पोखराबाट उडेको विमान जोमसोममा दुर्घटना (Agni Air Plane crashed in Jomsom) भएको खबर माइक्रोब्लगिङ साइट ट्विटर (Microblogging site Twitter) मा परालको आगो झैँ फैलियो । अस्ति भर्खर सिन्धुलीमा विमान दूर्घटना भयो भन्ने झुटो खबर फैलिएका कारण खबर झ्वाट्ट सुन्नेले पहिले त पत्याएनन्, तर एकैछिनमा ट्विटर प्रयोगकर्ताहरु र राष्ट्रिय तथा अन्तराष्ट्रिय सञ्चार माध्यमले प्लेन दूर्घटना भएको खबर पुष्टि गर्दै ट्विट गर्न थाले । माइक्रो ब्लगिङ साइट ट्विटर समाचार ब्रेक गर्ने तथा समाचार र सूचना छिटो भन्दा छिटो संसारभर फैलाउने टुलको रुपमा परिचित हुँदै आएकोछ । अनि यही शिलशिलाको नियमितता स्वरुप,जोमसोममा भएको विमान दुर्घटनाको खबर पनि क्षणभर मै ट्विटरको माध्यमबाट विश्वभर फैलिएको थियो, यति मात्र होइन नेपाल ट्विटर ट्रेन्डमा पनि केही क्षणका लागि देखिएको थियो । अर्थात भनौँ, नेपाल ट्विटरमा विश्वव्यापी ट्रेन्ड (Nepal Trends Worldwide on Twitter ) भएको थियो, यसको अर्थ हुन्छ नेपाली समयअनुसार दिउँसो ११-१२ बजेतिर नेपाल सम्बन्धि हजारौं ट्विटहरु एकैसाथ संसारभरबाट ट्विटरमा ओइरिएको थियो । निश्चय पनि विमान दुर्घटना हामील...