच्युत घिमिरेलाई धेरै धेरै धन्यवाद । पल्पसा क्याफे त सुनिसकियो, तर यहाँहरु ले पल्पसा क्याफेलाई कसरी मुल्यांङ्कन गर्नुभयो थाहा छैन । खैर कुरो जेसुकै होस्, आज यहाँ म केही साथिहरुको ब्लगमा प्रकाशित "पल्पसा क्याफे" बारे गरिएको टिप्पणीहरु सहित उपस्थित भएको छु । साथिहरुको ब्लगमा प्रकाशित भइसकेका कुराहरुलाई एकै ठाउँमा समेट्न...

“पछाडि सर्नुस् त”, राम्रैसँग ले बोलेको भएपनि, उसलाई झनक्क रिस उठ्यो, अर्को को कुरा सुनेर । २०६५ साल को अन्तिम दिन, भोलिपल्ट नयाँवर्ष भएका कारण अधिकांश बसहरु भरिएका छन् मान्छे ले । जाने हतारो सबैलाई छ, काठमाडौँ नै जानुछ सबैलाई, सहर मा रमाइलो गर्नलाई । फोहोर को डंगुर काठमाडौँमा, खानेपानी को हाहाकार काठमाडौँ मा, प्रदुषित वातावरण काठमाडौँ मा, सबैलाई यी कुराहरु थाहा भएपनि तर सबैको मन मा काठमाडौँ मा एउटा सानो घर भइदिए हुन्थ्यो भन्ने लाग्ने गर्छ । २०६५ साल को अन्तिम शनिबार विना कुनै पुर्व योजना, हाम्रो ७ जना को टोली धुलिखेलबाट मेलम्ची हान्निएको थियो, छत यात्रा गर्दै । मेलम्ची को धुलो बाटोमा छत मा बसेर धुलो खानेमा थियौँ, मदनमणि अधिकारी, लक्ष्मीप्रसाद खतिवडा, आशीष लुँइटेल, प्रवेश पौडेल, ईशान गजुरेल, शेखर के सी र म । सायद, यही “पछाडि सर्नुस् त”, भन्ने डाइलग सुन्नु नपरोस्, कोचिनु नपरोस् भन्ने मनसाय ले नै हामी छत मा चढेका थियौँ (?), साथ मा नयाँ बाटो र ठाउँ खुल्ला ठाउँमा बसेर हेर्नु को मज्जा पनि त बेग्लै छ । ट्राफिक नियम को उछित्तो काट्दै हामी बसको छत मा बसेर काभ्रे र सिन्धुपाल्चोकका ठाउँहरु कौतुहल...

सन् १९९७ मा स्थापना भएको काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब (केयुसिसि), काठमाडौँ विश्वविद्यालय धुलिखेल, काभ्रे मा कम्प्युटर साइन्स तथा कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरु व्दारा सञ्चालित गैर-नाफामुखी तथा आत्मनिर्भर कम्प्युटर क्लब हो । विगत ११ वर्षदेखि सूचना तथा प्रविधिको क्षेत्रमा उल्लेखनिय कार्य गर्दै आएको काठमाडौँ युनिभर्सिटि कम्प्युटर क्लब (केयुसिसि) नेपाल कै एक उत्कृष्ट कम्प्युटर क्लब हो । विगतका वर्षहरुमा झैँ, यसवर्ष पनि केयुसिसि ले कम्प्युटर साइन्स तथा इन्जिनियरिङ डिपार्टमेन्ट, काठमाडौँ युनिभर्सिटि सँग को सहकार्यमा “सफ्टवेयर मिट – २००९” आयोजना गर्दैछ । प्रमुख अतिथि, माननिय वातावरण, विज्ञान तथा प्रविधि मन्त्री श्री गणेश साह व्दारा उद्‍घाटन गरिने “सफ्टवेयर मिट – २००९” तीन दिन सम्म चल्नेछ । कार्यक्रममा, विभिन्न कलेज का विद्यार्थीहरुव्दारा निर्माण गरिएका सूचना प्रविधि तथा कम्प्युटर प्रविधि सँग सम्बन्धित सफ्टवेयरहरु तथा प्रोजेक्टहरु विच प्रतिस्पर्धा गराइनेछ, साथै सूचना प्रविधि तथा कम्प्युटर प्रविधिसँग सम्बन्धित कार्यपत्रहरु पनि कार्यक्रम मा पेश गरिने छ । सूचना तथा कम्प्युटर ...