Skip to main content

Posts

The application failed to initialize properly (0xc0000005)in google Chrome. Let's fix it by following steps: We have been waiting for Google Chrome from a long time. And finally we get Google Chrome as well. But after installing it, some users are getting error. And they are unable to run it properly because of 0xc0000005 error. It says:"The application failed to initialize properly (0xc0000005).Click on OK to terminate the application." And we must have to click ok and we are unable to use google chrome. May we are confused which type of browser is it. May it is not running properly because of some problem which is in your computer. Well, Now I'm here to fix that problem. And this type of error has been seen in those computer which has symantec antivirus as an antivirus. But don't worry it is not a problem. And in some other cases may be .dll files are missing. So, if you are not using symantec as an antivirus but still seen such error and unable to run google ch

सर्च र अनलाइन विज्ञापन कम्पनी, गुगलले आफ्नो वेब ब्राउजरको ट्रायलभर्सन आज लन्च गर्दैछ । गुगल को यो ब्राउजरको प्रवेश सँगै वर्षौँ देखि रहेको माइक्रोसफ्टको एकाधिकार तोडिने विश्वास गरिएको छ । गुगलले आफ्नो नयाँ सफ्टवेयरलाई “क्रोम” भन्ने नाम दिएको छ, अनि यसको डिजाइन यसरी गरिएको छ कि, यसले अहिलेको पछिल्लो वेब मा भएका कुराहरु साथै अफलाईन डकुमेन्ट, भिडियो भएको पेजहरु पनि सहजै रुपमा ह्यान्डल गर्न सकोस् । अहिले यस्तै खालको ब्राउजरको आवश्यकता छ, जसले जुनसुकै पेजहरु पनि सजिलै ह्यान्डल गर्न सकोस् । पहिले का ब्राउजरहरु ले मुख्यत: ईमेज र टेक्स्ट लाई मात्र फोकस गरेका थिए । तर यस ब्राउजरले भने, भिडियो भएका पेजहरुलाई समेत सजिलै ह्यान्डल गर्ने विश्वास लिइएको छ । क्रोम ब्राउजर को बारेमा गुगलको अफिसियल ब्लग “गुगल ब्लग” मा पनि लेखिएको छ । त्यस्तै, क्रोमको बारेमा लेखिएको ३८ पेज लामो किताब पनि अनलाइन राखिएको छ, जसमा क्रोम किन आवश्यक पर्यो, क्रोम के हो, कस्तो सुबिधा छ, अनि गुगलले यसबाट कस्तो आशा राखेको छ, भन्ने कुरा लेखिएको छ । विन्डोजको लागि बनाइएको क्रोम को ट्रायल भर्सन सेप्टेम्बर ३ देखि अनलाइन राखिने

Search and advertising giant Google will today launch a trial version of its own web browser in a clear attempt to break Microsoft's dominance over the way people access the web. Google say their software, called Chrome, is designed to handle the latest web services such as video-rich pages and online office document editing faster and more securely. A rethink of the browser is needed, says the firm, because existing programs have their roots in an age when the web offered only text and images. Google confirmed its browser's existence in a company blog post after it mistakenly mailed details of Chrome to a blog . Comic error

Dear Blogger Friends, Today I'm going to share a new innovation in blogger. Actually I'm surfing some friends blog and I've seen, comment form in the same page. I'm really happy and shocked both at a time, about this features. So, I've gone through Google, I've found the solution and I'm going to share over here. Many of we users of Blogger are searching for such innovation from blogger group. Now we have. This is very easy to implement in your blog and is directly powered by blogger.Blogger have developed an inline (embedded) comment form which can be enabled through Blogger in Draft. This is probably the most requested feature for Blogger, and I'm sure many of you will want to use this straight away! Now we can place comment form in same page of blog as in wordpress blog. Now get started with it: May be you haven't use blogger in draft yet. So, as to enable this feature first of all go to Blogger In Draft because from Blogger you are unable to see

अबफेरी मेरो देशमा हिटलरको घृणित युद्ध नचर्कियोस ओसिएका बम वारुदहरु शान्ति खलबलाउनको निम्ति बुलन्द्र आवाज लिएर नपड्कियोस् भर्खरै मात्र सकिएका छन् पोतेर जनयुद्धले चर्किएका घरका भित्ताहरु ममतामयी आमा! अबफेरी तिम्रो काख उजाडिएको मरुभूमिझैँ रित्तो नहोस् वावा! तिमीले सनाखत भएका लाशहरु जिम्मा लिन नपरोस् भाईटिकामा चेली! तिमीले माईतीको प्रतिविम्ब खोज्दा क्षतविक्ष्‍यत भएर यत्रतत्र छरिएका शरिरका टुक्राहरु नहोउन् तिजमा माईती तिमीले चेलिको सामिप्यता वेपत्ता र वेवारिशे पारिएको समाचार अखबारहरुमा नहोउन ् पबित्र शिन्दुर छरिएको शिउँदो हो त्यो, कहिल्यै नपुछियोस दैवले जुराएको मिठो साथ त्यो पनि नछुटियोस देशका कर्णधार नावालकहरु टुहुरा र टुहुरी नहोउन स्वर्ग जस्तै घर - परिवार बिचल्ली र बिस्थापित नबनुन परिवर्तन ल्याउने परिवर्तनकारिलाई हृदय देखिनै प्रणाम छ परिवर्तनको लागी प्राणदिने शहिदहरुलाई समग्रमा हामी सबैको लाखौं पटक सलाम छ। -मन्जील दिप सुब्बा आङ्सराङ् - ५ बरबोटे पाँचथर मेची नेपाल। हाल – Qatar Foundation. Email – [email protected]

“हामी त गाउँका मान्छे, ठूलै बिरामी पर्दा मात्रै काठमाडौँ आइन्छ । ठूलै बिरामी भन्दा को मतलब, यसो अप्रेसन नै गर्नुपर्ने व्यथा लागेको भए काठमाडौँ आइन्छ, नभए त गाउँ मै छ सबैथोक । बर्षौँ मा आइने काठमाडौँ हाम्रो लागि अपरिचत छ, तर हामीलाई काठमाडौँ हेप्छ, अलि कालो देखे “मधिसे”, टोपी लगाएको, मुजा परेर घुँडा माथि पुगेको सुरुवाल लगाएको देखे भने काठमाडौँ हामीलाई “पाखे” भन्छ, अनि दौरा-सुरुवाल लगाएको देखे भने सामन्ति नै ठान्छ । सायद, चिटिक्क परेर सुटबुट लगाउनुपर्थ्यो होला, अनि घाँटिमा दाम्लो भिर्नुपर्थ्योहोला । अनि जता पनि ठग्छन् हामीलाई हाम्रो अनुहार हेरेरै । काठमाडौँमा हाम्रा मान्छे छन्, कहिलेकाँहि आउँदा त्यहीँ नै बसिन्थ्यो, तर अस्ती काठमाडौँ आउँदा त हाम्रा मान्छे पनि टाढा भएछन्, उनीहरु शहरीया भएछन्, अनि उनीहरुकालागि हामी पाखे नै भएछौँ । यसै भन्दैथिए, उनी । तर यसो यता-उता आँखा डुलाएँ प्राय: सबै नै यही भनिरहेका थिए, आफन्त भनेर गएको थिँए तर तुरुन्तै फर्किहालोस् भन्ने पो गर्यो, अनि फर्किँए । हामी काठमाडौँ आउँदा केही दिन आउने पाहुनालाई पनि त्यसो गर्ने हो ?”- उनी झोक्किए । म छक्क परेँ उनको कुराले । घरम

“तिमीले आफ्नु कुरा भनेर तिम्रो फर्मालिटि पुरागर्यौ, तर किन सँधै म सँग मात्रै, किन जीवनको हरेक च्यालेन्ज मलाई नै आउँछ । के तिमी कल्पना गर्न सक्छौ, ४ महिनाको बिचमा एउटै घरबाट ३ लाश निस्कदाँ के हुन्छ ? अनिल, आज मेरो बहिनी को जन्मदिन तर कसलाई विस गरौँ म, कस्को सोख गरुँ म, यो संसार पापी छ, अनिल………. !” माथिका शब्दहरु एसएमएस को रुपमा प्राप्त भएका हुन् जब मैले दु:खद घटना भन्दै समवेदना को सन्देश एक साथीलाई एसएमएस को रुपमा पठाएको थिँए । करिब ४ महिना अघि आफ्नो बुबा र बहिनीलाई उनले एकैसाथ गुमाएकि थिइन्, र अहिले हजुरबुबालाई । एसएमएस पढेपछि, मन मा अनौठो तरंगहरु पैदा भयो, अनि फेरी किन मलाई मात्रै भन्ने साथीको वाक्य सम्झेँ, झनै आफैँलाई अप्ठायारो हुँदै गयो, यो खबरले म त मर्माहत भएँ भने उनी नहुने कुरै भएन । जसलाई पर्यो त्यसलाई मात्र थाहा हुन्छ चोट के हो ? हामी ले सान्त्वनाको स्वरदिने मात्र न हो । के यो दु:ख हामीले बाँडेर लिन सक्छौँ ? अनि मैले रिप्लाई गरेँ, “मलाई माफ गर, तिम्रो प्रश्नको जवाफ दिन एउटा शब्द पनि म सँग छैन, मात्र म त्यहाँ को स्थितिलाई सोच्नसक्छु अनि तिम्रो संवेदनालाई बुझ्न सक्छु, एक साथिका

नेपाल को सडक कति धेरै सस्तो आन्दोलन त्यहीं हुने, जुलुस पनि त्यहीं अरु त अरु भए, नेता जान्छन् त्यही सडक ! विशेषता धेरै भएको सडक अरु कहाँ-कहाँ छ र ? मान्छे तात्न त्यही सडक त फोहर फ्याँक्न त्यही सडक, अरु त अरु भए, हुने गर्छ दिनहुँ झडप ! आफ्नो माग पुरा गराउन सबै ताक्ने त्यही सडक स्वास्नि कुटे त्यही सडक पार्टि फुटे त्यही सडक, अरु त अरु भए, कुख्रो किचेपनि त्यही सडक ! गाडि गुड्नुपर्ने त्यहाँ गाडिको त नामै छैन कहिले जान्छन् विद्यार्थी त कहिले शिक्षक त्यही सडक, अरु त अरु भए, मुल्य बढे त्यही सडक ! -सुनिल घिमिरे

नेपाल को पूर्वि भाग जलमग्न छ । कोशी व्यारेज मा आएको बाढिका कारण ५० हजार भन्दा बढि मानिसहरु विस्थापित भएका छन् । जे जति क्षति भएको छ, अनि जति पिडा छ, त्यो त बाढिपिडित सँग मात्र छ अरु को लागि त यो केही होइन, सबैलाई रमिता नै छ । हो साँच्चै यहाँ एक नेपालीलाई दुख्दा अर्कोलाई हाँस उठ्छ । अनि पुर्व को आवाज पश्चिम ले सुन्दैन अनि पश्चिम को आवाज पुर्व ले सुन्दैन अनि समग्रमा जनताको आवाज सरकारले सुन्दैन, यदि सरकार बहिरो नभइदिएको भए सायद हामी ले बाढिका कारण यती धेरै क्षति व्यहोर्नु पर्ने थिएन । कोशी को ड्याम फुटेर गाउँ मा पसेको बाढिका कारण सबैतिर जलमग्न छ । टाढा-टाढा सम्म पानी छ, अनि पानी मा हेलिँदै मान्छेहरु हिँडिरहेकाछन्, कोहि आफन्त खोजिरहेकाछन्, कोही सबथोक गुमाउनुको पिडा ले रोइरहेकाछन् । समाचार मा देखाइएका यी दृश्यहरु निकै नै मार्मिक छन् । कोही घाइते छन्, कतै के बगाइरहेको छ, कतै के, अनि जमिन देख्न पाइएको छैन । बाढिले यति ठूलो उपद्रो गरिसकेको छ अनि उद्धारको काम पनि जारी छ तर केही व्यक्तिहरु चाँही धनि बन्न खोजिरहेकाछन् । उनीहरु पानी मा आफन्त खोजे झैँ, सम्पति फेलापार्न लागिपरेकाछन्, कसैलाई यो बाढि

नलेख्ने हो भने केही लेख्न सकिँदोरहेनछ, अनि लेख्ने हो भने लेखेर सकिनेरहेनछ, अहिले यस्तै अनुभव भैरहेको छ । साँच्चै यस्तै नै भयो, मेरो जिवन मा ! धेरै भूमिका नबाधौँ- सिधा कुरा मेरो ब्लगले आज १ वर्ष पूरा गर्यो । समग्र मा १ वर्ष निकै रमाइलो मा बित्यो । यसबिचमा धेरै उतारचढावहरु पनि भए तर एउटा गर्व को कुरा, लेख्न थालेपछि, लेख्न र आफ्नो कुरा व्यक्त गर्न धेरै नै सजिलो भएको छ । पहिले कुनै पनि विषय मा कलम चलाउन नसक्ने म, अहिले प्राय: केही न केही लेखिरहेकै हुन्छु, भलै ब्लगमा नलेखिएको भएपनि डायरी मा लेखिरहेको हुन्छु । मैले यो ब्लग गत वर्ष यसैदिन मा सुरु गरेको थिँए । ब्लगको सुरुवात का दिन मा ब्लग नाम मात्र को थियो तर अहिले कुरा बदलिएको छ । म सक्दोप्रयास गरिरहेको छु, ब्लग मा नियमित हुन र आफ्ना कुरा सारा संसार समक्ष राख्न । यो १ वर्ष को दौरान मा धेरै ब्लगर मित्रहरु भेटियो अनि प्राय: सबैबाट गाली भन्दा ताली नै बढि पाइयो तर थाहा छैन म के कति सफल भएँ ब्लगिङ को क्षेत्रमा । यो खुशीको अवसरमा मलाई ब्लगिङ गर्न हौस्याउने र निरन्तर सल्लाह सुझाव दिने “कपुरी क” का रुपेश सिलवाललाई धन्यवाद नदिरहन सक्दिन । साथै, ब्लगि